Tuesday, January 17, 2006

प्रहार गरिहालौं



राजाले तीन वर्ष मागे शान्ति स्थापनाकालागि। तर सात पार्टी र माओवादीको १२ सुत्रीय समझदारीले त्यो शान्ति अहिले नै स्थापना हुने देखियो। त्यो राजालाई मन परेन। चाँडै शान्ति आए आफ्नो रोडम्याप नै डिस्टर्ब हुने डर भएछ राजालाई।

त्यस्तो गल्ती हामीले नगरौं। प्रचण्डले नया वर्ष सम्ममा यो सत्ता ढाल्ने भनेका छन्। माधव नेपालले जनकपुरमा भन्नुभो राजतन्त्र फरवरीमा समाप्त हुन्छ भनेर। तर राजाले जनवरी २० को बृहत् रैली बिथोल्न कर्फ्यु आदि इत्यादिको घोषणा गरेका छन्।

जनवरीमा नै यो सत्ता ढाल्ने प्रयास किन नगर्ने? जनवरी २० मा रैली गर्ने, र त्यसै रैलीलाई डोर्याउँदै डोर्याउँदै लगेर नारायणहिटी घेर्ने। यो सरकार नढलेसम्म नारायणहिटी घेरिराख्ने।

पाँच देखि १० लाख मान्छे चाहिन्छ। नेपाल मेडिकल एशोसिएशनले र नेपाल बार एशोसिएशनले आ-आफ्नो क्यामप गाड्ने। घाइते हुने मान्छेकालागि स्वास्थ्योपचार, सरकारी दमनको रेकर्ड तयार पार्ने काम सबै गर्न पर्यो। नत्र कमल थापालाई जेल कसरी पठाउने?

म त भन्छु प्रहार गरिहालौं। शुभ काममा विलम्ब किन?

(जनवरी १७, २००५)

अइ आन्दोलनमें मधेशी अधिकारके बात

कोइ कहइ छइ लोकतन्त्रके लडाईमें मधेशी अधिकारके बात कएलासे आन्दोलन डिस्टर्ब होतइ। हम कहइ छियई होतइ त होतइ। २०४६ सालके आन्दोलनमें देशमें प्रथम शहीद भेलइ धनुषाके यदुकुहासे। लेकिन ओइके बाद जे सम्विधान अलइ ताइमें मधेशी समुदायके साथ विश्वासघात भेल् छइ। से गल्ती अइ बेर न हइ दोहराबेके। हाले जनकपुरमें सात पार्टीके आम सभा भेलइ। नेपालके इतिहासमें ततेक् बड्का आम सभा कहियो न भेल् छलइय। उ तीन लाख मधेशी १३ लाख पहाडीके हौसला बुलन्द करि रहल छइ, आ आहाँ कहबई ओइ मधेशीके चुप होबे के त केना होतइ? देखइ छियइ कतेक् मधेशी सब पढिलिखके बुरिया जाइत् रहइ छइ।

लोग कहइ छइ दलित, मधेशी, जनजाति, महिला। सेहे बात त हमहुँ कहइ छियइ। लेकिन हमरा बुझाइत् रहइय नेपालमें पहाडी-मधेशी वाला मुद्दाके सामनें बाँकी सब मुद्दा फीका परि जाइ छइ। सामाजिक न्याय बेगरके लोकतन्त्र कोनो लोकतन्त्र थोरे भेलई? आ ओइ सामाजिक न्यायके मुद्दामें सबसे नम्बर एक मुद्दा जे छइ, तही पर अगर छलफल न होतई त उ लोकतान्त्रिक आन्दोलन केना भेलई?

हम त जतेक् पहाडी सब हइ आ ओक्कर पिछ्लग्गु मधेशी सब हइ तेक्कर सबके काम आसान क देनें छियइ। हम त एगो संविधाने लिख् देनें छियइ। सहमति असहमति जाहेर करेके सबके मौका दे रहल छियइ।

Proposed Republican Constitution 2006

दुनियाँ भरमें छिरियाइल मधेशी सबके अप्पन अप्पन मानसिक दासतासे मुक्ति पाबेके इ आन्दोलन एगो सुवर्ण मौका ही छई। प्रवासी मधेशी सब अइ आन्दोलनके सहयोग कके नेपालमें रहि रहल लोगके गुण न लगा रहल हई, बल्कि खुद् मुक्ति पा रहल हइ।

देखइत् रहइ छियइ कतेक् पहाडी सब मधेशी शब्द तक उच्चारण करे से इन्कार करइत् रहइ हइ। सडलपाकल दिल हइ तेकरा सबके। उ सब सामाजिक प्रदुषण पैदा करइत् रहइ छइ। उ सामाजिक प्रदुषण प्रवासमें भी छइ। मुक्तिके लडाइ त प्रवासमें भी छइ। विदेशमें त अप्पन अप्पन सबके क्यारियर रहई छइ, दाल रोटीके सवाल प कोनो पहाडीके दाल न गलइ छइ, तइयो देखइत् रहइ छियइ कतेक मधेशीके मधेशी अधिकारके बात करे में जेना डर लगइत् रहइ छइ। मानसिक दासता एगो हिस्का जिका भ गेल् रहइ छइ। जेना कतेक् लोग नेंओ चिबबइत् रहइ छइ।

