Pages

Tuesday, April 05, 2016

यो संविधान आफसे आफ डिरेल हुन्छ

यो संविधान आफसे आफ डिरेल हुन्छ। चुनाव नभए सम्म संविधान कार्यान्वयन हुँदैन। ११ बुँदे टुंगो नलागे सम्म चुनाव हुने संभावना छैन। संविधान कार्यान्वयन नभएर नै यस संसद्को कार्यकाल समाप्त भयो भने सर्वोच्च ले देशलाई नया संविधान सभा मा लानै पर्ने हुन्छ। यस रोडमैप मा जाँदा देशलाई कति बिलियन डॉलर को घाटा लाग्छ त्यसको कुनै हिसाबकिताब छैन। तर देश चलाई राखेको माफिया लाई चिन्ता छैन किनभने उसको कमाई दिन दुना रात चौगुना भएको अवस्था छ। भारत बाट चाहिने भन्दा बढ़ी तेल र गैस आएको छ। ओली ले चीन सँग त चीनको बाटो क्रुड आयल ल्याएर नेपालमा नै प्रोसेसिंग गर्ने समझौता नै गर्न भ्याएको। तर कालाबाजारी कायम छ। देशको १००% जनता त्यस माफियातंत्र को विरुद्ध किन नउरलेको? देशमा जे छ त्यसलाई माफिया तानाशाही नै भन्नु पर्ने हुन्छ।

By the way, त्यो नेपालमा क्रुड आयल प्रोसेसिंग को कुरा --- चीनले भारतसँग कुस्ती खेल्छु भनेको होइन। ओलीसँग वाक्क भएको हो। नया संविधान स्वागत गरेको होइन कि त्यो नेपालको आतंरिक कुरा भनेको। ११ बुँदे सम्बोधन भयो भने त्यसको पनि स्वागत गर्छ। यो संविधान ढलेर अर्को संविधान आयो भने त्यसको पनि स्वागत गर्छ। चीनले अमेरिका लाई उछिनि सक्यो तर अझै हाम्रो देशमा अझै गरीबी छ, हामी आफ्नै काम मा व्यस्त छौं भन्ने भाषा बोल्छ।


No comments: