Showing posts with label kumaon. Show all posts
Showing posts with label kumaon. Show all posts

Saturday, August 14, 2021

लिपुलेक, लिम्पियाधुरा र ८०% नेपाली जनता

एक डेढ़ वर्ष अगाडि जब लिपुलेक, लिम्पियाधुरा को कुरा नेपाली राजनीति मा चर्कियो त्योभन्दा अगाडि मैले ती दुई ठाउँ को नाम नै सुनेको थिएन। सही कुरो। त्यो जग्गा कसको हो, नेपाल को कि भारत को? भारत र चीन ले भारत को भनेको अवस्था छ। नेपाल को संसद ले दाबी गरेको छ। 

यथार्थ के हो भन्ने थाहा पाउन दुबै पक्ष को कुरा सुन्नु पर्यो। त्यसको न्यायिक जाँच हुनुपर्यो। नेपाली पक्ष बाट नेता हरु का चर्काचर्का भाषण बाहेक आधिकारिक दस्तावेज आदि मैले हेर्ने मौका पाएको छैन। भारत ले स्वतंत्र हुँदा त्यो हाम्रो थियो भने जस्तो लाग्छ। १९५० को सन्धि ले पुराना सबै संधि खारेज गरेको हो। होइन भने १८१६ को संधि ले मधेसी विरुद्ध काठमांडु ले भेदभाव गरे संधि खारेज भएर मधेस स्वतंत्र हुने कुरा गरेको छ। 

एक छिन लाई मानौं त्यो क्लेम गरिएको जग्गा नेपाल को हो। भने पछि त्यो चुच्चे नक्शा वाला जग्गा समस्त नेपाल को १% पनि होला नहोला। अर्थात नेपाल को १% जग्गा नेपाल सँग नहुँदा नेपाल को राष्ट्रियता गुम्ने तर नेपाल मा पृथ्वी नारायण शाह को पालो देखि स्थापित एकलराष्ट्रिय राज्य जहाँ ८०% नेपाली बहिष्करण मा परेका छन त्यो बहिष्करण ले  नेपाल को राष्ट्रियता नगुमने? 

राष्ट्रियता प्रमुख रूपले जनता मा आधारित कुरा हो। पहिला ८०% जनता लाई पनि समेट्ने राष्ट्रियता को निर्माण गरौं। त्यस पछि १% कम जग्गा को पनि चिन्ता गरौंला।