Showing posts with label horn chhap. Show all posts
Showing posts with label horn chhap. Show all posts

Monday, November 21, 2022

Dr. CK Raut In Saptari 2



चुनावपछिका दाउपेच



सेतोपाटी प्रक्षेपण: भारी मतान्तरसहित गगन थापा चुनिने छन् तेस्रोपटक सांसद काठमाडौं- ४ को समानुपातिकमा एमालेलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी दोस्रो ........ हामीले कुराकानी गरेका ८५९ मतदातामध्ये ५०७ जनाले कांग्रेस उम्मेदवार गगन थापालाई भोट दिएको बताएका छन्। यो हामीले कुराकानी गरेका मतदाताको ५९ प्रतिशत हो। ....... हामीले कुराकानी गरेका ८५९ मतदातामध्ये १९६ जनाले समानुपातिक भोट नेपाली कांग्रेसलाई दिएको बताएका छन्। यो निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा एमालेलाई पछि पार्दै दोस्रो धेरै भोट ल्याउने देखिन्छ। हामीले कुराकानी गरेकामध्ये १७९ जनाले आफ्नो समानुपातिक भोट घन्टीलाई दिएको बताए। ...... विभिन्न मतदान केन्द्र घुम्दा हामीले एक जना यस्तो मतदाता पनि भेट्यौं जसले आफू समानुपातिकमा घन्टीलाई भोट हाल्न मात्र आएको बताए।

पुराना दलको घन्टी बजाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीको उदय घन्टीको उदयले कसलाई हानि? ल्याउला गठबन्धनले बहुमत? कस्तो होला एमालेको परिणाम? ....... २०७९ सालको संसदीय निर्वाचनको सबभन्दा ठूलो स्टोरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय हो। निर्वाचन आउनु केही महिनाअघि मात्र खुलेको यो पार्टीले जसरी मुलुकभर लाखौं मतदातालाई उत्साही र उद्वेलित पार्दै मतदान केन्द्रमा पुर्‍याएको छ, जसरी चुनाव क्रममा मुख्य दलका उम्मेदवारलाई कतिपय ठाउँमा हायलकायल पारेको छ, त्यसले नेपाली राजनीतिको जमेको पोखरी तरंगित बनाएको छ। ....... रास्वपा पहिलो चुनावमै राष्ट्रिय पार्टी बन्छ भन्ने लगभग धेरैले अनुमान लगाइसकेका छन्। तर कति प्रतिशत मत ल्याउला भन्नेमा फरकफरक अड्कल छन्। धेरै मानिस ५ देखि २० प्रतिशतसम्म मत ल्याउला भन्ने अनुमान गर्छन्। ....... निर्णय गरिसकेकामध्ये ५२९ जनाले रास्वपालाई समानुपातिकमा मत दिने बताए। यो भनेको हामीले कुराकानी गरेका मतदाताको १४.७ प्रतिशत हो। ....... रास्वपाको घन्टी चुनाव चिह्नलाई मत दिने मतदाता मुख्यगरी ठूला सहर र पूर्व-पश्चिम राजमार्ग वरिपरिका सहरमा रहेको हामीले पायौं। ....... यस्ता सहरमा बसाइँसराइ गरेर आएको जनसंख्याको हिस्सा ठूलो हुन्छ। ऊ परिवर्तन गर्न र जोखिम मोल्न अरूभन्दा अगाडि हुन्छ। जसले आफ्नो थाजवाज नै परिवर्तन गरेर नयाँ ठाउँमा आएको छ, नयाँ अवसर खोजेको छ, सायद उसलाई आफूले मत दिने दल परिवर्तन गर्नु धेरै ठूलो कुरा हुन्न, जति अरूलाई हुन्छ। ........ काठमाडौंका चारवटा निर्वाचन क्षेत्रमा रास्वपाको समानुपातिक मत औसत २४ प्रतिशत छ। त्यस्तै चितवनका दुई निर्वाचन क्षेत्र र मकवानपुरको एकसहित तीन निर्वाचन क्षेत्रमा रास्वपाको औसत मत २९ प्रतिशत छ। .......... सुनसरी- ३ मा हामी मतदातासँग कुरा गर्न जाँदा इटहरीमा घन्टीको राम्रै मत देखियो। केही दक्षिण, दुहबी पुग्नेबित्तिकै त्यो मत धेरै कम भयो। .......

ठूला र पुराना दलहरूको मत काट्न त्यहाँ यसपालि मधेसकै नयाँ र विद्रोही पार्टी अघि आएको छ- सिके राउत नेतृत्वको जनमत पार्टी। ..... मधेस र लुम्बिनी प्रदेशमा ठूला र पुराना मधेसवादी दलहरूसँग असन्तुष्ट मतको ठूलो हिस्सा जनमत पार्टीले लैजाने छ। ..... बर्दिया, कैलाली, कञ्चनपुरमा विद्रोही रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले असन्तुष्ट मत लैजान्छ।

....... घन्टी चुनाव चिह्न जसरी यसपालि मुलुकभरि विद्रोही मतको प्रतीकजस्तो बनेको छ र रवि लामिछानेप्रति मुलुकभर जुन चासो र आकर्षण देखिएको छ, त्यसले रास्वपाको कुनै उपस्थिति नभएको दूरदराजका निर्वाचन क्षेत्रबाट पनि उसलाई केही मत आउन सक्छ। ....... हामीलाई लाग्छ रास्वपाले समानुपातिकमा ७ देखि १२ प्रतिशत मत ल्याउन सक्छ। ....... चितवन- २ मा उक्त पार्टीका रवि लामिछाने र काठमाडौं- ६ मा शिशिर खनाल विजयी हुनेछन् भन्ने हामीलाई लाग्छ। काठमाडौं- २ मा सोबिता गौतम र चितवन-१ मा हरि ढकाल पनि बलियो प्रतिस्पर्धामा छन्। ....... ललितपुर- ३ मा तोसिमा कार्की र काठमाडौं- ८ मा बिराजभक्त श्रेष्ठ पनि बलियो प्रतिस्पर्धामा छन् ........ रास्वपाले प्रत्यक्षमा ५ सिटको वरिपरि जित्यो भने त्यो स्वाभाविक नै हुनेछ। ....... रास्वपालाई जाने मतको सबभन्दा ठूलो हिस्सा हिजो नेकपा एमाले र नेपाली कांग्रेसलाई मत दिएका मतदाता छन्। देशका २१ निर्वाचन क्षेत्रमा रास्वपालाई मत दिन्छु भन्ने ५९२ जना मतदातामध्ये ४३४ जनाले (७३ प्रतिशत) पहिले एमाले र कांग्रेसलाई मत दिएको बताए। त्यसमध्ये एमालेलाई दिएका ४० प्रतिशत र कांग्रेसलाई दिएका ३३ प्रतिशत छन्। ......... हामीले भेटेका अधिकांश नयाँ मतदाताले रास्वपालाई मत दिन्छु भने। एमाले र कांग्रेसका 'फ्रेस' वा युवा उम्मेदवार नभएका क्षेत्रमा त यी दललाई मत दिन्छु भन्ने नयाँ मतदाता लगभग शून्य छन्। १८-२४ वर्ष समूहका यी मतदाताको 'फस्ट लभ' रास्वपा बनेको छ। .......... रास्वपाको उदय यो निर्वाचनको सबभन्दा ठूलो स्टोरी हो। तर यसको उदय २०६४ सालमा माओवादीको उदयजस्तो सबभन्दा ठूलो दलका रूपमा हुने छैन। साथै, जत्रो दल बने पनि सबै दललाई जाने मत काटेर रास्वपा नयाँ दलका रूपमा उदाउने हो। त्यसैले यसले गठबन्धनलाई मात्र क्षति गर्दैन। ........ सबभन्दा धेरै निराश र अन्यौलमा एमालेकै मतदाता पायौं। ........ नयाँ उदाउँदै गरेको रास्वपालाई मत दिनेमा एमालेलाई मत दिँदै आएका मतदाता नै बढी छन्। ........ यसपालि घन्टीले पाउने मतमध्ये ४० प्रतिशत अघिल्लोपटक एमालेलाई र ३२ प्रतिशत कांग्रेसलाई गएको मत हो। ...... गठबन्धनको बहुमत सजिलैसँग पुग्छ भन्ने हाम्रो विश्लेषण छ। ........ माओवादी नेताहरू समानुपातिकतर्फको आफ्नो मत लगभग स्थिर रहेको दाबी गर्ने गर्छन्। २०७०, २०७४ र गएको स्थानीय निर्वाचनको परिणाम हेर्दा माओवादीको मत धेरै फरक परेको छैन। तर फेरि २०७० को दाँजोमा २०७४ र २०७४ को दाँजोमा २०७९ को स्थानीय निर्वाचनमा थोरै-थोरै भए पनि माओवादीको मत घट्दै गएको देखिन्छ। यसपालि पनि केही मत पक्कै घट्नसक्छ। ......... सबै पुराना राजनीतिक दलका नेतृत्वमा उही अनुहार रहेका बेला राप्रपामा नेतृत्व फेरिएपछि धेरै मतदाताका लागि राप्रपा पनि नयाँ दलजस्तो बनेको छ। ....... कतिपय मतदाताले हामीसँग 'पुराना दललाई नदिने, यसपालि नयाँलाई दिने- राप्रपालाई दिने' भने। ........ काठमाडौंमा रास्वपालाई समानुपातिकमा मत दिन्छु भन्ने ३ प्रतिशतले पाँच वर्षअघि राप्रपालाई मत दिएको बताए। ...... गएको स्थानीय चुनावमै कांग्रेस मधेसमा ४६ स्थानीय पालिका जितेर सबभन्दा ठूलो दल भएको थियो भने जसपा २५ र लोसपा १४ पालिकामा खुम्चिएका थिए। ........ यादव स्वयं राउतबाट आफ्नो सांसद सिट जोगाउन संघर्षरत छन्। ........

हाम्रो विश्लेषणमा राउतले यादवलाई सप्तरी- २ बाट हराउने छन्।

मधेस प्रदेशभरि नै जसपा र लोसपाले पनि यसपालि आफ्नो समानुपातिक मत जोगाउन जनमत पार्टीसँग संघर्ष गर्नुपर्ने छ। लोसपाको समानुपातिक मत यसअघिको स्थानीय निर्वाचनमै धेरै घटेर करिब २.२ प्रतिशतमा सीमित भएको छ। त्यही ट्रेन्ड जारी रहे लोसपा यसपालि राष्ट्रिय पार्टी बन्दैन। तर सत्ता गठबन्धनका कारण लोसपाले प्रत्यक्षतर्फ केही सिट जित्नेछ। जसपाले भने प्रत्यक्षतर्फ पहिले जितेका सिट आफूसँग राख्न पनि कठिन संघर्ष गर्नुपर्ने छ। ......... जसपा ३ निर्वाचन क्षेत्रमा मात्र अघि छ। एमाले र जसपाको भोट मिलाउँदा पनि मधेसमा एमाले ३ र जसपा ३ निर्वाचन क्षेत्रमा अघि छन्। ........ मुख्य दल र त्यसमाथि पनि 'बूढा नेता' सँगको दिक्दारी। हामीले कुरा गरेका धेरै मतदाताले 'अब बूढा नेताहरूले केही गर्दैनन्, युवा आउनुपर्छ' भने। ....... 'पुराना दलले केही गरेनन्' भन्ने ठूलो गुनासो छ। ......... लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएका बेला सँगै बसेका प्रधामन्त्री शेरबहादुर देउवाले र्‍याल चुहाएर उँगेको भिडिओ हेरेपछि उनको कांग्रेससँग मन मरेको हो। ........ 'कांग्रेसका लागि भनेर दिनरात कुदियो। कतिपटक भात नखाई कुदियो। तर नेताहरू सत्तामा पुगेपछि काम पनि गर्न नसक्ने, मर्ने बेलासम्म टाँसिइरहने,' ढकालले भने, 'नयाँहरूलाई मौका नै नदिने भए, पार्टी र देश बर्बाद पार्ने भए।' ........ काठमाडौंको बुढानिलकण्ठ- ७ का शैलेन्द्र थेवेलाई एमालेसँग दिक्दार लागेको छ। 'मैले र मेरा बुवाले आजसम्म एमालेका उम्मेदवारलाई भोट दियौं। अहिले फर्केर हेर्दा व्यर्थै दिएछौं भन्ने लाग्छ,' उनले भने। ......... इटहरी उपमहानगरपालिका-८ का ४९ वर्षीय राजन पौडेलले राजनीतिक दलहरूले एउटै उम्मेदवार बारम्बार उठाएर वाक्क लगाएको बताए। उनको निर्वाचन क्षेत्रमा विजय गच्छदार कांग्रेसबाट सातौंपटक चुनाव लड्दै छन्। ......... 'प्रचण्ड प्रधानमन्त्री हुँदा म खाडीमा थिएँ। अब देशमा शान्ति छाउँछ, विकास हुन्छ अनि स्वदेशमै रोजगारी पाइन्छ भनेर हामीले खसी काटेर खाएको हो,' उनले भने, 'तर केही परिवर्तन भएन। कसैले केही गर्न सकेन। त्यही भएर यसपटक घन्टीलाई भोट दिने हो।' ........ 'कति नाच्दै हिँडिएको थियो त्यो बेला। यसपालि पनि बोलाइरहेका छन्, गइन्न,' उनले भने, 'म अर्कै दलमा पोइला गएँ भन्दिनू।' उनले दिक्दार भएर यसपालि घन्टी चिह्नमा मत दिने बताए। ........ बालेन शाह र हर्क साम्पाङले स्थानीय निर्वाचनमा मुख्य दलका उम्मेदवारहरूलाई हराएपछि धेरैलाई मुख्य दललाई हराउन सकिँदो रहेछ भन्ने पर्‍यो। 'आफ्नो मत अब खेर नजाने रहेछ' भन्ने परेपछि यसपालि धेरै मतदाता मत बदल्न तयार भए।

बालेन र हर्कले राम्रो काम गरेको भन्दै धेरै मतदाता नयाँ दल र स्वतन्त्रलाई मौका दिन तयार भएको बताउँछन्।

.......... पार्टी बोकेर आउँछ, लौरो बोकेर आए पो मत दिन हुन्थ्यो।' ........ मतदाताको यो रूझानले ठूला दलभित्र परिवर्तन खोज्ने युवाहरूलाई ठूलो बल पुग्नेछ। आउने दिनमा नेपाली राजनीतिको तलाउ अब हिजोको जस्तो जमेर बस्न सम्भव छैन। यसमा तरंग उत्पन्न भइसकेको छ।






दलहरूको अभूतपूर्व संकट संसारका ११० मुलुकले राजनीतिक दललाई नियमित दिन्छन् पैसा ....... .

Friday, July 16, 2021

जनमत ले स्वीप गर्ने बाटो सजिलो बाटो हो

मरेर शहीद हुने हरु
बाँचेर त हेर जिउन झनै गारहो छ 
-- भुपी शेरचन  

मैले धेरै प्रयास गरें सीके राउत लाई मधेस अलग देश को बाटो 'छोड्न। ती प्रयास हरु यसै ब्लॉग मा छन। विश्लेषण सही थियो। तर रणनीतिक रूप ले त्यो निष्कर्ष गलत थियो। सारा मधेस लाई मुक्ति दिन्छु भन्ने मान्छे छिन छिन मा जेल परिरहेका थिए। ब्रिटेन लाई युरोपियन यूनियन बाट निस्किन कति सारहो गारहो! जब कि युरोप देश पनि होइन। मधेस अलग देश सम्म पुग्ने कुनै रोडमैप थिएन। मात्र एउटा विज्ञ विश्लेषण थियो। तर संवाद मा सम्म आएनन। तर्क वितर्क सम्म गरेनन। आखिर ओली भन्छ, सीके राउत लाई जेलमा ठुंसेर भए पनि मध्यमार्ग मा ल्याएं। क्रेडिट लिन्छ ओली। राजनीतिक रूप ले राम्रो त्यो हुन्थ्यो कि आफ्नै विश्लेषण का आधारमा कोर्स परिवर्तन गरें। तर त्यो पानी बगिसक्यो। 

जनमत पार्टी को महाधिवेशन मा मेरो योगदान केही छैन। तर अत्यनत सफल रह्यो। त्यसैले मैले जपा लाई प्रयाप्त स्पेस दिनुपर्छ। फुल फक्रिएको हो। फक्रिन दिनुपर्छ। आफ्नो आतंरिक रणनीति हरु अनुसार चलेको छ। 

तर मैले देखिरहेको छु अहिले जनमत पार्टी हिडेको बाटो राष्ट्रिय पार्टी बन्ने र १०-२० सांसद लिएर काठमाण्डु पुग्ने बाटो हो। त्यो बाटो मा हिडेको देख्छु। त्यसले मतदाता र कार्यकर्ता मा फ़्रस्ट्रेशन मात्र दिनेछ। जुन ठुलो आशा जगाएको छ जनमत पार्टी ले त्यस लाई न्याय गर्ने हो भने देशव्यापी भ्रष्टाचार विरोधी आंदोलन को बाटो जानै पर्छ। त्यो तुलनात्मक सजिलो बाटो हो। 


होमवर्क पनि प्रयाप्त गरिएको देखिँदैन। खोइ त राजनीतिक कार्यक्रम? वेबसाइट मा नारा हरु छन। सारांश मा मेनिफेस्टो छ। तर कार्यक्रम खोइ? मधेस मा १० लाख रोजगारी सिर्जना गर्छु भन्नु नारा भयो। कसरी गर्ने हो? त्यो कार्यक्रम खोइ? लोकतंत्र मा भित्र भित्र तयारी गरेको छु भन्न पाइन्छ? जनता का सामु प्रस्तुत गर्नु पर्ने हुन्छ। 

पार्टी को प्रत्येक स्थानीय तह ले आफ्नो वार्षिक बजेट का आधार मा पाँच वर्ष मा के कति काम गर्ने किटेर भन्न सक्नुपर्छ। राष्ट्रिय स्तरमा पनि त्यही भन्न सक्नुपर्छ। स्थानीय तह मा छाया मेयर, प्रदेश मा छाया मंत्रीमंडल, केंद्र मा छाया मंत्रीमंडल चाहियो। यो होइन कि आज को छाया शिक्षा मंत्री भोलि को गारंटी शिक्षा मंत्री हो तर यो कि आज को शिक्षा मंत्री लाई निगरानी गर्ने मान्छे। कदम कदम को सुक्ष्म अध्ययन र विश्लेषण गर्ने मान्छे। 

भ्रष्टाचार कै मुद्दा लिउँ। मेनिफेस्टो मा एक लाइन हामी भ्रष्टाचार विरोधी भनेर हुन्छ? कुन चाहिं पार्टी ले हामी भ्रष्टाचार गर्ने भनेर घोषणा गरेको छ? सबकासब भ्रष्टाचार विरोधी नै हो घोषणा मा। भोलि जनमत पार्टी को ५० ठाउँ मा मेयर निर्वाचित भएर आऊँछन र ती मध्ये २० जना ले भ्रष्टाचार गरे पार्टी निरीह हुँदैन? विधि को शासन मा पार्टी ले नै छानबीन गर्ने, पार्टी ले नै कारवाही गर्ने भन्ने त हुँदैन। भने पछि केंद्र स्तर मा कस्तो कानुन चाहियो? त्यसका लागि कस्तो बिल पेश गर्नुपर्यो? त्यो बिल त अहिले नै सार्वजनिक गर्नुपर्ने हुन्छ। संसद मा प्रवेश गरे पछि जुन वादविवाद शुरू हुन्छ त्यो बहस शुरू गर्ने बेला अहिले हो। कानुन पनि चाहियो, त्यो कानुन लाई लागु गर्ने निकाय पनि चाहियो। नेपाल को अख्तियार मा एउटा टी एन सेशन चाहियो। 

जनमत ले स्वीप गर्ने बाटो सजिलो बाटो हो। त्यस का लागि आंदोलन नै चाहिन्छ। देशव्यापी मीडिया मा जताततै जनमत छायो भने पार्टी ले स्वीप गर्ने भो भन्ने कुरा थाहा हुन्छ। सरकारी तलब खाने प्रत्येक व्यक्ति ले, चुनाव लड्ने प्रत्येक व्यक्ति ले आफ्नो र आफ्नो परिवार को संपत्ति को विवरण प्रत्येक वर्ष दर्ता गराउनु पर्ने कानुन ल्याउन चाहन्छौं मात्र भन्ने हो भने जनता गोलबंद हुन्छ ७७ जिल्ला मा।