Thursday, November 20, 2014

मोदीको भ्रमण रद्द गर्नु



विमलेन्द्र निधि को वक्तव्यमा २२ पार्टीको कारणले मोदीको भ्रमण रद्द गर्नु परेको भनिएको छ। त्यस आरोपले के पुष्टि गर्छ भन्दा खेरी -----  यो भ्रमण मोदी अथवा भारत सरकारले रद्द गरेको होइन। कारण जेसुकै भए पनि नेपाल सरकारको अनुरोधमा नै यो भ्रमण रद्द भएको कुरा पुष्टि गर्छ।

यो बामदेव, सुशील, केपीले "देखाई दिएँ" भनेको हो। बारह बिघा मैदानमा आम जनतालाई सम्बोधन गर्न नदिने कुरामा क्रुद्ध जनतालाई भ्रमण नै रद्द गरेर देखाइदियें भन्न खोजे जस्तो प्रतीत हुन्छ।

यो भ्रमण भारत सरकारले रद्द गरेको होइन। र सरकार बाहिरका दलले भ्रमण आयोजन पनि गर्दैन र रद्द गर्ने ताकत पनि हुँदैन।

भने पछि यो वर्तमान नेपाल सरकारले मोदीको जनकपुर भ्रमण रद्द गरेको स्पष्ट भयो। लानत छ यो सरकार। यो भ्रमणले जनकपुर नगरीको कायापलट गर्न लागेको थियो। त्यो स्वर्ण मौका सुशील, वामदेव, केपीले खोसेका छन।

No comments: