Sunday, January 11, 2015

भिट्ठामोड

भारतबाट रोडको बाटो जनकपुर आउँदा भारतको अन्तिम शहर भिट्ठामोड हो। त्यहाँको बोर्डर क्रस गर्ने ठाउँमा एक दिन एउटा मान्छे साईकलमा आएको देखियो। त्यो साइकलको पछाडिको सीटमा परालको ठुलो चांग थियो। जाबो पराल भनेर चेक गरिएन। भोलि पल्ट त्यही दृश्य देखियो। पराल त हो भनेर चेक गरिएन। तर त्यही दृश्य लगातार ८-१० दिन देखेपछि प्रहरीलाई शंका लाग्यो। अर्को दिन जब त्यो मान्छे त्यसै गरी साइकलमा आयो, पछाडिको सीटमा पराल थियो, प्रहरीले चेक गर्यो। परालभित्र केही छ कि भन्ने शंका। पराल खोतल खातल गरे, केही पनि भेटिएन। भोलि पल्ट फेरि त्यही दृश्य, फेरि चेक गरियो, केही छैन त। केही हप्तापछि त्यो मान्छे आउन छोड़्यो। त्यहाँ खटेका जति सबै प्रहरीलाई बड़ो अनौठो लाग्यो। बड़ो रहस्यमय।

एक दिन हम जाएगा त्यही बाटो हुँदै नेपाल पस्ने क्रममा रहेछ। सबैले मिलेर उसलाई सोधे। हम जाएगाले भन्यो, "तपाईंहरुले कस्तो नबुझेको? उसलाई २०-३० वटा साइकल टैक्स नतिरि छिराउनु थियो, छिरायो।"

अहिलेको संविधान निर्माण भिट्ठामोड जस्तो छ। संघीयताको बहस वास्तवमा पराल हो। हुनुपर्ने सबैभन्दा महत्वपुर्ण power devolution भनेको काठमाण्डुबाट संघीय राज्यहरुलाई होइन। हुनुपर्ने सबैभन्दा महत्वपुर्ण power devolution भनेको राजनीतिक पार्टी र तिनका नेताबाट आम जनतालाई हो। त्यसबारे सबै पार्टी मौन देखिन्छन्।


No comments: