Showing posts with label holy spirit. Show all posts
Showing posts with label holy spirit. Show all posts

Friday, December 23, 2022

विश्व गुरु बन्न लागेको देश नेपाल

पाँच हजार वर्ष देखि हिन्दु समाज मा मान्यता छ भगवान विष्णु को राम, कृष्ण, बुद्ध अवतार जस्तै कल्कि अवतार आउनेछन र कलि युग समाप्त गर्नेछन। भगवान कृष्ण वापस बैकुण्ठ लोक गए पछि कलि युग शुरू भएको। ५,००० वर्ष बढ़ी भइसक्यो। द्वापर युग को अन्त्य तिर एक दिन भगवान श्री कृष्ण ले दुई कनिष्ठ पाण्डव हरु लाई जब भने कलि युग मा यस्तो हुनेछ, उस्तो हुनेछ तिनलाई अचम्म लाग्यो। पत्याउनै गारहो। त्यस्तो पनि हुन्छ र? मानव मानव बीच को व्यवहार त्यति ख़राब पनि हुन सक्छ? अचम्म लाग्यो। 

गीता मा भनिएको छ। सम्भवामि युगे युगे। प्रत्येक युग मा धर्म स्थापना गर्न म आइपुग्छु। आइपुगे। भगवान कल्कि धरती मा छन। विक्रम सम्वत कैलेंडर अनुसार शताब्दी को अन्त्य मा कलि युग समाप्त। त्यस पछि सत्य युग शुरू। हजारौं वर्ष चल्नेछ। प्रोजेक्ट शुरू हुन लागेको छ। केही महिना भित्र एउटा पुस्तक आउनेछ। त्यसमा कलि युग समाप्ति प्रोजेक्ट को रोडमैप प्रस्तुत हुन लागेको छ। सत्य युग शुरू हुने सारा पृथ्वी माथि हो। त्यसको शुरुवात नेपाल बाट हुन लागेको छ। नेपाल मा अब हुने अर्को चुनाव सत्य युग समाज पार्टी ले स्वीप गर्नेछ। यो प्रोजेक्ट जनसहभागिता को बाटो जाने हो। 

मेरो काम हो जॉन द बाप्टिस्ट ले २,००० वर्ष पहिले गरे जस्तो बिगुल फुँक्ने। म को? म ब्रम्हा को मानव अवतार। २,००० वर्ष अगाडि म येशु थिएँ। फेरि आउँछु भनेर वाचा गरेको। आइपुगेँ। बाइबल को सबैभन्दा प्रख्यात पुस्तक गॉस्पेल ऑफ़ जॉन को प्रथम दफा मा नै भनिएको छ जीजस सृष्टिकर्ता। कुनै हिन्दु लाई सृष्टिकर्ता को भनियो भने के जवाफ आउँछ? विष्णु अवतार राम, कृष्ण, बुद्ध र आज कल्कि। ब्रम्हा अवतार येशु र आज म। 

महाभारत मा एक ठाउँ भनिएको छ, हे ब्रम्हा, तपाईं का थुपै नाम छन। एक दुई दर्जन नाम लेखिएको छ। एउटा छ इसा। इसा को? कुरान मा सबैभन्दा बढ़ी पटक लेखिएको नाम हो इसा। कुरान को इसा बाइबल को जीजस जसलाई माता मेरी ले भन्ने गर्थिन येशुआ। 

म फेरि आउँछु। त्यति बेला सम्म मेरो यादमा यसरी ब्रेड र वाइन खानु भनेका जीजस ले मर्नु एक दिन अगाडि। खाएर बसेका छन। २,००० वर्ष भइसक्यो। भगवान राम ले पनि भनेका। म फेरि आउँछु। २,००० वर्ष पछि आए। भगवान श्री कृष्ण बनेर आए। 

कृष्ण ले एक पटक भने, म नै राम हुँ। बुद्ध ले पनि एक पटक भने, म नै राम हुँ। राम लक्ष्मण, कृष्ण बलराम। लक्ष्मण पनि फेरि आएका छन, आफ्नो दाइ को काम मा सघाएर बसेका छन। 

