Showing posts with label madhesi janajati kranti 2015. Show all posts
Showing posts with label madhesi janajati kranti 2015. Show all posts

Wednesday, September 16, 2015

क्रांति को सम्मानजनक अवतरण

Compromise संभव छ
Striking A Compromise
भारत नेपाल लाई सीरिया बनेको देख्न चाहँदैन



सत्ता पक्ष ले पनि र क्रांतिकारी पक्ष ले पनि एक ले अर्का को नाक भुइँ मा रगड्छु भन्ने सोंच राख्नु श्रेयस्कर होइन। त्यो लोकतान्त्रिक चरित्र होइन। भारत को इज्जत को पनि कुरा छ। नेपालका शीर्ष नेता ले एउटा सोँच्दै नसोचेको कुरा के छ भने मोदी ले बड़ो मेहनत का साथ भारत लाई आज विश्व स्टेज मा प्रवेश गराएका छन। अहिले इंटरनेट को जमाना मा विश्व न्यूज़ बन्न बड़ो सजिलो छ। तराई मा भैरहेको उथलपुथल विश्व मीडिया मा आइसकेको कुरा। भारत ले सबै लाई भन्दै हिड्छ, हाम्रो नेपाल सँग जति राम्रो सम्बन्ध छ त्यति राम्रो कोही सँग छैन, यो पनि भन्छ, हाम्रो र नेपाल को जस्तो सम्बन्ध दुनिया मा कुनै दुई देश बीच छैन। अनि त्यो अवस्था मा नेपाल सीरिया बंदिने हो भने भारत को वीटो पावर बनने सपना मा पनि धक्का पुग्न सक्छ।

क्रांति को सम्मानजनक अवतरण नै सबै भन्दा राम्रो बाटो हो। असोज ३ गते संविधान जारी गरे पनि त्यसको ५ दिन भित्र सरकार परिवर्तन गर्नु अगाडि तीन दल ले संसोधन प्रस्ताव ल्याएर मधेसी र थारु को माग पुरा गर्ने काम गर्नु पर्छ। त्यस किसिमको लिखित पुर्व सहमति गर्नु पर्छ। अनि त्यो लिखित पुर्व सहमति को आधारमा क्रांति को अवतरण गरेर सारा देशले असोज ३ गते नया संविधान लाई स्वागत गर्ने बाटो खुल्छ।

प्रथम कुरा नै सीमांकन हो।

Six States: This Could Work

भारत नेपाल लाई सीरिया बनेको देख्न चाहँदैन

भारत नेपाल लाई सीरिया बनेको देख्न चाहँदैन। त्यसलाई नेपाल भित्र भारत को हस्तक्षेप को रुपमा हेर्न मिल्दैन। अहिले नै बोर्डर पारि शरणार्थी शिविर हरु बनेका छन। शान्तिपूर्ण प्रदर्शन मथिको बर्बर दमन सहन नसकी मधेसी र थारु हजारौं को संख्यामा ती शिविर मा बसेका छन। त्यो संख्या लाखौं सम्म पुग्ने अनि भारत चुप लागेर बस्ने भन्ने हुँदैन। भारत ले त्यसैले अहिले नै एउटा proactive role खेल्छ। यो उसको आतंरिक सुरक्षा को मुद्दा भइसक्यो।

राजनीतिक मुद्दा को राजनीतिक समाधान खोज्नु लोकतान्त्रिक चरित्र हो। त्यो काठमाण्डु को सत्ताले प्रदर्शन गरेको अवस्था छैन। राजनीतिक मुद्दा को र शान्तिपूर्ण प्रदर्शन को दमन समाधान खोजेर सुशील असाद कोइराला ले तानाशाही फ़ासिस्ट चरित्र प्रदर्शन गरेका छन।

त्यो नेपाली जनता लाई पनि सह्य नहुनुपर्ने हो। भारत सरकार लाई त्यो पाच्य छैन। नेपालमा स्थिरता देख्न चाहने चीन पनि सशंकित छ। नेपालको मामिलामा भारत को lead मान्नु अमेरिका को पुरानो नीति हो। बिश्व राजनीति का दुबै लोकतान्त्रिक सहयात्री। संयुक्त राष्ट्र संघ मा भारत लाई वीटो पावर दिलाउने कुरा मा अमेरिका दत्तचित्त भएर लागेको अवस्था छ। यो १० या ५० वर्ष पहिला को भारत होइन। यो विश्व मंच मा प्रवेश गरिसकेको भारत हो।

नेपाल सीरिया बन्नु भारत का लागि अरूभन्दा पनि एउटा embarrassment हुन जानेछ। त्यो उसको विश्व स्टेज मा बन्दै गयेको सकारात्मक इमेज का लागि घातक हो। त्यो इमेज मोदी का अनगिनती भ्रमण हरु का मध्यमले एउटा ईटा माथि अर्को ईटा थप्दै बनेको हो। त्यों सबै माथि पानी फेर्ने काम मा नेपाली शीर्ष नेता हरु लागेको भन्ने भारत लाई चिन्ता स्वाभाविक छ।

भारत नेपालको यथार्थ हो। सुर्य पृथ्वी को यथार्थ भए जस्तै। नेपाली जनता लाई झुक्याउन जो सुकै ले जे सुकै बोले पनि भारत नेपालको यथार्थ हो भन्ने नबुझेको शीर्ष नेता नेपालमा एउटा पनि छैन। नेपालको शासक वर्ग भएर बसेको खस समुदाय १००% भारत बाट आएका मानिस हरु हुन। नेपालको फिजीकरण हुने डर छ होइन कि सैकड़ों वर्ष अगाडि भइसकेको।

लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता
देश टुक्रिन बाट रोक्न सकने अब एक मात्र राम वरण यादव देखियो






In The News (86)

हार्दिक श्रद्धांजलि !! हार्दिक श्रद्धांजलि !! हार्दिक श्रद्धांजलि। हम ॠृणी हैं और रहेंगे ।

Posted by Vijay Kumar Singh on Wednesday, September 16, 2015






कुनै पनि मधेसी यसपाली खुली साथ तिज मनाउन सकेकाछैन । मधेस र देश का दुश्मन नास होस को लागी हामी यसपाली तीज मनाउदैछौ ।

Posted by Mahesh Yadav Adhikari on Wednesday, September 16, 2015


यति खेर म देश भन्दा धेरै टाढा छु । संबिधान जारि हुने कुराले अत्यन्त पुलकित छु । कहिले आश्विन् ३ अाउला संबिधान जारि होला...

Posted by Bijaya Poudel on Tuesday, September 15, 2015


Gyanendra made Jan Andolan II possible. Extremist Indian agents promoting violence are making this Constitution possible. Congrats to both!

Posted by Dinesh Prasain on Tuesday, September 15, 2015




बिरगंज से प्रसासन ने सदभावना पाटीके नेता तथा कर्यकर्ताको गिरफ्दार किया हैमोहनलाल चौधरी- के सदस्य इमदाद गदि जिल्ला अध्...

Posted by सदभावना पार्टी on Wednesday, September 16, 2015


मधेश के अधिकार माग्ना गुनाह हैमधेश के अधिकार के लिए लिख्ना गुनाह है।

Posted by Upendra Mahato on Wednesday, September 16, 2015


सम्बिधान जारी गर्ने र खुशी मनाउने नेपाली समुदाय लाई शुभकामना । कुनै समुदाय खुशीयाली मनाउदै..... कुनै समुदाय लाश गन्दै । मुलुक गृह युध्ह बाट जोगाउ ।

Posted by Rajesh Ahiraj on Wednesday, September 16, 2015


उनले संविधान घोषणा भएलगत्तै संविधान जलाएर शासक वर्गले दिपावली मनाएको समयमा ‘ब्लायक आउट’ गर्ने चेतावनी दिए ।मधेशमा सरकारप...

Posted by सदभावना पार्टी on Wednesday, September 16, 2015


कुनै समयमा पहाड रोएको देख्दा मधेश पनि सँग सङगै रोएको थियो तर आज मधेशमा राज्यद्वारा हत्या गरिएका १० जनाको सामुहिक अन्तेष्...

Posted by Lokendra Yadav on Tuesday, September 15, 2015






Dr. CK Raut
आजादी वीरों की चाह है,
डरपोक और कायर अपने लिए बहाना ढूंढ लें
*******************************************
सैम्पल बहाना: हामी पनि त नेपाली हो / नेपाल मै अधिकार खोज्नु पर्छ / संघीयता र स्वायत्तता हाम्रो एजेन्डा हो / ५०औं वर्ष अझ लडछौं / विस्तारै अधिकार मिलि हाल्छ नि / हामी विखण्डन चाहदैनौं / मिलेर बस्नुपर्छ / भूराजनीतिले दिंदैन / सम्भव छैन / खतरा छ / हाम्रो पार्टीको नीति फरक छ / पहिला यो लिऊँ, त्यसपछि न / कर्मचारी हो, मिल्दैन / राजनीतिसँग मलतब छैन / विदेशमा छु / विजनेश-व्यापार छ, फुर्सत छैन / तपाईं अगाडि बढनुस् हामी आउँदै गर्छौं आदि ।
पर याद रहे कल इस तरह से फिरंगी नेपाली सेना और पुलिस के द्वारा मारे जानेवाला बच्चा आपका भी हो सकता है !
जिसके पास जिगर होता है, वही आजाद मधेश का नारा लगा सकता है ! नेपाली उपनिवेश अंत हो, मधेश देश स्वतन्त्र हो।

My heartfelt congratulations to all Nepalese people on declaration of Constitution of Federal democratic Republic of Nepal by CA Thanks to all who put their efforts & contributions Cheers

Posted by Ganesh Shah on Wednesday, September 16, 2015




आन्दोलन जारी छ ....पर्सा - बिरगंजबाट निरंकुश सरकारले सदभावना पाटीका केन्द्रीय सदस्य मोहनलाल चौधरी, जील्ला अध्यक्ष इम...

Posted by Upendra Mahato on Tuesday, September 15, 2015


नेपाल विद्यार्थी संघका पुर्ब माहामंत्रि एबम हाम्रा परम मित्र मनोज मणी आचार्यकी ममतामयी माता श्री गंगा देबी आचार्यको दु...

Posted by Anand Bist on Tuesday, September 15, 2015

Asoj 3 gate Rashtrapati le afu Yadav ko choro bhayeko pramanit gare sara Madhesh garwanwit hunechha!

