Friday, July 05, 2019

सपा, राजपा, जपा र त्रिपा को एकीकरण

उपेंद्र यादव र बाबुराम वाला समाजवादी पार्टी, राजेंद्र महतो र महंथ ठाकुर वाला राष्ट्रिय जनता पार्टी, सीके राउत को जनमत पार्टी, र हृदयेश त्रिपाठी। यी चार एउटै झण्डा मुनि आउनु बड़ा जरुरी छ। उपेंद्र र बाबुराम त आइपुगे। वर्षौं प्रयास गरे। बल्ल आइपुगे। समय लाग्दो रहेछ त।

अर्को कदम हो समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी को एकीकरण। यो ५०-५० फोर्मुला मा गर्दा भइहाल्छ। नाम के राख्ने? त्यो सानो समस्या हो। पार्टी को पोलिटब्युरो भने बलियो हुने भो।

अहिले सीके राउत संगठन विस्तार गर्नमा सक्रिय छन। एक डेढ़ वर्ष त्यसकालागि समय दिन पर्छ। तर त्यसपछि सपा र राजपा एक गरेर बनेको पार्टीले सीके सँग पनि वार्ता थाल्नुपर्छ।

हृदयेश त्रिपाठी सँग एकीकरण गर्न सजिलो छ। हृदयेश को चुनाव क्षेत्र यस्तो विचित्र को बनाइएको छ कि अब त्यहाँ ढाका टोपी लगाएर नै भोट माग्नुपर्ने अवस्था आइसक्यो। अँग्रेजी मा gerrymandering भन्छन। नेपालीमा शायद जेरी पकाएको भनिन्छ होला। हृदयेश कपिलवस्तु, पर्सा, महोत्तरी जहाँ बाट चुनाव लड़े पनि भो। महंथ ठाकुर सर्लाही बाट महोत्तरी पुगिसके। राजेंद्र महतो सर्लाही बाट जनकपुर पुगे। हृदयेश ले नवलपरासी छोड़ने अब। हृदयेश त्रिपाठी सँग एकीकरण गर्न उनलाई एउटा चुनाव क्षेत्र दिनुपर्ने हुन्छ। बस।

यी चार को एकीकरण सँग थुप्रै साना सना पार्टी छन तिनी सँग पनि एकीकरण गर्नुपर्ने हुन्छ।

देशले तेस्रो ध्रुव खोजेको अवस्था छ। पाटन मा मशाल जुलुस निस्किनु भनेको तख्तापलट।

महाकाली भारत लाई बेचेर केपी ओली ले आफ्नो लागि महल खड़ा गरे। भारत लाई गाली गरेर दुई तिहाई। दुई तिहाई गन्हाइ सक्यो। काठमाण्डु उपत्यका का जनता कम्युनिस्ट लाई मन पराउन छोड़ेको काँग्रेस लाई मन पराउन नसकेको अवस्थामा छन। These are gathering storms. आकाशमें बादल मंडरा रहे हैं।

तर नेता हरुले आतंरिक गृहकार्य त गर्नुपर्छ। एकीकरण नै त्यो गृहकार्य हो।





Saturday, June 29, 2019

समाजवादी पार्टी ले १० प्रदेशको कुरा उठाएर देशमा तेस्रो ध्रुवको निर्माण गर्न सक्छ

संविधान संसोधन मात्र भन्दा कुरा अस्पष्ट हुने गरेको छ। देशको विकास भने जस्तो। अस्पष्ट। तर १० प्रदेश भन्दा त्यो स्पष्ट हुन जान्छ। संविधान संसोधन मात्र भन्दा मधेसी मात्र को भन्ने अर्थ लाग्ने गरेको छ। १० प्रदेश भन्दा जनजाति पनि समाउने हुन्छ। गुठी विधेयक ले गर्दा पाटन मा मशाल जुलुस फेरि निस्कियो। त्यो त व्यवस्था नै ढालने किसिमको रोष हो। कम्युनिस्ट लाई पत्याउन छोड़ेको, काँग्रेसलाई फेरि मन पराउन नसकेको अवस्थामा देखिए काठमाण्डु उपत्यकाका जनता। देशमा तेस्रो ध्रुव को निर्माणको संभावना प्रबल भएर आएको छ।

त्यो तेस्रो ध्रुव अहिलेको अवस्थामा उपेन्द्र यादव र बाबुराम को समाजवादी पार्टी हुने प्रबल संभावना छ। 






Sunday, May 19, 2019

Vote For Suneel Sah For NRNA USA President

Wednesday, May 08, 2019

बाबुराम र उपेन्द्र नजिक आऊँदा समाजवादी पार्टी ले वैचारिक स्पष्टता पाउँछ कि

अशोक राई एक समय त्यति बेलाको एमाले को नम्बर दुई नेता। बाबुराम भट्टराई त्यसै गरी माओवादीमा दुई नम्बर भएर बसेको। उपेन्द्र यादव मधेस आन्दोलनको गजेन्द्र नारायण सिंह पछिको नया संस्करण। तीनै जना कट्टर वामपन्थी। नया बनेको समाजवादी पार्टी उकालो जाला त?

फोरम ले मधेसी मात्र होइन जनजाति पनि ताकेको हो। तर वैचारिक स्पष्टता को सदा अभाव देखियो। वैचारिक स्पष्टता पनि देखिएन रणनीतिक सुझबुझ पनि देखिएन। ती दुबै कुरा बाबुराम भट्टराई का बलिया पक्ष हुन।

पहाड़मा तर संगठन विस्तार कसले पो गर्ने। त्यो चाहिं अझै स्पष्ट छैन।




Tuesday, April 30, 2019

नेपाल जनमत पार्टी (नेजपा)

सीके राउतको जनमत पार्टी जनाधार भएको पार्टी हो। विकल्पको राजनीति गर्ने इच्छा भएका थुप्रै फॉरेन रिटर्न हरु ले त्यही क्लेम गर्न सक्ने अवस्था छैन। जनमत पार्टी एक्लै चुनाव लड़े राष्ट्रिय पार्टी बन्ने मात्र होइन देशको दोस्रो अथवा तेस्रो ठुलो पार्टी बन्ने देखिन्छ।

उज्वल थापाको विवेकशील दल छ। रविन्द्र मिश्र को साझा पार्टी छ। दर्शन रौनियार को देश बचाउ अभियान छ, M4C, Movement For Change। रूद्र पाण्डेको फेसबुक पार्टी छ हाम्रो पार्टी नाम गरेको। यी सबै देश विदेश पढ़े घुमेका मानिस हुन। तर व्यापक जनाधार भएको सीके राउत मात्र छ। भने पछि भ्रष्टाचार र आर्थिक क्रांति को मुद्दा मा एक हुन सक्नुपर्यो।

तर मधेसीलाई समानता दिलाउने कुरामा एक ठाउँ आउन सक्नुपर्छ पहिलो कदम। त्यति त गर्न सक्नुपर्यो नि।

लोकतन्त्रमा विश्वास गर्ने तर वार्तालाप पनि गर्न नसक्ने? वार्ता गर्ने कला नभएको?

मधेसीले एक व्यक्ति एक मत लोकतंत्र भन्दा बढ़ी केही पनि मागेको छैन। त्यहाँ कुरा मिले पछि भ्रष्टाचार र आर्थिक क्रांति को मुद्दा मा कुरा मिलाउन सक्नुपर्छ।

एउटै एकीकृत पार्टी चहियो। तर पार्टी को नाम हाम्रो विवेकशील साझा जनमत अभियान राख्न भएन। फ्रैंकेंस्टाइन नाम।

उपयुक्त नाम हुन्छ नेपाल जनमत पार्टी (नेजपा)  र पार्टी अध्यक्ष स्वतः सीके राउत नै हो।  पार्टी अध्यक्ष र भोलि गएर संसदीय दलको नेता। सीके ले मही माग्ने ढुङ्ग्रो लुकाउने गर्नु हुँदैन। स्पष्ट नेता अगाडि सार्न नसक्ने पार्टीले चुनाव जित्न सक्दैन। खाना नै नपस्किने रेस्टोरेंट मा कसले गएर आर्डर दिन्छ?

उज्वल थापा, रविन्द्र मिश्र, दर्शन रौनियार, रूद्र पाण्डे आदि ले आ आफ्नो "NGO" हरुलाई राजनीतिक दल बनाउने एक मात्र उपाय यही हो। र समय सीमा छ। यसरी एकीकरण नगरेर चुनावमा गएर हारे ती सबै दल समाप्त हुनेछन।

भने पछि वार्ता गर्नु पर्यो। कुरा अगाडि बढाउनु पर्यो।

यसरी एकीकरण गरे रविन्द्र मिश्र ले वानेश्वर बाट अर्को चुनाव जित्ने हो। स्वर्णिम वाग्ले हरु के खान अस्ताएको घाम काँग्रेस पार्टी मा लागिबसेको? रविन्द्र मिश्र लाई समाउने।

 एक पटक को नेपाली सधैँ को नेपाली। प्रवासका ५० लाख नेपाली ले फोन बाट वोट खसाल्न पाउनुपर्यो।












Tuesday, April 23, 2019

सीके राउत को जनाधार बलियो देखियो






सीके राउत को पार्टी खोले पछि को पहिलो जनसभा को आधारमा भन्ने हो भने सीके को जनाधार बलियो रहेको देखियो।

जनमत पार्टीको जनसभामा डा.सीके राउतले के–के भने?
डा.सीके राउतको सभामा जनसागर, भने,‘जनताको चाहना अनुसार स्वराज आउँछ’

जनसभामा जनउभार देख्दा जनमत पार्टी एक्लै जान सक्ने बलियो आधार देखियो। जनमत पार्टी लाई फोरम राजपा सँग एकीकरण गर्नु खासै आवश्यकता नरहेको देखियो। विवेकशील को त अहिले खासै जनाधार पनि छैन।

जनमत पार्टी एक्लै राष्ट्रिय पार्टी बन्ने देखिन्छ। चाहेमा सीके ले जनकपुर बाट सांसद बन्ने जस्तो देखियो। २ नंबर प्रदेशको अर्को मुख्य मंत्री सीके राउत बन्ने बलियो संभावना छ।

जनमत पार्टी ले पश्चिम तराई मा पनि राम्रो गर्न सक्ने देखिन्छ।

फोरम राजपा सँग एकीकरण गरेर बरु जनमत पार्टी लाई बेफाइदा हुन सक्छ। इमेज ख़राब हुन सक्छ।

जनमत पार्टी ले प्रमुख रूपले संगठन विस्तार गर्नु पर्ने हुन्छ।

तराई मा जति आन्दोलन भए पनि आखिर काँग्रेस कम्निष्ट ले नै वोट पाइराख्ने जमाना अब गयो। समग्र तराई को सबैभन्दा ठुलो पार्टी बन्ने आधार जनमत पार्टी ले तैयार गर्दैछ। तराई का २० जिल्ला मात्र स्वीप गर्न सके काठमाण्डु कब्ज़ा हुन्छ।





























Tuesday, April 16, 2019

विवेकशील जनमत पार्टी?

विवेकशील र साझा को मयारेज डिवोर्स मा परिणत भयो। छुट्टाछुट्टी भयो। उज्जवल थापा नेतृत्व को विवेकशील र सीके राउत नेतृत्व को जनमत पार्टी को एकीकरण थुप्रै लाई अचम्म को आईडिया जस्तो लाग्न सक्छ। तर म भन्छु त्यसमा दम छ।



उज्वल र सीके दुबै विदेश को पढाई सकेर देशको सेवा गर्न भनेर आएका मानिस। लोकतंत्र को सबक पढाइनुपर्ने मानिस होइनन यिनी। एक व्यक्ति एक मत लोकतंत्र मानने कसैलाई पनि मधेस को मुद्दा के हो, मधेसी को मुद्दा के हो भन्ने कुरा मा मन्थन गर्नु पर्ने खासै आवश्यकता भने छैन। मधेसीले राजनीतिक समानता भन्दा बढ़ी के पो मागेको छ र? एक व्यक्ति एक मत लोकतंत्र मात्र मागेको हो। 

मधेसको मुद्दामा एउटै मञ्चमा आउन सके यी दुईले थप कुरा गर्न सक्छन। 

प्रधान मंत्री निवासको जग्गा नै आफ्नो नाममा गर्न भ्याएको कम्निस्ट पार्टीको महासचिवले। यो त पंचायत कालमा धीरेन्द्र ले क्रेन लगेर दिन दहाड़े भक्तपुर को मुर्ति चोर्न गए जस्तो भयो। न त चोरी, न त डकैती। खुलेआम दादागिरी। त्यो घटना को केही वर्ष पछि पंचायतको अन्त्य भयो। यो जग्गा प्रकरण नेपालमा कम्निस्ट पार्टीको अन्त्यको शुरुवात हो। 

तर कम्निस्ट पार्टीको अन्त्य भनेको कांग्रेसको उदय भने होइन। त्यो त जुन जोगी आए पनि कानै चिरेको भने जस्तो हुन्छ। 
एउटा नया पार्टी को आवश्यकता छ। 

उज्वल र सीके दुबै स्वच्छ छवि भएका मानिस हुन। तर स्वच्छ छवि त भारतमा मनमोहन सिंह को पनि थियो। सदा बरक़रार नै राखे। आफु स्वच्छ भएर पुग्दैन। सिस्टम लाई स्वच्छ बनाउने हरु चाहिएको हो। 

सीके प्रति फोरम राजपा वाला हरु आक्रामक छन। किन होला?

शायद सीके को सामीप्य फोरम राजपा नभएर विवेकशील पो हो कि?


दुबैले वार्ता पो गर्ने कि? 

विवेकशील को तुलनामा सीके को जनाधार ठुलो छ। त्यस आधारमा सीके अध्यक्ष र उज्वल उपाध्यक्ष हो शायद। 

मधेसको मुद्दामा एउटै नजरले हेर्न सके भ्रष्टाचारको मुद्दामा दुबै एकै ठाउँ छन। दुबै कम्प्युटर साइंस पृष्ठभुमि का मानिस। विज्ञानं र प्रविधि र विश्व बाजार बुझेका मानिस। नेपालको अर्थतंत्र लाई आधुनिकता तर्फ लान सक्ने हरु। 

पार्टी एकीकरण गरेर अर्को चुनावमा स्वीप गर्ने लक्ष्य का साथ अगाडि बढ्नुपर्ने हुन्छ। 

विजपा।

विवेकशील ले अर्को चुनाव एक्लै लडेर फेरि हारे पार्टी नै समाप्त हुने डर छ। सीके लाई पनि राष्ट्रिय छविको आवश्यकता छ।

Tuesday, April 02, 2019

Nepal Investment Summit 2019



When it comes to Nepali entrepreneurs, looks like Binod Chaudhary is in a league of his own.