नेपालमें डेढ करोड मधेशी दोसर दर्जाके नागरिक भ के रहि रहल हइ। प्रवासमें मधेशी सब पहाडी सामाजिक सर्कल् सबमें दोसर दर्जाके सामाजिक प्राणी भ के रहि रहल हई। दुन्नुके स्थितिमें बहुत ज्यादा अन्तर न हइ।

कोनो पहाडी आहाँ प्रति पहाडी-मधेशीके फिलिङ करइय त उ त आहाँके माइ बापके गाली दे रहल हबे, कि नइ? आहाँके परिवारके, आहाँके घर अङनाके, आहाँके गामके, आहाँके दुरा दर्वज्जा सबके गाली दे रहल हबे। से आहाँ कइला बर्दास्त करि रहल छियइ? अप्पन भाषा, संस्क्रृतिके अपमान आहाँ केकरा पुछिके सहि रहल छियइ?

समानताके इ लडाइ आहाँ लडियउ, आ से जे नइ करबइ त वहे लडाइ आहाँके बालबच्चाके लडे पडत्। नेपालके इ लोकतान्त्रिक आन्दोलन आ ओइ भितरके सामाजिक न्यायके लडाइ ततेक् महत्वपूर्ण छइ। समय दे सकइ छियइ त समय दियउ, पैसा दे सकइ छियइ त पैसा दियउ, राजनीतिक रूपसे सक्रिय भ सकइ छियइ त से होइयउ।

लोकतन्त्रके नारा आ मधेशी अधिकारके नारा बिल्कुल साथ ले जाएके हइ। आन्दोलनके अन्तर्गत जे पहाडी आहाँके साथ समानताके व्यवहार न करइय उ आन्दोलनकारी नइ भेलइ।

(जनवरी १५, २००५)


लोकतान्त्रिक गणतन्त्र नै किन?

लोकतन्त्र दुध हो भने राजतन्त्र विरालो हो। दुधको साक्षी विरालो हुन सक्दैन। ज्ञानेन्द्र शाह व्यक्तिको जहाँसम्म सवाल छ, उनी एउटा नागरिक भएर, व्यापारी भएर बसुन्। उनको निजी सम्पत्ति बरकरार रहन्छ। शौख नै लाग्छ भने पार्टी खोलुन्, राजनीति नै गरुन्। तर जन्म कै आधारमा कसैले गद्दी पाउने हो भने आज पशुपति राणा शायद प्रधानमन्त्री हुने थिए।राणा शासन र शाह शासनमा के फरक?

जनताले जनताकालागि जनताद्वारा शासन गर्ने प्रणाली लोकतन्त्र हो भनेर अब्राहम लिन्कनले भनेका छन्। महात्मा गान्धीले स्वराज्यको कुरा गरे। नेपालमा राजतन्त्र भनेको आन्तरिक औपनिवेशवादको रुपमा रहिआएको छ। हामीलाई ब्रिटिशले त गुलाम बनाउन सकेन, तर राजतन्त्रले गुलाम बनायो। त्यो कतिन्जेलसम्म?

प्रत्येक १० सालमा राजतन्त्रलाई भोक लाग्दो रहेछ र त्यसले घ्वाम्म पारेर लोकतन्त्रलाई चपाएर खाइदिने गरेको छ। राजतन्त्र संस्था भनेको त राक्षस हो। त्यो दानव हो। त्यो संस्थाको समाप्ति हुनु जरुरी छ। लोकतन्त्र भनेको त्यो दानवको पन्जामा रहेको राजकुमारी जस्तो। त्यो राजकुमारीलाई त्यो पन्जाबाट मुक्त गर्नु जरुरी छ।

राजतन्त्र यस्तो काम नलाग्ने संस्था हो कि त्यो संस्थाबाट राजा खुदले मुक्ति पाउनु जरुरी छ। राजतन्त्रले राजालाई शक्ति देला, तर स्वतन्त्रता दिंदैन। र त्यो शक्ति पनि शोसन गर्ने शक्ति हो, सेवा गर्ने शक्ति होइन। सेवा गर्ने शक्ति जनताले मत खसालेर प्रदान गर्छन्।

देशलाई चाहिएको आर्थिक क्रान्ति हो। तर देश राजनीतिक क्रान्तिमा नै फँसेर बसेको छ। लोकतन्त्र बिना आर्थिक क्रान्ति संभव छैन। गरीबी निवारण लोकतन्त्र बिना हुँदैन। दलित, मधेशी, जनजाति र महिलाले पाउनु पर्ने सामाजिक न्याय लोकतन्त्रले नै प्रदान गर्छ।