Posted by Subhash Chandra Shah on Wednesday, September 16, 2015

मुलुक को कुनै समुदायलाई सुन कुनै लाई लह्सुन ।

Posted by Rajesh Ahiraj on Wednesday, September 16, 2015

जनकपुरमा पत्रकार सम्मेलन पश्चात...सदभावना पार्टीका अध्यक्ष श्री राजेन्द्र महतोद्वारा धनुषा र महोत्तरीका कार्यकर्ताहरू ...

Posted by Upendra Mahato on Wednesday, September 16, 2015


In The News (85)

महन्थ ठाकुरको घरमा मधेसी मोर्चाको गोप्य बैठक
बैठकमा तमलोपाका अध्यक्ष ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवलगायत हृदयेश त्रिपाठी, रामनरेश यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, मनिष सुमनको सहभागिता रहेको बताइएको छ ।
कथित संविधानको कुनै अर्थ र औचित्य छैन
उत्पीडित समुदायका जनतामाथि फासीवादी दमन भइरहेको छ ..... कफ्र्यु लगाएर तथा सेना परिचालन गरेर राजनीतिक समस्याको समाधान फौजी भाषामा गर्ने धृष्टता गरिएको छ । आन्दोलनमा दर्जनौंको हत्या र धरपकड गरिएको छ । यस स्थितिमा संविधानसभा–२ असफल सिद्ध भइसकेको छ ...... उत्पीडित समुदायमाथि भ्रान्तिको राजनीति थोपरेर प्रतिगामी संविधानको कथित परिमार्जित विधेयक तेस्र्याउने र एकाधिकारवादी ढङ्गले सीमाङ्कन गर्ने धृष्टता गरिरहेका छन् । यसरी बनाइने प्रतिगामी संविधानबाट श्रमजीवी वर्ग र उत्पीडित समुदायका हक अधिकारको स्थापना हुनै नसक्ने कुरा सुस्पष्ट छ । ........... आदिवासी जनजाति, थारु, मधेशीसहित उत्पीडित जाति तथा क्षेत्रका समुदायका निम्ति पहिचानसहितको सङ्घीयता ....... अहिले आएर महान् जनयुद्धसहित मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रका जनसमुदायद्वारा विभिन्न आन्दोलनहरूमा अभिव्यक्त जनभावना, जनादेश र सहादतको मूल्यमाथि गम्भीर आघात र धक्का पु¥याइएको छ ........

जनता अत्यन्तै ठूलो आक्रोश र पीडामा छटपटाइरहेका छन् । अहिले थारुवान, मधेस, लिम्बुवान, मगराँत लगायत देशका विभिन्न भागहरूमा सञ्चालित न्यायपूर्ण आन्दोलनप्रति हाम्रो ऐक्यबद्धता तथा नैतिक समर्थन रहिआएको छ र रहँदै जाने छ ।

संविधान जारी भएपछि आन्दोलनरत पक्षको माग पुरा हुन्छः गगन थापा
असन्तुष्ट मधेसी दलहरुको माग संविधान जारी भएपछि पनि पुरा गर्न सकिने बताए । उनले भने, ‘उहाँहरुलाई वार्ताको लागि बोलाउँदा समेत तयार हुनुभएन , संविधान जारी भएपछि भएपनि उहाँहरुको मागको सम्बोधन हुन्छ ।’


झापाका सातै नगरमा दिपावली
जिल्लाको शिवसताक्षी, कन्काई, दमक , शनिअर्जुन, मेचीनगर, बिर्तामोड र भद्रपुर नगरमा दिपावली भएको हो। नेपाली काँग्रेस र नेकपा एमालेका नगर समितिले आआफ्नै नगरमा दिपावली गरेको नेपाली कांग्रेसका झापा सभापति उद्धव थापाले बताए। ..... केन्द्रीय समितिको यस अघिको निर्णयले असोज ३ गते एनेकपा माओवादी पार्टीले मुलुकै भर दिपावली गर्ने निर्णय गरेको छ।
नेपाली कांग्रेसका दुई र एमाओवादी र एमालेका एक-एक सभासदले मतदान गरेनन्
नेपाली कांग्रेसका शीला खड्का र प्रदीप गिरी अनुपस्थित रहे। यसैगरी नेकपा एमालेकी समानुपातिक सभासद राज्य लक्ष्मी गोल्छा पनि अनुपस्थित रहिन्। ...... यस्तै एमाओवादीका सभासद प्रभु साह पनि प्रक्रिया बहिष्कार गर्दै मतदानमा सहभागी भएनन्।
जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र
हाम्रो आन्दोलन 'सेफ ल्यान्डिङ' चाहन्छः लेखी
समस्या केही नेताको शासक मानसिकताका कारणले उत्पन्न भयो .... पछिल्लो चरणको आन्दोलन भएको ३३ दिन भैसक्यो। यसमा ४० जनाको सहादत भैइसक्यो। १०० जना जातिले गोली खाए, अन्य १०० जनालाइ मुद्धा लागेको छ। २५ जति घरमा आगो लाग्यो । ......

थुनिएकालाई छाड्ने, दंगाग्रस्त क्षेत्र घोषणा फिर्ता लिने र सेना फर्काएमा वार्ता शुरु हुन्छ र सार्थक हुन्छ।

...... सरकारमा थारू आन्दोलनलाई बुझ्न नसकेका मानिस धेरै छन्। वार्ता बिगार्ने पक्षमा छन्। उनीहरूसँग भने सतर्क रहनु पर्छ। हाम्रो आन्दोलन सेफ ल्याण्डिङ गर्न चाहन्छ। यसको लागि सरकारले वातावरण बनाउनु पर्छ। ....... अहिलेको संविधानको मस्यौदामा हाम्रा धेरै माग पुरा भएका छन्। धर्म निरपेक्षता, समावेशी समानुपातिकता, थारू आयोग गठन लगायतका मुद्धा सम्बोधन भएको छ। ....... सबैभन्दा महत्वपूर्ण कुरा त थारूको भूमिका बेगर नै प्रदेश संरचनाको निर्माण भयो। थारू सोझा हुन्छन् भन्दैमा उनीहरूलाई उपेक्षा गर्नु हुँदैन। अन्य क्षेत्रका मानिसको माग पुरा भयो तर हाम्रो भएन किनकि ती क्षेत्रका मानिसको राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व छ। सबै थारूले प्रश्न उठाउँछन हाम्रा माग किन सम्बोधन भएन भनेरl ......

आफ्ना अधिकारका लागि बरु १०० वर्ष लड्न तयार छौं। शान्तिपूर्ण ढंगले लड्छौं यही भूमिमा।

..... थारू आन्दोलन वि.स. २००५ देखि अर्थात् ७० वर्षदेखि हुँदैछ। ....

हामी २५ लाख छौं। राजनीतिक दल झैँ हाम्रो सामाजिक संस्था छ।

..... हामीसँग राजी, चेपाङ, मेचे, झाँगडजस्ता जाति अधिक छन्। डुम, चमार जस्ताले सधैँ भाँडा मात्र माझेर बस्नु पर्ने? यस्ता जातिका मानिस ठूला पद त के शिक्षक पनि हुन पाएका छैनन्। ....... पश्चिम कर्णालीको गरीब बस्तीमा तपाईं गए पनि म गए पनि भारी बोक्ने गरीब क्षेत्री बाहुन हुन्छ। तपाईंको र मेरो हैसियत उस्तै हो। .....

एमाले पार्टीमा म लामो समयदेखि रहेको हुँ। मलाई पनि सभासद् बन्न अफर नआएको होइन। तर मैले त्यस्तो बाटो रोजिनँ।

असन्तुष्टसँग वार्ता हुन्छ कि हुँदैन ?
संविधान जारी भएपछि असन्तुष्टका जायज माग संविधान संशोधनमार्फत सम्बोधन गरेर जाने प्रमुख दलका नेताहरूले बताएका छन् ।

संविधान जारी भइसकेपछि आन्दोलन आफैँ मत्थर हुँदै जाने पनि प्रमुख दलका केही नेताको बुझाइ छ ।

...... वार्ता चल्दै गर्दा अनौपचारिक सहमति भएमा संविधान जारी भएपछिको १०–१५ दिनमा संशोधन गरेर जान सकिने

दुर्योधन पनि यसरी नै गमक्क परेथ्यो

दुर्योधन पनि यसरी नै गमक्क परेथ्यो। जुन सेनाले चुनाव मा धाँधली गर्न मदत गर्यो, जुन पुलिस प्रशासन ले चुनाव मा धाँधली गर्न मदत गर्यो त्यसले यो कागजको खोस्टो देश माथि लादन पनि मदत गर्छ भन्ने छ। त्यो दुर्योधनीय दम्भ। हिटलर को संसद मा मनाइएको हर्षोल्लास हो यो।

राष्ट्रपतिले एक पटक हिम्मत गर्नै पर्छ।  एक अडान लिनैपर्छ। होइन भने अगाडि बाटो गार्हो छ। देश paralysis मा जान्छ।

लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता



अनि सभासदका मिले गाला (फोटो फिचर)



पारित भयो नेपालको संविधान
संविधानको पक्षमा ५०७ र विपक्षमा २५ मत परेको छ । संविधान पारित गर्ने दिन बुधबार ५३२ सभासद् उपस्थित थिए । .... सभाध्यक्षले संविधान जारी हुने औपचारिक समारोहका दिन आफ्नो संस्कृति झल्कने पोसाकमा संविधानसभामा आउन पनि सूचित गरेका छन् ।
संविधान घोषणाको अवसरमा असोज ३ र ४ मा सार्वजनिक बिदा



