Thursday, March 24, 2022

Janamat Party: March 24



सीके राउतसँग संवादः आम आदमी पार्टीको हुबहु नक्कल आत्मघाती हुन्छ, हाम्रो आफ्नै मोडल छ
चुनावी गठबन्धन बनाउन बाबुरामलाई एमालेको प्रस्ताव सत्तारुढ गठबन्धनमा भएको प्रारम्भिक छलफलमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले जितेका सबै ठाउँमा आफूलाई दिनुपर्ने प्रस्ताव गरेका छन् । उता काँग्रेसले सबै महानगरपालिका लिने, अन्यमा भागबण्डा गर्ने भनेको छ । ...... सत्तारुढ गठबन्धनमा चुनावी तालमेलबारे भइरहेको छलफलप्रति अध्यक्ष भट्टराई पनि सन्तुष्ट नरहेको बताइन्छ । यस्तै अवस्था रह्यो भने काँग्रेस, माओवादी, नेकपा (एस) को विकल्पमा जान सकिने अध्यक्ष भट्टराईको धारणा रहेको स्रोतले दाबी गरेको छ । ...... सत्ता गठबन्धनभित्र अहिले दलहरुले जसरी आ–आफ्नो सीट दाबी गरिरहेका छन्, त्यस हिसाबले कुरा मिल्ला जस्तो आफूलाई नलागेको पनि उनले बताए ।

जनमत पार्टीले ३२ जिल्लामा चुनाव लड्ने डा. सीके राउत प्रति क्रेज बढ्दै गएको पार्टीको निष्कर्ष स्थानीय तहको निर्वाचन हुन अब ४९ दिन बाँकी छ । त्यसअघि निर्वाचनका लागि ठोस योजना र रणनीति तय गर्नका लागि पार्टीको बैठक बस्ने तयारी भएको छ । महासचिव चन्दन सिंहले जनमत पार्टीले मधेस प्रदेश सहित ३२ जिल्लामा निर्वाचनमा सहभागी हुने जानकारी दिए । ...... उनले किसान आन्दोलनमा आफूहरूले उठाएको ११ बुँदे माग प्रति प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँण समेत सकारात्मक रहे पनि सरकारबाट कुनै पनि किसिमको काम नभएको बताए । ...... ‘परम्परावादी दलले स्थानीय तहको नेतृत्व गर्दा पनि जनताका लागि केहि गर्न नसकेकाले जनताले विकल्प काँग्रेस, माओवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र एमालेलगायतका दलहरू विकल्प खोजी रहेको छ ।’ ....... काँग्रेस, माओवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र एमालेलगायतका दलहरू विभिन्न गठबन्धन बनाएर चर्चा रहेकाले जनमत पार्टीलाई फाइदा हुने उनले बताए । उनले निर्वाचन आयोगबाट पार्टीले माग गरेअनुसार हर्न छाप पाउने भएको समेत बताए ।