भगवान कल्कि बारे ५,००० वर्ष पुरानो भविष्वाणी हो, शम्भल मा पैदा हुने। थुप्रै ले शहर खोजेका छन। एउटा ओरिसा मा छ। अर्को उत्तर प्रदेश मा। दुई चार अरु पनि छन। तर त्यो शहर भनेको हुँदै होइन। देश भनेको हो। शम्भु को देश। अर्थात पशुपतिनाथ को देश। अर्थात नेपाल। २५०० वर्ष अगाडि नेपाल को पश्चिमी तराई को लुम्बिनी मा पैदा भए। अहिले नेपाल को पुर्वी तराई को मटिहानी मा पैदा भएका छन। 

भनिएको छ अत्यंत पवित्र माटो मा पैदा हुने। मटिहानी को माटो यति सारहो पवित्र मानिन्छ कि खुद सीता माता को स्वयंवर का लागि मटिहानी बाट माटो लगिएको थियो मण्डप बनाउन। दुधको नदी दुधमती नाम को नदी को किनार मा रहेको मटिहानी। 

माता को नाम भविष्यवाणी सँग ठ्याक्क मिल्छ। पत्नी को नाम भविष्यवाणी सँग ठ्याक्क मिल्छ। 

सबैभन्दा प्रमुख कुरा त हो काम। जसले कलि युग समाप्त गर्छ त्यही हो कल्कि अवतार। कलि युग समाप्त गर्ने रोडमैप केही महिना भित्र आउन लागेको छ। म भगवान कल्कि द्वारा नियुक्त कल्कि सेना को सेनापति। कल्कि सेना को सदस्य संख्या १०,००० कटे पछि म पब्लिक मा आउँछु भन्नु भएको छ। सदस्य्ता फ्री र विश्वव्यापी हो। मैले एउटा फॉर्म राखिदिएको छु इंटरनेट मा। त्यो फॉर्म भर्ने सदस्य बन्ने।  

सत्य युग मा पनि मानिस महिनौं वर्षों तपस्या गर्थे ईश्वर को दर्शन पाइ पो हालिनछ कि भनेर। तर ईश्वर धरती मा मानव अवतार मा आएको बेला दर्शन नै दर्शन। 

५,००० वर्ष पहिला को ग्रन्थ भविष्य पुराण। त्यहाँ नारद मुनि माता लक्ष्मी लाई सोध्छन, "हे माता, धरती मा मानिस हरु लाई कसरी थाहा हुन्छ कलि युग समाप्ति को क्षण निकट आयो भनेर?" जवाफ आउँछ, "मन्दिर हरु मा ताला लागेको हुन्छ। रक्सी को पसल हरु मा मान्छे को लाइन लागेको हुन्छ।" मैले बाल्यकाल देखि सुन्दै आएको। मलाई अचम्म लाग्थ्यो। एउटा दुइटा मंदिर मा ताला लाग्न सक्छ। तर मन्दिर भनेको त सारा दिन खुला राखिने ठाउँ। भए भरको मंदिर मा ताला कसरी लाग्न सक्छ? तर कोरोना महामारी को समय मा त्यही भयो। ताला लाग्यो। त्यस बाट थाहा हुन्छ कलि युग समाप्ति को समय आयो। 

काशी बनारस सत्य युग मा शिव जी का शिष्य हरुले स्थापना गरेको शहर। दश हजार वर्ष पुरानो शहर। हिन्दु, गैर हिन्दु र गैर धार्मिक स्रोत हरु सबैले दश हजार वर्ष नै भन्छन। भगवान राम को जन्म कुंडली ले ७,००० वर्ष पहिले भन्छ। त्यो त्रेता युग मा। भगवान श्री कृष्ण ५,००० वर्ष पहिले। द्वापर। ५,००० वर्ष देखि कलि युग चलेको छ। एउटा युग केही हजार वर्ष चल्ने हो। 

कलि युग मा पाप धेरै हुन्छ। मानव जाति ले ईश्वर मानदिन, जे गर्छु आफै गर्छु भन्दै लिडे ढिपी गरेर बसेको हुन्छ। धर्म को व्यापक क्षय भएको हुन्छ। भगवान बुद्ध लाई र येशु लाई त्यो लेन्स बाट हेर्नु पर्ने हुन्छ। तपाईं को सन्तान ले म स्याउ खानन, सुन्तला अंगुर खानन, म पाउरोटी खान्छु भनेर लिडे ढिपी गरे, ठीकै छ, भोकै नबस, पाउरोटी नै खाउ भन्नु होला। भगवान बुद्ध ले न को बराबर ईश्वर का बारे मा बोल्ने कारण त्यो हो। आफ्नै बलबुता मा सही आचरण को प्रयास गर्ने हो भने यो हो तरिका भनेर सिकाएका हुन। 

आज धरती मा सबैभन्दा प्रख्यात बुद्धिस्ट को? दलाई लामा। बुद्ध धर्म को उच्चतम विन्दु भनेको दलाई लामा फेरि फेरि यही धरती मा पैदा भइराख्ने। 

साधगुरु ले एउटा वीडियो मा भनेका छन, शिव जी ले दिएको ज्ञान को तुलना मा बुद्ध ले दिएको ज्ञान भनेको सय भाग को एक भाग। एउटा ठुलो थर्मस मा जति चिया हाल्न सकिन्छ त्यति चिया एउटा सानो कप मा हाल्न सकिन्छ? कलि युग मा मान्छे को आध्यात्मिक ज्ञान को क्षमता नै कम हुन्छ। सनातनी हुँ, भारतवर्ष को मान्छे हुँ भनेर गर्व गरिरहेको हुन्छ तर दिल र दिमाग मा सनातन धर्म को अलि अलि मात्र घुसेको हुन्छ। बुद्ध भन्दा शिव १०० गुणा बढ़ी ज्ञानी होइन कि शिव जी ले पनि आफ्नो अनन्त ज्ञान को अलि कति अंश सत्य युग मा आफ्ना शिष्य हरु सप्त ऋषि हरु लाई दिएका। 

ईश्वर को अनन्त ज्ञान को अलि कति मात्र अंश कुनै पनि धर्म ग्रन्थ मा छ। त्यो ईश्वर केही नया कुरा भन्न लागेका छन। तर पहिला कलि युग समाप्त गर्नु पर्छ। मनुष्य को क्षमता बढाउनु पर्छ। 

मक्का मा मुसलमान ले एउटा ढुङ्गा राखेको छ। त्यो ढुङ्गा माथि ढुङ्गा हानेको हुन्छ। किन भन्दा त्यो ढुङ्गा मा शैतान देखेका। ढुङ्गा मा शैतान देखिने तर भगवान नदेखिने त्यो अल्प ज्ञान हो। त्यसलाई अन्यथा लिनु हुँदैन। १४०० वर्ष पुरानो इस्लाम। सानो चिया कप मा थर्मस बराबर को चिया राख्न मिल्ने थिएन। 

येशु ले पाप माफ़ गर्ने बाटो खनेर गए दुई हजार वर्ष अगाडि। कलि युग हो। पाप हुन्छ। अति धेरै हुन्छ। माफ़ नगर्ने हो भने सबका सब नर्क पुग्ने भए। 

बुद्ध पैदा भए पछि एउटा ज्योतिष आए पिता राजा लाई भेट्न। भने तपाईं को यो छोरा विशेष छ। कि त सारा पृथ्वी को राजा बन्छ कि त जोगी बन्छ। राजा लाई चाहिएको थियो राजा। बालक गौतम लाई प्रत्येक संभव सुख शयल दिए ताकि जोगी बन्ने विचार दिमाग मा आउने कुनै संभावना नै बाँकी नरहोस। तर गौतम जोगी बने। २५०० वर्ष अगाडि जोगी बने। यस पटक सारा पृथ्वी को राजा बन्न लागेका छन। 

यहुदी ले २,००० वर्ष अगाडि जीजस लाई यो हामीले पर्खेको मसीहा हुँदै होइन भनेको कारण त्यही हो। तिनले पर्खेको सारा पृथ्वी को एक राजा। तिनले पर्खेको कल्कि राज्य। येशु थिए फ़क़ीर। नो प्रॉपर्टी टु हिज नेम। 

येशु लाई शिष्य हरुले सोधे। हामीले ईश्वर को प्रार्थना कसरी गर्ने? सिकाए। दुनिया भरि को चर्च मा प्रत्येक रविवार गरिने प्रार्थना। हे ईश्वर, धरती मा तपाईं को प्रत्यक्ष शासन चाहियो। त्यो कल्कि राज्य को माँग हो। 

दुनिया भरि का मुसलमान इमाम मेहदी लाई पर्खेर बसेका छन। मेहदी  आइसके। धरती मा छन। तर तिनलाई आफ्नो पहिचान थाहा छैन। सही समय मा ईश्वर ले प्रदान गर्ने हुन। सन २०१६ अगाडि मलाई आफ्नो परिचय थाहा थिएन। 



Friday, March 02, 2018

भारतवर्ष र येशु







The Fullness Of My Humanity
From Belief To Knowledge Of God
या अल्लाह, या अब्बा
My Biographical Details Of The Past Few Decades
I Have Lived An Ordinary Life
Showered On By The Holy Spirit
The First Coming, The Second Coming, The Final Coming
The Caste System Can Go Now
Justice And Prosperity On Earth
"Nobody Goes To The Father But Through Me"
I Am My Own Shadow
Moses Waited 40 Years
Bramha Is Isa Is Jesus

एउटा ईश्वरले भारतवर्षको सृष्टि गरेको र अर्कै ईश्वरले बेलायत अमेरिका सृष्टि गरेको त होइन होला। सारा ब्रह्माण्डको सृष्टि ईश्वरले गरेको। वेद, कुरान, बाइबल, गीता सबैले त्यही कुरा भन्छन। भनेपछि त ईश्वर एक हो। पाँच अंधोले हात्ती छामे जस्तो विभिन्न धर्म ले ईश्वर लाई बुझ्ने प्रयास गरेका छन। तर वेद, कुरान, बाइबल, गीता सबैका लेखक त्यही एक ईश्वर भएका ले ती पुस्तक हरु एक अर्का सँग बाझ्दैनन।

यहुदी हरु लाई chosen people भनिन्छ। भारतवर्ष को ब्राह्मण त्यस्तै chosen people हो। तर जुन ब्रम्हा ले त्यस ब्राम्हण लाई विशेष स्थान दिए त्यही ब्रम्हा को पहिलो मानव अवतार येशु लाई तिरस्कार गर्नमा भारतवर्षको ब्राम्हण आज सबैभन्दा अगाडि छ। गाई खाने भाषा, गाई खाने धर्म भनेर तिरस्कार गरिन्छ। धर्म परिवर्तन विरुद्ध कानुन बनाइन्छ।

महाभारतमा भनिएको छ, हे ब्रम्हा, तपाइँका थुप्रै नाम हरु मध्ये एक नाम हो ईशा। ईशा कुरान मा येशु को नाम हो। आमाले बोलाउने नाम येशुवा। त्यसैलाई ग्रीक मा जीजस भन्दिए। विष्णुको मानव अवतार राम र कृष्ण। ब्रम्हा को येशु। भने पछि हिंदु ले ब्रम्हा लाई तिरस्कार गर्नु पर्ने कारण के पर्यो?

महाभारत को अन्त्य तिर भनिएको छ, एउटा युग समाप्त भयो र अब कलियुग शुरू भयो। कलियुग मा के हुन्छ? कलियुग मा पाप हुन्छ। पापी मान्छे त नर्क जान्छ। भने पछि सबै मानिस नर्क जाने भए। गीता मा भगवन कृष्ण ले भनेका छन, हे अर्जुन, जस्तो सुकै पाप गरेको भए पनि तिमी Wisdom को बाटो स्वर्ग जान सक्छौ। Wisdom भनेको यहुदी हरु को बाइबल मा (जसलाई क्रिस्चियन ले Old Testament भन्छ) जीजस को नाम हो। Wisdom लाई अनुवाद गर्ने हो भने ब्रम्हा भन्नु पर्ने हुन्छ।

खुद भगवान कृष्ण ले कलियुग का मानिस लाई Go Accept Jesus भनेको अवस्था छ। त्यो पनि जीजस जन्मिनु भन्दा ३,००० वर्ष अगाडि जति बेला बाइबल को एक शब्द पनि लेखिएको थिएन।

राति को आकाशमा तारा हरुको pattern कहिल्यै पनि दोहोरिँदैन। रामायण र महाभारत का प्रमुख घटना हरुका समयमा गरिएको राति को आकाश को वर्णन ले भगवान राम ७,००० वर्ष अगाडि र भगवान कृष्ण ५,००० वर्ष अगाडि धरती मा प्रकट भएका हुन भन्न सकिन्छ।  त्यो त विज्ञान हो।

हिन्दु हरुको हठ के छ भने भारतवर्ष मा भगवान जन्मिए त्यस भगवान लाई मानने तर भारतवर्ष बाहिर जन्मिए त्यही भगवान लाई फेरि नमान्ने। कस्तो अचम्म को लिडे ढिपी ! ईश्वर के हिन्दु का मात्र ईश्वर हुन?

बाबरी मस्जिद र राम जन्मभुमि को विवाद मुर्खता को पराकाष्टा हो। भगवान राम भगवान रामको रुपमा पृथ्वी मा जन्मिनु अगाडि जुन रुपमा थिए त्यसैलाई त मुसलमान ले अल्लाह भन्छ। अल्लाह त फगत एक शब्द हो। त्यही शब्द लाई अँग्रेजी मा God भनिन्छ।

पाँच अन्धो ले एक अर्का सँग नोट compare गर्ने हो र ईश्वर को विराट स्वरुप बारे एक अर्का सँग थप जानकारी लिने हो।

भगवान शिव ले गरेको काम भगवान रामले गरेनन, भगवान रामले गरेको काम भगवान कृष्ण ले गरेनन, भगवान कृष्ण ले गरेको काम भगवान जीजस ले गरेनन, र भगवान जीजस ले गरेको काम भगवान कृष्ण, भगवान राम, भगवान शिव ले गरेनन। तर भगवान शिव ले जे गरे, भगवान राम, भगवान कृष्ण ले जे गरे, भगवान जीजस ले जे गरे त्यो सबै समस्त मानव जाति का लागि सधैँ सम्म का लागि सान्दर्भिक छ। भगवान शिवले धरती मा गरेको काम मा भगवान राम र भगवान जीजस सहभागी थिए। भगवान जीजस ले गरेको काम मा भगवान शिव र भगवान राम सहभागी थिए। God is One: the three exist in perfect harmony.

हिन्दु धर्म मा भनिएको छ त जन्म पछि जन्म पछि जन्म। धरतीमा नै आत्मा को recycling भइराख्छ। Paradise पुग्नु छ भने जीजस लाई accept गर्नु पर्छ त। भगवान कृष्ण ले कलियुग का मानिस लाई दिएको सन्देश हो त्यो। The Father and I are one भनेर जीजस ले भनेको। भनेको कृष्ण र जीजस एक हुन। कृष्ण को अराधना गरे जीजस रिसाउने, जीजस को अराधना गरे कृष्ण रिसाउने भन्ने हुँदैन। शिव, राम, कृष्ण, जीजस कसैको पनि सन्देश पुरानो र काम नलाग्ने भएको छैन। योग पुरानो भएको छैन, परिवार र न्याय र धर्म पुरानो भएको छैन। Salvation पुरानो भएको छैन।

यहुदी ले २,००० वर्ष अगाडि गरेको गल्ती र अहिलेसम्म गर्दै आएको गल्ती भारतवर्षको बाहुन ले आज गर्दैछ। आँखा खोल। आफ्नै ब्रम्हा लाई चिन।

Needy को देखरेख गर भनेर जति बलियो शब्द मा जीजस ले Gospel (शुभ समाचार) मा भनेका छन त्यति कुनै समाजवादी चिंतक ले भनेको छैन। पुजारी हरुको जति कड़ा आलोचना जीजस ले गरे त्यति कड़ा आलोचना कुनै मार्क्सवादी ले गरेको छैन। तर ईश्वर नै छैन भन्ने नास्तिक विचार दुर्गति तर्फ लाने विचार हो। नेपाल चलाएर बसेका बाहुन हरु चोरी मा पोख्त छन, भ्रष्टाचारमा लिप्त छन। चोरी पाप हो भन्ने नै थाहा नहुने बाहुन पापी कि पुजारी? वेद, कुरान, बाइबल, गीता कसैले पनि चोरी पाप होइन भनेको छैन त।

वेद पहिलो अध्याय हो भने, रामायण यदि दोस्रो र महाभारत तेस्रो अध्याय हो भने बाइबल त्यसै अलौकिक पुस्तक को चौथो र कुरान पाँचौ अध्याय हो। पुस्तक त पुरै पढ्नु परेन र? शिक्षा पुरा गर्नु परेन?

जसलाई हिन्दू ले शिव भन्छन तिनै लाई क्रिस्चियन ले Holy Spirit भन्छन। जसलाई हिन्दु ले विष्णु, राम, कृष्ण भन्छन तिनै लाई क्रिस्चियन ले Holy Father भनेको हुन्छ। हिन्दू को ब्रम्हा नै त क्रिस्चियन को जीजस हो।