'प्रहरीको गोलीबाट मारिएका आन्दोलनकारी थिएनन्'
बेथरी घटना: मृत्यु भएका र घाइते सवै हाटबजारबाट फर्केका थिए
सुरक्षाकर्मीको गोली लागेर मंगलबार बालकसहित ४ जनाको मृत्यु भएको घटनापछि बुधबार घटनास्थल बेथरी पुग्दा त्यहाँ सन्नाटा छाएको थियो । मृतकका घर र आफन्तकोमा रुवावासी चलेको छ । मंगलवार साँझदेखि लागेको कर्फ्युका कारण स्थानीय घरबाट बाहिर निस्केका छैनन् । हाटबजारमा किनमेल गर्न आएका र आफ्नोमा उत्पादित वस्तु बेच्न आएका किसान कर्फ्युले घर जान नसकेर अलपत्र परेका छन् । तिजको दिन जताततै रमाइलो र नाचगान चलिरहेको बेला बेथरीमा भय र त्रास छाएको छ । ...... स्थानीय र मृतकका आफन्तले सुरक्षाकर्मीले हाटबजार लागेको ठाउँमा सिधै गोली हानेर ज्यादती गरेको आरोप लगाए । ...... 'तीज मनाउन मेरो नातिनी मामाघर आएकी थिई तर भित्रै बसेको अवस्थामा गोली लागेर ढली' सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएकी सिलौटिया ८ ओडवलियाकी १४ वषर्ीया रञ्जनासिंह क्षेत्रीकी हजुरआमा बुद्धकुमारीले रुँदै भनिन्, 'मेरो नातिनी न आन्दोलनमा लागेकी थिई, नत ट्रक तोडफोड गर्न गई ।' .... उनका अनुसार, बाहिर तोडफोड र गोली चलेर भागदौड मच्चिन थालेपछि उनकै घरमा सुरक्षित हुन भित्र बसेका नातिनीसहित अन्य तिनजनाको गोलीले एकै ठाउँमा ढले । जसमा, हाटबजारमा किनमेल गर्न आएकी आफ्नी आमाको काखमा आएका चार वर्षे चन्दन पटेल र गोनाहा ४ बेथरीका ४० वषर्ीय राजकुमार बरईको मृत्यु भयो । उनीहरु हाटबजारमा गोली चल्न थालेपछि भागेर उक्त घरमा लुकेर बसेका थिए । ....... नजिकैको अर्को छिमेकी घरमा पनि उस्तै घटना भयो । हाटबजारमा भागदौड मच्चिएपछि सुरक्षित हुन आफ्नै घरभित्र पसेका ४० वषर्ीय बिन्दु लाकौल पनि गोली लागेर त्यही ढलिन् । ..... प्रत्यक्षदर्शीका अनुसार, करिब डेढ सयजति ट्रक पार भइसकेर केही ट्रक बेथरी कट्नै लाग्दा आन्दोलनकारीले ट्रक र सुरक्षाकर्मीको गाडीमा धावा बोलेका थिए । तोडफोडमा संलग्न समूह हाटबजार लागेका स्थानमा छिरेर लुके । ........... आन्दोलनरत मोर्चाका जिल्ला संयोजक तथा संघिय समाजवादी फोरम नेपाल रुपन्देहीका अध्यक्ष महेन्द्र यादवले एस्कर्टिङ्ग गरिएका ट्रक तथा सुरक्षाकर्मीको गाडीमाथि तोडफोड गर्ने निर्देशन मोर्चाले नदिएको र सवै आन्दोलित भइरहेको वेलामा यसको नैतिक जिम्मेवारी मोर्चाले लिने बताए । तर, ट्रक र सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गर्दैमा सुरक्षाकर्मीले घर भित्र बसेकालाई गोली प्रहार गरिनु अति निन्दनीय भएको बताए । केही दिनअघि बेथरी प्रहरी चौकीमा कुनैपनि ट्रक एस्कर्टिङ्ग नगर्ने लिखित प्रतिबद्धता प्रहरीले गरेको तर कार्यान्वयन नगरी त्यसै गरेपछि घटना घटेको हो ।
बेलायतद्वारा संविधान निर्माण प्रक्रियाको समर्थन
पुरानो मित्र मुलुक बेलायतले नेपालको संविधानसभामा जारी संविधान निर्माण प्रक्रियाको समर्थन गरेको छ । भारत र अमेरिकाको स्वागत तथा समर्थनपछि बेलायतले नयाँ संविधान जारी प्रक्रियालाई आफूले नजिकबाट नियालिरहेको भन्दै समर्थन ब्यक्त गरेको हो । संविधान जारीको अन्तिम चरणको प्रक्रियालाई हेरिरहेको पनि बेलायतले उल्लेख गरेको छ । ..... 'नयाँ संविधान समावेशी, समानता, अधिकतम सहमति र मानव अधिकारका लागि अन्तर्राष्ट्रिय स्तरको हुनेमा हामी विश्वस्त छौ । यो दिगो शान्ति र विकासको जग निर्धारण गर्नेतर्फ उन्मुख हुनेछ ,' एसिया हेर्ने बेलायती विदेश राज्यमन्त्री ह्युगो स्वायरलाई उल्लेख गर्दै दूतावासले जनाएको छ ।
संविधान जारी हुने दिन घर घरमा दीपावली गर्न कांग्रेस-एमालेको आह्वान
बुधबार दुवै पार्टीले छुट्टा छुट्टै विज्ञप्ती जारी गर्दै इतिहासकै सर्वाधिक महत्वपूर्ण र सफल दिनका रुपमा लिएको जनाएको छ । कांग्रसका मुख्य सचिव ऋषिकेश तिवारीद्वारा जारी विज्ञप्तीमा मुलुकको सबै खाले राजनीतिक, आर्थिक, समाजिक तथा सांस्कृतिक द्वन्द्वलाई निकास दिने अवसर नयाँ संविधानले उपलब्ध गराएको दावी गरिएको छ । ..... एमालेले असोज-३ गते साँझ आ-आफ्ना घर, पार्टी कार्यालय र सार्वजनिक स्थलमा दिपावली गर्न पार्टी पंक्ति र जनसमूदायमा आग्रह गरेको छ ।


प्रशासनको आदेश अबज्ञा गर्दे विराटनगरमा लाठी जुलुस
स्थानीय प्रशासनले लाठी जुलुस नगर्न गरेको आग्रहलाई बेवास्ता गर्दे बुधवार संयुक्त मधेशी मोर्चाका कार्यकर्ताले विराटनगरमा बृहत लाठी जुलुस प्रर्दशन गरेको छ । प्रहरीले पटक पटक माइकिङ गरि लाठी जुलुस नगर्न र लाठी लिएर जुलुसमा सहभागी नहुन भनेपनि प्रर्दशनकारीहरू अधिकांशले हातमा लाठी बोकेर नगर क्षेत्रमा प्रर्दशन गरेका थिए । ....... स्थानीय रोडशेष चोकबाट सुरु भएको मोर्चाको लाठी जुलुसको अगाडि अगाडि रहेको प्रहरीले माइकिङ गर्दे लाठी फयाक्न आग्रह गरेका थिए । तर प्रर्दशनकारीले त्यसलाई बेवास्ता गर्दे आफुहरूको पुर्व निर्धारीत कार्यक्रम रहेकाले लाठी जुलुस गरेको बताए । लाठी जुलुसमा सहभागी हुन विराटनगर नगर क्षेत्र वाहेक जिल्लाका बिभिन्न गाबिसवाट मोर्चाले कार्यकर्तालाई विराटनगर ल्याएको थियो । ...... प्रहरीले विराटनगर प्रबेश गर्ने नाकामा ग्रामिण क्षेत्रवाट आएका मोर्चाका कार्यकर्तालाई लाठी लिएर जुलुसमा सहभागी हुन नदिने भन्दै रोकेका थिए । तर रोडशेष चौक स्थित संघिय समाजवादी फोरम नेपालको कार्यालय अगाडि सयौको संख्यामा राखिएको बासको भाटा लिएर प्रर्दसनकारीहरू सहभागी भएका थिए । जुलुसमा सहभागिता अत्यधिक भएपछि प्रहरीले पनि सोही अनुसार सुरक्षा ब्यबस्था बढाएको थियो । नगरको बिभिन्न भागको परिक्रमा गर्दे मोर्चाको जुलुस गुदरीको बी प्लटमा गइ कोण सभामा परिणत भएको थियो । कोणसभामा मधेशवादी दलका जिल्लास्तरका नेताहरूले

आफुहरूको माग सम्बोधन नगरि ल्याउन लागिएको संबिधानलाई जलाउने र च्यात्ने चेतावनी दिएका थिए ।

........ यसैबीच मधेशी जन अधिकार फोरम लोकतान्त्रिकको नेतृत्वमा रहेको संघीय समावेशी मोर्चाका कार्यकर्ताहरूले पनि बुधवार विराटनगरमा प्रदर्शन गरेको छ । स्थानीय शनीहाटवाट निस्केको उक्त मोर्चाको जुलुस नगरको बिभिन्न भागको परिक्रमा गर्दे जन आन्दोलन चौकमा पुगी कोण सभामा परिणत भएको थियो । कोण सभाका बक्ताहरू

थरुहट र मधेश राज्य कायम नभए सम्म आन्दोलन जारी रहने बताए ।

...... यस्तै राजबंसीहरूले पनि विराटनगरमा बुधवार प्रदर्शन गरेका छन् । बीरेन्द्र सभागृह अगाडिबाट निस्केका राजबंसीहरूको जुलुस नगरको बिभिन्न भागको परिक्रमा गर्दे ट्राफिक चौकमा पुगी कोण सभामा परिणत भएको थियो । कोणसभाका वक्ताहरूले

सुनसरी, मोरङ र झापालाई मिलाएर विराट राज्य बनाउनुपर्ने माग गरे ।



सोनललाई सार्वजनिक अपराधको मुद्दा
आन्दोलनको क्रममा मंगलवार पक्राउ परेका तमलोपाका सह महामन्त्री जितेन्द्र सोनल र जिल्ला अध्यक्ष नवलकिशोर सिंहमाथि प्रहरीले बुधवार सार्वजनिक अपराध मुद्दा लगाएको छ । जबर्जस्ती उद्योग बन्द गराउने, तोडफोड र आगजानीमा संलग्न भएको आरोपमा जिल्ला प्रशासन कार्यालयबाट बुधवार १५ दिनको म्याद थमाएर दुबैलाई थप अनुसन्धानको लागि हिरासतमा राखिएको प्रहरी निरीक्षक पुरुषोत्तम खड्काले बताए । आरोपीद्वयलाई इप्रका सिमरामा राखिएको छ । ...... 'पीडितको उजुरीसँगै प्रहरी प्रतिवेदनमा मुद्दा चलाइएको छ,' खड्काले भने, 'राजनीतिक मुद्दा छैन् ।' उता तमलोपा पार्टीलगायत आन्दोलनरत मोर्चाले आन्दोलनको शान्तिपुर्ण व्यवस्थापन गर्न नेताद्वय मोटरसाइकल र्यालीमा सहभागी भइरहँदा नितनपुरबाट प्रहरीले पक्राउ गरेकाले तत्काल छाड्न माग गरेको छ । ....

पक्राउको विरोधमा कलैया, जितपुर, प्रसौनी, परवानीपुरलगायतका ठाउँमा मोर्चाका कार्यकर्ताले दिनभर प्रदर्शन गरेका छन् ।

मंगलवार आन्दोलनरत मोर्चाले वीरगंज-पथलैया औद्योगिक करिडोरका उद्योग बन्द गराउन मोटरसाइकल र्याली गरेका थिए । र्यालीको क्रममा केही उद्योगमा पार्किङ गरी राखिएको केही ट्रकमा तोडफोड र एक वटा ट्रकमा आगजनी गर्दा समान्य क्षति पुगेको थियो ।
टीकापुर घटनामा लक्ष्मण थारुसहित २२ लाई ज्यान मुद्दा
१८ जना तारिखमा रिहा
भदौ ७ को टीकापुर घटनामा संलग्न भएको आरोपमा प्रहरीले ४० जनालाई पक्राउ गरेको थियो । जसमध्ये १८ जनालाई प्रहरीले तारिखमा रिहा गरेको छ । अझै घटनामा संलग्न केही थारु कार्यकर्ता र नेतालाई फरारको सूचीमा राखिएको छ । ...... फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य लक्ष्मण थारुलाई प्रहरीले गएको बुधबार रुपन्देहीमा पक्राउ गरेको हो । कैलालीको फुलबारीका उनी संविधान सभा निर्वाचनमा फोरम लोकतान्त्रिकको तर्फबाट उम्मेदवार बनेका थिए । माओवादीबाट विद्रोह गरेका थारुले पछि छुट्टै संगठन बनाएका थिए । ...... थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष लाहुराम चौधरी र फोरम लोकतान्त्रिकका क्षेत्र नम्बर ३ का रामप्रसाद चौधरीविरुद्ध पनि प्रहरीले कर्तब्य ज्यान मुद्दा दर्ता गरेको छ ।

मुद्दा दायर गरिएका मध्ये १९ जना थारु कल्याणकारी सभा र फोरम लोकतान्त्रिकका कार्यकर्ता हुन् ।

यस्ता छन् गच्छदारका चार पूर्वशर्त
सीमांकनमा फेरबदल गरी थारु बहुल क्षेत्रलाई राज्यका रुपमा स्वीकार गर्नुपर्ने, अन्तरिम संविाधनका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वलाई यो संविधान विधेयकले पनि सुनिश्चित गर्नुपर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने र प्रस्तावित संघीय प्रदेशमा बोलिने मातृभाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिलाइनुपर्ने गरी चार पूर्वशर्त अघि सारिएको ...... मंगलबार साझ र बुधबार बिहान फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसग प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा विशेष समिति संयोजक बाबुराम भट्टराईले टेलिफोनमा कुरा गरी प्रक्रियामा फर्कन आग्रह गरेसग गच्छदारले ती शर्तहरु राखेका हुन् । गच्छदारलाई उद्धृत गर्दै चौधरीले भने, ‘यी शर्त मान्न राजी भए हामी संविधान सभा फर्कन्छौं ।

तपाईंहरुले विधेयक संशोधन गरी हाम्रा आवाजहरु समेट्न तयार हुनुहोस् ।’

धनगढीमा २२ दिन पछि कर्फ्यु हट्यो
धनगढीमा जुलुस आमसभा लगायतका कार्यक्रम संचालन गर्न रोक लगाई जारी गरिएको निषेधित क्षेत्र घोषणालाई यथावत छ । ...... 'कर्फ्युले धनगढीको जनजीवन उकुसमुकुस बनाएको थियो र टिकापुरको घटनालाई स्मरण गराइ राख्थ्यो' ...... टिकापुरको हिंसात्मक घटनापछि स्थानिय प्रशासनले सदरमुकाम धनगढी र टिकापुरमा कफ्र्यु लगाउदै आएको हो ।
जलेश्वरमा कर्फ्यु खुकुलो
प्रशासनले बुधवार विहान ६ देखि राति ८ बजेसम्मका लागि कर्फ्यु हटाएको छ । यसअघि साँझ विहान २ देखि ३ घण्टा मात्र कर्फ्युमा छुट दिदै आएको थियो ।


तराई केही खुकुलो
महिनायता जारी बन्दका कारण कष्टकर बनेको पूर्वी तराईको जनजीवन मंगलबार आंशिक रूपमा सामान्य बनेको छ । मंगलबार केही स्थानमा प्रदर्शन भए पनि झडपका घटना भएनन् । सिरहा, महोत्तरी, धनुषालगायत जिल्लामा स्थानीय प्रशासनले लगाएको कफ्र्यु र निषेधाज्ञा केही समयसम्मका लागि हटाइएपछि सर्वसाधारणको चहलपहल बढेको थियो । ...... आन्दोलनको सुरुदेखि नै मोरङ शान्त रहेको बन्दकर्ताको प्रमुख घटक संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य जयराम यादवले बताए । एक महिनादेखिको बन्दले यहाँका अधिकांश विद्यालय बन्द छन् भने सार्वजनिक यातायातका साधन चल्न सकेका छैनन् । सुरक्षाकर्मीले विराटनगर भन्सार कार्यालयबाट दैनिक २ सयको हाराहारीमा मालवाहक साधन मोरङको सीमा कटाउने गरेको छ । ..... मधेसी मोर्चा र थरुहटको आन्दोलनका कारण बन्द हुँदै आएको सुनसरी सदरमुकाम इनरुवा केही दिनदेखि नियमित खुल्न थालेको छ । लामो समयको बन्द र हडतालका कारण उपभोग्य वस्तु किनेबेच गर्न असहज हुँदै गएपछि व्यापारीहरूले पनि आन्दोलनकारीका आँखा छल्दै पसल खोल्न थालेका हुन् । .... आन्दोलनकारीले पनि इनरुवाको बस चोकबाहेक खुलेका पसललाई खासै वास्ता नगरेपछि बिस्तारै दैनिक रूपमा इनरुवा खुला हुन थालेको हो । दंगाग्रस्त क्षेत्र घोषणा भएपछि आन्दोलनकारीले बजार पसल जबरजस्ती बन्द गराउन छाडे । इनरुवाको मुख्य बजार खुल्ने क्रम बढ्यो । उद्योग वाणिज्य संघ इनरुवाको पहलमा व्यापारी र आन्दोलनकारीबीच सद्भाव कायम गर्ने सहमति भएपछि आन्दोलन बिस्तारै शान्तिपूर्ण हुँदै गयो । ..... तीन घण्टा खुकुलो बनाएको दंगाग्रस्त क्षेत्र अहिले पाँच घण्टा खुकुलो बनाइएको छ । ...... नजिकिँदै गरेको चाडबाडका कारण सबै यतिबेला खेत खलियानमा रहेको बाली भित्र्याउने, धान गोड्ने र पटुवा काट्ने समय भएकाले पनि व्यस्त हुन थालेकाले ग्रामीण क्षेत्रका बासिन्दालाई आन्दोलनले तान्न नसकेको विश्लेषण अन्सारीको छ । हिंसात्मक नभई आफूहरूले शान्तिपूर्ण तरिकाले नै आन्दोलन गरिरहेको बृहत् मधेस संघर्ष समिति सुनसरीका संयोजक महिचन्द्र साहले आन्दोलन निरन्तर भइरहे पनि चाडबाडका कारणले केही खुकुलो बनाएको स्विकारे । ....... खम्बुवानले एमाले, कांग्रेस र एमाओवादीको निर्देशन र इसारामा किरात राई यायोख्खाले लिम्बुवान र खम्बुवानको राजनीतिक अस्तित्वलाई समाप्त पार्न किरात प्रदेशको धारणा ल्याएको जनाएको छ । ......

आफूहरूको अधिकार सुनिश्चित हुनुपर्ने माग गर्दै मोरङका मुसहर समुदायले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाए । जुलुस प्रदर्शन गर्दै गएका उनीहरूले संविधानमा आफ्ना अधिकार सुनिश्चित गरिनुपर्ने माग गरे ।



[विचार] संविधानको सत्य
कुनै हुने–हुनामी, भवितव्य वा उपल्लै तहको राजनीतिक संकट आएन भने असोज ३ गते एकथान संविधान नेपाली जनताको हातमा पर्नेछ। राजनीतिक दलका नेताहरू संविधान निर्माणको प्रक्रियामा दिलोज्यानले लागेका छन्। ती दलका तर्फबाट जनताले चुनेर पठाएका प्रतिनिधि सभासदहरू हात उठाएर, ताली पिटेर, लयबद्ध ध्वनि निकालेर संविधानका धाराहरू निक्र्योल गर्दैछन्। राजनीतिक दलहरूले संविधान जारी भएको उपलक्ष्यमा दीपावली गरेर उत्सव मनाउन जनता–जनार्दनसँंग आह्ववान गरिसकेका छन्। उत्साहका साथ संविधानको स्वागत गर्ने तयारी हुनथालेका छन्। अहिले लेखिएको संविधानलाई निर्विकल्प सत्यका रूपमा स्थापित गर्ने आकांक्षा राखेका छन्, प्रमुख दलहरूले। दुई तिहाइको प्रक्रियाबाटै संविधान जारी गर्ने कांग्रेस र एमालेको राजनीतिक संकल्पमा सहयोगी बनेको छ– संविधानसभाबाट संविधान बनाउने लक्ष्यका साथ बाह्र वर्षसम्म देशमा हिंसात्मक विद्रोहको नेतृत्व गर्ने माओवादी। त्यति लामो संघर्षपछि चुनावी प्रक्रियाबाट सत्तामा आएर पनि आफ्नै नेतृत्वमा नयाँ नेपालका लागि गणतान्त्रिक संविधान बनाउन अयोग्य सावित हुनु, निश्चय नै माओवादीको दुर्भाग्य हो। २०४७ सालको संविधानलाई आधारभूत शब्दात्मक प्रशोधनका साथ नयाँ गणतान्त्रिक नेपालको संविधान बनाउन सक्नु कांग्रेस–एमालेको शौभाग्य र खुबी हो। योभन्दा पनि पर एक पाइला अघि बढेर,

गरुडको जस्तो वेगवान गतिले नेपालको राजनीतिक परिदृश्यमा अवतरण गरेको माओवादीलाई चिप्लेकिरा जस्तो घिसिँ्रदै—घिस्रिँदै प्रक्रियाको समर्थनमा आउन बाध्य पार्नु कांग्रेस–एमालेले रचना गरेको ठूलै सुनामी हो।

........ संविधान निर्माणको तीव्र गतिसँंगै मधेस, पहाड र हिमाल तीनैथरी भौगोलिक सीमाभित्र असन्तोषका सानातिना ज्वालामुखी देखिएका छन्। पहाडी भेगका भुइँचालो पीडित जनता संविधानको छानो हालेर घर बनाउने हो कि दैलोमा आउन लागेको जाडो मौसममा संविधानको सिरक ओढाएर बालबच्चा जोगाउने हो? अझै अलमलमा नै छन्।

मधेसको त कुरै नगरे भयो, असन्तोषको दावानलले पुरै मधेस भूमिलाई समेट्न थालेको छ।

मधेसका नेताहरू नेपाली राज्यबाट प्रताडित नेपालीहरूको जीवनरक्षाका लागि विहारमा शरणार्थी शिविरहरू खोलिएको खुलाशा गर्न थालेका छन्। उनका कुरामा विश्वास गर्ने हो भने देश साँच्चै द्वन्द्वको तातो तावामा भुटिने तयारीमा रहेको स्पष्ट आभास हुन्छ। तीन ठूला दलका तीन ठूला नेताले भनेजस्तो संविधान जारी भएपछि देश तत्काल संकटमुक्त हुने लक्षण देखिँदैन। संविधान विधेयकको प्रतिरक्षामा संविधानसभामा ती नेताद्वारा व्यक्त विचारका आधारमा पनि संविधानले पूर्णता नपाएको ज्ञान हुन्छ। नेताहरूले संविधानको अपूर्णतालाई स्वीकार गर्दै जनताका चाहनाअनुसार संविधानमा संशोधन हुँदै जाने बताएका छन्। यो आश्वासन वा विचार आफैंमा विसंगत छ। अहिलेका लागि त्यो विसंगतिको मुख्य भ्वाङ मधेस हो भने यस्तै अन्य भ्वाङहरू केही समयपछि देखिन थाल्नेछन्। ............. नेताहरूले आफ्नो मन—माफिक हिसाबले प्रदेशहरूको सीमांकन गरेपछि मध्यपहाडमा सुरु भएको असन्तोषलाई सम्बोधन गरे पनि त्यही सन्दर्भमा चुलिएको आदिवासी थारू र मधेसको आन्दोलनको उपेक्षा गरे। कैलालीको टीकापुरमा आन्दोलन हिंसात्मक भएपछि दलका नेताहरूमा यो उपेक्षाभाव बढी नै देखियो। त्यसपछि नै मधेसमा आन्दोलन उग्र हुँदै गएको हो। ....... यो संविधान नेपाली समाजको सामाजिक मनोविज्ञानका आधारमा तयार पारिएको होइन। यसमा संवैधानिक विज्ञता र विशेषज्ञताका त्यस्ता कुनै कुरा छैनन्, जसका लागि व्याख्याको जरुरत पर्छ। सामाजिक सञ्जालमा कसैले टिप्पणी गरेको थियो,

संविधानको स्वरूप मुलुकी ऐनजस्तो छ।

नवोदित गणतन्त्रको मूल कानुनका रूपमा निर्माणाधीन संविधानले समस्याहरू सुल्झाउने भन्दा उल्झाउने काम बढी गरेको टिप्पणी संविधानविदहरूले नै गर्न थालेका छन्। देशका ६०१ सभासदहरूको नाममा संविधानसभाका

जम्माजम्मी दुई दर्जन सभासदहरूको सक्रियतामा तयार भएको

यो संविधानलाई नेताहरूले नै दलहरूका बीच सम्झौताको दस्तावेज भनिसकेपछि अरू भन्ने कुरा केही बाँकी रहँदैन पनि। ...........

नेपालका नेताहरूले मधेस–तराईको मनोविज्ञान राम्ररी बुझ्नसकेका छैनन्।

हिमाल र पहाडको निकासका रूपमा रहेको मधेस आफैंमा एउटा यस्तो संसार हो, जहाँको सांस्कृतिक विविधता कुनै एक जाति र क्षेत्रसंँग मात्र सरोकार राख्दैनन्। मिथिला र अवध संस्कृतिको विश्वव्यापी आकर्षण छ। नेपाल राज्यको अन्तिम सीमाका रूपमा मधेसले २०४५ सालको भारतीय नाकाबन्दीको सामना गरेको छ र अनेकौं विदेशी आक्रमणको प्रतिरोधमा पनि त्यत्तिकै दृढतापूर्वक अडिएको छ। काठमाडौं केन्द्रित राज्यले मधेसका सामान्य मधेसीको पनि त्यसरी नै उपेक्षा गरेको छ, जसरी पहाडियाहरूको उपेक्षा गरेको छ। मधेसका राजा, जमिनदार, पटवारी लगायतका उच्च जातिका प्रभावशाली मानिसहरूलाई राज्यले उपयोगिता र स्वामिभक्तिका आधारमा सम्मान दिने गरेको छ। ....... मधेसका सामान्य जनता पीडित छन्, शोषित छन् र उपेक्षित छन्। त्यसको सम्बोधन गर्ने चासो संविधानसभामा उपस्थित मधेसका कुनै पनि नेताले देखाएका छैनन्। ती उपेक्षित जनता शोषणबाट मुक्तिको बाँसुरीको सुरिलो आवाज सुनेर आन्दोलनमा उठेका छन्। तर अहिलेसम्म तिनको सुन्दर भविष्य राज्य वा प्रतिपक्ष कतैबाट पनि प्रत्याभूत हुनसकेको छैन। ........ मधेसमा सुरु भएको विचलन स्थायी रहनु नेपालको भू–राजनीतिका लागि राम्रो लक्षण होइन। ...... नेपालको लोकतान्त्रिक राजनीति दिल्लीबाट सुरु भएको थियो र दिल्लीकै सहयोगमा भएको बाह्रबुँदे सहमतिपछि टुंगिने आशा राखिएको थियो। पछिल्लो दिल्ली सम्झौताको एक दशकपछि नेपालले बल्लतल्ल संविधानको निर्माण गर्दैछ। ......

संविधान बनाउन आठ वर्ष लाग्यो। यसको भविष्य थाहा पाउन आठ दिन पनि लाग्ने छैन। यही हो, संविधानको सत्य।

लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता

पाँच पाण्डव: लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता

लोकतंत्र 

लोकतंत्र भनेको एक व्यक्ति एक मत हो। नागरिकता देश मा एक किसिम को मात्र हुन्छ। (नागरिकता बारे हुनु पर्ने) कोही अनागरिक हुँदैन। सबै नागरिक बराबर हुन। शक्ति को एक मात्र स्रोत जनता हो। र त्यो मताधिकार ले मात्र निर्धारण गर्दैन। राजनीतिक पार्टी ले वोट पाए अनुसार समानुपातिक सरकार बाट पैसा पाउने, पार्टी चलाउन, चुनाव लडन अरु  कुनै स्रोत बाट पैसा लिन नपाउने। (१ मत को ५० रुपया)

मानव अधिकार 

The Universal Declaration of Human Rights

गणतंत्र 

नवराजावाद मुर्दाबाद। पार्टी अध्यक्ष दादागिरी - समाप्त गर। तानाशाही -- नहीं चलेगी, नहीं चलेगी, नहीं चलेगी। तीनबाहुनदलीय व्यवस्था समाप्त गर, सच्चा गणतंत्र स्थापित गर।

संघीयता 

१ देश, १६ प्रदेश, २०-३० विशेष क्षेत्र, १००० गाउँ/नगर = १२५ जातजाति
संघीयता मा बजेट बाडफाड़: ३३-३३-३४: केन्द्र प्रदेश स्थानीय
Federalism, Centripetal Force, Centrifugal Force
प्रत्यक्ष निर्वाचित प्रधान मंत्री र १०% आर्थिक वृद्धि दर
नंबर एक कुरा शिक्षा हो

समावेशीता

५१% खुला प्रतिस्प्रधा, ४९% आरक्षण।
दलितले आरक्षण मात्र होइन Reparation (क्षतिपूर्ति) पनि पाउनै पर्छ



3744


पाँच पाण्डव: लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता



यो प्रतिक्रांति विरुद्ध को क्रांति हो। पाँच पाण्डव: लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता। २००६ अप्रिल क्रांति का उपलब्धि लोकतंत्र, मानव अधिकार, गणतंत्र। मधेसी क्रांति का उपलब्धि संघीयता, समावेशीता। ती सबै माथि आक्रमण भएको अवस्था छ। राणा शासन १०४ वर्ष चल्यो। अर्को १०४ वर्ष का लागि खस/बाहुन शासन लाद्ने प्रपंच भइराखेको छ।

त्यसका विरुद्ध एउटा निर्णायक सड़क आंदोलन को आवश्यकता देखियो।

क्रांति कृष्ण हो।

यो मधेसी क्रांति ३ जस्तो लाग्यो शुरू मा। त्यस पछि मधेसी थारु क्रांति जस्तो लाग्यो। त्यस पछि मधेसी जनजाति क्रांति २०१५ जस्तो लाग्यो। तर यो त्यसभन्दा पनि व्यापक छ। यस क्रांति ले विगत शताब्दी का दुई प्रमुख आइडियोलॉजी कैपिटलिज्म र कम्युनिज्म को फ्यूज़न गर्ने छ। यो अहिंसात्मक तर आक्रामक क्रांति हो। यसले आमुल परिवर्तन खोजेको छ। यसले एउटा नया शुरुवात खोजेको छ। यसले नया दिशा खोजेको छ।

यो २०१५ मॉनसून क्रांति भनौं भने सितम्बर आइसक्यो। यो नेपाली क्रांति  २०१५ हो। यो सीमांकन बारे मात्र होइन। यो क्रांति लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता का लागि हो। पाँच पाण्डव माथि प्रहार भएको छ।

यो प्रतिक्रांति विरुद्ध को क्रांति हो।



Tuesday, September 15, 2015

समाधान अब सड़क मात्र


  • जेल भरो आंदोलन। 
  • व्यापक राष्ट्रव्यापी मोर्चाबंदी। 
  • देश बंद, मधेस बंद। 
Non Violent Militancy

अब अंतरिम संविधान रहन्छ, यो सरकार र यो संविधान सभा जान्छ। वार्ता को स्पेस अब बाँकी रहेन। क्रांतिकारी अंतरिम सरकार बन्छ। काँग्रेस पार्टी त निभ्न लागेको बत्ती हो। स्वाहा

अब मधेसी मोर्चा ले संविधान सभा छोड्ने बेला आयो।


In The News (84)

मधेशी मोर्चाको बैठक भोली बस्दैं, अगामी रणनिती तय गर्ने, महतो बैठकमा सहभागी नहुने
मोर्चाको भोलीको बैठकले गम्भीर निर्णय गर्ने समेत जनाइएको छ । भोलीको बैठकले मधेशमा अलग अलग मोर्चाबन्दी गरेर भई रहेको आन्दोलनलाई एक ठाँउमा कसरी ल्याउने बारे पनि गम्भीर छलफल हुने जनाइएको छ ।
मधेशी माथिको बर्बर हत्या तत्काल बन्द गर : नारायणकाजी श्रेष्ठ
‘प्रचण्ड राष्ट्रपति बन्नुहुन्न, प्रधानमन्त्री पनि दाबी गर्दैनौं’
यस्तै हो भने सरकारमा पनि गइन्न : नारायणकाजी श्रेष्ठ
संविधान बनेपछि आफ्नो पार्टी आन्दोलनमा जाने ..... यो संविधानसभाबाट संविधान बनेपछि संविधान कार्यान्वयनको पहिला चरणमा अथवा कमसेकम पहिलो चुनाव नहुँदासम्म हामीले राष्ट्रिय एकताको संयुक्त सरकार बनाएर जानु उपयुक्त हुन्छ भन्ने हाम्रो नीति छ र सहभागिता जनाउन पनि हामी सक्छौं । ...... संविधान बनाउँदाखेरि पहिला भएका सहमति र सम्झौताहरु पनि उलंघन गरियो । त्यसका निम्ति पनि हामीले धेरै संघर्ष गर्नुपर्‍यो । यति ठूलो संघर्ष गर्नुपर्‍यो । तिक्ततापूर्ण संघर्ष गर्नुपर्‍यो । ..... शासक वर्गमा अथवा कांग्रेस र एमालेको मुख्य हिस्सामा यथास्थिति प्रवृत्ति, पहाडिया खस अहंकारवादी प्रवृत्ति र शासकीय अहमका प्रवृत्ति जबर्जस्त रुपमा देखापरेको छ ...... उद्धार र उद्धारपछि राहतको काम पनि राम्रोसँग हुन सकेन । जनता विलखबन्दमा परेका छन्, नेताहरुलाई मतलव छैन, सरकारलाई मतलव छैन । तिनै पार्टीहरुसँग मिलेर सरकार चलाउनु छ । कुनै संकल्प र साझा कार्यक्रम भएन भने गाह्रो हुन्छ । ..... हामी सरकारमा जाने नीति लिनै सक्दैनौं मैले भन्या होइन ...... केही समयअघि अन्तवार्तामा एमाओवादी सचिव वर्षमान पुनले हामीसँग भन्नुभएको थियो, सबै जातजातिलाई मिलाउने खालको नेता चाहियो । त्यसकारण केपी ओली प्रधानमन्त्री बन्ने सम्भावना कम छ । ...... अहिले शासनमा रहेका दलहरु दमन नगरे के गर्ने, सेना नलगाएर के नगर्ने, गोली नठोकेर के गर्ने, सरकारले बोलाएपछि वार्तामा नआउने, ठूलो हुने भन्छन् । ..... अहिलेको सरकारले राहतदेखि विभिन्न कुरामा गरेको भ्रष्टाचारमा एमाओवादीले प्रतिपक्षमै बसेर पनि ल्याप्चे लगाएकै छ ...... अहिले शासकीय अहंकार जर्बजस्त रुपमा देखापरेको छ .... हामीले सकेसम्म पहिले त सबै राजनीतिक सामाजिक शक्तिहरुलाई वार्तामा ल्याउनका लागि भए पनि प्रक्रिया स्थगित गरेर भए पनि वार्तामा ल्याउने र निश्कर्षमा पुग्ने भनिएको थियो । त्यसरी मुद्दाहरुलाई सम्बोधन गरेर धेरै भन्दा धेरैको स्वामित्वमा संविधान जारी गर्ने कुरा हुनुपर्दथ्यो । ........ दोस्रो, वार्ता र छलफल हुन सकेन भने पनि विविध कारणले भने पनि हामी आफैले नै केही मुद्दाहरुलाई सम्बोधन गरेर संविधान जारी गर्नुपर्दथ्यो भन्ने हाम्रो कुरा हो । अब त्यो भएन । नभएको स्थितिमा हामीले के गर्ने भन्ने प्रश्न हाम्रो अगाडि प्रस्तुत भयो । कांग्रेस र एमाले मान्दै नमान्ने स्थितिमा हामीले या त हामीले पनि संविधानसभाको यो प्रक्रिया छोड्नुपर्ने स्थिति भयो । त्यसो गर्दा संविधान निर्माण पं्रक्रियाले लिएको गति अवरुद्ध हुने मात्र होइन, यो संविधानसभाबाट सविधान बनाउने प्रक्रिया नै अवरुद्ध हुँदैथ्यो भन्ने प्रश्नले हामीलाई घर गर्यो । त्यसकारणले हामीले त्यसको निम्ति संघर्ष गर्ने, भएन भने पनि मतभेद राखेर भए पनि संविधान बन्न दिने निर्णय गर्‍यौं । ........ संविधान घोषणा गर्नासाथ हामी त्यो मुद्दालाई लिएर आन्दोलनमा जाने नीति बनाएर जाने भनेर नै हामी त्यो घोषणामा पुगेका हौं । .......

अहिले उठेका मुद्दाहरुलाई अहिले समाधान गर्न छोडेर पछि संशोधन गर्ने, समाधान गरौंला सम्बोधन गरौंला भन्नुआफैंमा बेठीक कुरा हो ।

....... थारु समुदायले आन्दोलन गर्नुको कुनै विकल्प देखिएन । ...... थारुलाई सम्बोधन गरेर जानैपर्छ । परासीदेखि कमसेकम कैलालीसम्मको कैलालीको पूर्वी भागसम्मको थारु बाहुल्य क्षेत्रलाई मिलाएर प्रदेश बनाउनैपर्छ भनेर अडान पछिसम्म लिएकै हो । हिजोसम्म पनि त्यो अडान लिएकै छौं । .....

गर्न नदिने चाँही एमाले र नेपाली कांग्रेसका नेताहरु । उहाँहरुलाई सम्झाउन सकिएन । कुनै जिल्ला एक रौं दिन्न भन्छन् । उनीहरु त्यस्तो सपना पनि नदेख्नु भन्छन् ।

....... सम्झौताको दस्तावेज हुनलाई यसले पूर्ण रुपमा सम्झौताको दस्तावेजको रुपमा आफूलाई प्रस्तुत गर्नका लागि गत कालमा भएका सबै सम्झौताहरुलाई यसको मर्मसहित क्रियान्वयन गर्ने दिशातर्फ जानुपर्दथ्यो । त्यसअर्थमा कतिपय नेपाली जनतासँग, उत्पीडित वर्ग समुदायसँग गरेका सम्झौताहरुलाई उपेक्षा गरेर त्यसलाई लत्याएर पनि संविधान जारी गरिदैँछ । ...... एउटा द्वन्द्वको निकासका रुपमा संविधान जारी गरिएको तर यसले अर्को द्वन्द्वको बिउ रोप्ने र द्वन्द्वको दिशातिर देशलाई धकेल्ने खतरा पैदा भइराखेको छ
रामकुमार शर्माले एमाओवादीबाट राजीनामा दिए
एकिकृत माओवादीका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएका छन् । शवयात्रा पश्चात बखरीमा आयोजित पत्रकारसम्मेलनमा उनले आजैको मितिबाट राजीनामा दिएको घोषणा गर्दै मधेशको अधिकार नमिलेसम्म आफू आन्दोलनमा लाग्ने वचनवद्धता प्रकट गरे ।
मधेशी अब नेपाली नहीं हो सकता ! ओली नेपाल का बटवारा चाहता है : मुरलीमनोहर तिवारी
नेपाली काँग्रेस वीरगंज नगर सभापति साहबुदिन पक्राउ
देश अव गृहयुद्धममा जाने भो-पूर्व राजा ज्ञानन्द्र
उनीहरुले नेपालमा राष्ट्रसंघीय शान्ति सेना आउने समेत निश्कर्ष निकालेका छन् । ‘०६२–०६३ को आन्दोलनमा १९ जना मारिदा संसारले हल्ला गरेको थियो । अहिले ४० जना भन्दा बढी मारिइसके, किन अन्तर्राष्ट्रिय समुदाय चुप छ ?’ पूर्व राजाले आफु नजिककासँग भन्ने गरेको स्रोत बताउँछ । ..... पूर्वराजवादीहरुको बुझाई अर्को के पनि छ भने अव फ्रि तिव्वत र फ्रि कश्मीर आन्दोलनमा लागि पश्चिमाहरुको चाहना अनुसार नेपाली भूमि प्रयोग हुनेछ । यहि मिसन पुरा गर्न नेपालमा राजसंस्था हटाइएको पनि उनीहरुको बुझाई छ । ‘फ्रि तिव्वत र फ्रि कश्मीर मुद्धामा अव नेपाली भूमि प्रयोग हुनेछ । तीन दलका नेता युरोपियन युनियनको फन्दामा परे । नेताहरुले पैसा मात्र हेरे । यो कुरा राजाले बुझेका थिए । बुझाउन सकेनन्’ पूर्व राजा निकट स्रोतले भन्यो, ‘फ्रि तिव्वत र फ्रि कश्मीर मुद्धामा राजा बाधक भएपछि उनीहरुले यो गोटी चालेका हुन् । अफगानिस्तानमा पनि यस्तै भएको उदारण छ ।’ खम्पा विद्रोह दवाएपछि अमेरिका राजसंस्थासँग रिसाएको राजवादीहरुको बुझाई छ ।


राष्ट्रपति र प्रधानमन्त्रीबीच सितल निवासमै चर्काचर्की
गत शुक्रबार राष्ट्रपति यादवले संविधानसभाका अध्यक्ष नेम्वाङलाई संविधान निर्माणको प्रक्रिया रोक्न आग्रह गर्दै पत्र पठाएका थिए । तर शिर्ष दलका नेताहरुले राष्ट्रपतिका आग्रहलाई वेवास्था गरेपछि उनी रुष्ट बनेका थिए । ......

राष्ट्रपतिले असन्तुष्ट मधेसी दललाई वार्तामा ल्याउन सरकारले गम्भिर पहल नगरेको आरोप पनि लगाएका छन् । राष्ट्रपति यादव र प्रधानमन्त्रीको संवादमा केही असहजता पनि भएको थियो । राष्ट्रपतिले छिमेकी मुलुक र मधेसीबादी दललाई सन्तुष्ट नवनाएर संविधान जारी गर्न नसकिने

पक्षमा बोलेपछि प्रधानमन्त्री पनि आक्रोसित भएका थिए । उनले अब कुनै पनि शक्तिले संविधान जारी गर्न रोक्न नसक्ने चेतावनी राष्ट्रपतिलाई दिएको स्रोतले बताएको छ । राष्ट्रपति निवासबाट बाहिर निस्किँदा प्रधानमन्त्री कोइराला गम्भिर थिएँ । उनले सञ्चारकर्मीसँग पनि आक्रोसित हुँदै संक्षेपमा कुरा गरेका थिए ।
हिंसाको बीचमा राष्ट्रपतिले नयाँ संविधान जारी नगर्ने तयारी
नेपालीराष्ट्रियता पहाडमा भन्दा मधेशमा धेरै छ- सुशील बस्नेत
झापामा प्रहरी चौकीमा बम विस्फोट,प्रहरी सहयक निरीक्षक सहित ३ प्रहरी घाइते
युवा संघले तराई–मधेस कब्जा गरी संविधानको उत्सब मनाउने
गाडी जलाएको अभियोगमा तमलोपाका महामन्त्री पक्राउ
संविधान जारी भएलगत्तै को, कहिले फेरिन्छन् ?
केपी ओली देखि सावधान ! एमालेदेखी होसियार !
१० गतेभित्र प्रधानमन्त्री, कात्तिक ३ भित्र नयाँ राष्ट्रपति
यस्तै रहे देश टुक्रिन सक्छ (अवको मधेश विचार–१)
मलंगवामा दुई प्रहरी बिटमा आगजनी । दुई सुरक्षाकर्मी समेत केहि बेर नजरबन्द
किन हटाइयो नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवाल?
उपेन्द्र यादव भन्छन्– मधेसीका लागि बिहारमा शिविर बनिसके
मधेशी–थारुको समर्थनमा भारतमा निरन्तर प्रदर्शन, अनिस्चितकालिन धर्ना सुरु



राष्ट्रपतिले अपमानित गरेपछि शीतलनिवासको चिया छाडेर हिंडे नेम्वाङ
आगामी ३ असोजमा हुने संविधान घोषणा समारोहमा उपस्थित हुन मंगलबार औपचारिक निम्ता लिएर गएकामा राष्ट्रपतिले सकारात्मक व्यवहार नदेखाएपछि नेम्वाङले अपमानित महसुस गरेका हुन् । ........ स्रोतका अनुसार राष्ट्रपति यादवले सभाध्यक्षसँग हात मिलाउनसमेत गाह्रो मानेका थिए । यसअघिका भेटमा मुलुकको अवस्था र संविधान लेखनबारे खुलेर धारणा राख्ने राष्ट्रपतिले नेम्वाङको आगमनलाई खासै चासो दिएनन् । ..... राष्ट्रपतिको व्यवहारबाट दुःखित भएका नेम्वाङ शीतलनिवासको चिया समेत नपिई बाहिरिएका थिए । उनले संविधान घोषणा कार्यक्रममा आउन निम्ता दिए पनि राष्ट्रपतिले निम्ता स्विकार वा अस्विकार केही गरेनन् । ...... ‘यसबारेमा म पछि औपचारिक रुपमा जानकारी पठाउँछु’, राष्ट्रपतिले यत्ति मात्र भने । यसअघि सभाध्यक्षले सोमबार नै निम्ता दिन चाहेकामा राष्ट्रपति कार्यालयले मंगलबार बिहान ९ बजेका लागि मात्र समय मिलाएको थियो । .... आन्दोलनरत मधेस केन्द्रितसहित असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर संविधान जारी गर्न सभाध्यक्ष र प्रमु्ख दलका शीर्ष नेतालाई दबाब दिँदै आएका राष्ट्रपति संविधान लेखन प्रक्रिया अघि बढेकामा रुष्ट छन् । ....... दलहरुबीचको १६ बुँदे सहमतिमा संविधन जारी भएको एक महिनापछि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गर्ने सहमतिका कारण राष्ट्रपति चिन्तित छन् । ३ असोजमा संविधान जारी भए कात्तिक ३ अगावै उनले शीतलनिवास खाली गर्नुपर्ने छ । ...... राष्ट्रपतिले समारोहमा सरिक हुन आनाकानी गरेपछि सभाध्यक्षसहित प्रमुख दलका शीर्ष नेताको संविधानसभा भवनमा बसेको बैठकको निर्णयअनुसार मंगलबार नै संसदले ३ असोजमा संविधान घोषणा गर्ने विशेष प्रस्ताव पारित गरेको छ । ..... सार्वभौम संसदले नै मिति ताकेपछि समारोहमा उपस्थित हुन राष्ट्रपतिमाथि नैतिक दबाब परेको छ ।
संविधानको दिपावली पार्टीका कार्यकर्ता बाहेक कसैले मनाउँने छैनन्ः डा भीमार्जुन आचार्य
नसोधिकन मिति तोकियो भन्दै राष्ट्रपति प्रधानमन्त्रीसँग रिसाए
भेटवार्ता सकेर बाहिरिएका प्रधानमन्त्री कोइराला सहज मुद्रमा देखिएनन्। राष्ट्रपतिको असन्तुष्टी र गुनासा सुनेर उनी केही दिक्कजस्तो देखिन्थे। प्रतिक्रिया दिन नामानेका कोइरालालाई कर गरेपछि संचारकर्मीसँग केही झोक्‍किएजस्तो गरी भने, अब संविधान कसले रोक्ने। कसैले सक्दैन।
अबको आन्दोलन अन्तिम: महतो
छुट्टा छुट्टै आन्दोलन गर्दा प्रभावकारी नभएको भन्दै उनले आगामी आन्दोलनमा सबै मोर्चा एक भई विगतमा भएको सम्झौता कार्यन्व्यन गराउने लाग्नुपर्ने बताए।
वीरगञ्जमा आन्दोलनकारीद्धारा दर्जनभन्दा बढी ट्रकमा तोडफोड र आगजनी



विपल्व माओवादीले असोज ३ गते किन नेपाल बन्दको घोषणा गरे
सोमबार बसेको पार्टीको आकस्मिक बैँठकले जबरजस्त जनविरोधी संविधान घोषणा गर्न लागेको भन्दै नेपाल बन्दसहितका संघर्षका कार्यक्रम तय गरेको हो । माओवादी प्रबक्ता प्रकाण्डका अनुसार नेपाल बन्दसहितका संघर्षका कार्यक्रम आजै सार्वजनिक गर्न लागिएको छ । माओवादीले नयाँ संविधान विरुद्ध चरणबद्ध संघर्षका कार्यक्रम ल्याउने बताएको छ । जसमा पहिलो चरण अन्तरगत असोज १ गते प्रचारप्रसार २ गते जनप्रदर्शन र ३ गते नेपाल बन्दसहितका संघर्षका घोषणा गर्न लागेको हो ।
रौतहटमा प्रदर्शनकारीले यसरी जलाए सभासदको पुत्ला



मधेश विरोधी प्रचण्ड पुर्णतया वैइमान हो ः मात्रृका यादव
नेकपा माओवादीका संयोजक मातृका यादवले एमाओवादीका नेता पुष्पकमल दाहाल प्रचण्ड शुद्ध मधेश विरोधी रहेको वताएका छन ।

उनले प्रचण्डमाथि आरोप लगाउदै भने ः खस मानसिकताले भरिपुर्ण रहेकोले मधेशीको हित कहिले पनि चाहेको छैन ।

...... उनले वि.स २००७ साल देखि अहिले सम्म राज्य सत्ता हावी नै रहेको वताउदै पहिले राणााको शासन थिए अहिले कांग्रेसी र एमालेको शासन रहेको वताए ।उनले विगत एक महिना देखि मधेशमा जारी रहेको आन्दोलनमा प्रहरी दमन उग्र वनाएको र आन्दोलनलाई हिंसक वनाउने कांग्रेस र एमालेलाई वहिष्कार गर्नुपर्ने वताए । केपी ओली चिट चोरेर पास भएका मान्छे ले के राजनीति सिकाउछ भन्ने व्यंग गर्दै भने जेलमा वसेर अक्षर चिनेका ओली के हिटलरी गर्ला ।राष्ट्रपतिले हस्ताक्षर नगरे संविधान नबने भ्रममा नपर्न आग्रह गर्दै कांग्रेस,एमाले र एमाओवादीले संविधान वनाउनका लागि राष्टपति संग भएको पावर समाप्त पार्नका लागि नियमावली पनि परिवर्तन गरेर मधेश विरोधी संविधान वनाउछ । मधेशबाट विद्रोह नहोस भनी सम्पुर्ण मधेशमा कर्फयु र सेना खटाई जवरजस्ती संविधान लादन खोजेको वताए । ...... मधेशी नेताहरुलाई एकजुट हुने समय आएको वताएका छन । उनले सवैलाई एक झण्डा मुनी आउनुपर्ने र जातजातीको झगडा नहुनका लागि सवैले आफनो थरमा जाती हटाएर मधेश जोडनुपर्ने आश्यकता औल्याएका थिए ।उनले एक महिना देखि जारी आन्दोलनमा विना योजनाको कार्यक्रमहरु गदै आएकोले सफल नभएको पनि वताए । आन्दोलन गर्नका लागि योजनावनाएर अगाडी बढे मधेश आन्दोलन एक दुइ दिनमा नै समाप्त हुने दावी समेत गरे ।त्यस्तै तराई मधेश लोकतान्त्रिक पार्टीका धनुषा अधयक्ष परमेश्वर साहले एक महिना देखि जारी आन्दोलनमा अब आएर पछाडी हट्नु भनेको आफनो खुटा मा आफै वन्चरो हान्नु सरह रहेको वताएका छन । मधेशको अधिकारका लागि तीन दर्जन भन्दा बढिले आफनो ज्यानको आहुति दिइसकेपछि अब पछाडी फर्केमा शहिदहरुको अपमान हुने वताउदै प्रत्येक घरबाट एक एक जना नै अगाडी बढे खस सासकको खात्मा हुने वताएका थिए ।एमाओवादीका नेता रामवृक्ष यादवको पहल भएको सो कार्यक्रममा नेपाल सदभावना पार्टीका जिल्ला अध्यक्ष रमन सिह लगायतका माओवादीतथा मधेशवादी दलको व्यापक उपस्थिती रहेको थियो ।
नवलपरासीमा छापामार शैलीमा निशेधाज्ञा तोडियो
निषेधाज्ञा तोडनका लागि मोर्चाले प्रहरीको ध्यान बाहिर तान्ने रणनीति बनाई परासी पुर्वतर्फ शान्तिचौरमा फोरम लोकतान्त्रिकका नेता सुवाष गिरीको नेतृत्वमा एक समुहमा मोर्चाबन्दी गरेको थियो । समुहले निषेधित क्षेत्रमा प्रवेश गर्ने योजना बनाएको झझल्को दिएकोले प्रहरी पनि सो स्थानमा मोर्चाबन्दी गरेको थियो । आन्दोलनकारीले शान्तिचौर क्षेत्रबाट निषेधाज्ञा तोडेका छन् । ..... निषेधाज्ञा तोडने रणनीति बमोजिम नै मोर्चाका संयोजक मुकुरजी गिरीको नेतृत्वको अर्काे समुह बालगोविन्द पेट्रोल पम्पचोकमा पनि प्रहरीको ध्यान आफुतर्फ तान्नका लागि मोर्चाबन्दी गरी प्रदर्शन गरीरहेको थियो ।


अमेरिकाका मधेशीद्धारा पर्साका ५ सहिद परिवारलाई सहयोग



अब माँगेगे नहीं छीन लेंगे मधेश
राष्ट्रपतिलाई बाध्य पार्न संविधानसभाबाट असोज ३ को प्रस्ताव पास
राष्ट्रपति कार्यालय र संविधानसभावीच द्वन्द्व चर्कियो
संविधान जारी गर्ने अन्तिम घडीमा राष्ट्रपति डा. रामवरण यादवले नकारात्मक चलखेल गर्न थालेपछि मंगलबार संविधानसभाले शीतलनिवासलाई ठाडो चुनौती दिँदै संविधान जारी गर्ने मिति सर्वसम्मत घोषणा गरेको छ । ...... संविधानसभाको सोमबारको बैठकले संविधान घोषणा गर्न असोज ३ गते अपराहृन ५ बजे बस्ने बैठकलाई नै औपचारिक राष्ट्रिय समारोह आयोजना गर्ने गरी प्रस्ताव पास गरेको छ । नेपाली कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले पेश गरेको प्रस्तावको समर्थकमा एमालेका प्रमुख सचेतक अग्नि खरेल र एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेल छन् । संविधानसभाले यो प्रस्ताव सर्वसम्मतले पास गरेपछि अब असोज ३ गते संविधान घोषणा गर्ने कार्यक्रममा सहभागी हुन र संविधान जारी गर्न राष्ट्रपति डा. रामवरण यादव बाध्य हुनेछन् ।...... संविधान जारी गर्न निम्तो दिन गएका सभाध्यक्षलाई विचार गरेर निर्णय दिन्छु भनेपछि सभाध्यक्ष शीतलनिवाससँग क्रुद्ध बनेका छन् । ...... स्रोतका अनुसार राष्ट्रपतिले प्रधानमन्त्रीलाई सोमबार राति नै भेटेर आफ्नो असन्तुष्टि राख्न खोजेका थिए । तर, प्रधानमन्त्री सुशील कोइरालाले बिरामी छु भन्दै उनीसँग भेट्न अस्वीकार गरिदिएपछि राष्ट्रपति थप छटपटाएका छन् । ....... अन्तरिम संविधान अनुसार राष्ट्रपतिले संविधानसभाको निर्णय नमानेको अवस्थामा व्यवस्थापिका संसदको दुई तिहाइ बहुमतले महाअभियोगमार्फत राष्ट्रपतिलाई हटाउन सक्नेछन् । त्यो अवस्थामा राष्ट्रपतिले गर्ने काम उपराष्ट्रपतिले गर्न सक्ने छन् । अथवा संसदले नयाँ राष्ट्रपति चयन गरेर भए पनि संविधान जारी गराउन सक्ने संवैधानिक व्यवस्था छ ।
प्रचण्डलाई मधेसी नेताको प्रश्न- मधेससँगको प्रेम नक्कली थियो ?



‘जेल भरौं’ भन्दै मुखमा कालोपट्टी बाधेर प्रर्दशन



आजको संसदमा प्रचण्ड ले भने नेपाल मा थारु छ , मधेशी छैन
निषेधाज्ञा उलंघन गरेको अभियोगमा ७३ पक्राउ
आन्दोलनमा मारिएकाहरूको शवयात्रामा हजारौं सहभागी
Bihar BJP MPs ask Centre to do more on Nepal crisis
Bihar’s BJP MPs from areas close to the Nepal border urged the Centre on Tuesday to do more to defuse the crisis in the neighbouring nation a day after foreign minister Sushma Swaraj expressed India’s concerns on the rash of violence over a draft constitution. .......... The lawmakers have underscored the special cultural cross-border ties between the two countries and asked Prime Minister Narendra Modi to exercise his personal influence on the Nepal government. One MP has also written a letter to Swaraj. ....... The pressure from its own legislators comes at a time when the BJP-led government is worried about the security and political implications of the Nepal unrest on the Bihar polls that kick off in less than a month ..... Forty people have been killed and hundreds have fled fearing police persecution to Bihar’s Sitamarhi and Madhubani districts.......

Darbhanga MP Kirti Azad told HT Nepal must do more “to take into account sentiments of people in the Mithilanchal region” in the country. He said Nepal must “ponder more and let everyone participate in the framing of the constitution”.

........ Azad explained that it was in 1816 after the British India-Nepal treaty that many areas of the Mithila region were handed over to Nepal. "We continue to share roti-beti links. Weddings take place across the border. But they are Nepali citizens and the government must take into account their aspirations,” he said, urging the government of India to do more and take up the issue with Nepal........ Birendra Kumar Chaudhary, BJP’s Lok Sabha lawmaker from Jhanjharpur, said he wrote to the foreign minister, appealing that India take an “initiative” on the matter. .....

“My constituency is almost at the border. The situation has turned very serious,” he said, adding that the Madhesis had been fighting for long as they were considered “second-class citizens”.

....... “The Nepal government has not been treating them well. There has been oppression. On grounds of humanity, India must raise the issue with Nepal.” ..........

Ajay Nishad, the BJP MP from Muzaffarpur, echoed Chaudhary’s views. “There are many marriages between people across the border. But according to the current constitutional draft, those who have married into Nepal will have to wait for many years for citizenship, and will not be allowed to hold many political and government posts.”

...... Nishad said he had even planned to bring up the subject in Parliament's monsoon session. “I urge PM Modi to personally resolve this issue. Madhesis are Nepalis too; their movement is a popular social movement. We should help them get equality.” ...... The sentiment is shared even by state legislators. Alok Ranjan, BJP MLA of Saharsa, said the government must take “initiative to give justice” to people of the Tarai. “They are demanding equal rights. Modiji has personally improved relations with the Nepal government. We should use this to help address Madhesi demands.”..... Two MPs HT spoke to also said many of their constituents had been affected by the Tarai turbulence, this was an emotive issue and the situation should not be allowed to aggravate.
ओलीको दूत बनेर दिल्ली गए ज्ञवाली
रुपन्देहीमा प्रहरी र मोर्चा कार्यकर्ताबीच झडप, ४ वर्षे बालकको मृत्यु

In The News (83)



- मधेशियों ने काठमांडू पर ही नहीं पूरे भारत पर भी शासन किया था - अफगानिस्तान से लेकर वर्मा तक। मगध पर विजय पाकर विशाल साम्राज्य स्थापना करनेवाले सम्राट चंद्रगुप्त मौर्य मधेशी ही थे, मधेश के ही पिप्पलिवन गणतन्त्र से आए थे। तो काठमांडू ही क्यों, अफगानिस्तान से लेकर वर्मा तक, कन्याकुमारी से लेकर हिमालय तक कब्जा करने के लिए आप पार्टी बनाइए न !

- काठमांडू ही क्यों, चन्द्रवंशियों का राज्य मथुरा से द्वारका तक, और सूर्यवंशियों का राज्य अयोध्या (अवध) से श्रीलंका तक था, तो वह भी दावा किजिए न !


जनकपुरमा झारिएका आँपहरुको सामुहिक दाहसंस्कारका मनै हल्लाउने दृश्यहरुसपना र जीवनको अन्त्यसंगै, नयाँ सपनाहरुको जन्म हुँद...

Posted by Madhesi Community on Tuesday, September 15, 2015


नेपाल देश अब तपार्इको मात्र भएको छ । शासन अब तपार्इहरू कै हुनेछ । संविधान जारी भएपछि तपार्इ मानवबाट उन्नत भएर श्रृष्टिकर्ता बन्न पुग्नु हुनेछ । हामीलार्इ मान्नै पर्ने हुन्छ । भनिन्छ, वेदना असिमित र असह्य भएपछि दुख्दैन । अहिले नै दुख्न छोडेको छ, थप दुःखार्इ पनि हुन्न । शायद हामी मन भित्रै रोएपनि भारत, चीन कोही सुन्ने छैनन् । सरकार , तैपनि हामी यही भूमिमा रहन्छौ । तपाईहरु दिपावली मनाउनुस हामी सरकार शहीदको लाश हर्दै रुदै छौउ !कस्तो देश मा जन्मे हामी जहाँ अधिकार माग्दा गोलि खान्छ मदेशी बसी .......!!!७ क्लास पदने प्रधान मन्त्रि हुने रे १० क्लास पास हुने अहीले को प्रधान मन्त्रि छ,पदाई पनि काम नलाग्ने यो देश मा कस्तो देश मा जन्मे हामी .....!!!सरकर तपाई को देश हो तपाई को कानुन अब देश तपाई को भएको छ,बधाइ....!!!!

जलेश्वरमा झारिएका ६ आँपहरुको अन्तिम बिदाई र अन्त्येष्टि, हजारौ शोकाकुल जनता सहभागी ! हार्दिक भावपूर्ण श्रद्धान्जली, कोटी...

Posted by Madhesi Community on Tuesday, September 15, 2015




नेपालको महान राष्ट्रबादी नेता KP ओली ले आफुलाई प्रधान मन्त्रि बनाउन भारत सरकारको सहयोग जुटाउन प्रदिप ज्ञवाली लाई दिल्ली पठाएका छन्.UML leader प्रदिप ज्ञवाली भारतको NSA अरु नेता र agencies भेटने प्रयत्नशिल छन् भारतकोआशिर्बादले PM बन्ने खोज्ने ओली राष्ट्रबादका तथाकथित नेता. एमाले रातदिन भारत हस्तछेप को गित गाएर नेपालीहरुलाई भारत बिरोधि अभियान मा लगाउने प्रयत्न गरिरहेको हुञ्छ. यो कस्तो राष्ट्रबाद हो?


TWO CONTRASTING CONSEQUENCES: One, CA members raising hands in Kathmandu to pass the clauses of a new constitution and...

Posted by Jay Nishaant on Tuesday, September 15, 2015