Thursday, January 12, 2006

Janakpur Rally, Biggest In Nepal Since 1990






जनकपुरमा उर्लियो जनसागर Meo Sansar

निरंकुशताको अन्त गर्न सात दलद्वारा आयोजित विरोध सभामा जनसागर उर्लिएको देखेर स्वयम आयोजकहरुले जिब्रो काढे। लाखौलाख नागरिकले उत्साहसाथ जनसभामा भाग लिए।

मिथिला क्षेत्रमा भएको विरोध सभामा जनसागर उर्लेको देखेर नेताहरु दंग पर्दै चर्का भाषण गरे। उनीहरुले भनिदिए-अब राजाको शासन समाप्त हुन्छ।

राजाको शासनलाई लम्ब्याउने सोचाई बोकेका दलाल पिछलग्गु तथा चम्चाहरुले विरोध सभालाई बिथोल्न गरेको प्रयासलाई निस्क्रिय पार्न नागरिक सञ्जाल सक्रिय रह्यो। सुरक्षा बेस क्याम्पमा पाँच वटा बसलाई भने सुरक्षाकर्मीले रोकिदिए। भिमवान क्याम्प नजिक बसहरुलाई रोक्दै झण्डा, ब्यानर र तुल खोसियो।

पूर्ण लोकतन्त्र हाम्रो जन्मसिद्ध अधिकार भन्ने नाराका साथ आयोजित विरोध सभामा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले जनतामाझ चार वटा प्रश्न राखे- ‘तपाईहरु निरंकुशतन्त्रको अन्त चाहनुहुन्छ कि हुन्न - पूर्ण प्रजातन्त्र चाहनुहुन्छ कि हुन्न - शान्ति चाहनु हुन्छ कि हुन्न - र स्वतन्त्रता स्वाभिमान चाहनुहुन्छ कि हुन्न -’

उनको प्रश्न नसकिँदै लोकतन्त्रवादीहरुको जमघटबाट एकै स्वरमा आवाज निक्लियो-चाहन्छौं। कोइरालाले यही उत्तरका साथ सात दल माओवादीसित सहकार्यमा जुटेको जानकारी दिए।

जनकपुरको विरोध सभामा ओर्लेको जनसागर देखेर आफूलाई काठमाण्डौंमा माघ ७ गते हुने विरोध सभाबाट राजतन्त्रको अन्त हुने विश्वास लागेको बताए

‘हामी गणतन्त्रमा जान्छौं कि प्रजातन्त्रमा रहन्छौं’ भन्ने निर्णय गर्ने सम्पूर्ण अधिकार जनतामा रहेको भन्दै कोइरालाले थपे- ‘राजा आफूलाई दैवीशक्ति भन्छन्। तर राजा दैवीशक्ति रहेनन, दरबार हत्याकाण्डसँगै समाप्त भयो

एमालेका महासचिव माधवकुमार नेपालले विशाल सभा देखेर हौसिदै भने-राजतन्त्रको अन्तिम दिनगन्ती सुरु भैसकेको छ। त्यो दिन टाढा छैन। माघ ७ गते जनताले ढाड भाँच्ने छन् र त्यसपछि हामी डाँडा कटाइदिनेछौं।

मधेशीको अधिकार, महिलाको समान अधिकार उत्पिडीत सबैलाई अधिकार पुरानो संविधानले दिन नसकेको उल्लेख गर्दै नेपालले यही कारण नयाँ संविधान आवश्यक भएको बताए।

‘नयाँ संविधानमा क्षेत्रीय भावना, जातिय भावनालाई कदर हुने र छुवाछुत जस्ता समस्या समाप्त हुने’ उनले बताए।

प्रजातान्त्रिक काग्रेसका कार्यवाहक सभापति गोपालमान श्रेष्ठले आफ्नो दलको महाधिवेशनले विधानबाट राजतन्त्र शब्द सर्वसम्मति झिकिदिएको उल्लेख गर्दै निरंकुश राजतन्त्र समाप्त पार्न संविधान सभाका लागि सक्रिय हुन उद्योगी, व्यावसायी तथा किसानसँग आग्रह गरे।

जनमोर्चाका अध्यक्ष अमिक शेरचनले नेपाली जनता अब लोकतन्त्रको दिशामा बढिसकेकाले मुलुकमा गणतन्त्र आउनलाई कसैले छेक्न नसक्ने बताए।

मानव जनसागरअगाडि गोली बारुदका केही काम छैन भन्दै शेरचनले ‘नगर निर्वाचनका उम्मेदवारलाई समर्थन नगरौं, भोट नखसालौं’ भन्ने सन्देश घरघरमा पुर्‍याउन सके निरंकुशता त्यसै थला पर्ने बताए।

नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले मुलुकमा प्रजातन्त्र विदेशीको भरमा होइन नेपाली जनताको खुट्टामा उभिएर आइरहेकाले संकिर्ण राष्ट्रवादीले जनताको ध्यान मोडनको लागि नगर निर्वाचनको चालबाजी रचेकाले त्यसको विरोध अनिवार्य बनेको तर्क गरे।

