Pages

Friday, January 09, 2015

केपीले संघीयता नबुझेको ताजा प्रमाण

हिजो मैले एउटा पत्रिकामा पढ़ें ---- झापा, मोरंग, सुनसरी, कैलाली, कंचनपुर जिल्लालाई मधेश राज्यबाट उछिट्याउनु पर्ने कारण के रहेछ केपी ओलीको भन्ने सवालमा लेख थियो। ओलीको तर्क रहेछ ---- मध्य पहाडका मानिसकालागि काठमाण्डु र पोखरा छ, तर सुदुर पुर्व र सुदुर पश्चिमका पहाडका मानिसकालागि त्यस्तो कुनै शहर पहाड़ी क्षेत्रमा नभएकोले झापा, मोरंग, सुनसरी, कैलाली, कंचनपुरलाई पहाड़ी राज्यहरुमा मिसाउनुपर्ने तर्क रहेछ केपी बाजेको। कस्तो अचम्मको तर्क! बेतुक। अनपढ़ गँवार सोंच। केपीले संघीयता के हो भन्ने नै नबुझेको प्रसस्त प्रमाण छ। यो चाहिं ताजा हो। हो कि?

झापा, मोरंग, सुनसरी, कैलाली, कंचनपुरका जुन शहरहरु अहिले सुदुर पुर्व र सुदुर पश्चिमका पहाडका मानिसहरु धाउने गर्छन --- ती शहरहरु संघीय नेपालमा धाउन कुनै किसिमको बन्देज (bandage) लाग्ने होइन। बिहारका मान्छे दिल्ली जान्छन् त, खुल्लम खुल्ला। देशभित्र कहींको मान्छे अरु जहाँ कहीं जान पाउने यथावत रहने हो। कस्तो कुरा नबुझेको बाजे!


No comments: