Showing posts with label dr rudra raj pandey. Show all posts
Showing posts with label dr rudra raj pandey. Show all posts

Saturday, January 29, 2022

रूद्र पाण्डे र सीके राउत



म सीके राउत र रूद्र पाण्डे लाई उस्तै उस्तै देख्छु। दुबै फेरि बोस्टन का परे। संजोग। सीके को जनमत पार्टी एउटा पोलिटिकल स्टार्टअप हो। दुनिया को सबैभन्दा चाखलाग्दो पोलिटिकल स्टार्टअप। छिमेक भारत मा छ आम आदमी पार्टी। तर जनमत पार्टी ले त्यो भन्दा ठुलो काम गर्नेवाला छ, दुनिया मा नाम कमाउनेवाला छ। रूद्र पाण्डे का बिभिन्न छन टेक स्टार्टअप हरु। 

मेरो एक्लो काका को नाम पनि रूद्र। संजोग। 

गैर आवासीय नेपाली करोड़ होलान। रूद्र जी लाई मैले कहिले कहिले गैर नेपाली भन्छु। आम नेपाली बड़ो डिप्लोमेटिक कुरा गरिरहेको हुन्छ। हो भन्दा होइन भनिरहेको हुन्छ। होइन भन्दा हो भनिरहेको हुन्छ। रूद्र पाण्डे ब्लंट बोल्ने मान्छे। स्पष्ट वक्ता। मलाई असाध्यै मन पर्छ। आफु लाई लागेको कुरा बोल्न सीप चाहिँदैन। आंट चाहिन्छ। त्यस मानेमा रूद्र पाण्डे वीर नेपाली। ब्लंट बोल्ने भनेको छाड़ा बोल्ने भनेको होइन। अरुको अपमान गर्ने ले स्पष्ट बोलेको हुँदै होइन। कुनै व्यक्ति लाई आक्रमण नगरेर आफ्नो विचार राख्न सक्नुपर्छ। 

नेपाल मा अर्को नाम चलेको मान्छे महावीर पुन। राम्रो काम गरेका छन। जनजाति पनि हो। रूद्र पाण्डे सँग पैसा माँगे। फेसबुक मा नै। सार्वजनिक किसिम ले। रूद्र पाण्डे ले दिन्न भन्ने। सार्वजनिक किसिम ले नै। गो टु मार्केट स्ट्रेटेजी खोइ त तपाईं को? रूद्र जी को प्रश्न। ब्लंट प्रश्न। सटीक प्रश्न। महावीर पुन ले जति वर्ष देखि शोध अनुसन्धान गर्दै आएका छन, कदम कदम मा गो टु मार्केट स्ट्रेटेजी भएको भए अहिले सम्म मा रूद्र पाण्डे भन्दा बढ़ी पैसा कमाइसक्ने। आफै ले गर्नु पर्दैन। आफैले गर्न नसके त्यस्तो पार्टनर खोज्ने हो। अनुसन्धान मात्र गरेर बस्नु हुँदैन। 

सफल मान्छे। विकट पहाड़ को मान्छे। म बच्चा मा हुँदा मलाई ट्रक ड्राइवर बन्ने इच्छा थियो। एउटा हालै को अन्तरवार्ता मा रूद्र जी ले भन्नुभो। मैले मेसेज पठाएं। म बने त ट्रक ड्राइवर। अमेरिका को ४८ राज्य पुगे १८ पांगरे मा। त्यसैको बचत पैसा ले ज्ञानेन्द्र ढ़ालेको हो। तपाईं ट्रक ड्राइवर बन्न अब ढिलो भइसक्यो। 


मधेसी का शान थिए आदित्य झा। जिल्ला पनि हाम्रो एउटै: महोत्तरी। रूद्र जी ले आफ्नो पहिलो कंपनी बेचे पछि पगड़ी लुछे। अमेरिका को सबैभन्दा धनी नेपाली बने। 

रूद्र पाण्डे र सीके राउत नेपाल मा आर्थिक क्रान्ति का अनुहार हरु हुन। देश किन धनी हुँदै छैन? त्यो प्रश्न सोध्ने ले रूद्र पाण्डे र सीके राउत लाई दुःख दिने को को परे? त्यो सोध्नु। बांदर पशुपति मा मात्र छैनन। नेपाल सरकार मा टन्न छन बांदर हरु। ठुला ठुला बांदर कोही बालुवाटार, कोही बालकोट, बुढानीलकण्ठ, कोही पेरिस डांडा। मंत्रालय मा बांदर बांदर। व्यापारी बांदर। माफिया टोल गुंडे बांदर। 








दुई तिहाइ सैनिक, प्रहरी, र कर्मचारी को घर वापसी नै संघीयता हो
सीके राउत को किसान आन्दोलन र राष्ट्रिय राजनीति