Pages

Sunday, October 11, 2015

In The News (42)

ओली नेपालको ३८ औं प्रधानमन्त्री
ओलीको पक्षमा ३३८ , कोइरालाले २४९ मत पाए
मधेसी, थारुलगायत समुदायको विपक्षीमा म छैन : एमाले अध्यक्ष ओली



मधेसी दलहरुको ‘सुखद प्रत्यागमन’
मोर्चाले कांग्रेस सभापति सुशील कोइरालाको पक्षमा मत जाहेर गर्‍यो भने गच्छदार मोर्चाले एमाले अध्यक्ष केपी ओलीलाई । विजयकुमार गच्छदारनेतृत्वको संघीय लोकतान्त्रिक मोर्चालाई आइतबार बिहानको आठबुदे सहमतिले ‘छिन्नभिन्न’ बनाइदिएको हो । उनका सहयात्री रामसपा र फोरम गणतान्त्रिकले भने कोइरालालाई नै सघाए । ..... ओलीलाई प्रधानमन्त्रीमा मत खसालेर बाहिरिदै गरेका फोरम लोकतान्त्रिक महासचिव रामजनम चौधरीले कान्तिपुरसग ठटयौलो टिप्पणी गरे, ‘हाम्रो आन्दोलन अब हाम्रै सरकारविरुद्ध जारी छ । अब आफैं आन्दोलन गर्छौं, अनि आफैंसँग संवाद र सम्झौता गर्छौं । .... संघीय प्रदेशको सीमांकन पुनरावलोकन नहुदासम्म जारी प्रक्रिया नस्वीकार्ने निरन्तर अडानमा रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अकस्मात् संसद फर्कनुलाई कतिपयले सुखद आश्चर्यका रुपमा अथ्र्याए । ..... मधेसी मोर्चा ओली चुनिएपछिसमेत सीमा नाकामा धर्नालगायत सबै आन्दोलन यथावत् रहेको बताइरहेको छ । मोर्चाले ओलीलाई प्रधानमन्त्री बनाउने नया गठबन्धनलाई ‘उग्रवामपन्थी, हिन्दूवादी र राजावादी’ संज्ञासमेत दिएको छ । .... ओली, दाहाल र गच्छदारले हस्ताक्षर गरेको उक्त सहमतिपत्रले गच्छदारलाई ओलीको पक्षमा उभ्याएको हो । .... असोज १ गते ओलीलगायत केही नेताकै अडानका कारण सहमति हुन नसकी भावविह्वल मुद्रामा बाहिरिएका फोरम लोकतान्त्रिकका नेताहरु अन्तत: उनैलाई चुन्ने अवस्थामा किन आइपुगे, स्वयं उक्त दलसग यसको प्रष्ट जवाफ भने छैन । फोरम लोकतान्त्रिक महासचिव चौधरी भन्छन्, ‘हामी मध्यमार्गी भूमिकामा छौं । संविधान त हाम्रो अनुपस्थितिमै भए पनि बनिहाल्यो । तर कार्यान्वयन कति जटिल छ, हामीले बुझेका छौं । त्यसैले नया आठबुदे सहमति गर्‍यौं ।’
बहुमतीय सरकार, सहमतीय गन्तव्य
कांग्रेसले वर्तमान प्रधानमन्त्री सुशील कोइरालालाई पुन: प्रतिस्पर्धामा उतार्ने निर्णय गरेपछि यी दुई पार्टीबीच रहँदै आएको समझदारी भंग भएको छ। .... मुलुकको मैदानी भूभाग झन्डै दुई महिनादेखि आन्दोलित रहेको र मुलुकले पन्ध्र दिनदेखि भारतीय नाकाबन्दी सहनु परिरहेको विषम परिवेश .... दुई तिहाई मतबाट मात्र संविधान संशोधन हुन सक्ने प्रावधानले पनि यो राष्ट्रिय चुनौतीको सामना गर्न ठूला तीन दलहरू एक ठाउँमा उभिनैपर्ने अवस्था छ।
ओलीलाई समर्थन गर्ने निर्णयले एमाओवादीमा विवाद
एकीकृत माओवादीमा बाबुराम भट्टराईपक्षका नेताहरुले ओलीलाई प्रधानमन्त्री बनाउने पार्टी निर्णयमाथि गलत भएको बताएका छन् । एककिृत माओवादीका ३० जना केन्द्रीय सदस्यले विज्ञप्ती निकालेर यस्तो जनाएका हुन् ।
सहकार्य तोडेर सुशील मैदानमा उत्रनुका यी हुन् आठ कारण

Saturday, October 10, 2015

In The News (41)



मधेसी र पहाडी एकसाथ नाकाबन्दी धर्नामा (भिडियोसहित)
घण्टाघर चोकमा ओर्लिएका नेवार तथा यहाँका पहाडी समुदायका हजारौं महिला पुरुषहरुको जुलुसको तयारी हुँदै थियो। ‘हाम्रो प्रतिबद्धता : मधेश आन्दोलनमा ऐक्यबद्धता’ लेखिएको ब्यानर समाउन महिलाहरु अग्रपंक्तिमा थिए।.... ‘मधेशमा बस्ने हामी सबै एक छौं, ‘मधेशका माग पुरा गर', ‘दमन बन्द गर’ भन्दै करिब साढे १० बजे जुलुस अगाडि बढ्यो।..... सीमामा जारी नाकाबन्दी धर्नामा सहभागि हुन पर्सा र बाराका गाउँगाउँबाट आउने जुलुसको क्रम बढ्दो भए पनि नेवार तथा पहाडे समुदाय सर्मथनले हौस्याएको आन्दोलनकारीले बताएका छन्। ..... ‘बिभिन्न पेशाकर्मीहरुको ऐक्यबद्धता जुलुसमा पहिले पनि मधेशी पहाडी सबै देखिएकै थिए,’ संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले भने, ‘आज महिला पुरुषको उल्लेखनीय सहभागिता देखियो, खास गरी महिलाहरु यतिका संख्यामा जनआन्दोलन तथा अघिल्लो मधेश आन्दोलनमा पनि सडकमा आएका थिएनन्।’ ...... उसो त आन्दोलन भएको ५५ दिन बितिसक्दा पनि यहाँ सम्प्रदायिकताले ठाउँ पाएको थिएन्। तराई मधेश लोकतान्त्रिक पार्टीका माहामन्त्री यस जुलुसलाई मधेशमा बस्ने सबै समुदायको आपसी मेलमिलप र एकताको उदाहरण बताए। केन्द्रीकृत साशनबाट मधेशमा बस्ने सबै समुदाय पीडित रहेकोले त्यसको अभिब्यक्ति देखिएको नेता सोनलले टिप्पणी गरे। ..... ‘मधशेमा बस्ने पहाडी, माडवारी, जनजाति, मुस्लिम सबैको लागि यो आन्दोलन हो,’ प्रध्यापक शाक्यले भने, ‘हामीले मधेशले उठाएको माग पुरा गराउन दवावका निम्ति जुलुस निकाले हौं, समुदाय बिषेको कुरै रहेन्, घरघरबाट महिला र बृद्धबृधाहरु समेत सडकमा आउन उत्साहित छन्, हाम्रो प्रदर्शन निरन्तर हुनेछ।’ ...

आन्दोलनको सुनुवाई हुने पर्खेर बसेको आफूहरु जायज मागलाई सरकारले वास्ता नगरेको देखेर सडकमा आउन बाध्य भएको गैरमधेशी समुदायका अगुवाहरुको भनाई छ।

..... धर्नास्थल मेलाजस्तै देखिएको छ। वार्ता गर्नु र माग सम्बोधन गर्नुभन्दा मुख्य दल सरकार बनाउने खेलमा ब्यस्त भएको प्रति बढी असन्तोष देखिन्छ।

सरकार बनाउन कसलाई सघाउने भन्नेबारे आन्दोलनरत मोर्चाले भोलि निर्णय गर्ने
मोर्चामा रहेका ५ दलका ३६ जना सांसद रहेका छन्। संघीय समाजवादी फोरम नेपाल (१५), तराई मधेस लोकतान्त्रिक पार्टी (११), सदभावना पार्टी (६), सदभावना पार्टी नेपाल(३) र मधेस समता पार्टीका (१) जना सांसद रहेका छन्। .... वजय कुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले पनि सरकारमा कसलाई समर्थन गर्ने भन्नेबारे निर्णय गरेको छैन्।
भ्रष्टाचारका कारण माओवादी आन्दोलन स्खलनः भट्टराई
जनयुद्धका बेला पनि माओवादीमा भ्रष्टाचार हुने गरेको र शान्ति प्रक्रियामा आएपछि त्यो भ्रष्टाचार झाँगिएकाले माओवादी आन्दोलन स्खलन हुन पुगेको बताएका हुन्। ..... नेताहरु भ्रष्टाचारबाट बाहिर ननिस्किएकाले आफूले पार्टी परित्याग गरेको ..... सदाचारका अतिरिक्त समानुपातिक र समावेशी प्रतिनिधित्व तथा तिब्र आर्थिक विकास नयाँ शक्तिको मुख्य एजेण्डा हुने बताए। उनले मुलुकको आर्थिक विकासका लागि भारतको ठूलो लगानी आवश्यक पर्ने र

भारतीय लगानी नआएसम्म अन्य मुलुकले पनि नेपालमा लगानी नगर्ने

बताए। उनले भारत विच्किने डरले चीनले नेपालमा लगानी बढाउने आँट नगरेको बताए।
गुन्डा नाइके गणेश लामा प्रहरी फन्दामा
उनले ललितपुरको भैसेपाटीका कैलाश बाँस्कोटालाई अपरहण गरी आफ्नै घरमा बन्धक बनाएर ४० लाख रुपैयाँको कागज गरेको प्रहरीले जनाएको छ ।