Pages

Friday, October 09, 2015

सीके राउत को आलोचना (२)

संघीय मोर्चा: अनुशासन
McDonald's And Chinese Restaurants Across The U.S.
सीके राउत को आलोचना
मधेसी: तीनबाहुनदलवादी, संघीयतावादी, स्वराजी, साम्राज्यवादी



जब सम्म मानव अधिकार को चार्टर/घोषणापत्र रहन्छ, तबसम्म मधेस अलग देशको संभावना रहन्छ तर अहिले संघीयता र सुशासन को बाटो मधेसी को सशक्तिकरण को उद्देश्य का साथ मधेस स्वराज पार्टी गठन को घोषणा गर्दै बृहत्तर संघीय मोर्चा को समायोजन को प्रयास मा लाग्ने उद्घोष का साथ सीके राउत फील्ड मा आउनुपर्छ। कहिले फेसबुक मा जनता जागेनन भन्दै जनता लाई गाली गर्ने (अहिले जागे को भन्दा कति बढ़ी जाग्नुपर्यो जनता?) त कहिले देशको ५०% बजेट ५०,०००  मानिसले निजी उपभोग गरिरहेको राणा शासन stone age देशमा एउटा विशेष मधेसी नेता लाई गाली गर्ने ---- त्यो intellectual arrogance मा आधारित एक्लोपन हो, लोकतान्त्रिक स्पिरिट र impulse होइन।

स्वराज को दर्शन मा महात्मा गांधी भन्दा ठुलो को छ? तर त्यसै महात्मा गांधी को काँग्रेस पार्टी ले भारत का बिभिन्न प्रान्त का चुनाव लड्दै जित्दै आएको हो। अँग्रेज को शासन काल मा नै। त्यस काँग्रेस पार्टी ले चुनाव जित्दै गएर लंदन मा सरकार बनाउने अवस्था भने थिएन। होइन भने भारत अलग नभएकै राम्रो हुन्थ्यो। ब्रिटिश साम्राज्य लाई बरु भारतीय साम्राज्य बनाइदिने।

सीके यस क्रांतिमा सरीक हुनुपर्छ। संघीय मोर्चा को अवधारणा लाई कार्यान्वयन गर्नु मधेस सशक्तिकरण को सबै भन्दा उपयुक्त बाटो हो। मधेसी ले काठमाण्डु माथि शासन गर्ने बाटो खोल्नु पर्छ। मधेसी ले बिहार र उत्तर प्रदेश लाई २०,००० मेगावाट बिजुली बेचने बाटो खोल्नु पर्छ। सीके राउत ले त्यसमा निर्णायक रोल खेल्न सक्छन।

यो त CIA  को मान्छे हो भनेर तर्सिने हरु तर्सिन छोड़ि सके। यो त CIA को मान्छे भनेको त होइन रहेछ जस्तो भैसक्यो कति लाई। थुप्रै लाई।

लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता
पाँच पाण्डव: लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता
लोकतंत्र, संघीयता र आर्थिक क्रान्ति

मधेस अलग देश को एजेंडा एटम बम हो। बन्यो त्यो। तर भारत ले इस्लामाबाद मा गएर पड़काएको छैन मात्र होइन पड्काउने संभावना पनि छैन। एटम बम पड्कायो कि त्यसको महत्व सकियो। एटम बम को महत्व नै त्यसलाई न पड्काउनु मा छ।

मधेसी ले संघीय मोर्चा को बाटो समानता मात्र लिने होइन कि काठमाण्डु कब्ज़ा गर्ने हो, त्यस पछि नेपाल भारत राजनीतिक आर्थिक एकीकरण गरेर गंगा सम्म पुग्ने, दिल्ली नै पुग्ने। लाल किले पर जा के मधेस का झंडा फहराओ।

मधेस लाई सीके राउत को खाँचो आज छ, १० वर्ष पछि होइन
एटम बम तरकारी काट्ने चक्कु पनि हुन सक्दैन


संघीय मोर्चा: अनुशासन

मैले संघीय मोर्चा को नीति सिद्धांत को कुरा गरें, संगठन संरचना को कुरा गरें। एक पद एक उम्मेदवार मा जाने। तर एक पद एक उम्मेदवार मा गएर चुनाव जित्ने अनि चुनाव पछि मोर्चा लाई छोडेर सरकार मा जाने व्यवहार कुनै पार्टीले देखाए त्यस्ता लाई के गर्ने? १० वर्ष का लागि मोर्चा बाट निष्कासन।

संघीय मोर्चा ख्यालठट्टा होइन। संघीय संविधान निर्माण घरको नक्शा पास भएको हुनेछ, घर बनाउने सिङ्गै काम बाँकी नै हुन्छ। त्यो १० वर्षीय योजना हो। त्यसको नेतृत्व लिन का लागि एकीकृत पार्टी भन्दा मोर्चाबंदी बढ़ी राम्रो को धारणा का साथ मोर्चा गठन हुने हो।

संघीय मोर्चा का सांसद हरु एक ढिक्का भएर बस्नुपर्ने हुन्छ।

संघीय मोर्चा भित्र लोकतान्त्रिक प्रतिस्प्रधा
McDonald's And Chinese Restaurants Across The U.S.
संघीय मोर्चा (Federal Front): Common Minimum Program
Federal Front (संघीय मोर्चा) को परिकल्पना
संघीय मोर्चा (Federal Front) को सत्ता सम्म पुग्ने बाटो
मधेसी मोर्चा को नेतृत्व को कुरा
मधेसी मोर्चा ले एकता प्रदर्शन गर्नै पर्छ
सीके राउत को आलोचना
मधेसी: तीनबाहुनदलवादी, संघीयतावादी, स्वराजी, साम्राज्यवादी
सीके राउत ले लिन सक्ने मोड़ हरु
मधेस लाई सीके राउत को खाँचो आज छ, १० वर्ष पछि होइन
जनमत निर्माण के लिए संगठन
उपेन्द्र यादवको आलोचना
सीके राउत: Madhesi Rights Movement का जहांगीर भाभा