Showing posts with label Tharuhat. Show all posts
Showing posts with label Tharuhat. Show all posts

Tuesday, August 25, 2015

शेर बहादुर देउबा का २२ पुल

शेर बहादुर देउबा ले भर्खर भने, "मैले प्रधान मंत्री हुँदा कैलाली मा २२ वटा पुल बनाएँ। त्योभन्दा अगाडि काठमाण्डु आउन भारत को बाटो आउनु पर्थ्यो। " वहाँ को आशय यस्तो थियो कि मैले २२ वटा पुल बनाएँ, कैलाली का थारु ले मेरो कुरा किन नमानेको? उनीहरु लाई थरुहट किन चाहियो?

यो त महेंद्र ले मैले पुर्व पश्चिम राजमार्ग बनाएं, किन बहुदल मागेको भने जस्तो भयो। संघीयता अधिकार को कुरा हो देउबा जी।




प्रेस विज्ञप्ति: सङ्घीय गठबन्धन

मिति २०७२ भाद्र ७ र ८ मा कैलालीको टिकापुरमा शान्तिपूर्ण जन आन्दोलनमाथि सुरक्षाकर्मीबाट भएको हस्तक्षेप तथा आन्दोलनकारीहरुभित्र रहेको घुसपैठियाहरु र सुरक्षाकर्मीबिच भएको भिडन्त तथा देशका यथास्थितिवादी राजनीतिक दल, तिनका नेता र सञ्चार माध्यमहरूले

अप्रमाणित, अतिरञ्जित र एक पक्षीय ढङ्गले सम्प्रेषण गरि रहेको समाचार

प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । प्रतिगामीे संविधानको मस्यौदा विरुद्धमा, अग्रगमन र परिवर्तनलाई संस्थागत गराउन र पहिचान सहितको सङ्घीय संविधान निर्माण गर्ने उद्देश्यका साथ थरुहट/थारुवान संयुक्त सङ्घर्ष समितिद्वारा आयोजित शान्तिपूर्ण कार्यक्रमका लागि जन परिचालन गर्ने क्रममा त्यसलाई रोक्न सत्तापक्ष र अखण्ड पक्षधरहरु अगाडी बढेकाले त्यहाँ झडप ह्न गएको हो । हामी यस घटनामा दिवङ्गत भएकाहरूप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै घट्नाप्रति द्ःख व्यक्त गर्दछौँ । त्यस घट्ना पश्चात राज्य पक्षले सुनियोजित ढङ्गवाट सेना परिचालन गरी देशका विभिन्न स्थानमा आन्दोलनलाई निस्तेज गर्न कफ्र्यू आदेश जारी गर्ने, दङ्गाग्रस्त क्षेत्र घोषणा गर्ने, थरुहट पक्षधर जनताको घर घरमा गई खान्तालासी लिने, धरपकड गर्ने, देख्ने वित्तिकै गोली हान्ने, वारेण्ट विना नै पक्राउ गर्ने जस्ता निरङ्कुश आदेश जारी गरेका छन् ।

नेपाल सरकारद्वारा एकातिर अखण्ड सुदुरपश्चिम, मध्यपश्चिम जस्ता मागहरूलाई सामाजिक असन्तोषको रुपमा सम्वोधन गर्ने र अर्कोतिर बिगतमा भएका सम्पूर्ण सम्झौताहरू तथा नेपालको अन्तरिम संविधान, २०६३ को भावना विपरीत मधेश, थरुहट, मगरात, किरात, लिम्वुवान, ताम्सालिङ/तामाङ सालिङ, शेर्पा, नेवाः, तमुवान, खसान लगायतका पहिचान सहितको सङ्घीयताको पक्षधर जनताका मागलाई विध्वंशकारी र विखण्डनकारी भन्दै दमन गर्ने दोहरो चरित्रका कारण देश गृहयुद्धतर्फ उन्मुख हुदै गएको छ ।

यस घट्नाले नेपालको अन्तरिम संविधानको भावना र विगतमा महिला, मधेसी, आदिवासी जनजाति, थारु, खस, मुस्लिम, पिछडा वर्ग लगायतकाहरुसँग भएका सम्झौता र सहमतिलाई संस्थागत गरी नेपाली जनताको चाहना अनुसार पहिचान सहितको सङ्घीय संविधान निर्माण गरेर मात्र नेपालमा दिगो शान्ति र अमन चयन कायम हुन सक्दछ भन्ने कुरा यस घट्नाले देखाएको छ । त्यसरी नै सिरहा, सर्लाही, रौतहट, रूपन्देही, नवल परासी, कपिलवस्तु, वाँके, वर्दिया लगायत देशका विभिन्न जिल्लाहरूमा पनि राज्य पक्षले शान्तिपूर्ण आन्दोलनमाथि दमन र हस्तक्षेप गरेको छ । सरकारद्धारा जनताको न्यायपूर्ण सङ्घर्षमाथि भएको भेदभाव, दमन र उत्पीडनका कारण तराई मधेश तथा थरुहट क्षेत्रमा भएको सङ्घर्षले क्रमशः जन विद्रोहको रूप लिन पुगेको छ । त्यसलाई साम्प्रदायिक रूप दिई जनताको ध्यान अन्त मोड्ने र आन्दोलनकारीहरुमाथि दमन गर्ने सरकारको षडयन्त्रको घोर भत्र्सना गर्दै हामी आन्दोलनरत सम्पूर्ण दलहरु नेपाली जनता समक्ष उच्च मनोवल र आत्म सम्मानका साथ शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन आह्वान गर्दछौँ । नेपाल सरकारद्वारा जारी गरेको सेना परिचालनको आदेश तुरुन्त फिर्ता गर्न, संविधान प्रदत्त जनताको हक हनन् नगर्न तथा नागरिक अधिकारको सम्मान गर्न हामी जोडदार माग गर्दछौँ । साथै सरकारको कसैलाई काखा र कसैलाई पाखा पार्ने भेदभावपूर्ण नीति तथा

सरकारको वलमा पहिचान विरोधी अखण्डकारीहरुको तर्फबाट थरुहट क्षेत्रमा भइ रहेको कुटपिट, आगजनी जस्ता जघन्य अपराधको कारण देशमा असामान्य परिस्थिति सृजना भइ रहेको छ । आजै मात्र पनि टिकापुरमा कफ्र्यू आदेश र सेना परिचालन हुँदाहुदै रेशम चौधरी, जनक चौधरी लगायत थरुहट पक्षधरहरुको घर, पसलमा आगजनी हुनुले यो कुरा प्रमाणित गरेको छ ।

त्यसलाई तुरुन्त नसच्याए त्यसबाट उ्रत्पन्न हुने सम्पूर्ण परिणामको जिम्मेवारी सरकार नै हुने कुरा हामी सचेत गराउन चाहन्छौँ ।

हाम्रा सङ्घर्षका कायक्रमहरु यस प्रकार छन् ।
१) २०७२ साल भाद्र ९ गते आदिवासी जनजाति राष्ट्रिय आन्दोलनको कार्यक्रममा ऐक्यवद्धता,
२) २०७२ साल भाद्र १० गते सेना परिचालनको निर्णय विरुद्ध राष्ट्रपतिलाई ज्ञापन पत्र दिने,
३) २०७२ साल भाद्र ११ गते देशव्यापी रुपमा जिल्ला सदर मुकामहरुमा जन प्रदर्शन र सभा ।

मिति: २०७२।०५।०८
सङ्घीय गठबन्धन, नेपाल

(क्र.स. राजनीतिक दल नाम थर पद हस्ताक्षर

१ सङ्घीय समाजवादी फोरम, नेपाल अशोक कुमार राई वरिष्ठ नेता
२ तराई मधेस लोकतान्त्रिक पार्टी गोविन्द चौधरी महासचिव
३ सदभावना पार्टी उपेन्द्र महतो केन्द्रीय सदस्य
४ तराई मधेस सदभावना पार्टी, नेपाल राम नरेश राय वरिष्ठ नेता
५ थरुहट तराई पार्टी, नेपाल भानुराम चौधरी अध्यक्ष
६ सङ्घीय लिम्बुवान पार्टी, नेपाल ज्ञान वहादुर गुरुङ उपाध्यक्ष
७ सामाजिक लोकतान्त्रिक पार्टी, नेपाल कुमार राई, अध्यक्षमण्डल सदस्य
८ आदिवासी जनजाति पार्टी, नेपाल तामाङ बुद्धराज स्याङ्तान अध्यक्ष)

काठमाण्डु जागनु पर्यो

स्वायत्त काठमाण्डु प्रदेश का लागि काठमाण्डु जागनु पर्यो।

Stop The Insanity



नेपाली सेनाको टोलीले थारूको घर-घरमा आगो लगाईदै यसरी थारू जतिको बास नै उठायो

मिडियाको गलत प्रचार र चार दलले गर्दा आज थारु जातिलाई नै घृणाको नजरले देखियो तर थारु जातिलाई दास सरह सधै नै खुट्टको तल राख्न खोज्ने उनिहरुलाई किन कोही केही भन्दैन?? निर्दोस थारूको घर घरमा सेनाकै आडमा आगो लगाइदा पनि किन कोही बोल्दैन?? एउटा बालक पनि गोली लागेर मर्यो के हामीलाई दुख लागेको छैन?? तर गलत प्रचार गरेर थारुको नाम बिगार्नेलाई थाहा हुनुपर्ने बालक गोली लागेर मरेको छ र बन्दुक प्रहरीको हातमा हुन्छ।

आनूदोलनकारीले बन्दुक चलाको त पुस्टि नै भाको छैन। यो एक दुर्घटनालाई थारुको नाम दिनेहरु सोच्नुस एकपल्ट कृपया।। अनि मान्छे जलाको गलत फोटो फेसबुकमा राख्नेहरु यो लिङ्कमा हेर्नुस गलत आरोप लाग्दा हामी असहय बनिरहेका छौं। ....... भर्खरै, टीकापुर अस्पतालमा कार्यरत एक जना चिकित्सकले दिएको जानकारी अनुसार उक्त अस्पतालको अवस्था भयवाह बनेको छ । अस्पतालको सेवा सुविधाको वितरण अनुहार हेरेर गरिएको अवस्था छ । थारू कर्मचारीहरुलाई घर फिर्ता पठाइएृको अवस्था छ । कफर््युको क्रममा तथा ठूलो संख्यामा सेना परिचालन गरिएको अवस्थामा पनि छानी–छानी तोडफोड र आगजनि भैरहेको छ । यति बेला मानवअधिकारवादीहरु भूमिकाविहिन अवस्थामा द्ेखिएका छन् । सञ्चारमाध्यमहरु प्नि केवल सूचना प्रवाह गर्ने होडबाजीमा पीडितलाई झनै पीडामा पार्ने काम, बलेको आगोमा घ्यु थप्ने काम मात्रै गरिरहेका छन् । .......

कैलालीको टीकापुरमा अखण्ड पक्षधरले थारुहट नेता कार्यकर्ताको घरघरमा आगो लगाइहेका छन् । सभासद् रामजनम चौधरीले दिएको जानकारी अनुसार कफ्र्यूको उलंघन गर्दै अखण्डका पक्षधरका कार्यकर्ताले क्षेत्र नम्बर १ बाट निर्वाचित सभासद् जनकराज चौधरीको घरमा आगो लगाएका छन् । थारुहट आन्दोलनका क्षेत्रिय संयोजक रेशम चौधरीको घरमा पनि प्रदर्शनकारीले आगो लगाइदिएका छन् । सभासद् रामजनम चौधरीले प्रहरी र सेनाको आडमा थारु कार्यकर्ताको घरमा आगो लगाइएको आरोप लगाएका छन् । उनका अनुसार अहिले सम्म १० घरमा आगो लागि सकेको छ ।

त्यस्तै प्रहरीले स्थिति नियन्त्रणमा लिन भन्दै चार राउण्ड हवाइ फायर गरेको जनाएको छ । ........... टीकापुर घटना निक्कै दुःखद् र त्रासदीपूर्ण छ । यो घटना कि त ठूलो षडयन्त्र हुनुपर्छ, कि त

सयौँको संख्यामा हताहती भएका आन्दोलनकारीको संख्या लुकाइएको हुनुपर्छ ।

........ मात्र तीन आन्दोलनकारीको हत्या हुँदा १७ जना प्रहरीको हत्या र ५६ जना प्रहरी घाइते हुनै सक्दैन । कि त यो योजनाबद्ध तथा सुनियोजित षडयन्त्र रचेर गराइएको घटना हो । कि त घटनाले थप उग्र रुप लिने भएर

सरकारले आन्दोलनकारीतर्फ भएको क्षतिको विवरण सार्वजनिक गरेको छैन ।

......... लौ मानौँ प्रहरीले फायर खोल्नुभन्दा अघि नै आन्दोलनकारीले उनीहरुलाई कब्जामा लिएर मारे रे ! तर के ८० जना हतियारबद्ध प्रहरी एकै ठाउँ हुनु भनेको कम शक्ति हो ? त्यत्रो प्रहरीले आफ्नो प्रमुख कमाण्डर एसएसपीलाई मार्दासम्म तीन जना मात्र मर्नेगरी गोली चलाए होलान् त ? ...... लौ प्रहरीले गोली नै चलाउन पाएनन् रे, त्यत्रा तालिमप्राप्त प्रहरीले कम्तीमा ३/४ जनालाई त त्यसै पनि ढाल्छन् । अर्को कुरा, हतियार साथमा भएको प्रहरीले गोली चलाउन थालेपछि आन्दोलनकारी त्यसै पनि भाग्छन् । ..... गृहमन्त्रीले २ सयको संख्यामा भाला, बञ्चरो र खुकुरी लिएर आएका आन्दोलनकारी भनेका छन् । के त्यति सानो संख्याको प्रदर्शनकारीले त्यति ठूलो संख्यामा प्रहरीको हत्या गर्न सम्भव छ ? यो पत्याउन सकिने कुरा होइन । ....... त्यत्रो घम्साघम्सी हुँदा आन्दोलनकारी पनि पक्कै घाइते भएका होलान् ती कहाँ गए ? अझ सर्वसाधारण आन्दोलनकारी त धेरै पर्नुपर्ने । किनकि उनीहरुलाई यस्तो बेला सुरक्षित हुने तरिका नै थाहा हुँदैन । ...... जिल्ला अस्पतालमा त घाइते प्रहरी मात्र छन् भनिएको छ । के कुनै आन्दोलनकारी घाइते नभई त्यति ठूलो संख्याको प्रहरी हत्या सम्भव छ ? छैन । ....... त्यहाँ सयौँको संख्यामा आन्दोलनकारी हताहत भएको हुनैपर्छ । सरकार र आन्दोलनकारी दुबैबाट तत्कालै यथार्थ बाहिर आउनुपर्छ, भोलि फेरि यस्तै गरी अर्को ठाउँमा आगो लागिसकेपछि हैन । ..... प्रजिअले अहिलेसम्म ६ जनाको मात्र हत्या भएको पुष्टि गरेका छन् । तर मिडियाले १७ जनाको हत्या भन्दै प्रचार गरेका छन् । यसले तनाव झन् बढाउने छ । ...... आफ्नो पहिचान खोज्दै सडकमा आएका थारुहरुको मागलाई बुद्धिहीन नेताहरुले कुनै न कुनै ढंगले चाँडै सम्बोधन गर्नु जरुरी छ । थारुहरुको मात्र होइन उत्पीडित समुदायको पहिचान र अधिकार स्थापित गर्नेतिर पनि दलका टाउकेहरुको ध्यान जान उत्तिकै जरुरी छ । होइन भने यस्तो घटना कैलालीमा मात्र होइन देशका विभिन्न स्थानमा कुनै न कुनै दिन हुने अवश्यम्भावी छ । थरुहट माग्ने थाहहरुविरुद्ध सेना परिचालन गर्नुअघि टीकापुर घटनाको यथार्थ संसद र जनतालाई दिनपर्दैन गृहमन्त्रीज्यू र रक्षामन्त्रीको पद सम्हालिरहेका प्रधानमन्त्रीज्यू ?


सरकारको कारण हिंसा भड्कीयो, सेनाले दमन गरे गृहयुद्ध : लेखी
थारु आन्दोलनका अगुवा राजकुमार लेखीले राज्यको हेपाहा प्रवृत्तिको कारण कैलालीको टिकापुरमा हिंसा भड्कीएको आरोप लगाएका छन् । थारु आन्दोलनलाई तुहाउन नियोजित रुपमा कैलालीको टिकापुर सरकारी पक्षले नै हिंसा भड्काएको उनको आरोप छ । ..... थारु आन्दोलन संयोजनकर्ता मध्येका एक लेखीले नयाँ पेजसँग सोमबार राती कुरा गर्दैं थारु आन्दोलनलाई बदनाम बनाउन थारु बिरोधीहरुले भिजलन्ते प्रयोग गरेको हुन सक्ने आशंका व्याक्त गरे । सरकारले थारु समुदायलाई हेपेर वेवास्ता गरेको आरोप छ उनको । भने,

‘आमहड्ताल सहितको आन्दोलनको घोषणा गरेर थारु समुदाय १३ दिनदेखी आन्दोलनमा थियो । सरकारले दुुई चार झुन्ड सहभागी अखण्ड आन्दोलनको माग २ दिनमै सम्बोधन गर्यो । तर, लाखौं सहभागी थारु आन्दोलनको वेवास्ता गरीरह्यो ।’

...... ‘१३ दिनदेखी थारु समुदाय आन्दोलनमा थियो । यतिका दिनसम्म राज्यले नसुनेजस्तै गर्यो । अहिले फेरी समुदायलाई आतंककारी भन्दैछ । थारुमाथिको यो हेपाइ हो ।’ .....

सोमबारको घटनामा सैयौं थारु आन्दोलनकारी मारिएको हुनसक्ने उनले आशंका व्याक्त गरे । ‘अझैँसम्म गोली चलीरहेको छ, थारु बस्तीमाथि पसेर प्रहरीले आंतक मच्चाइरहेको छ’ उनले भने,‘थारु आन्दोलनकारी मारिएको सुचना सरकारले लुकाइरहेको छ ।’

.... शान्तिपूर्ण आन्दोलनमाथि सेना परिचालन गरेर दमन गरिए

गृहयुद्ध हुने

उनको चेतावनी छ । उनले शान्तिपूर्ण आन्दोलनलाई भड्काउन नेताहरुले भुमिका निर्वाह गरीरहेको दाबी गरे ।
कैलालीमा कति प्रदर्शनकारी मारिए?

थारु सभासदहरुले कैलालीको टीकापुरमा भएको झडपमा सय भन्दा बढी आफ्ना कार्यकर्ता मारिएको दावी गरेका छन् । .... प्रहरीले आधा घण्टासम्म निरन्तर गोली चलाएर आफ्ना एक सय भन्दा बढी कार्यकर्ता मारेको दावी गरेका हुन् । .... मारिएका आफूहरुका कार्यकर्ताका शव प्रहरीले नै गायव पारेको

..... सभासदहरुले घटनास्थलमा प्रहरीले अखण्ड सुदुरपश्चिम पक्षधरका कार्यकर्तालाई मात्र जान दिएकाले घटना रहस्यमय भएको दावी गरेका छन् । ..... सभासदहरुले घटनास्थलमा मानवअधिकारवादी र सञ्चार माध्यमलाई जान दिएर घटनाको वास्तविकता ल्याउने वातावरण बनाइदिन प्रधानमन्त्री कोइरालासँग आग्रह पनि गरेका थिए । .... थारु नेताहरुले अखण्ड पक्षधरले एकलौटी प्रचार गरेको भन्दै घटनाको वास्तविकता ल्याउन सरकारसँग माग गरेका छन् ।
गौरमा प्रहरीको गोली लागि एकको मृत्यु, प्रहरीद्वारा मानवअधिकारको ठाडो उल्लंघन
रौतहट जिल्ला सदरमुकाम गौरमा मंगलबार दिउँसो प्रहरीले चलाएको गोली लागि एक १८ वर्षीय युवकको मृत्यु भएको छ । मठिया-६ का १८ वर्षीय राजकिशोर ठाकुरलाई पिठ्युँमा गोली लागेको र उनको मृगौला छेड्दै पेटबाट निस्केको जिल्ला अस्पताल गौरका चिकित्सकहरुले बताएका छन् । ....... गौरस्थित गुप्ता पेट्रोल पम्प अगाडि मंगलबार दिउँसो प्रहरी र प्रदर्शनकारीबिच दोहोरो झडप भइरहँदा प्रहरीले एक्कासी गोली चलाएको थियो । बाटोको छेउबाट हिँड्दै गरेका ठाकुर गोली चलेपछि भाग्न खोज्दा पछाडिबाट पिठ्युँमा गोली लागेको हो । ....... स्थानीय पत्रकार प्रविण तिवडेवालका अनुसार

गोली लागि लडेका युवक ठाकुरलाई प्रहरीले अस्पताल पुर्याउनु साटो घेरेर पिटेका थिए । करिब २० जनाको संख्यामा रहेका प्रहरीले गोली लागेर भुईँमा लडेका उनलाई बुटै बुटले हिर्काएका थिए ।

....... मृतक ठाकुर प्रदर्शनकारी नरहेको बताइएको छ ।


एफएम र थारु नेताहरुको घर जले, कहाँ छन् नेपाली सेना ?
मंगलबार कर्फयु जारी भएको समयमै कैलालीमा सभासद् जनक चौधरी तथा थारु आन्दोलनका अगुवा नेता रेशम चौधरीको घरमा आगजनी भएको छ । कैललीको धनसिंहपुर र बनगाउँसहित केही गाउँहरुको थारु बस्तीमा आगजनी गरिएको छ । ...... कर्फयुको अवग्या गर्दै निस्केको एक समूहले थारुहरुको घरमा आगजनी गर्नुका साथै विभिन्न गाउँहरुमा पनि थारुहरुको बस्ती जलाउनका साथै कुटपिट गरिएका छन् । ...... नेता रेशम चौधरीले सञ्चालन गरेको फुलवारी एफएम तथा फुलबारी रिसोर्टलगायत उनको सञ्चालनमा रहेको केही पसलहरुमा समेत आगजनी गरिएको छ । ..... पत्रकार चौधरीका अनुसार कैलालीमा नेपाली सेना परिचालन भएपनि यस्तो घटना बढ्दै जानुले थारुहरु झनै त्रसित बनेका छन् । प्रहरीहरु उलेख्यरुपमा परिचालन भएपनि उग्ररुपमा थारुहरुको घरमाथि आक्रमण गर्नेहरुलाई नियन्त्रणमा लिन सकेको छैन । .....

नेपाली सेना परिचालन भईसकेको स्थानमा यस्तो घटना बढ्दै जानु

..... आज जिल्ला प्रहरीले पत्रकार सम्मेलन गरी आइतबारको घटना बारे जानाकरी गराएको बताए । उनले प्रहरी मारिएको जानकारी मात्र दिइए तर प्रदर्शनकारी मारिएको जानकारी अहिलेसम्म प्रहरीले पुष्टि नगरेको बताए ।
टिकापुरमा ३५ जनाभन्दा बढी मारिएको दाबी, संख्या बढ्दै
टिकापुर प्रहरीले अनौपचारीकरुपमा दिएको जनकारीअनुसार हालसम्म ३५ जनाभन्दा बढीको मृत्यु भएको हुन सक्छ । तर स्थानीय पत्रकारहरुका अनुसार प्रहरी र प्रर्दशनकारीसहित

करिब ४० जना मारिएको हुन सक्छन् ।

.... हालसम्म १२ जनाको नाम मात्र सार्वजनिक गरिएको छ । टिकापुर अस्पताल पुगेका लासहरुको मात्र विस्तृत जानकारी आएको छ । ...... स्थानीय प्रहरीले विभिन्न स्थानबाट लासहरु संकलन गरिहरेको प्रहरी कार्यालयले जनाएको छ । ..... हवलदार रामविहारी चौधरी र ललित साउदको मृत्यु भएको


सिरहामा पनि गोली चल्यो, फोरम नेपालका नेता साह घाइते
प्रहरीले विहान स्काटिगं गरेर सवारी साधान पास गराउँदा प्रर्दशनकारीहरु सडकबाट उठन मानेका थिएनन् । .... मधेशी मोर्चाले थप कार्यक्रम घोषणा गर्ने जनाएको छ ।


सेना परिचालन गरेर मधेशी र थारुविरुद्ध सरकारले युद्ध घोषणा गर्‍यो : मानवअधिकारकर्मी तथा बुद्धिजीवी
लिम्बुवान समर्थित मानवअधिकारकर्मी तथा बुद्धिजीवीहरुले मधेशी र थारु (आदिवासी जनजाति)विरुद्ध सेना परिचालन गर्ने सरकारको निर्णयप्रति घोर आपत्ति जनाएका छन् । .... सेना परिचालनलाई मानवअधिकार उल्लंघन बताउँदै उनीहरुले नेपाली जनताविरुद्ध सेना प्रयोग गर्ने अधिकार सत्तासीन दलका शासकहरुलाई नभएको बताएका छन् । ...... विज्ञप्ति जारी गर्दै सत्तासीनहरुले जनताविरुद्ध युद्धको घोषणा गरेको भन्दै घोर आपत्ति जनाएका छन् । ...... विज्ञप्तिमा भनिएको छ, ‘नेपाली सेना राज्यको सुरक्षाको लागि हो, नेपाली जनताको विरुद्धमा परिचालन र जातीय नरसंहार गर्नको लागि होइन ।’ ...... दंगाग्रस्त क्षेत्र घोषणा गरेर जनतालाई दमन गरेर र नेपाली सेना परिचालन गरेर समस्याको समाधान नहुने बताउँदै राजनीतिक रुपमा वार्ताबाट समाधान गर्नपर्ने बताइएको छ । ...... भदौ ७ गते कैलालीको टीकापुरमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो । त्यस्तै दाङ, जलेश्वर, जनकपुरलगायतमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो । ...... लिम्बुवान समर्थित मानवअधिकारकर्मी तथा बुद्धिजीवीहरुले सेना परिचालन तुरुन्त रोक्न, घाइतेहरुको उपचार गर्न र उत्पीडिहरुको माग सम्बोधन गर्न आग्रह गरिएको छ । ....... वक्तव्य जारी गर्नेहरुमा

मञ्जुल याक्थुङ्बा, डा. कृष्ण भट्टचन, डा. युवराज लिम्बु, नवीन सुब्बा, खगेद्र जबेगु, अर्जुन लिम्बु, राम मादेन, नारायण निङलेखु, नन्द कन्दङ्वा, शंकर लिम्बु, नेत्र तुम्बाहाम्फे र अमर तुम्याहाङ

रहेका छन् ।




नेपालगन्जमा फेरि २ बजेबाट कफर्यु
कफ्र्यु लगत्तै नेपालगन्ज सुनसान देखिएको छ । ........ ग्रामीण क्षेत्र भने मंगलवार तनावग्रस्त रहेको स्रोतले जानकारी दिएको छ ।

बाँकेका ग्रामीण क्षेत्रमा व्यापक प्रदर्शन भैरहेको समाचार प्राप्त भएको छ ।

कर्फ्युकै बीचमा टीकापुरमा सद्भावना पार्टीका नेता रेशम चौधरी लगायत कैयौको घरमा आगजनी, बदला लिन प्रहरीको पनि साथ हुन सक्ने आशंका
भड्किएको हिंसात्मक दंगा पछि आक्रोशित समुहले टीकापुरका सद्भावना पार्टीका नेता संचार उद्यमी एवं कलाकार रेशम चौधरीको फुलबारी एफएम, फुलबारी रिसोर्ट, आगजनी गरेका छन् | कैलाली क्षेत्र नम्बर १ का सभासद जनक चौधरीको घरमा पनि आगजनी गरिएको खबर छ | हिंसा भड्किए देखि रातीबाट नै टिकापुरमा कैयौ थारुहरुको पसल, घरमा आगजनी गरिएको छ | ....

कर्फ्यु जारी भएकै बेला भएका बदलाका यस्ता घटना घट्नुमा प्रहरीको सहयोग बिना सम्भव नहुने भन्दै स्थानीय प्रशासनको भूमिकामा शंका गरिएको छ |

राष्ट्रपति को सहभागिता बेगर सेना परिचालन कसरी संभव भयो?

यो कटुवाल प्रकरण भाग चार हो। राष्ट्रपति को सहभागिता बेगर बामे ले देशमा जब इमरजेंसी लागु गर्यो, जुन कि इमरजेंसी लागु भएकै होइन, त्यो कटुवाल प्रकरण भाग दुई थियो। १६ बुँदे ले राष्ट्रपति फाल्ने बाहेक अरु केही नगर्ने। त्यो कटुवाल प्रकरण भाग तीन थियो। अहिले मलाई बल्ल थाहा भो, राष्ट्रपति को सहभागिता बेगर सेना परिचालन गरिएको रहेछ। त्यो संभव छैन। मधेसी भएकोले राम वरण लाई राष्ट्रपति नै नमान्ने श्रंखला जस्तो यो त। बामे को "राष्ट्रियता" यही हो। घिनलाग्दो मान्छे त्यो। बामे। ह्रितिक रोशन दंगा को मास्टरमाइंड त्यो। देशमा पटक पटक ह्रितिक रोशन दंगा गराउनु नै उसको जिंदगी को उद्देस्य हो।

राष्ट्रपति को सहभागिता बेगर सेना परिचालन कसरी संभव भयो? तर यो चरी-घैंटे गठबंधन ले कानुन र संविधान कहिले पो मानेको छ र? देश को अदालत को आदेश विपरीत बिना कुनै कानुनी आधार सीके राउत लाई हाउस अरेस्ट मा राखेको राख्यै छ। मातृका यादव मंत्री को पियन ले मातृका लाई मधेसी भएकोले मान्छे नगने भन्दा यो केही पनि फरक होइन। पियन बामे ले राष्ट्रपति यादव लाई मान्छे गनेको छैन।



कैलालीमा सेना परिचालनको राष्ट्रपतिबाटै विरोध

उनले सेना परिचालन गर्दा आफुलाई नसोधीएको र आफ्नो क्षेत्राधिकार भित्रको विषयलाई प्रधानमन्त्री र गृहमन्त्रलिे संसदमा प्रस्तुत गरेको भन्दै असन्तुष्ट बनेका हुन् । ..... अन्तरिम संविधानमा सेना परिचालनको अधिकार आफुलाई मात्र भएको भन्दै उनले सरकारको कामको विरोध गरेका हुन् ।



कैलालीमा सेना परिचालन गरी गरिएको पाशविक ज्यादती तत्काल बन्द गर : पद्मरत्न तुलाधर
सरकारले आन्दोलन दबाउने बहानामा सरकारले कैलालीको टिकापुरमा सेना परिचालन गरी मानवअधिकारको न्युनत्तम मापदण्ड विपरीत सर्वसाधारण थारुहरुको घरबास खानतलास गरी आगजनी गर्ने, निजी सम्पत्ति लुट्ने तथा नष्ट गर्ने, थारुहरुमाथि दमन र ज्यादती गर्ने तथा सर्वसाधारण थारुहरुलाई पाशविक यातना दिने जस्ता जघन्य आपराधिक कार्य गरिरहेकोमा आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले घोर भर्त्सना गरेको छ । .... कैलालीको दुःखद घटनाको मुख्य कारण चार राजनीतिक दलका नेताहरुले आफ्नो स्वार्थअनुसार बिनाआधार ७ प्रदेशको सीमाकंन गर्नु हो ..... ‘उनीहरुका यस्ता गैरसंवैधानिक र गैरराजनीतिक कार्यले आज देशभरिकै आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित, खस तथा अन्य उत्पीडित, उपेक्षित जाति, समुदाय र क्षेत्र लिङ्ग आन्दोलित छन् ।’




मानवाधिकार कमिॉयों से हादिॅक अपील*************************************टिकापुर, कैलाली मे सदभावना पाटीॅ के केन्द़ीय सचि...
Posted by सदभावना पार्टी on Tuesday, August 25, 2015


जनकपुर आन्दोलनकारीयों के हाथ में । भाद्र ८ गते
Posted by Brikhesh Chandra Lal on Tuesday, August 25, 2015