Showing posts with label Non Resident Nepali. Show all posts
Showing posts with label Non Resident Nepali. Show all posts

Monday, November 24, 2014

सगुन, अंजन, छेपाक, डिल्ली, विनोद, कृष्ण (२)

सगुन, अंजन, छेपाक, डिल्ली, विनोद, कृष्ण

एउटा टेक स्टार्टअप ले राउंड २ मा जान का लागि राउंड १ मा २०-३० हजार डॉलर ले पनि पुग्ने बाटा हरु छन, ५० हजार देखि एक लाख डॉलर सम्म चाहिने बाटा पनि छन, मैले न्यु यर्क को नेपाली समुदाय का २-४ जना सँग विगत केही महिना गफ गर्दा एउटा टीम लाई दुई लाख डॉलर राउंड १ मा चाहिने जस्तो एस्टीमेट भएको थियो। साढ़े तीन देखि पाँच लाख लाग्ने बाटा पनि छन।

तर राउंड १ मा ३०-५० हजारले पुग्ने यदि छ भने पनि सफल भएको खण्डमा आखिर त्यसै स्टार्टअप ले पनि राउंड २ मा गएर ५ लाख डॉलर, एक मिलियन डॉलर fundraising गर्ने र खर्च गर्ने हो।

So it really is a matter of scheduling. कुनै स्टार्टअप २०-३० हजार मै हुने, कसैलाई ५-१० लाख चाहिने भन्ने होइन। सबै सफल स्टार्टअप त्यो मिलियन डलरको बाटो बाट जाने नै हो। नौबिसे हो त्यो रोड मार्कर।



Monday, November 17, 2014

जैक्सन हाइट्स मा ५० समुदाय

खगेन्द्र जस्ता मानिस जैक्सन हाइट्स मा मात्र कमसेकम १०० जना होलान। किनभने जैक्सन हाइट्स मा ५० भन्दा बढ़ी देशका मानिस बस्छन्। ती ५० समुदाय मध्येको सानोमा पर्छ नेपाली समुदाय। नेपालीभन्दा त भुटानी बढ़ी छन।
खगेन्द्र जस्ता मानिस बंगलादेशी समुदायमा मात्र १० जना होलान।

त्यो जैक्सन हाइट्स मा वडा अध्यक्ष छ एक जना, सिटी कॉउंसिल मेम्बर। यो राष्ट्रपतिहरु भेंट हुने शहर। एक चोटि जॉन लिउ सिटी कॉउंसिल मेम्बर हुँदा खेरि भेटेको।

सानो देश, सानो समुदाय ---- तर NRN अमेरिकालाई ४,००० बाट २०,०००, त्यहाँ बाट ५०,००० सदस्य सम्म पुर्याउनु र संगठनलाई democratization र digitization का उच्चतम स्टैण्डर्ड सम्म लानुको नेपालको आर्थिक क्रांति संग सीधा सम्बन्ध छ।


Tuesday, November 11, 2014

NRN America: Democratization, Digitization

ANTA: Democratization, Digitization: Diwali, Chhath, Holi

राजनीतिक अधिकार बिनाको नागरिकता भनेको निर्दलीय प्रजातन्त्र जस्तो हो। प्रजातन्त्र पनि कहीं निर्दलीय हुन्छ? राजनीतिक अधिकार बिनाको पनि कुनै नागरिकता हुन्छ? कि त NRN हरुलाई visa दिन खोजेको हो भने visa दिन खोजेको भन्ने।

नेपाल एउटा अत्यन्त गरीब देश हो। तर संसारको सबैभन्दा ठुलो र तेस्रो सबैभन्दा ठुलो अर्थतन्त्रबीचको देशलाई आर्थिक प्रगति गर्न धेरै गारहो नहुनुपर्ने। शिवरात्रीको मेलामा भीड़मा बीचमा उभि दिए मात्र पनि भीड़ले नै मंदिर भित्र पुर्याइदिन्छ। त्यस्तै नेपालमा basic law and order र basic democracy मात्र maintain गरेको खण्डमा भारत र चीनको सामीप्यले देशको धुरन्धर विकास हुन्छ।

नेपाल जस्तो गरीब देशले देशका मान्छेलाई बाहिर जान सकेसम्म सजिलो पारिदिने, र प्रवासमा रहेका नेपालीलाई नेपाल फर्कन र/अथवा नेपालमा योगदान पुर्याउन सकेसम्म सजिलो पारिदिने। द्वैध नागरिकताको कुरा त्यो हो। शिक्षा र आर्थिक opportunity कालागि विदेशीएका नेपालीलाई नेपालको अर्थतन्त्रमा सकेसम्म बलियो हिसाबले बाँधने concept द्वैध नागरिकता हो।

अमेरिकामा ४,००० नेपाली NRNA सदस्य भएपछि बल्ल काठ्माण्डुमा NRNA लाई seriously लिन थालियो। विश्वमा अमेरिकाको, न्यु यर्क शहरको विशेष स्थान रहेको देखियो। तर अमेरिकाको NRN संगठनले आफ्नो आङ्गको जुम्रा पनि देखन सक्नुपर्यो।

चुनाव सकिएपछि सदस्यताको ढोका बन्द गरिएको भन्ने हल्ला छ। आफुलाई जिताउने जस्ताले सदस्यता लिई हाले, नया नया सदस्य किन चाहियो भन्ने thinking हो भने त्यो गलत thinking हो। सदस्यता ४,००० बाट २०,०००, त्यसपछि २०,००० बाट ५०,००० बनाउँदै जाने तर्फ सोँच्नुपर्छ। र सदस्यता लिने १२ महिना हुनुपर्छ। आफुलाई इच्छा लागेको बेला NRN अमेरिकाको वेबसाइटमा गएर सदस्यता लि हाल्ने। यो membership drive NRNA अमेरिकाको नम्बर एक जिम्मेवारी हो जस्तो लाग्छ।

बरु चुनावको दिनभन्दा एक महिना अगाडि एक किसिमको cut off point बनाई दिन सकिन्छ। त्यो दिनभन्दा पछि पनि सदस्य बन्न चाहिं पाइने तर त्यस चुनावमा सहभागी हुन त्यो दिन अगावै सदस्य भई सक्नुपर्ने।

Online voting बड़ो राम्रो व्यवस्था हो। तर दुई वर्षमा एक पटक online voting गरेर दुई वर्षकालागि आम सदस्यलाई bye bye गर्नु भने राम्रो होइन, लोकतान्त्रिक होइन। अमेरिकामा सबैभन्दा बढ़ी नेपाली न्यु यर्कमा छन, तर अमेरिकाका नेपाली जति सबै न्यु यर्कमै छन भन्ने सोँच्नु हुँदैन। Event जति सबैलाई फोटो र video मार्फत digitize गरेर सकेसम्म सबैलाई सहभागी बनाउने प्रयास भइराख्नुपर्छ।

NRNA अमेरिका को Executive Committee को बैठक जति सबैको minutes online राख्दै जानु पर्दछ। ताकि आम सदस्यले आफ्नो प्रतिक्रिया दिन सकुन। Bookkeeping त्यसरी नै transparent हुनुपर्यो।

तर संगठन जति नै मजबुत गरे पनि, र संगठनले मदत गर्न सके पनि, नेपालमा आर्थिक क्रान्तिमा सहभागी हुन चाहनेले सफल entrepreneur भएर देखाउन जरुरी छ। Entrepreneurship का आफ्नै principles छन। संगठन एउटा कुरा हो। Entrepreneurship अर्को कुरा हो।


Friday, October 10, 2014

दोहोरो नागरिकता

Brain Drain (comics)
Brain Drain (comics) (Photo credit: Wikipedia)
दोहोरो नागरिकताको मान्यता के हो भने एक चोटि नेपाली नागरिक भएको मान्छे संसारमा जहाँ गए पनि, जुनसुकै देशको नागरिक भइसके पनि चाहेमा नेपालको आफ्नो नागरिकता कायम राख्न पाउने भन्ने मान्यता हो। यो brain drain को antidote हो। यसो गर्नाले फाइदा नेपाललाई छ। र नागरिकता भनेको एउटै किसिमको हुन्छ। आउन जान दिने तर राजनीतिक अधिकार नदिने, त्यसलाई नागरिकता होइन भिसा भनिन्छ। भिसा दिएको हो भने भिसा दिएको हो भन्ने, त्यसलाई नागरिकता न भन्ने। Lifelong visa भन्ने।

र त्यसरी दोहोरो नागरिकता पाएको मान्छे आफुले मात्र होइन, उसका सन्तानले पनि चाहेमा त्यो दोहोरो नागरिकता पाउने भन्ने हुन्छ।

तर आइन्स्टाइन वामदेवले यो कुरा बुझ्ने कुरा आउँदैन। अनि उसले NRN लाई राजनीतिक अधिकार बिनाको नागरिकता दिलाउने कुरा गर्छ। उसलाई लाग्छ सर्प पनि मर्ने लट्ठी पनि नभाँच्ने। किनभने उसकोलागि सीके राउत जस्तो कैंब्रिज यूनिवर्सिटीबाट PhD गरेको मान्छे त सर्प नै हो। झुक्किएर राजनीति गर्न आइदियो भने भएन आफ्नो पसल बन्द? परेन आपत?

Friday, October 03, 2014

Dual Citizenship: A Boon To The Home Country


Only steam leaves the pot. For a country like Nepal, some of the most educated, some of the most enterprising people have left the country over decades. But the love for country is intact, it is strong. And the homeland could benefit hugely from that crowd.

In this era of the Internet and globalization, the phrase "brain drain" is old fashioned, it is passe. I personally think the best I can do for Nepal is by planting one foot in NYC and another in Nepal.

And the dual citizenship concept is key. It has so far been thwarted by the sick people who form the current political class in Nepal. These people have a vested interest in keeping the country poor. These people are untouched by the daily arrivals of body bags from the Gulf states. This political class feels threatened by the Nepali diaspora. They dragged their feet on the dual citizenship issue for as long as they could, for close to a decade. And now they have offered a citizenship without political rights to the NRNs. It would be a grave mistake to accept it. I am less concerned about the NRNs. For me this arrangement would be the biggest hindrance to Nepal's rapid economic growth anyone could put in place.

Why would people who are supposed to lead Nepal to prosperity are so hellbent on getting in the way of the country's rapid economic growth? Obviously we have a democracy in name only in Nepal right now. The political leaders don't feel the need to act in the best interests of the people.

They will do what they will do. But it is shameful the most educated, the most accomplished Nepalis on the planet would be so eager to accept this deal. No deal would be better than this bad deal.

Multiple Citizenship
How to Obtain Dual Citizenship
Dual Citizenship in the Age of Mobility
In the past, including the recent past, policymakers considered dual citizenship a problem. Leading politicians of previous centuries saw it as an abhorrence of the natural order, the equivalent of bigamy. Citizenship and political loyalty to the state were considered inseparable. Policymakers worried that dual citizens would not integrate into the country to which they had emigrated but rather would maintain exclusive loyalty to the country of original citizenship. And, in times of war in the 19th and early 20th centuries, they feared “foreign” interference by citizens belonging to the enemy......... Moreover, democratic legitimacy was at stake. Policymakers feared that dual citizenship would violate the principle “one person, one vote.” Also, diplomats were worried that they could not protect their citizens in the country whose citizenship the newly naturalized citizen also held........... Yet, over the last few decades, an astonishing change has taken place: an increasing number of policymakers regard dual citizenship not as a problem for integration, legitimacy, foreign policy, and diplomatic protection, but rather as a possibility that needs to be negotiated from various standpoints, ranging from simple pragmatic tolerance to active encouragement. Certainly, dual citizenship is not a completely new phenomenon, but we have witnessed its rapid spread only recently. More than half of all the states in the world, countries of immigration as well as emigration, now tolerate some form or element of dual citizenship.

राजनीतिक अधिकार बिनाको नागरिकता


  • निर्दलीय (partyless) प्रजातन्त्र (democracy)
  • आत्म निर्णयको अधिकार (right to self determination) बिनाको संघीयता (federalism)
  • राजनीतिक अधिकार (political rights) बिनाको नागरिकता (citizenship)
All three are very similar concepts. But of the three, the most primitive has got to be the citizenship without political rights. And that is what the most educated Nepalis on earth are agreeing to in a deal with the scoundrels running Nepal today. The thugs are calling the shots, looks like.

NRN लाई दोस्रो दर्जाको नागरिक बनाउने तैयारी
NRN लाई दोस्रो दर्जाको नागरिकता

Thursday, October 02, 2014

NRN लाई दोस्रो दर्जाको नागरिक बनाउने तैयारी

२००५-०६ को लोकतान्त्रिक क्रान्ति र त्यसपछिको मधेसी क्रान्तिमा मैले फुल टाइम दिएको हुँ। उड़ाउनेले "पत्रकार" भनेर उड़ाईदिने गरेका पनि छन। तर मैले त्यति बेला पत्रकारिता गरेको होइन। मेरो काम नितान्त राजनीतिक थियो। पत्रकारिता भन्नु पुर्वाग्रह हो। तर मैले न कुनै संगठनको सदस्यता लिएँ, पद त लिने कुरै भएन। त्यसको कारण थियो। मैले डिजिटल tools प्रयोग गरेको थिएँ। रणभुमि नेपालमा थियो।

सीके राउतको रिहाईकालागि फेरि २० दिन जागियो। संघीयताको मुद्दामा बेइमानी हुने खतरा छ। तर मेरो दिल र दिमाग भविष्य तर्फ मुडिसक्यो। आर्थिक क्रान्तिको मुद्दा। २०-३० वर्ष चल्ने मुद्दा।

NRN को चुनाव भयो अमेरिकामा। पहिलो पटक NRN movement अमेरिका पसे जस्तो। अहिले मात्र होइन, १०-१५ वर्षपछि पनि NRN संगठनको कुनै पद मलाई खानु छैन। तर हालै भएको एउटा ठुलो निर्णय डिस्टर्ब गर्ने किसिमको छ। यसले नेपालको आर्थिक क्रांतिलाई डिस्टर्ब गर्छ।

NRN लाई दोस्रो दर्जाको नागरिक बनाउने तैयारी भइरहेकोछ। यो बड़ो चिन्ताको विषय हो। नेपाल पछाडि पर्नुको नम्बर एक कारण नै नेपालको राजनीती हो। राजनीतिक अधिकार बिनाको द्वैध नागरिकता NRN लाई दिन खोजेर नेपालका नेताहरुले पुच्छरले कुकुर हल्लाउने षडयन्त्र भैरहेको छ। बड़ो गलत निर्णय हुन लागेको छ। सावधान।


Monday, September 29, 2014

NRN लाई दोस्रो दर्जाको नागरिकता



अमेरिकामा संगठन विस्तार नभएसम्म काठमाण्डुका नेताहरुले NRN अभियानलाई गम्भीरतापुरबक लिएन। तर अहिले जुन Mission Accomplished को प्रचारबाजी गरिँदैछ त्यो misleading छ। राजनीतिक अधिकार बिनाको नागरिकता भनेको के? NRN हरुलाई कमैया बनाएको हो? नागरिकता भनेको दुई किसिमको हुनै सक्दैन। NRN को dual citizenship को माग पुरा भएको छैन, ज्युँका त्यूँ कायमै छ।


Friday, October 19, 2012

संगठनका कुरा (3)

NRN NCC President कालागि लड़ने बारे विचार गर्दै
संगठनका कुरा (2)
संगठनका कुरा

हिजोको NRN NCC को कांफ्रेंस कलले नवम्बर 15 सम्म membership drive गर्ने र शायद जनुअरी 15 मा बोस्टनमा चुनाव गराउने निर्णय गर्यो। I have decided not to be part of it, I am no longer interested.