सत्ता गठबन्धन भत्काउन लोसपाको प्रयास, नयाँ बनाउन प्रस्ताव नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चार दलीय सत्ता गठबन्धन भत्काउने प्रयास छाडेका छैनन् । ...... काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई नै प्रधानमन्त्रीमा निरन्तरता दिने गरी एमालेले चार दलीय गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउन प्रस्ताव गरेको थियो । एमालेको सो प्रस्तावप्रति प्रधानमन्त्री देउवा सकारात्मक पनि भइसकेका थिए ...... अहिले लोसपाका अध्यक्ष ठाकुर गठबन्धन भत्काउनका लागि प्रधानमन्त्री देउवाको पछि लागेका छन् । प्रधानमन्त्री देउवाले लोसपालाई सरकारमा आउन आग्रह गरेपछि अध्यक्ष ठाकुरले नयाँ गठबन्धन बनाउन शर्त राखेका छन् । प्रधानमन्त्रीमा सहयोग गरेका कारण देउवाले लोसपालाई सरकारमा आउन आग्रह गर्दै आएका हुन् । तर अध्यक्ष ठाकुरले वर्तमान गठबन्धन भत्काएर नयाँ बनाउन शर्त राखेको स्रोतले जनाएको छ । ..... लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले आफूहरुले लोकतान्त्रिक गठबन्धन बनाउन प्रस्ताव गरेको बताए । ....... प्रधानमन्त्री देउवालाई आफूहरुले बिना शर्त समर्थन गरेको, एमसीसीमा पनि लोसपाले सबैभन्दा प्रस्ट रुपमा समर्थन गरेको बताउँदै उनले यसकारण पनि काँग्रेस र एमाले मिल्नुपर्ने धारणा राखे । ........ लोसपा अहिले एमालेसँग नजिक रहे पनि अन्ततः चुनावमा काँग्रेससँग गठबन्धन बनाउने सोच बनाएको छ । मधेसमा गठबन्धनको राजनीति एमालेसँग भन्दा पनि काँग्रेससँग गर्दा फलदायी हुने बुझेको लोसपाले केन्द्रमा नभए पनि तराई मधेसमा काँग्रेस निकट हुन थालेको छ । स्थानीयस्तरमा मिलेसम्म काँग्रेससँग गठबन्धन बनाएर जाने, काँग्रेससँग कुरा नमिले एमालेसँग भए पनि चुनावी गठबन्धन बनाउने सोचमा रहेको लोसपाका एक नेताले बताए । अहिले जसपा नेपाल सरकारमा रहेको र सत्तारुढ गठबन्धन भत्काउन सके चुनावमा जसपा नेपालसँग प्रतिस्पर्धा गर्न सहज हुने लोसपा नेपालका नेताहरुको बुझाइ छ ।

दोहोरो नीतिमा माओवादी : एकल र तालमेलको रणनीति सँगसँगै ! ‘माओवादीले चुनावका लागि एकल तयारीलाई पहिलो प्राथमिकतामा राखेको छ । ...... काँग्रेस, एमाले, माओवादी, नेकपा समाजवादी र जनता समाजवादीदेखि अन्य सवै दल चुनावी तयारीमा होमिइसकेका छन् । काँग्रेस एक महिने अभियानमा छ

‘हु केयर्सः सात सालमा नेपाली काँग्रेसले के गर्‍यो ?’ रूपान्तरणको लागि चीनले बोकेको ‘मेरिटोक्रेसी’ नेपालले पछ्याउँदा उत्कृष्ट हुन्छ । ....... विद्यालय सञ्चालन निजी पुँजीवालाहरूलाई वा अर्को गैर सार्वजनिकलाई सञ्चालन गर्न दिने कुरामा छलफल गर्न पनि आवश्यक छ । गैरसार्वजनिक भनेको निजी व्यवस्थापन, पब्लिकको लगानी र गैर नाफामूलक हो । यदि नाफा लिने हो भने कति प्रतिशत नाफा लिने हो टुङ्गो गर्नुपर्छ । यसरी चलनचल्तीको विद्यालय बनाउन सकिन्छ । फेरि आफ्नै पार्टीको मान्छेले विद्यालय सञ्चालन गर्ने र चाहिएको बेला नेतालाई पैसा दिने सञ्चालकबाट यो निकै चुनौती रहेको छ ।

रुसले युक्रेनमाथि दाग्यो हाइपरसोनिक मिसाइल, के हो विश्वका लागि सन्देश ? ‘यो मिसाइलले प्रकाश परावर्तनमात्रै होइन यसले गर्मी पनि पैदा गर्छ र सेन्सर्समार्फत् यसबारे पत्ता लगाउन सकिन्छ । ब्यालेस्टिक मिसाइलबारे पत्ता लगाउनका लागि अमेरिका र रुसले अन्तरिक्षमा इन्फ्रारेड सेन्सर वाला सेटलाइट सिस्टम बनाएको छ ।’ ..... गर्मी र प्रकाशका कारण इन्फ्रारेड सिस्टमले यसको पूरा बाटो पत्ता लगाउन सकछ । खस्नुअघि मिसाइलको गति सुस्त हुन्छ त्यसपछि यो रडारमा पनि देखिन्छ ।’ ..... रुसी बलले २४ फेब्रुअरीदेखि अहिलेसम्म १,०८० भन्दा बढी मिसाइल दागेको

डिजिटल विश्वको साइड इफेक्ट : कोरोना कालमा स्क्रिन टाइम बढ्नाले बच्चाको आखा मात्रै होइन पुरै स्वास्थ्य खराब
‘विदेशबाटै माओवादीलाई भोट मागिदिनुहाेस्, यो हतियारबिनाको ब्याटल हो’ माओवादी फुटाउने प्रयास असफल भयो, हामी नै राजनीतिको केन्द्रमा : प्रचण्ड