यो देश तीन करोड नेपाली जनताको हो, एउटा राजाको होइन।

तर लोकतन्त्र सित्तैमा आउँदैन। त्यो राजाले अथवा विदेशी शक्तिले उपहारका रूपमा प्रदान गर्ने कुरा होइन। त्यो नेताहरूले पनि उपहारका रूपमा दिन सक्दैनन्। लोकतन्त्र खटेर कमाउनुपर्छ। लोकतन्त्रले परिश्रम माग्छ, लोकतन्त्रले बलिदान माग्छ।

नेपालको अहिंसात्मक आन्दोलन अब निर्णायक घडीमा पुगेको छ। देश अथवा संसारमा त्यस्तो कुनै तागत छैन जसले यस आन्दोलनलाई अब रोक्न सकोस्। यो चरो अब उडिसक्यो। यस आन्दोलनले सारा आकाश गुञ्जायमान बनाएको छ। मेचीमा लागेको नारा महाकालीमा सुनिएको छ।

जनताले जनताकालागि संविधान निर्माण गर्ने सबैभन्दा उत्तम तरिका संविधान सभा हो। त्यसैले यो आन्दोलनले संविधान सभाको लक्ष्य राखेको छ। त्यो संविधान सभा एक मात्र मिलन विन्दु हो। त्यसमा कुनै राजनीतिक पार्टी आउँछन् भने आउन् आउँदैनन् भने डाँडा काटुन्, माओवादी आउँछन् भने आउन् आउँदैनन् भने डाँडा काटुन्, राजा आउँछन् भने आउन् आउँदैनन् भने डाँडा काटुन्।

लोकतन्त्रको घेरा भित्र विभिन्न किसिमका समझदारीहरू हुन सक्छन्। तर लोकतन्त्रको सवालमा कुनै समझदारी हुँदैन।

यो लोकतन्त्र भारत अथवा अमेरिकाबाट आयात हुन लागेको होइन। यो नेपाली माटोले जन्माउन लागेको हो। स्वतन्त्रता र स्वाभिमान प्रत्येक आत्मामा, प्रत्येक दिल र दिमागमा बीउको रुपमा बसेको हुन्छ। कहीं फस्टाउन पाएको हुन्छ, कहीं पाएको हुँदैन। फरक त्यति मात्र हो। यो लोकतन्त्र नेपालीहरुको दिलको आवाज हो। यो लोकतन्त्र यस्तो चलचित्र हो जो जस कसैले पनि आँखा चिम् गरेर हेर्न सक्छन्।

संभव छ नेपालको आन्दोलनले एउटा यस्तो किसिमको प्रगतिशील लोकतन्त्रको सिर्जना गरोस् कि त्यो लोकतन्त्र निर्यात नै गर्न सकियोस्। अमेरीका र भारतले नेपालको लोकतन्त्रबाट सिक्न सक्ने अवस्था सिर्जना हुन सक्छ। किनभने नेपालमा माटो गीलो छ। यस्तो मौका हम्मेसी पाइँदैन। यस्तो मौका कु्नै पनि देशको इतिहासमा शायद एक पटक आउँछ। त्यसैले यो आन्दोलनमा लागिपरेका देश र विदेशका प्रत्येक व्यक्तिले आफुलाई भाग्यमानी मान्नुपर्छ।

(जनवरी १३, २००६)


तिमी सडकमा उत्रेको देखेको छु

न्यु यर्क कहिले ननिदाउने शहरमा
इन्टरनेट मेरो पर्दा नलाग्ने झ्याल भएको छ
टाढैबाट भए पनि
सडकमा तिमीले जुन स्वतन्त्रता संग्राम मच्चाएका छौ
त्यसलाई मैले यहाँबाट नै प्रणाम गरेको छु
रगताम्मे निधारमा मैले भोलिको नेपाल देखेको छु
महिला पुरुष एक भएर, विद्यार्थी बुज्रुक एक भएर
तिमीले देखेको सपना, हे योद्धा
साकार हुन्छ, अवश्य हुन्छ
किनभने स्वतन्त्रता बाहिर मानवताको कुनै अस्तित्व छैन
तिमी त्यहाँ होस्टे गर, म यहाँ हैंसे गर्छु
तिमी भन इन्किलाब, म भन्छु यहाँ जिन्दाबाद
तिमी भन तानाशाही, म यहाँ भन्छु मुर्दाबाद
तिम्रो निधारको रगत बिहानीको सुर्य हो
क्षितिजमा त्यो आइसकेको छैन, तर सारा आकाश रगताम्मे छ
त्यो विहान अवश्य आउँछ
त्यो नीतिको नियम हो
वाग्मतीको पानी कसले रोक्न सक्छ
कोशी जहिले बगेकै छ
स्वतन्त्रता त्यस्तै एकोहोरो हुन्छ
लोकतन्त्रको आवाज शंखनाद हो
यो मेघ झैं गर्जन्छ
अहिंसा भनेको अणु बमभन्दा भयानक हतियार हो
यदि त्यो स्वतन्त्रता सेनानीको हातमा पर्छ भने
हे वीर योद्धा
तिमीलाई मेरो सलाम
तिमी भन त्यहाँ इन्किलाब, म भन्छु यहाँ जिन्दाबाद

(अक्टोबर ४, २००५)

No comments: