Showing posts with label rainbow. Show all posts
Showing posts with label rainbow. Show all posts

Sunday, July 02, 2023

Prompt: A Rainbow Colored Giant Mushroom Enjoying The Monsoon Rain

https://www.bing.com/create



प्रचण्ड र सीके राउतबीच भेटवार्ता, के भयो कुराकानी ?
एलन मस्कको ठुलो घोषणा, ट्विटरमा पढ्न सकिने पोस्टहरूको सङ्ख्या सीमित
के बेलारुसमा सैन्य क्याम्प खडा गर्दैछ वाग्नर समूह ?
संसद्‍बाट बजेट पास प्रकरणले झन् बढ्यो उपेन्द्र र सिकेबीचको दुरी
माेदी सरकारले खोस्यो आदिपुरुषका लेखकलाई दिइएका प्रोजेक्ट


कांग्रेस–एमाले समीकरण बन्ने ‘त्रास’ले एकीकृत समाजवादी र जसपा ‘बजेटमा ब्याक’ !
मेयर बालेनसँग सर्वोच्च अदालतले माग्यो लिखित जवाफ
माफी माग्दै आदिपुरुषको निर्माता कम्पनीले पठायो मेयर बालेनलाई पत्र
मेलम्चीलाई दिगो बनाएर लार्के र याङ्ग्रीको काम सुरु गर्दैछौँ : खानेपानीमन्त्री यादव

'के भैंसी चराउनका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको हो ?'
‘बजेट नसच्याए सरकारलाई समर्थन फिर्ता लिन्छौं’ ‘मधेशमा अझै औपनिवेशिक शासन छ भन्ने बजेट विनियोजनबाटै देखिन्छ’ ..... ‘बजेटमाथि बिहान ११ देखि ६ बजेसम्म झन्डै १ महिना छलफल हुन्छ तर कमा र फुलस्टप परिवर्तन हुँदैन, संसद् कसरी सार्वभौम सत्ता सम्पन्न भयो ?’ ‘नेपाली जनता कसैसँग आशा देख्यो भने तुरुन्तै सराहना गर्ने र एउटा त्रुटि भयो भने तुरुन्तै नकार्ने स्वभावका छन्’ ...... मुख्यमन्त्रीलाई प्रमुख जिल्ला अधिकारीले टेर्दैन । उसलाई आफ्नो प्रहरी बनाउन दिँदैनन् । ........ बिहार, यूपीमा प्रदेश सरकार पावरफुल छ, आफ्नै प्रहरी हुन्छ । सबै कुरा आफैंले गरिराखेको हुन्छ । त्यस्तो खालको संघीयताको उदाहरण छिमेकमा हुँदा पनि हामीले भोग्न पाएका छैनौं । ....... नेपालमा सबैभन्दा ठूलो समस्या भनेको भ्रष्टाचार हो । हामीले यो एजेन्डालाई पनि लिएका छौं । मुख्य रूपमा सेवाप्रवाहलाई प्राथमिकता दिएका छौं । शिक्षा हुनुपर्‍यो, स्वास्थ्य सेवा हुनुपर्‍यो, रोजगारी हुनुपर्‍यो, युवा विदेशिनुभएन भन्ने मुद्दा मधेशका लागि मात्रै बोलेका होइनौं, सबैका लागि बोलेका हौं । किसानको समस्या समाधान हुनुपर्‍यो, हिमाल पहाड तराई सबैका समस्या समाधान हुनुपर्‍यो । यी मुद्दाको स्वामित्व लिएपछि र अहिलेको आवश्यकता टड्कारो रूपमा यही भएपछि आकर्षण हामीप्रति देखिएको छ । ......... राजनीतिक आन्दोलन जति हुनुपर्ने थियो त्यो भयो, व्यवस्थाहरू आए, संघीयता, गणतन्त्र आए । अब आर्थिक क्रान्ति विशाल रूपमा जानुपर्‍यो । जनताको अपेक्षा पनि त्यही छ । हाम्रो पनि एजेन्डा त्यही भएकाले आकर्षण देखिएको हो । उदाउँदै गरेका केही अरू पार्टी छन्, त्यहीं संयोग भएको हो । अहिलेको प्रणाली भ्रष्ट भयो, डेलिभर गर्न सकेन, हामी गर्छौं भनेर उहाँहरूसँग पनि आकर्षण भएको हो । ........ हामीले समावेशिताको कुरा गर्‍यौं तर मधेश प्रदेशमा दलितलाई मन्त्री बनाउन सकिएन । महिलालाई मन्त्री बनाउन सकिएन । आफैं समावेशिताको नारा दिने तर आफ्नै धरातल एकदम कमजोर भयो । ठेट भाषामा जंगलराज भन्छौं, यसलाई कुशासन भन्दा पनि भयो, सुशासनको अभाव मात्रै भन्दा पनि भयो । आफ्नो प्रतिनिधित्वमाथि पनि भरोसा तोड्ने काम भयो । त्यही कारण पनि जनमत पार्टीको उदय भयो । सामाजिक न्यायको कुरा गर्छौं तर सामाजिक अन्याय लादियो । त्यो महसुस गर्छौं । त्यो अर्थमा पक्कै पनि मधेशकै पात्र र नेतृत्व दोषी छन् । जितेका पार्टीहरूको हरेक कार्यालय, हरेक स्तरसम्मै ठूलो दमन छ । जुन पार्टीहरू सत्तामा छन्, तिनीहरूको ठूलो दमन र सास्ती त्यहाँका जनताले भोग्नुपरेको छ । न्याय व्यवस्थाले सामाजिक न्यायलाई धरापमा पारेर अन्याय नै सिर्जना गरेको देखिन्छ । ......... अंकगणित नभएकाले हामीसँग संख्या कम छ । संख्या कम भएपछि स्वाभाविक रूपमा मधेश प्रदेशमै वा लुम्बिनी प्रदेशमा सरकार बनाउँदा अर्कोसँग मिल्ने बाध्यता हुन्छ । त्यो सरकार बनाउने बाध्यता भए पनि काम गर्दा प्रतिबिम्बित नहोस् भन्ने चाहन्छौं । त्यो जनमत पार्टीले गरेको काम हो भनेर स्वच्छ रूपले देखियोस् भन्ने चाहन्छौं । ........ मधेश प्रदेशमा कृषि मन्त्रालय र शिक्षा मन्त्रालय सम्हालेका थियौं । कृषि मन्त्रालयमा हामीले नयाँ भिजनअनुसार गर्दै गयौं, मुख्यमन्त्रीले रुचाइदिनुभएन । हामीलाई बिनाविभागीय बनाएर एक महिनादेखि राखिएको छ । हामीलाई किनारा लगाइयो । अरूभन्दा फरक तरिकाले सुशासन र भ्रष्टाचाररहित ढंगले काम गर्न खोज्दा ठाउँठाउँमा समस्या झेल्नुपर्‍यो । ........ जतिसुकै आदर्शका कुरा गरे पनि अन्ततः अंकगणितले अर्थ राख्छ । एउटा सिट पनि नजितेको भए हामी सिनमै हुने थिएनौं । मान्छेलाई बाहिरबाट भित्र्याएर भए पनि केही सिट जित्यौं, मधेश प्रदेश सरकारमा पनि सहभागी हुन पायो, त्यसपछि बल्ल हामी आफ्नो भिजन लगाउने चरणमा छौं । कालान्तरमा आफैंले नेतृत्व विकास गर्न लागेका छौं । त्यसका लागि समय लाग्छ । त्यो भएपछि हामीले टेकओभर गर्ने हो । .......... जितेर आएपछि पनि पटकपटक भेटें । अग्रजका हिसाबले मार्गदर्शन गर्नुस्, मधेशको एजेन्डामा हामी छौं, लाग्छौं, संसद्मा तपाईंले भनेअनुसार चल्छौं भनेको हो । ......... हामी छुट्टै पार्टी भइसकेपछि बाराको उपनिर्वाचनमा आफ्नो उम्मेदवार उठाउनैपर्‍यो । त्यो हाम्रो राजनीतिक धर्म हो, प्रणालीको आवश्यकता हो । त्यसलाई अरूले अर्थ्याइदिने भएकाले अन्यथा भएको हो । मेरोतर्फबाट सम्बन्ध सौहार्दपूर्ण छ तर संवाद अलिअलि कम भएको छ । ......... मन्त्री र सचिवज्यूले सिंहदरबारको एसी कोठामा बसेर बजेट बनाउनुहुन्छ .......... कर्मकाण्डी भयो, संसद् निरीह देखियो । सांसद र संसद् केही गर्न नसक्ने निरीह देखिएकाले समग्र संसदीय व्यवस्थामाथि नै प्रहार भएको हो भन्ने मलाई लाग्छ । ......... कांग्रेस सभापतिको जिल्लामा बजेट हेर्नुस् । अर्को प्रधानमन्त्रीज्यूको जिल्लाको बजेट हेर्नुस् । अर्थमन्त्री र अर्को सम्बन्धित मन्त्रीको जिल्लाको बजेट हेर्नुस् । जुनसुकै मन्त्रालयको फाइल पढ्दा हुन्छ । चार यार मिलेरै वास्तवमा बजेट लुटेका हुन् । ........ तपाईंले पनि राजनीतिमा एउटा विरोधाभास देखाइरहनुभएको छ । एकातिर सरकारले लुट्ने क्रम जारी राखेको छ, वैशाख १२ मा मतपेटिका लुट्यो अहिले बजेट लुट्यो भन्ने, अर्कातिर त्यहीं सरकारलाई समर्थन कायम राख्ने, तर सरकारमा सहभागी नहुने । यो त द्वैध चरित्र भएन र ? तपाईंहरूको यो कस्तो राजनीतिक नीति हो ? ......... म आफ्नो निर्वाचन क्षेत्रमा जाँदा के नीति बनाएर आउनुभयो भनेर सोध्दैनन् । कुन पुल लिएर आउनुभयो, कहाँको सडक बनाउनुहुन्छ, कुन स्कुल बनाउनुहुन्छ भनेर सोध्छन् । त्यै भएर जनताको मागलाई सम्बोधन गर्ने कुनै न कुनै संयन्त्र हामीसँग हुनुपर्छ । त्यो यो कोष हो । ........ आफ्नो निर्वाचन क्षेत्रको मागअनुसार बढीमा पाँच योजना सांसदले राखिदिने हो । त्यो योजना सम्बन्धित मन्त्रालयले कार्यान्वयन गर्ने हो । सांसदले पैसा बाँड्ने होइन । प्रदेशमा यो कार्यक्रम वितरणमुखी छ, तर संघको त्यस्तो हुँदैन । .

ललितपुर महानगरमा कक्षा ३ सम्म नेपाल भाषामा पढाइ हुने

नागरिकता पाउने बाटो खुल्यो सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नागरिकता पाउने बाटो खुलेको छ । नागरिकता विधयेक प्रमाणीकरणसम्बन्धी रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । बिहीबार न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि एक न्यायाधीशको इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशको निरन्तरता नहुने आदेश दिएको हो । ..... यससँगै प्रमाणीकरण भएको विधेयकका आधारमा नगरिकता पाउन योग्य भएकाहरुले नागरिकता प्राप्ति गर्ने बाटो खुलेको छ ।

बाबुरामको ठोकुवा : ०८४ को चुनावपछि नयाँ दलको नेतृत्वमा सरकार बन्छ
म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन : बालेन शाह

100 Ways ChatGPT Can Help A Marketing Specialist
100 Ways ChatGPT Can Help An Administrative Assistant
100 Ways ChatGPT Can Help A Bartender
100 Ways ChatGPT Can Help A Medical Assistant
100 Ways ChatGPT Can Help A Waiter Or Waitress
100 Ways ChatGPT Can Help A Bookkeeper
100 Ways ChatGPT Can Help A Construction Worker
100 Ways ChatGPT Can Help A Janitor
100 Ways ChatGPT Can Help A Laborer
100 Ways ChatGPT Can Help A Stocking Associate