नेसपाका उपाध्यक्ष भरतविमल यादवले राष्ट्रघाती काम जनता र नेताबाट होइन राजाद्वारा हुने गरेको बताए।

वाम मोर्चाका अध्यक्ष नन्दकुमार प्रसाईले लोकतन्त्रको संस्कारलाई बलियो बनाउन नगर निर्वाचनको विरोध गरौं भन्ने आग्रह गरे।

बाह्रविघामा १२ बजे आउन जनतासँग आव्हान गरिएपनि दस बजेदेखि नै भीड सुरु भएको थियो।

गाउँका किसानहरु युवा संघको अगुवाईमा एक सय एक गाडामा कृषि ज्यावल प्रदर्शन गर्दै विरोध सभामा सहभागी भएका थिए।

Alliance showdown in Janakpur Kantipur Online, Nepal
Seven parties show ‘strength’ in Janakpur Nepalnews.com
Seven Party Alliance Organising Mass Meet in Janakpur Himalayan Times
Phones Lines Dead in Janakpur Ahead of Mass Assembly
NewsLine Nepal, Nepal
Thousands head to southeast Nepal city for mass rally against king ...
Khaleej Times, United Arab Emirates Government and police officials said they had instructions to search everyone entering the city.... Rally organizers alleged that government troops were harassing the participants and tearing down posters. ..... “The security forces along the highway are harassing the people who are heading for the rally,” Ram Krishna Yadav of the Nepali Congress party said. “They were being forced to get out of the buses, stand in line and being checked for hours.”
2:30 pm: 150,000 protest against Nepalese king's rule Santa Fe New Mexican, NM
Nepal holds huge anti-king rally BBC News, UK

janakpur city guide nepal, piligrimage city in nepal, holy city ...
Mark Moxon, Travel Writer: Nepal: Janakpur
janakpur.net
Janakpur City Travel Information from Nepal Vista
Janakpur Women's Development Center: an Exhibition of Maithil ...
Janakpur
Janakpur Photos at PBase.com
<>janakpur municipality>
JICC.. your gateway to Janakpur
Things to do in Janakpur - Janakpur attractions - TripAdvisor

http://www.nepali.com

12 जनवरी, 2006 17:00 GMT सम्मका समाचारहरु

सात दलको जनकपुर सभामा दशौं हजार सहभागि

शाही कदमका विरूद्ध आन्दोलनरत सात राजनीतिक दलहरूले जनकपुरको बाह्रविघा मैदानमा एक विशाल विरोध सभा सम्पन्न गरेका छन्।

सात दलका शीर्षस्थ नेताहरूले सम्बोधन गरेका उक्त विरोध सभामा एकलाख भन्दा बढी जनसहभागीता रहेको हाम्रा संवाददाताले बताएका छन्।

सात दलका नेताहरूले तराईमा एउटै मञ्चबाट विरोध सभालाई सम्बोधन गरेका यो पहिलो अवसर हो।

बाह्रविघाका अतिरिक्त नगरको भित्री भागमा पनि मानिसहरूको ठूलो चहलपहल थियो भने विरोधसभा सकिन लाग्दा पनि फाटफुट रुपमा जुलुशहरू आइनै रहेका थिए।

जुलुशमा स्थानिय मानिसहरूका अतिरिक्त सिराह, सप्तरी, सिन्धुली, सर्लाही, उदयपुरसम्मका मानिसहरू आएको बताइएको छ।

विरोधसभालाई सम्वोधन गर्दै नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोइरालाले राजतन्त्रको भविष्य राजाको भूमिकामा नै निर्भर हुने बताउनुभयो।

नगर निर्वाचनलाई सकृय रुपमा वहिष्कार गर्न आव्हान गर्दै नेकपा एमालेका महासचीब माधवकुमार नेपालले भन्नुभयो, ''पूरानो सम्विधानले काम चल्दैन, अव नयाँ सम्विधानको निर्माण गर्नुपर्छ। त्यसका लागि सम्विधानसभाको निर्वाचनामा जानुपर्छ।''

विरोध सभालाई सात दलका अन्य नेताहरुले पनि सम्वोधन गरेका थिए।

बक्ताहरूले नगर निर्वाचन विथोल्न सकृय भएर लाग्न आव्हान गरेका थिए।

विरोध सभालाई विथोल्न राज्यपक्ष सकृय हुने आशंकामा नगरको विभिन्न प्रवेशमार्गमा एक दर्जन भन्दा बढि मानव अधिकारवादी कार्यकर्ताहरूले अनुगमन गरेका थिए।

कतिपय सहभागीहरूले २०४६ सालको जन आन्दोलनपछिको यो सबभन्दा ठूलो विरोधसभा भएको बताए।

सकृय राजतन्त्रका विरूद्ध आन्दोलनरत सात राजनीतिक दलहरूले जनकपुरमा बिहिबार आयोजना गरेको विरोधसभामा एक लाखभन्दा बढीले भाग लिएको र माघ १९ को शाही कदम यताको सो सबभन्दा ठूलो भेला भएको बताइएको छ।




1 comment:

Anonymous said...

poor people still believe in these useless people like girija and makune who made their best attempts to bury madheshi problem underneath the carpet.
It should be really shameful for these politicians if they have a human heart.