Showing posts with label deuba. Show all posts
Showing posts with label deuba. Show all posts

Tuesday, December 27, 2022

Deuba, Oli, Prachanda

आफ्ना नेताहरूलाई नेपालले भने- फोन गरेर तपाईं नै प्रधानमन्त्री हो भनेर ओलीले देउवालाई झुक्याए माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको चालमा कांग्रेस सभापति शेरबहादुर देउवा विश्वस्त हुँदा सत्ता गठबन्धन भत्किएको आरोप लगाएका छन्। ........ ‘प्रचण्डजीलाई प्रधानमन्त्री दिन कुनै पनि हालतमा देउवा तयार हुनुभएन। आइतबार केपी ओलीले नै फोन गरेर कुनै पनि हालतमा प्रधानमन्त्री नछोड्नु पनि भनेछन्। देउवाजी मख्ख पर्नुभयो’,नेपालले भने, ‘प्रचण्डजीले गठबन्धन भत्कियो भनेर हिँड्दा पनि देउवा प्रधानमन्त्री बन्नेमा ढुक्क हुनुहुन्थ्यो।’

'अरूको आशमा नलाग्नुस्, सुशील कोइरालाको हालत होला भनेर प्रधानमन्त्रीलाई सम्झाएको थिएँ' हेर्नुस्, मैले त सभापति शेरबहादुरजीको प्रवृत्ति र कार्यशैलीसँग पहिलेदेखि नै असहमति राख्दै आएको हो। तर सबैले उहाँलाई नै दोहोर्‍याई-दोहोर्‍याई सभापति बनाएपछि, फेरि संसदीय दल नेता बनाउने टुंगोमा पुगेपछि मैले यिनैलाई (देउवा) सुधार गरेर, विश्वासमा लिएर राम्रो काम गराउन सकिन्छ कि भन्ने आशाले सहयोग गरेको हो। देउवाका कार्यशैली सुधारेर राम्रो काम गराउन सकिन्छ कि भनेर मैले पनि विश्वास गरेको हो, मेरो विश्वासलाई पनि धोका भयो। ......... यहाँ पुस्तान्तरणका कुरा ल्याएर रूपान्तरणलाई छायामा पारियो। पुस्तान्तरणजस्तो गैरराजनीतिक कुरा गरेर रूपान्तरणलाई ओझेलमा पार्ने काम भयो, उमेरलाई देखाएर दोष लगाउन थालियो। पुराना नेतामा पनि कसले जीवनभर दु:ख गरेको छ हेर्नुपर्‍यो, मूल्यांकन गर्नुपर्‍यो। जीवनभर गरेका कामको मूल्यांकन हुन नदिई पुस्तान्तरण भनेपछि त केही विवेक नै भएन। यो पुस्तान्तरणको मूल्यांकनविहीन र अविवेकी नाराले कांग्रेसलाई खाइदियो। ....... उहाँले मलाई बोलाउनुभएको पनि छैन। मलाई पनि सभापतिजीकहाँ जाने जाँगर छैन। .

माधव नेपाल भन्छन्- प्रचण्डले खोला तर्‍यो लौरो बिर्सियोझैं गरे, जाऊँसम्म नभनी ओलीकहाँ गए पदाधिकारी बैठकमा प्रचण्डले भने- माधवजी निकै कृतघ्न पात्र हुनुहुँदो रहेछ . संसदीय चुनावपछि संयन्त्र बनाएर पार्टी एकताको गृहकार्यसमेत गरेका दुई जनाको मित्रता आइतबारको घटनापछि एकाएक पुसको जाडोझैं चिसिएको छ। .......... १०:४० मा बालुवाटार छिरेका प्रचण्ड १२:५० मा गठबन्धन टुट्‍यो भन्दै निस्किए। तर हिँड्ने बेला उनले आफ्ना मित्र माधव नेपाललाई जाऊँसम्म भनेनन्। ........ प्रचण्डका लागि महत्वपूर्ण त्यो घडीमा नेपाल भने उनका पक्षमा खुलेनन्। बरू उनले भनिदिए, '२-२-१ वर्ष आलोपालोको कुरा भएको छ। तपाईंहरूको कुरा मिल्दैन भने पहिलो अवसर समाजवादीलाई दिनुस्।' ......... 'देउवाजी टसमस हुनुभएन। माधवजीले सहमति कार्यान्वयन गर्नुस् भन्नुहोला भनेको त उहाँ निकै कृतघ्न पात्र हुनुहुँदो रहेछ।' ......... आइतबार प्रचण्डले महासचिव देव गुरूङ, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई सुरूमा बालकोट पठाए। त्यहाँ सात दलको समर्थन पाउने वातावरण निर्माण भयो। केपी-माधवबीच चिसिएको सम्बन्धका कारण सुरूमै माधवलाई लैजाँदा सहमतिमा बाधा हुनसक्नेमा प्रचण्ड सचेत थिए। ........ नयाँ सरकारमा माधव नेपाललाई जोड्नु नपर्दा ओली पनि खुसी हुन्छन् भन्ने प्रचण्डलाई पनि थाहा थियो। .......... 'आइतबार त उहाँले जाऔं पनि भन्नुभएन तर प्रधानमन्त्रीमा नियुक्ति भएर शपथग्रहण गरेपछि बसौं, छलफल गरौं भनिरहनुभएको छ,' नेता नेपालले भने, 'प्रचण्डजीसँग मेरो अब कुनै गुनासो छैन।'

देउवाले प्रचण्डलाई धोका दिए, ओलीले देउवालाई साढे ३ बजे सहमति गर्न ओली आउँछन् भन्दै देउवा बालुवाटारमा कुरिरहेका थिए ....... देउवालाई मात्र होइन, उनी वरिपरिका मानिसलाई पनि गठबन्धन टुट्छ भन्ने विश्वास थिएन। किनभने, उनीहरूले 'दाइ' सँगसँगै 'भाउजू' को आत्मविश्वास पनि देखेका थिए। गठबन्धनको तेस्रो ठूलो दल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि गठबन्धन टुट्नेमा विश्वास थिएन। ......... प्रचण्ड उठेर हिँडेपछि पनि अध्यक्ष नेपालले अझै केही घन्टा समय बाँकी भएको र गठबन्धन जोगाउने कुरा प्रधानमन्त्रीको हातमा रहेको सेतोपाटीसँग बताएका थिए। ........ आफ्नो निवास खुमलटार गए पनि, एमाले अध्यक्ष केपी ओली निवास बालकोट गए पनि प्रचण्ड फर्किएर आउँछन् भन्ने देउवाको 'कोर-टिम' लाई पूर्ण भरोसा थियो। बालकोटमा प्रचण्डसहित धेरै दलका नेता भेला हुँदा पनि उनीहरूलाई त्यहाँ सहमति हुन्छ भन्ने विश्वास थिएन। ........ जब प्रचण्डको नाममा सहमति भएको सूचना राष्ट्रपति कार्यालय पठाइएको खबर बाहिर आयो, उनीहरू छाँगाबाट खसेझैं भए। ........ प्रचण्ड कुनै हालतमा गठबन्धन छाडेर जाँदैनन् र गए पनि एमालेले उनलाई प्रधानमन्त्री बनाउँदैन भन्नेमा देउवाको कोर-टिम पूर्ण विश्वस्त थियो। यो विश्वास स्वयं एमाले अध्यक्ष केपी ओलीले कांग्रेसलाई दिलाएका थिए। यो विश्वासको थप आधार भारत थियो जसले कांग्रेस र एमाले दुवैसँग कुरा गरेको थियो। ....... यही विश्वासका आधारमा देउवाले प्रचण्डसँग केही साताअघि गरेको समझदारी लत्याएका थिए। ........ नेपाली कांग्रेसमा संसदीय दलका नेताको निर्वाचन हुनुअघि देउवा र प्रचण्डबीच सत्ता साझेदारीको सहमति बनेको थियो। कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको उपस्थितिमा भएको उक्त समझदारीमा सुरूमा प्रचण्ड दुई वर्ष प्रधानमन्त्री बन्ने र पछिको तीन वर्ष देउवा प्रधानमन्त्री बन्ने उल्लेख थियो। दुवैले सहमति लिखित गर्न जरूरी नरहेको बताएका थिए। ...... देउवाले प्रचण्डसँग गरेको सहमति लत्याउँदै पछि उनलाई भने, 'तपाईंलाई सुरूमा प्रधानमन्त्री दिन साथीहरूले मानेनन्, मैले नसक्ने भएँ।' ........ पौडेललाई राष्ट्रपति बनाउन देउवा र प्रचण्डबीच पनि सहमति भइसकेको थियो। ....... सबभन्दा ठूलो जोड पूर्णबहादुर खड्काको थियो। उनले सुरूमा प्रचण्डलाई नै छाड्न बल गरेपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतसँग वादविवाद पनि भयो। ......... सहमतिविपरीत प्रचण्डलाई प्रधानमन्त्री नदिने निर्णयमा देउवा पुग्नुका पछाडि प्रमुख कारण थियो, उनले एमाले अध्यक्ष ओलीसँग छुट्टै गरिरहेको कुराकानी। त्यो कुराकानीमा भारतको पूर्ण समन्वय थियो। .......... दुवै दलले प्रचण्डलाई प्रधानमन्त्री नदिने, बरू आफूहरू मिलेर सरकार बनाउने सहमति गरेका थिए। प्रचण्डलाई सत्ताबाहिर राख्ने यो खेलमा भारत संलग्न मात्र थिएन, त्यसको सूत्रधारजस्तै थियो। ........ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवप्रति भारतको लामो समयदेखि वक्रदृष्टि छ। .......... आइतबार १२ बजे पनि ओली र देउवाबीच मिलेर जानेबारे अन्तिम सहमतिको फोन-वार्ता भएको थियो। एमाले नेताहरूसहित ओली साढे ३ बजे बालुवाटार आउने र संविधानको धारा ७६(२) अनुसारको सरकार बनाउने सहमति दुई दलबीच भएको थियो। ........ त्यही सहमतिको बलमा देउवा प्रचण्डलाई पहिलो चरणमा प्रधानमन्त्री दिनबाट पछि हटेका थिए। .......... प्रचण्डलाई कांग्रेस र एमालेबीच भएको कुराको कुनै भेउ थिएन। कांग्रेसले ५ बजेसम्म समय घर्काएर ७६(३) अनुसार अल्पमतको सरकार बनाउन खोजेको अनुमान उनले गरेका थिए। त्यसरी सरकार बनाएपछि आफूहरूलाई लतारेर सरकारमा लैजाने कांग्रेसको रणनीति भएको उनको आशंका थियो। ......... प्रचण्ड पनि करिब साढे एक बजेतिर बालकोट पुगे। राप्रपाका राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, जनमत पार्टीका सिके राउत लगायत नेता पनि बालकोट पुगे। सबै दलका नेताहरू बालकोटमा भेला भइरहँदा पनि बालुवाटारलाई त्यहाँ सहमति हुन्छ भन्ने रत्तिभर विश्वास थिएन। ........ उनीहरूले यो कसरी भयो, किन भयो भन्ने विश्लेषण अझै गर्न सकेका छैनन्। .......... एमालेको मात्र बचन भएको भए देउवाले सायद विश्वास गर्ने थिएनन्। तर कांग्रेस र एमालेबीचको सहमतिमा भारतको पनि संलग्नता थियो। उसले मध्यस्थताजस्तै गरेको थियो। त्यसैले ओलीले आफूलाई धोका दिन सक्दैनन् भन्ने देउवाले ठानेका थिए। त्यसमा ढुक्क भएपछि मात्र उनले प्रचण्डलाई धोका दिने निश्चय गरेका थिए। रामचन्द्र पौडेलले आइतबार 'प्रचण्डले धोका दिएको होइन, उनलाई धोका भएको हो' भन्नुको कारण यही थियो। ........ 'अहिले के भयो, कसरी भयो, कसले गर्‍यो भन्ने सबै विश्लेषण गर्ने अवस्था पनि छैन। समयमा त्यो सबै कुराको विश्लेषण होला,' एक नेताले भने।

