Pages

Thursday, April 07, 2016

चीन र ओली

हिन्दी: भारत की कम्युनिस्ट पार्टी (मार्क्सवादी)
हिन्दी: भारत की कम्युनिस्ट पार्टी (मार्क्सवादी) (Photo credit: Wikipedia)
चीनले ओलीको भ्रमणको क्रममा विज्ञप्ति निकाल्दा नेपाल सरकारको अनुरोधमा संविधानको समर्थन गरेको हो। तर भोलि ११ बुँदे अनुसार सहमति हुन्छ भने त्यसको पनि समर्थन गर्छ। नया संविधान सभाको चुनाव भएछ भने त्यसको पनि समर्थन गर्छ।

समर्थन गरेको नेपालको आतंरिक राजनीति मा ओलीको पक्षमा उभिएको होइन कि नेपालको आतंरिक राजनीति हाम्रो सरोकार होइन भनेको हो।

प्रचण्डले नेपालमा गृह युद्ध छेड़दा ज्ञानेंद्र सँग डील गर्दै बसेको देश चीन। प्रचंड भन्दा ज्ञानेंद्र बढ़ी मन परेर होइन। ज्ञानेंद्र सत्तामा भएकोले हो। अहिले ओली सत्तामा छ। भोलि कोही मधेसी प्रधान मंत्री बनेछ भने चीनले उसलाई पनि रेड कारपेट नै देखाउने हो।

ओली ले भारत लाई देखाई दिएँ भनेर चटके जस्तो के गरेको? भारत र चीन जुधाउने तिम्रो औकात छैन प्रयास नगर भनेर चीन र भारतले हिंट दिएको दियै छ।

चीन ले चीन को बाटो क्रुड आयल नेपाल लगेर नेपालमा प्रशोधन गर्ने बारे रिसर्च गर्ने भनेको के? पखलास भारत भनेको कि यो राम्रो आईडिया होइन अनावश्यक महँगो हो भनेको?

No comments: