Pages

Monday, October 05, 2015

मधेसी नाकाबंदी ले हुने व्यापार घाटा भारतले पटना मा मेकअप गर्छ

पटना शहर मात्र को अर्थतंत्र त्यति ठुलो छ। पहाड़ी हरुले भारत को अर्थतंत्र को चिंता लिनु पर्दैन।


Signature Campaign: As Excellent An Idea As The Human Chain

#HumanChainTerai



४० लाख मधेशी–थारुको हस्ताक्षर संयुक्त राष्ट्र संघलाई बुझाइने
संघीय मधेशी मोर्चाले मधेश–थरुहटमा एकहप्ते हस्ताक्षर अभियान चलाएर ४० लाख हस्ताक्षर राष्ट्र संघलाई बुझाउने जनाएको छ । .... मोर्चाको निर्णयअनुसार मधेशको गामघर तथा सहरबजारमा हस्ताक्षर अभियान शुरु गरिनेछ । .... यो कार्यक्रम मधेशका प्रमुख शहर, नगर, गाँउ, टोल, बजार, चौक चौराहामा गर्ने तथा मधेश बाहिर मधेशी समुदायको उपस्थिति रहेको स्थानहरुमा समेत संचालन गरिनेछ । जारी आन्दोलनको पक्षमा जनमत सिद्ध गर्दै मधेशको पहिचान र अधिकारको समर्थनमा संकलन गरिने न्यूनतम ४० लाख हस्ताक्षर नेपालस्थित संयुक्त राष्ट्र संघको आवासीय प्रतिनिधिमार्फत संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनलाई पठाईनेछ । सो कार्यक्रममा नेपालस्थित सबै कुटनीतिक नियोग प्रमुख÷प्रतिनिधिको समुपस्थितिको लागी आग्रह गरिनेछ ।’..... त्यस्तै मोर्चाले १८ गते साँझ मैनबत्ती जुलुस, २० गते विहान ११ बजे थाल ठटाउने कार्यक्रम र २२ गते शुक्रबार अर्धनग्न जुलुस प्रदर्शन गर्ने नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य राजिव झाले हुलाकी न्यूजलाई बताएका छन् । .... त्यस्तै मोर्चाले विभिन्न मोर्चा तथा राजनीतिक दलसँग सहकार्यका लागि पाँच सदस्यीय कार्यादलसमेत बनाएको छ । कार्यदलमा कौशलेन्द्र मिश्र, सीएन खडगा, पुजन महरा, धमेन्द्र यादव र रामइश्वर यादव रहेका छन् ।