Saturday, December 03, 2022

Permutations And Combinations

Nepali Congress 87
CPN UML 78
Maoist 31
Unified Socialist 10
RaSwaPa 21
RaPraPa 14
JaSaPa 12
Janamat 6
LoSaPa 4
Nagrik Unmukti 3
Janamorcha 1
Independent 5

Nepali Congress 87 + CPN UML 78 = 165
Nepali Congress 87 + Maoist 31 + Unified Socialist 10 + Janamat 6 + LoSaPa 4 + Nagrik Unmukti 3 + Janamorcha 1 + Independent 5 = 147
CPN UML 78 + Maoist 31 + RaSwaPa 21 + RaPraPa 14 + JaSaPa 12 + Janamorcha 1 = 157
CPN UML 78 + Maoist 31 + RaPraPa 14 + JaSaPa 12 + Janamorcha 1 + Independent 5 = 141
Nepali Congress 87 + RaSwaPa 21 + RaPraPa 14 + JaSaPa 12 + Janamat 6 + LoSaPa 4 + Nagrik Unmukti 3 + Independent 5 = 152

Best Option:
Nepali Congress 87 + Maoist 31 + Unified Socialist 10 + Janamat 6 + LoSaPa 4 + Nagrik Unmukti 3 + Janamorcha 1 + Independent 5 = 147
Prachanda PM for the first two years, Gagan Thapa for the final three.
President: Dalit Mahila.
Sabhamukh: Mahanth Thakur
Madhesh Chief Minister: Janamat Party

कर्णाली र सुदुर पश्चिम माओवादी लाई दिन सकिन्छ। मुख्य मंत्री। मधेस जनमत लाई। लुम्बिनी नागरिक उन्मुक्ति लाई किन नदिने? रेशम लाई रिहा गर्ने शर्त मा।

माधव को पार्टी लाई उप राष्ट्रपति। तर जनजाति हुनुपर्ने शर्त मा।

पहिलो काम नागरिकता विधेयक। विद्या ले अन्याय गरी।