The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Saturday, September 09, 2017
Tuesday, September 05, 2017
संविधान संसोधन का मुद्दा हरु
प्रदेश सभा र प्रतिनिधि सभा को चुनाव पछि संविधान संसोधन को संभावना छ। संसोधन नभए सम्म त्यसलाई बलियो चुनावी मुद्दा बनाएर चुनावी सफलता हासिल गर्न सकिन्छ। मुद्दा दरो रूपले स्थापित भएको छ।
हिंदी भाषा मधेसलाई भन्दा पहाडलाई चाहिएको। मैथिलि किन हुँदैन? थारू किन हुँदैन भनेर सोध्ने ले पहाडमा राई भाषा किन हुँदैन, गुरुङ्ग भाषा किन हुँदैन, तामांग भाषा किन हुँदैन, नेपाली नै किन संपर्क भाषा चाहियो भनेर सोध्नुपर्छ। अशिक्षित नेपाली काम का लागि भारत जाने पुरानो कुरा हो। १० वर्ष भित्र मा शिक्षित नेपाली अमेरिका, बेलायत, जापान, ऑस्ट्रेलिया नगयेर भारत जाने अवस्था आउँदैछ। विश्व भरि नेपाली नोकरचाकर भएर बस्नु परेको अवस्था छ। हिन्दी नै त्यो छाता भाषा हो दक्षिण एशिया को जसले नेपाली लाई विश्व भरि आदर दिलाउने छ। गुगल को Artificial Intelligence ले सम्पुर्ण इंटरनेट लाई हिंदी मा अनुवाद गर्ने समय अब धेरै टाढा छैन। अनि त के हिंदी, के अंग्रेजी। नेपालमा हिंदी घृणा आत्म घृणा (self hate) हो। हिंदी घृणा दास मानसिकता हो। अंग्रेज गए, अंग्रेज प्रतिको दासत्व भावना गएन।
नागरिकता समस्याको वास्तविक समाधान भनेको कनाडा र अमेरिका बीच भए जस्तो, ब्रिटेन र अमेरिका बीच भए जस्तो द्वैध नागरिकता हो। दुई देश बीच त्यस किसिमको नया सन्धि गर्नु पर्छ। भारतीयले नेपाली बिहे गर्दा भारतीय नागरिकता किन त्याग्नुपर्ने? नेपाली नागरिकता पनि किन नपाउने? भारतको सहयोगमा नेपालमा पनि बायोमेट्रिक ID मा जानुपर्छ। र नागरिकता एक किसिमको मात्र हुन्छ। भारतमा सोनिया गाँधी लाई प्रम बन्न त्यहाँको कुनै कानुन ले रोक्दैन।
राष्ट्रिय सभा का लागि जनसंख्याको आधारमा मतदान हुनुपर्ने एक व्यक्ति एक मत लोकतंत्र हो। जनसंख्याको आधारमा स्थानीय तह बढाउनु पर्छ। मधेसमा २०० थपे भइहाल्यो नि। होइन भने २०,००० लाई पनि एउटा पुस्तकालय, एउटा अस्पताल, २००,००० लाई पनि एउटा पुस्तकालय, एउटा अस्पताल? तर्क संगत भएन।
ओली प्रवृत्ति र राष्ट्रवाद https://t.co/rhebwkLaPw— Paramendra Bhagat (@paramendra) September 5, 2017
Sunday, September 03, 2017
राजपा ले छलांग मार्ने सिनारिओ (Scenario)
नेपालमा एउटै पार्टीले एक्लै बहुमत ल्याउने जमाना शायद गयो। माओवादी फेरि एक ढिक्का भएमा तीन ठुला पार्टी मोटामोटी समान आकारका शायद होलान। तर केही साना पार्टी हरु पनि थ्रेसहोल्ड वाला परीक्षा पास गर्ने देखिन्छ। राजपा र राप्रपा राणा ले थ्रेसहोल्ड पास गर्छन। उपेंद्र यादव र विजय गच्छेदार लाई अहिल्यै गारहो भइसक्यो। नया शक्ति लाई गारहो छ। विवेकशील साझा पार्टी ले काठमाण्डु मा मात्र हल्का अनुहार देखाएको छ। थ्रेसहोल्ड पास गर्ने अवस्था आइसकेको छैन। नेपालका अन्ना हजारे डाक्टर गोविन्द केसी ले विवेकशील लाई आशीर्वाद दिए जस्तो देखिन्छ। तर जनतामा भ्रष्टाचार विरूद्ध व्यापक रोष उप्तन्न भइसकेको अवस्था छैन।
कि त राजपा सँग यादव र गच्छेदार ले एकीकरण गर्नु पर्यो। कि त बाबुराम र उपेंद्र ले एकीकरण गर्नुपर्यो। विवेकशील ले कुनै पुरानो पार्टी सँग एकीकरण गर्ने अवस्था भने छैन। विवेकशील ले समय कति लिन्छ प्रश्न त्यति मात्र हो। तर १० वर्ष भित्रमा राष्ट्रिय राजनीति मा व्यापक फेरबदल हुने संभावना छ। त्यसका लागि काँग्रेस र एमाले को साइज घट्नु पर्ने हुन्छ। विवेकशील र नया शक्ति ले भ्रष्टाचार का विरुद्ध व्यापक रोष प्रकट गर्न सके त्यो सिनारिओ आउने देखिन्छ।
काठमाण्डु मा विवेकशील जे हो मधेसमा सीके राउत त्योभन्दा ठुलो हो। तर त्यसका लागि सीके ले पार्टी दर्ता गराएर चुनाव लड्नु पर्छ। सीके ले उदाहरण दिने गरेका स्कॉटलैंड र स्पेन का स्वराजी पार्टी हरु चुनाव लड्छन त। सीके ले चुनाव किन नलडने?
त्यस अर्थ मा काँग्रेस र एमाले अहिले को एक तिहाई मा पुग्ने र विवेकशील, नया शक्ति, राजपा र राउत अगाडि आउने संभावना टडकारो छ। देशको बजट को ९०% अंतिम १२ औ महिना मा "खर्च" गरेर झ्वाम पार्ने लुटतंत्र का विरूद्ध जनता मा रोष प्रकट गराउन सक्नुपर्यो विवेकशील र नया शक्ति ले। होइन भने गारहो छ। देशको आर्थिक प्रगति गारहो छ।
नेपालको भ्रष्टाचार मा लिप्त राज्य (state) ले सारा नेपाली जनता लाई उपनिवेश बनाएर राखेको अवस्था छ।
हृदयेश त्रिपाठी अध्यक्ष मण्डल में चयन https://t.co/pDL3FNSrmcराजपा-राजनीतिः-हृदयेश-त्.html via @HimaliniNepal
— Paramendra Bhagat (@paramendra) September 4, 2017
राजपा ले छलांग मार्ने सिनारिओ (Scenario) https://t.co/yLYsq3lqAP #baburambhattarai #ckraut #corruption #nayashakti
— Paramendra Bhagat (@paramendra) September 4, 2017
सिके राउत अन्धी–गल्लीको बाटो हिँडिरहेका छन् : सिके लाल https://t.co/VddDBtNjey
— Paramendra Bhagat (@paramendra) September 4, 2017
बैकल्पिक उर्जा पाँच अर्ब बेरुजुले ग्रस्त : भ्रष्टाचारले सीमा नाघ्यो अख्तियार मौन https://t.co/xapMU8n9VI
— Paramendra Bhagat (@paramendra) September 4, 2017
महानगरलाई ९ करोड कर नतिर्नेलाई बनायो एमालेले मेयरका उम्मेदवार https://t.co/aqxfHd1K6U
— Paramendra Bhagat (@paramendra) September 4, 2017
कांग्रेसको भ्रष्टचारी मोह : निर्वाचन विधेयक अन्योलमा https://t.co/nPk6yTZHjG
— Paramendra Bhagat (@paramendra) September 4, 2017
निगम जग्गा खरिद घोटाला : सांसदलाई सुरक्षा थ्रेट, विभिन्न समूमार्फत अनावश्यक दबाब https://t.co/LO4S1Jr64X
— Paramendra Bhagat (@paramendra) September 4, 2017
भ्रष्टाचारीलाई चुनावमा उठाउन कांग्रेसको जोडबल : माओवादी केन्द्र अलमलमा https://t.co/LdiEVsZnow
— Paramendra Bhagat (@paramendra) September 4, 2017
सीता, गौतमबुद्धलाई नेपाली भन्नेले मधेशीलाई गैरनेपाली देख्नु एकल जातीय अहंकारवादी सोच https://t.co/mOOWC4Ko8H via @sanghiyaonline
— Paramendra Bhagat (@paramendra) September 4, 2017
आठौं संविधान बन्ने उपेन्द्र यादवको चेतावनी https://t.co/nYANgOEOdV @sanghiyaonline
— Paramendra Bhagat (@paramendra) September 4, 2017
राष्ट्रवाद र राष्ट्रियता समानार्थी होइनन् https://t.co/VYS2QEpxRN
— Paramendra Bhagat (@paramendra) September 4, 2017
भ्रष्टाचारमा संलग्न नेपालीमाथि कारबाही भएन https://t.co/sJajsXsyje
— Paramendra Bhagat (@paramendra) September 4, 2017
प्रतिबन्धित भारतीय रुपैयाँको तस्करी, वित्तीय संस्थाकै संलग्नताको आशंका https://t.co/cwJJNDhMIg
— Paramendra Bhagat (@paramendra) September 4, 2017
‘अहिलेको निर्वाचन हाम्रो लागि क्वाटरफाइनल हो’ https://t.co/uz4CYiVp3z
— Paramendra Bhagat (@paramendra) September 4, 2017
राजपालाई बल्ल लाग्यो चुनाव : मधेश भवनमा टिकट लिनेको लाइन https://t.co/s1Is0ng6s8
— Paramendra Bhagat (@paramendra) September 4, 2017
संकट टार्न राजपाको असन्तुष्ट पक्षलाई रातारात बढुवा https://t.co/AJTqgGoSvO
— Paramendra Bhagat (@paramendra) September 4, 2017
Saturday, August 26, 2017
मधेस आन्दोलनको आध्यात्मिक पक्ष
प्रमुख धर्म हरु एक अर्का सँग बाझेका छैनन। उही जानकारी बिभिन्न माध्यमले परोसिएको छ। महाभारतमा भनिएको छ, हे ब्रम्हा, तपाइँका बिभिन्न नाम मध्ये एक हो इसा। कोरान मा जीजस लाई इसा भनिएको छ। क्रिस्चियन ले भन्ने गरेको होली फादर नै विष्णु हुन। हिन्दु ले विष्णु को नाभी बाट ब्रम्हा पैदा भएको भन्छ। क्रिस्चियन ले "begotten, not made" भन्छ। अल्लाह भनेको एउटा अरबी शब्द हो। त्यसै शब्द लाई अंग्रेजी मा God भनिन्छ। अर्थात बाबरी मस्जिद मा भगवान राम कै पुजा भैरहेको थियो। मानव अवतार मा आउनु अगाडिका राम। मानव अवतार को समाप्ति पछिका राम। ईश्वर निराकार र सर्वव्यापी छन।
विष्णु को पहिलो मानव अवतार राम, दोस्रो कृष्ण। ब्रम्हा को पहिलो मानव अवतार जीजस। ईश्वर त सारा ब्रम्हाण्ड को ईश्वर हो, सिर्फ भारतवर्षको होइन। ईश्वर एक छन। पाँच अंधोले हाथी लाई छामे जस्तै बिभिन्न धर्म ले ईश्वर लाई चिन्ने प्रयास गर्दछन। ती पांचैले एक अर्का को कुरा सुने ईश्वर को अझ बढ़ी स्पष्ट चित्र आउने हुन्छ।
जीजस/येशु को जब इजराइल मा जन्म भयो त्यति बेला इजराइल रोमन साम्राज्य को अधीनस्थ थियो। रोमन हरु को बड़ो क्रुर शासन थियो। तर जीजस ले यहुदी को political liberation लाई बढ़ी महत्वपुर्ण ठानेनन। मानव रुपमा जन्मे पछि सबैभन्दा महत्वपुर्ण कुरा हो मरे पछि स्वर्ग जाने कुरा सुनिश्चित गर्नु। बाँकी सबै कुरा कम महत्वका कुरा हुन।
मधेसी लाई गार्हो छ। काठमांडुले उपनिवेश बनाएर राखेको छ। तर २,००० वर्ष अगाडि को यहुदी र आजको मधेसी का लागि सन्देश एउटै छ। समस्त मानव जाति का लागि नै सन्देश एउटै छ। मानव रुपमा जन्मे पछि सबैभन्दा महत्वपुर्ण कुरा हो मरे पछि स्वर्ग जाने कुरा सुनिश्चित गर्नु। बाँकी सबै कुरा कम महत्वका कुरा हुन।
भन्नु को अर्थ धरती मा justice र prosperity महत्वपुर्ण कुरा होइन भन्ने होइन। तर ती लिस्ट मा सबै भन्दा माथि पर्दैनन।
यहुदी लाई chosen people भनिन्छ। ईश्वर ले म छु भनेर देखाउन का लागि त्यसरी एक जाति लाई choose गरेका हुन। बाहुन भनेको त्यस्तै chosen people हो। यहुदी जस्तो। तर बाहुन नर्क जाँदैन भन्ने होइन। कुकर्म गर्छ भने नर्क जान्छ। मानवले मानव सँग दुर्व्यवहार गर्छ भने त्यो कुकर्म हो। शोषण कुकर्म हो। जुन ईश्वर ले यहुदी लाई choose गरे त्यसै ईश्वर लाई यहुदी ले reject गर्यो। बाहुन हरुमा त्यसै किसिमको tendency देख्न सकिन्छ।
धरती मा भोग्न सकिने कुनै पनि पीड़ा नर्क को पीड़ा भन्दा निकै कम हो। त्यस अर्थमा caste system लाई बुझ्नु पर्ने हुन्छ। गीता मा भगवान कृष्ण ले भनेका छन, यो caste system मैले नै बनाएको। कस्तो भगवान? Caste system बनाइदिने! तर त्यही भगवान ले स्पष्ट सन्देश दिए, कुनै पनि जातको मानिस सँग दुर्व्यवहार नगर। त्यो सन्देश का लागि सीता मैया दोस्रो पटक वनवास गइन। उदाहरण पेश गर्न का लागि। तर बाहुन ले त्यो बुझ्न खोज्दैन। उल्टै राम त ख़राब लोग्ने भन्ने अर्थ लगाउन खोज्छ।
गीता मा भगवान कृष्ण ले भनेका छन। मैले देखाएको स्वर्ग जाने बाटो १०,००० मध्ये एकले प्रयास गर्ने छन, ती प्रयास गर्ने १०,००० मध्ये एक सफल हुनेछन। बाँकी को के हुने? हिन्दु ग्रन्थ हरुमा स्पष्ट भनिएको छ, पुनर्जन्म पछि पुनर्जन्म पछि पुनर्जन्म।
जीजस आउनु ३,००० वर्ष अगाडि नै कृष्ण ले जीजस को कुरा गरेका छन। Wisdom यहुदी बाइबल मा जीजस को नाम हो। त्यही जीजस लाई सकेसम्म थुन्छेक गर्न भारत को पनि नेपाल को पनि बाहुन तम्सिएको छ।
पहिले को जन्म का दौरान को कर्म का कारन ले कोही तल्लो जातमा जन्मेको हुन सक्छ। तर जुन सुकै जात मा जन्मे पनि जीजस को बाटो त्यो व्यक्ति स्वर्ग जान सक्छ। त्यो कुरा भगवान कृष्ण ले गीता मा भनेका छन।
Son Of God: Jesus Is Back
मधेसी को राजनीतिक अवस्था बारे के त? भगवानको सन्देश के छ? सबै कुरा को ज्ञान हुने ईश्वर, सर्वशक्तिमान ईश्वर ले भन्छन माफ़ गरिदेउ। पहाड़ी ले थिचोमिचो गर्यो? पहाड़ी लाई माफ़ गरिदेउ। आजसम्म एक पटक पनि ईश्वर ले अन्याय हुन दिएका छैनन।
Friday, August 25, 2017
सीके राउत ले चुनाव लड़नै पर्ने कारण हरु
तर सीके को चुनाव नै नलडने निर्णय बुझिनसक्नु छ। गाँधी को पार्टीले प्रदेश स्तरको चुनाव हरु लड्दै गएको। सीके ले उदाहरण दिने स्कॉटलैंड र स्पेन मा त्यस्ता स्वराजी पार्टी हरुले चुनाव लड्दै गएको। सीके ले चाहिं चुनाव नलडने किन?
सीके ले आफ्नो नेपाली नागरिकता र पासपोर्ट त त्यागेका छैनन। प्रत्येक व्यक्ति को कुनै न कुनै देशको नागरिक बन्ने अधिकार मानव अधिकार हो। राजनीतिक नेतृत्व मा रहेको नागरिकले पार्टी दर्ता गराउँछ।
पार्टी नै दर्ता नगरी, चुनाव नै नलडी संगठन बनाउन गार्हो हुन्छ। अहिंसा र लोकतंत्र मा रहेको आफ्नो विश्वास प्रकट गर्न पनि सीके ले चुनाव लड्नु पर्छ।
निकट भविष्यको संविधान संसोधन का लागि चाहिने अंकगणित
तर त्यस प्रकारको एक पद एक उम्मेदवार गठबंधन बनिहाल्न गार्हो छ। त्यस किसिमको परिपक्वता नेपालका पार्टी हरुमा आइसकेको अवस्था छैन। गठबंधन चुनाव पछि बन्ने गर्छ।
त्यस्तो औपचारिक गठबंधन बन्नु अगाडि राजपा र माओवादी र सीके राउत ले महत्वपुर्ण रोल खेल्न सक्छन। राजपाले चाडो भन्दा चाडो महाधिवेशन गरेर पार्टी एकीकरणको प्रक्रिया लाई पुर्ण गर्नु जरुरी छ। अहिले एकीकृत पार्टी होइन छ पार्टीको मोर्चा लाई नै छाता ओढाइरहेको अवस्था छ। सच्चा रूपले एकीकरण भएर जनता माझ जाँदा राजपाले राम्रो चुनावी नतिजा ल्याउनेछ।
सबै माओवादी फेरि एक हुन्छन् र प्रचंड र उपेन्द्रको एकीकरण भएर उपेंद्र नंबर दुई नेता बन्छन भने त्यसले संविधान संसोधनको एजेंडा लाई बलियो बनाउँछ। बाबुराम भट्टराईले बनाउन खोजेको नया शक्ति त विवेकशील साझा पार्टी पो बनेछ। बाबुराम फेरि माओवादी मैं फर्केर त्यस पार्टीको नाम बाट माओवादी शब्द झिक्न मदत गर्नु उपयुक्त हुन्छ। राष्ट्रिय राजनीतिमा आफ्नो relevance कायम राखेर फेरि राष्ट्राध्यक्ष बनने संभावना बनाउन बाबुरामले अलिकति ego निल्नुपर्ने धरातल बनेको छ। प्रचण्डले face saving गरिदिनुपर्छ। त्यस एकीकृत पार्टीले पहाडमा एमाले को वोट काट्छ। जनजाति को चेतना विस्तारै बढेर यता तिर आऊँछन।
राजपाले अब निर्वाचनमा भाग लिने निर्णय गरेको छ। यो रचनात्मक र दूरदर्शी राजनीतिक निर्णय हो। यसको स्वागत गर्दछु।
— Bimalendra Nidhi (@BimalendraNidhi) August 26, 2017
निकट भविष्यको संविधान संसोधन का लागि चाहिने अंकगणित https://t.co/UfgyNtyI7J
— Paramendra Bhagat (@paramendra) August 26, 2017
Thursday, August 24, 2017
संविधान Derail को बाटो, संविधान संसोधनको बाटो र सीके राउतले चुनाव लड्ने बाटो
संविधान Derail को बाटो, संविधान संसोधनको बाटो र सीके राउतले चुनाव लड्ने बाटो
संसोधन हुन नमानेको संविधानलाई Derail गर्नुपर्छ
पटरी पर से उतारो इस संविधानको। संघीयता र समावेशिता को सिद्धान्तलाई धुजा धुजा पारेको यो संविधान। आफैले सही गरेको अंतर्राष्ट्रीय संधि सम्झौता नमानेको संविधान। १५० ठाउँमा मानव अधिकार हनन गरेको संविधान।
मधेस सँग वीटो पावर छ। तथाकथित तेस्रो चरण को स्थानीय चुनाव बिथोल्यो कि यो संविधानको अवसान भयो। अनि जान्छ देश तेस्रो संविधान सभा तर्फ।
लचक नभएको डंडी जस्तो यो संविधान पिटिक्क भाच्चिने संविधान हो। प्रक्रिया नपुर्याएर बनाइएको यो संबिधान। यो संविधान सभाले होइन व्हिप जारी गरिएको कुनै संसद्ले बनाएको संबिधान हो। यो संसद बाहिर बनाइएको संविधान।
मधेसी क्रांति एक, दुई र तीनले खोजेको र नपाएको संविधान। त्यस विपरीत आएको यो अश्लील संविधान। यसलाई अब मधेसी क्रांति चार ले अपदस्थ गर्नुपर्छ।
संविधान संसोधनको बाटो
अंततः दुई तिहाई पुर्याएर संविधान संसोधन गरिछाड्ने बाटो मध्यमार्गी बाटो हो। राजपा त्यही बाटो मा हिडेको देखिन्छ। यसले संगठन निर्माण गर भन्छ, चुनाव हरु जित्दै जाउ भन्छ। काँग्रेस र माओवादीले पनि यही बाटो मा साथ दिन खोजेको देखिन्छ। प्रचंड र उपेन्द्रले पार्टी एकीकरण गर्ने हल्ला छ। त्यसलाई मैले सकारात्मक नै लिएको छु। माओवादी पार्टीको नामबाट माओवादी शब्द झिक्ने बेला आइसक्यो। अशोक राई को पहाड़ी जनजाति जमातलाई प्रचण्डको समुह सँग मिश्रण गर्दा बल्ल नतिजा हरु आउन थाल्छ। राजपा र उपेंद्र यसरी घुमाउरो पाराले फेरि एक ठाउँमा आइपुग्छन। राम्रै हुनेछ।ओली र कमल थापा लाई isolate गर्ने बाटो नै संविधान संसोधनको बाटो हो।
सीके राउतले चुनाव लड्नुपर्छ
पार्टी दर्ता गराएर चुनाव लड़न का लागि सीके राउतले मधेस अलग देशको एजेंडा छोड्नु जरुरी छैन। सीके ले उदाहरण दिने गरेका स्कॉटलैंड र स्पेन का पार्टी हरु सबै चुनाव लड्छन। सीके ले पनि चुनाव लड्नु पर्छ।
Monday, August 07, 2017
मधेस क्रांति, राजपा र यो मोड़
राजपा ले चुनावमा भाग लिने कि नलिने? राजपा को केंद्रीय समिति ले जे निर्णय गर्छ त्यही ठीक हुनेछ। तर चुनाव बहिष्कार को निर्णय गरियो भने चुनाव बिथोल्ने किसिमको बहिष्कार हुनुपर्छ। चुनावको केही दिन अगाडि देखि अनिश्चितकालीन मधेस बंद। मधेसी क्रांति ४ को बिगुल फुक्न सक्नुपर्छ। होइन भने चुनावमा सहभागी भएकै राम्रो।
Forgiveness sets our hearts free and allows us to start anew. Forgiveness gives hope. Without forgiveness, the Church is not built up.— Pope Francis (@Pontifex) August 7, 2017
..waiting for the fucking bus.. pic.twitter.com/toZNIUebmR— Shark Food (@WallofMax) August 7, 2017
Saturday, July 22, 2017
हृदयेश त्रिपाठी राजपा अध्यक्ष बन्नुपर्दछ
चुनौती संगठन निर्माण हो। दरो नेतृत्व चहियो।
‘हामी त सकियौं, अध्यक्ष मण्डलका नेताजीहरुको दाह्रीमा आगो लागेको छ’ https://t.co/SVYYQgLEYa— Paramendra Bhagat (@paramendra) July 22, 2017
मधेस आन्दोलन एक दशक पछाडि धकेलियोः हृदयेश त्रिपाठी https://t.co/wY9Wqf6VKd— Paramendra Bhagat (@paramendra) July 22, 2017
ह्रिदेश त्रिपाठी ने अपनी असंतुष्टी खुलकर प्रगट की, कहा विधान छापामारी सैली में दर्ता करवाई गयी https://t.co/Ou2e7i3YM8
— Paramendra Bhagat (@paramendra) July 22, 2017
Tuesday, July 18, 2017
CK Lal: World Class Columnist
विकास र उन्नति https://t.co/Tn6TB8VDlU— Paramendra Bhagat (@paramendra) July 18, 2017
विकास र उन्नति : भाग (२) https://t.co/hB94vP7wIg— Paramendra Bhagat (@paramendra) July 18, 2017
विकास र उन्नति भाग (३) https://t.co/zwgYUGK6bM— Paramendra Bhagat (@paramendra) July 18, 2017
Monday, July 17, 2017
महंथ ठाकुर, उपेंद्र यादव, सीके राउत र मधेस
पहाडको संपर्क भाषा संपर्क भाषा हुने, मधेसको संपर्क भाषा संपर्क भाषा नहुने। मुग़ल का समयमा भारतमा रहेको मधेस जो सांस्कृतिक रूपले बोर्डर पारिको भुभाग संग एक छ, जहाँ रोटीबेटी को सम्बन्ध छ। त्यहाँ आयातित नागरिकता कानुन हरु लादने प्रयासले मधेसलाई आधारभुत तहमा अपमान गरेको छ। मधेसीले एक व्यक्ति एक मत नपाओस भन्ने प्रमुख गाइडिंग प्रिंसिपल ले संविधान लेखिएको छ।
महंथ ठाकुर र उपेंद्र यादव को असहमति सतहमा जातीय लागे पनि (एउटा फॉरवर्ड ब्लॉक अर्को यादव) वास्तवमा एक जना काँग्रेस पृष्ठभुमि को र अर्को वामपंथी हुनु हो। तर दुबै चश्मा ले मधेसी विरुद्ध विभेद भएको देखेको र मोटामोटी समाधान के हो भन्ने उस्तै उस्तै निर्क्यौल पनि गरेको अवस्था मा सहयात्रा नहुनु गृहकार्य को कमी जस्तो देखिन्छ।
गांधी ले पनि अलग देश का लागि नै अभियान चलाएका हुन। तर भारत स्वतंत्र हुनु अगावै दशकौं गांधीको काँग्रेस पार्टीले प्रदेश स्तरमा चुनाव लड्दै जित्दै गएको हो। सीके राउत ले नै उदाहरण दिँदै आएका स्कॉटलैंड र स्पेन जस्ता ठाउँ मा अलग देश विचारधारा का पार्टीले चुनाव लड्ने गरेका छन।
अलग देशको कुरा गर्ने हो भने सीमाना कै कुरा आउँछ। त्यस अलग देशको सीमाना के हुने? मधेस प्रदेश मा त बस्न नचाहेका पहाड़बाट मधेस झरेका हरु ले मधेस अलग देश मा बस्ने इच्छा गर्लान? भने पछि मधेस देशको सीमाना कहाँ सम्म को हुने?
सीके को अभियान ले बरु मधेस केंद्रित दल हरुलाई स्पेस बनाइदिने काम गरेको छ। राज्य सत्ताको सफल आलोचना गरेको छ तर कंक्रीट रोडमैप दिन सकेको देखिँदैन। आदर्शवादी युवाहरुलाई संगठित त गरेको छ तर गंतव्य देखाउन सकेको छैन।
कि त बर्लिन को पर्खाल भतके जस्तो गरी भारत र चीन दुबै १०-२० देशमा विगठित हुने अवस्था आउनुपर्यो। त्यो आउने संभावना कतिको छ?
मुद्दा मात्र राजनीति होइन। संगठन निर्माण मा कमी कमजोरी देखिएका छन।
संविधान संसोधनको अन्योल छ। तेस्रो चरणको स्थानीय चुनावको द्विविधा छ। मधेसलाई गारहो छ।
महंथ ठाकुर, उपेंद्र यादव, सीके राउत र मधेस https://t.co/9xcHDf7SQv @ckraut @drckraut
— Paramendra Bhagat (@paramendra) July 18, 2017