Pages

Showing posts with label ramchandra poudel. Show all posts
Showing posts with label ramchandra poudel. Show all posts

Thursday, September 11, 2025

केओस (Chaos) होइन क्रान्ति हो यो

केओस  (Chaos) होइन क्रान्ति हो यो। तीन पार्टी का दिन सदाका लागि गए। रामचन्द्रले नरसंहारी केपी ओली लाई पदमा बहाल राखेर क्रांति को अपमान गरेका छन। 

तानाशाह ज्ञानेंद्र ले तीन हप्तामा नगरेको नरसंहार केपी ओली ले एक दिनमा गर्यो। प्रथम दिनमा गर्यो। त्यसको भोलिपल्ट नरसंहारको पक्षमा बोल्यो। देशलाई अरबौं को क्षति को पुर्ण जिम्मेवारी तानाशाह ओली ले लिनुपर्छ। 

केपी ओली लाई पदमा कायम राखेर के गरेका रामचन्द्रले? 

क्रांतिको स्पिरिट को सम्मान होस। क्रांति सकिएको छैन। फेरि सड़कमा आइदिन्छ। 

देशले राणा शासन समाप्त गर्यो। निर्दल बाट बहुदल मा गयो। गणतन्त्रमा गयो। संघीयतामा गयो। 

यो जेन जी क्रान्ति त्यो प्रत्येक क्रांति भन्दा ठुलो कदम हो। यो देशलाई भ्रष्टाचारमुक्त गर्ने क्रांति हो। भ्रष्टाचारमुक्त हुन सक्ने देश मात्र समृद्ध हुन सक्छ। 

रामचन्द्रले तुरन्त संसद विगठन गर्नुपर्छ। चुनाव गराउने अंतरिम सरकार गठन गर्नुपर्छ। जेन जी ले नाम दिइसकेको छ। सुशीला। 

त्यसपछि क्रांति संगठन निर्माणमा लाग्छ। संविधान संसोधन सदनमा गर्ने गरी चुनाव जित्छ क्रांतिले। 





This is not chaos, this is revolution. The days of the three parties are gone forever. Ram Chandra has insulted the revolution by keeping the mass-murderer KP Oli in power.

What the dictator Gyanendra did not do in three weeks, KP Oli did in a single day. On the very first day, he carried out a massacre. The very next day, he spoke in defense of that massacre. Dictator Oli must take full responsibility for the billions in damage caused to the country.

By keeping KP Oli in power, what has Ram Chandra achieved?

Let the spirit of the revolution be respected. The revolution is not over. It will return to the streets.

The country ended the Rana regime. It moved from party-less rule to multi-party democracy. It moved to a republic. It moved to federalism.

This Gen Z revolution is a greater step than all of those revolutions. This is the revolution to make the country corruption-free. Only a country free of corruption can prosper.

Ram Chandra must immediately dissolve parliament. He must form an interim government to hold elections. Gen Z has already named the leader: Sushila.

After that, the revolution will turn to building organization. The revolution will win elections and amend the constitution in parliament.




यह अराजकता (Chaos) नहीं, यह क्रांति है। तीन दलों के दिन हमेशा के लिए समाप्त हो गए। रामचन्द्र ने नरसंहारी के.पी. ओली को पद पर बनाए रखकर क्रांति का अपमान किया है।

तानाशाह ज्ञानेंद्र ने जो नरसंहार तीन हफ्तों में नहीं किया, वह के.पी. ओली ने एक ही दिन में कर डाला। पहले ही दिन किया। उसके अगले दिन नरसंहार के पक्ष में बोला। अरबों की क्षति का पूरा दायित्व तानाशाह ओली को लेना होगा।

के.पी. ओली को पद पर बनाए रखकर रामचन्द्र ने क्या किया?

क्रांति की भावना का सम्मान होना चाहिए। क्रांति समाप्त नहीं हुई है। वह फिर सड़कों पर उतर आएगी।

देश ने राणा शासन को समाप्त किया। निरदल से बहुदल में गया। गणतंत्र में गया। संघीयता में गया।

यह जेन जेड (Gen Z) क्रांति उन सब क्रांतियों से बड़ा कदम है। यह देश को भ्रष्टाचारमुक्त करने की क्रांति है। केवल भ्रष्टाचारमुक्त देश ही समृद्ध हो सकता है।

रामचन्द्र को तुरंत संसद भंग करनी चाहिए। चुनाव कराने के लिए अंतरिम सरकार का गठन करना चाहिए। जेन जेड पहले ही नाम दे चुकी है—सुशीला।

उसके बाद क्रांति संगठन निर्माण में लग जाएगी। क्रांति चुनाव जीतकर संसद में संविधान संशोधन करेगी।




Thursday, May 28, 2015

१० बिलियन मागि रहेको अर्थ मंत्री



लौ हेर्नुस, अर्थमन्त्री महतले यसरी कुम्ल्याए सरकारी राहत कोषको करोडौ रकम
प्रधानमन्त्री दैबी प्रकोप राहत कोषमा जम्मा हुने रकममा प्रधानमन्त्रीका आसेपासे, मन्त्रीहरु र सत्ताधारी दलहरुले मोजमस्ती गर्छन भन्ने आशंकाले रकम जम्मा गर्न दाताहरु डराएका छन् । स्वयं प्रधानमन्त्री सुशील कोइरालाले राहत कोषको रकम दुरुपयोग हुन दिन्न भन्दै पटक–पटक प्रतिबद्दता जनाए पनि उनकै दाहिने हात मानिने अर्थमन्त्री डा. रामशरण महतले त्यसको खिल्ली उडाईरहेको तथ्य मेरोलगानीडटकमले प्राप्त गरेको छ । हेर्नुस, यसरी कुम्ल्याए महतले नुवाकोटको नाममा रकम ....... अर्थमन्त्री महतको गृह जिल्ला नुवाकोट हालैको भुकम्पले बढी क्षति पुर्याएको जिल्लाहरु मध्येमा क्षतिको हिसावले तेस्रो नम्बरमा आउँछ । मृतकका हिसावले पहिलो–सिन्धुपाल्चोक, दोस्रो –काठमाडौ र तेस्रो– नुवाकोट हो । तर अर्थमन्त्री महतले आफ्नो हात जगन्नाथ भन्दै सबैभन्दा बढी नुवाकोटका लागि रकम निकाशा गराएर प्रधानमन्त्री राहत कोषलाई पेवा जस्तै बनाएका छन् । अर्थमन्त्रालयले नै सार्वजनिक गरेको विवरणमा नुवाकोटमा हालसम्म एक अर्ब चार करोड ५९ लाख निकाशा भएको छ । अर्थमन्त्रीको एक्लो जिल्लामा निकाशा भएको रकम सिन्धुपाल्चोक, काठमाडौ र गोर्खासहित चार जिल्लाका लागि निकाशा गरिएको जम्मा रकम बराबर छ । भुकम्प पीडितका लागि निकाशा गरिएको जम्मा चार अर्ब ३५ करोड रुपैयाँ मध्ये एक अर्ब पाँच करोड रकम महतको जिल्लामा मात्रै जानुले उनको मनोमानी उजागर गरेको छ । ....... नुवाकोटमा एक हजार ६१ जनाको मृत्यु भएको छ भने ५८ हजार ९ सय ६३ घर क्षतिग्रस्त भएका छन् जब कि सिन्धुपाल्चोकमा तीन हजार ४ सय ३८ को मृत्यु भएको छ भने ६३ हजार आठ सय ८५ घर क्षतिग्रस्त भएका छन् । काठमाडौमा १ हजार २ सय २१ जनाको मृत्यु र ३६ हजार ९ सय ६३ घर क्षतिग्रस्त भएका छन् । त्यस्तै धादिङमा सात सय २२ को मृत्यु भएको छ भने ४३ हजार आठ सय ३४ घर क्षतिग्रस्त भएका छन् । गोर्खामा चार सय ४० जनाको मृत्यु र ४४ हजार आठ सय ७८ घर क्षतिग्रस्त भएका छन् । यसरी हेर्दा कुनै पनि हालतमा अर्थमन्त्री महतले मात्रै सबैभन्दा बढी क्षति भएका चार वटा जिल्लालाई बितरण गरिए बराबरको रकम एक्लै कुम्ल्याउनुपर्ने औचित्य पुष्टि हुँदैन, त्यसमाथि झन् रसुवा भन्दा सुगम र बिकासको सूचक उच्च रहेको जिल्लाले धेरै पीडितको नाममा रकम लैजानु सरासर आपत्तिजनक कुरा रहेको जानकारहरु बताउँछन् । .... अर्थमन्त्री महत आफैमा सम्पन्न र वर्तमान मन्त्रिपरिषदका सबैभन्दा धनी मन्त्रीमा गनिएका ब्यक्ति हुन् । ...... नेताहरु सरकारी कोषको रकम हत्याउन तछाड मछाड गरिरहेका छन् भन्ने अर्को तथ्य कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आफ्नो गृह जिल्ला तनहुँमा चार करोड चार लाख रुपैयाँ निकाशा गराउन सफल भएबाट पनि प्रष्ट भएको छ । पौडेलको गृहजिल्ला तनहुँमा एकजनाको पनि मृत्यु भएको छैन भने चार हजार नौ सय ४९ घर मात्र सामान्य क्षति भएका छन् । उनको जिल्ला भुकम्प प्रभावित १४ जिल्ला भित्र पनि परेको छैन तर रकम भने निकाशा भईसकेको छ । तर १० जनाको मृत्यु भएको र झण्डै पाँच सय घर क्षतिग्रस्त भएको चितवनमा रकम निकाशा गरिएको बिबरण छैन । ..... भुकम्प पीडितका लागि हालसम्म चार अर्ब ३५ करोड ६६ लाख रुपैयाँ निकाशा भईसकेको अर्थ मन्त्रालयले जनाएको छ ।
आफ्नो जिल्लामा पैसा लाने, पार्टी कार्यकर्ता पाल्ने, ती कार्यकर्तालाई पैसा खुवाए को बाट कमिशन लिने। नाटक को script त्यस प्रकारको देखियो। नेपालमा महाभुकम्प गएको होइन कि नेपाल लाई लॉटरी परे जस्तो लागि राख्या छ राम शरण लाई।

राम शरण ले १० बिलियन मागेको "म सऊदी को राजा जस्तो हुन चाहन्छु" भनेको।

खोइ न्याय, खोइ पारदर्शिता, खोइ जवाफदेहिता, खोइ जिम्मेवारिबोध, खोइ ईमान्दारी?

NC भनेको नेपाली काँग्रेस होइन कि Nepali Corruption.