जसपा जाग्नुपर्ने तीन कारण . जनता समाजवादी पार्टी, नेपाल (जसपा) निर्माणको चरणमा छ । घर निर्माण हुनुअघि ईंट्टा, छड, सिमेन्ट, वालुवा, गिट्टी, ढुङ्गा लगायत अन्य सामग्री बटुलिएझैं जसपामा काँग्रेस एमाले, माओवादी, मधेसवादी लगायत अन्य पार्टीपङ्क्ति र तहतप्काबाट नेता, कार्यकर्ता बटुलिएका छन् । ........ जसपा सामान्य पार्टी हो तर यसको जिम्मेवारी असामान्य छ । त्यसैले, यसलाई सेलाउने छुट छैन । निदाउने छुट छैन, नबन्ने छुट छैन । भत्कने, फुट्ने छुट छैन । इन्द्रेणी राष्ट्रवादलाई व्यवहारतः पुष्टि गर्न, पहिचान, अधिकार र सुशासन, समृद्धि प्राप्त गर्न तथा समुन्नत संघीय समाजवाद स्थापित गर्न जसपा जाग्नुपर्ने ........ महिला, मधेशी, आदिवासी÷जनजाति, शिल्पी÷सीमान्तकृत र खस÷आर्यबाट पाँच सदस्यीय अध्यक्ष मण्डल बनाएर देश, समाजमा भएको इन्द्रेणीजस्तै पार्टी नेतृत्व एवं सबै तह, अङ्ग र राज्यसत्ता, सरकारमा पनि इन्द्रेणी राष्ट्रियता झल्किनु पर्दछ । ....... हाल गरिएको सङ्घीयताको सीमाङ्कन र नामाङ्कन नेपाली माटो र मर्म अनुरुप छैन । जसको कारण हालको संघीयताले उचित निकास दिन र तीव्र विकास गर्न सक्दै सक्दैन । ....... पहिचान अत्यन्त संवेदनशील र प्राज्ञिक विषय भएकोले यसलाई संयमित भई संवेदनशीलतालाई साम्प्रदायिकतामा परिणत हुन नदिई अधिकार स्थापित गर्ने चुनौती एकातिर छ भने अर्कातिर त्यही बखत सुशासन र समृद्धिको मोर्चा सम्हाल्ने मात्र नभई पुरा गर्नैपर्ने बाध्यत्मक कार्यभार छ । ....... यो कार्यभार पुरा गर्न जसपाबाहेक विद्यमान कुनै पनि दल योग्य देखिदैनन् । काँग्रेस, एमाले फरक ब्राण्डका एउटै विशेषता र प्रवृत्ति भएका दल हुन् । अरुहरु पनि फरक छैनन् । जसपालाई पनि ढाल्नुपर्ने, गाल्नुपर्ने, सोंच, शैली, चिन्तन–व्यवहार फेर्नु पर्नेछ । ....... त्यो वातावरण बनाउन ढिलाई गरिनु हुँदैन । नभए निर्वाचनदेखि निर्वाचनसम्मको राजनीति चलिरहन्छ । यस्तो राजनीति काँग्रेस, एमालेको ईच्छा, चाहना हो । यसले कुनै निकास दिन र विकास गर्न सक्दैन । ........ जसपाले समुन्नत सङ्घीय समाजवादलाई चार तत्व संघीयता, सुशासन, समृद्धि र समाजवादमा विभक्त गरेको छ । ..... प्रदेश नं. १ किरात, प्रदेश नं. २ मधेस, प्रदेश नं. ३ नेवा, क्रमशः ताम्सालिङ, तमुवान, मगरात राख्दैमा देश टुक्रिन्छ भन्ने बोक्रे प्रश्नको जवाफ जसपाले दुई नम्बर प्रदेशमा मधेस प्रदेश नामकरण गरेर गतिलो जवाफ दिइसकेको छ । ........ समृद्धि प्राप्त गर्न सुशासन अनिवार्य शर्त हुन आउँछ । राज्यको आर्थिक चुहावट रोकिनु पर्दछ ।

No comments: