The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
अन्त्यहीन बन्द–हडताल, भारतीय नाकाबन्दी र ५० जनाभन्दा बढीको ज्यान जानेगरी भएका हिंसाका कारण पाँच महिनायता तराई–मधेस आक्रान्त छ । पढाइ अवरुद्ध भएका कारण लाखौं विद्यार्थीको भविष्य जोखिममा छ । .. समयमा खेती लगाउन र उत्पादित वस्तु बजारसम्म पुर्याउन नपाउँदा किसान पीडामा छन् । ..... दिनभरि मजदुरी गरेर साँझको छाक टार्नुपर्ने ५० हजार बढी श्रमिक बेरोजगार बनेको तथ्य सञ्चार माध्यममा आइरहेका छन् । सयौं उद्योग बन्द हुँदा मुलुकको समग्र अर्थतन्त्रमै धक्का लागेको छ । ..... यस स्थितिले तराई–मधेसका कम्तीमा ५ प्रतिशत थप नागरिकलाई सीमान्त गरिबीमा धकेलेको अनुमान छ । .... ‘सर्वहाराको मुक्ति’का नाममा भएको हिंसात्मक द्वन्द्वले मुलुकलाई पछि धकेल्दै थप ‘सर्वहाराकरण’ गरेजस्तै ‘मधेसी जनताको हित’मा भनिएको आन्दोलनले मधेसलाई झनै पछाडि धकेल्नु ठूलो विरोधाभास हो । ..... सामन्ती व्यवस्था आफैंमा विभेदकारी थियो र यसले महिलामाथि पितृसत्तात्मक, दलितमाथि छुवाछूतजन्य, जनजातिमाथि सांस्कृतिक विभेदकारी, गैर–हिन्दुहरूमाथि धार्मिक, श्रमजीवीहरूमाथि आर्थिक र कर्णाली लगायत दुर्गम क्षेत्रमाथि क्षेत्रीय उत्पीडन संस्थागत गर्यो । एक भाषा, एक भेष, एक संस्कृति र एक धर्मको बर्चस्वलाई बढावा दियो, ताकि यिनकै जगमा राजतन्त्रलाई सुदृढ गर्न सकियोस् । ..... महिलाका लागि राज्यका हरेक अङ्गमा एक तिहाइ सहभागिताको सुनिश्चितता ..... ‘पहिचानका पक्षधरलाई दुई तिहाइ बहुमत’ भन्ने नारासाथ निर्वाचनमा गएका तर दोस्रो संविधानसभामा पराजित भएका कतिपय दल या नेता मधेस आन्दोलनलाई शक्ति सञ्चयको भरेङ बनाउन चाहन्छन् । .....
पञ्चायतमा समेत मन्त्री बनेका, काङ्ग्रेसमा रहेर पटक–पटक सत्तासुख उपभोग गरेका र गणतन्त्रबाट सबभन्दा बढी लाभ उठाएका साथीहरूले आफूलाई ‘दोस्रो दर्जा’को व्यवहार गरियो भनेर ‘स्टन्ट’ गर्नु आफैंमा अर्थहीन छ ।
..... मधेसमाथिको कथित ‘आन्तरिक औपनिवेशीकरण’, ‘दुई राष्ट्रियता’को तर्क या ‘मधेस स्वतन्त्रता’को नारा पछाडि यस्तै अतिवादी सोचले काम गरिरहेका छन् । ..... आज पनि भुटानसँग भारतको सबैभन्दा राम्रो सम्बन्ध छ, म्यान्मारको जुन्टासँग कुनै खटपट छैन र कुनै बेला बङ्गलादेशमा सैनिक तानाशाही हुँदा पनि त्यहाँ ‘समावेशी संविधान’का लागि भारतीय नाकाबन्दी भएको यो पङ्क्तिकारलाई थाहा छैन .....भारतको निश्चित राजनीतिक स्वार्थ र नेपालले आफ्नो सम्प्रभुता र आत्मनिर्णयको अधिकार प्रयोग गर्दै गरेको स्वतन्त्र फैसला नै उसको असन्तुष्टिको मुख्य कारण हो ।
.... आन्दोलनरत पक्षसँग रूपान्तरणको कुनै दृष्टिकोण र सामथ्र्य छैन । तराई–मधेसमा आन्तरिक विभेद र उत्पीडन चुनौतीपूर्ण छ । .....मानव विकास प्रतिवेदन (२००९) का अनुसार जहाँ तराई–मधेसका बाहुन/क्षत्री र कायस्थहरूको मानव विकास सूचकाङ्क नेपालका सबै जातजातिभन्दा माथि अर्थात् ०.६२५ छ भने मधेसी दलितहरूको सबैभन्दा कम ०.३८३ र मुस्लिमको ०.४०१ छ । .... तराई–मधेसकै जनजातिको ०.४७० र अन्य जातको ०.४५० छ । यो विषमता पहाडका बाहुन/क्षत्रीहरूको मानव विकास सूचकाङ्कसँग अन्यको (जनजाति ०.५०७ र दलित ०.४४९) को तुलनामा निकै बढी हो ।
..... नेपाल जीवनस्तर मापन सर्वेक्षण (२०११) का अनुसार वार्षिक ८,४९८ रूपैयाँभन्दा कम कमाउने २० प्रतिशत गरिबहरूको समग्र अर्थतन्त्रमा ४.१ प्रतिशत हिस्सामात्र रहेको छ र वार्षिक १,१७,०६३ भन्दा बढी कमाउने २० प्रतिशतले ५६.२ र सबैभन्दा धनी १० प्रतिशतले ३९.५ प्रतिशत हिस्सा ओगटेका छन् । यो असमानता काठमाडौंपछि सबैभन्दा बढी तराई–मधेसमा छ । .....सबैभन्दा धेरै भूमिहीन सुकुम्बासीहरू तराई–मधेसमा छन्
........ कमैया–कमलरी, हरूवा–चरुवा र बँधुवा श्रमजस्ता सामन्तवादको अवशेषहरूको समूल अन्त्य, भूमिसुधार र वास्तविक किसानहरूसम्म जमिनको पहुँच, कृषिको व्यवसायीकरण तथा कृषि–आश्रित निर्वाहमुखी श्रमलाई औद्योगिक श्रममा रूपान्तरण गरेर मात्रै यहाँको वास्तविक समस्याको समाधान गर्न सकिन्छ । तर मधेसी मोर्चाको कुनै बुँदामा पनि यी समस्याको चर्चासम्म छैन । .....भौगोलिक सुगमता हुँदाहुँदै पनि मधेसका कतिपय जिल्लाहरूको वयस्क साक्षरता दर निकै कम छ । औसत राष्ट्रिय दर (५९.५७) को तुलनामा सप्तरी (४५.४४), सिराहा (३९.९६), धनुषा (४१.८९), महोत्तरी (३७.०४), सर्लाही (३८.००), रौतहट (३३.८९), बारा (४३.२५) र पर्सा (४८.६९) सबै पछाडि छन् । ...यो डोल्पा (४४.२२), जुम्ला (४४.४३) कालिकोट (४५.३०), मुगु (३९.२५), हुम्ला (३७.२२) र बाजुरा (४४.५२) जस्ता दुर्गम जिल्लाहरूभन्दा पनि कम हो ।