Massive मेम्बरशिप drive को लक्ष्य नभएको चुनाव तालिकाले मलाई आकर्षित गर्दैन।

अब या त ICC को मेम्बरशिप ड्राइव मा भाग लिईन्छ पछि spring मा या छुट्टै न्यू यॉर्क शहर लेवेलको नया संगठन launch गरिन्छ। मासिक हाउस पार्टी को concept अगाडी बढाउनु परेको छ। महिनाको अंतिम आइतबार कसो होला?


Thursday, October 11, 2012

संगठनका कुरा (2)


संगठनका कुरा

मैले हिजो प्रभु मनी को कार्यलयमा टिपेको विश्व सन्देश को पछाड़ी पट्टी कोर्दै थिएं। विश्व स्तरमा नेपाली त्यही हुन जुन नेपालमा दमजम हुन। र त्यों कुराको झझल्को नेपाली समुदाय भित्र mass base नभएका नचाहेका तर नेतृत्व पद खाई रहेका अनगिनती ब्यक्ति हरुले दिई रहेको अवस्था छ। Living room politics बाट पद हरु बांडने पुरानो परम्परा छ।

Mass base मा जानु, democratic process follow गर्नु, पदकालागी खुला चुनाव गराउनु, संगठनको हिसाबकिताब खुला किसिमले वेबसाइट मा राख्नु, खुला बहस गर्नु -- यिनै साधारण अभ्यासले विश्व स्तरमा नेपालीहरूको empowerment हुन्छ। संगठनका अलावा agenda को कुरा आउँछ। Vision को कुरा आउँछ।

60-70 देशमा संगठन विस्तार भएको होला तर dual citizenship को कुरामा र 100 million dollar fund को कुरामा प्रगति भएको देखिंदैन। संगठन पनि mass based छैनन।

NRN (Non Resident Nepali) Association को संगठनमा थुप्रै कमी कमजोरी छन। त्यस बारे केही सुझाव दिन चाहन्छु।

(1) Pyramid of 10 --- व्यापक membership drive गर्ने। सदस्य हरू लाई कम्तीमा 10 बढ़ीमा 20 को संख्यामा संगठित गर्ने। महिना मा एक पटक house party गर्ने समुह। त्यस्तो 10 unit को नाइके को conference call मार्फत अथवा internet मार्फत अर्को समुह। And so on.

(2) Public Facebook page, private Facebook group, public Facebook group. Lots of use of photos and videos. Plenty of textual reports, discussions.

(3) Online voting. प्रत्येक सदस्यले मत दिन पाउनु पर्छ। Ohio जस्तो अनकन्टार दुर्गम ठाऊँमा 10 जना खुसुक्क जम्मा भएर राष्ट्रिय नेतृत्व चयन गर्ने चाहना पंचायती सोंच भयो। Leadership by consensus भनेको रोग हो। चुनाव नै हुन नदिने, कस्तो अचम्मको सोंच? चुनाव नहुने संगठन भनेको कहिल्यै झ्याल ढोका नखोलिने घर जस्तो हो। NRN को global leadership को पनि चुनाव नै हुनुपर्छ र त्यों चुनाव 1,000 delegate ले मत खसाल्ने चुनाव हुन सक्दैन। दुनिया भरका 20 लाख NRN हरू मध्ये व्यापक membership drive गरेर one person one vote का आधारमा आम आदमीको स्तरमा वोट हुनुपर्छ। NRNA को सदस्य हो भने global conference अगाड़ी online आउने, एक हप्ता को window हुन्छ, online गएर वोट खसाल्ने। जम्मा भएको delegate लाई पनि वोट खसाल्न नदिने कस्तो अचम्मको परिपाटी?

(4) 100% transparent, online book keeping. के कति पैसा उठ्यो र खर्च भयो त्यों प्रत्येक सदस्यलाई थाहा हुन पर्छ। Meeting को minutes online राखिनुपर्छ।

(5) NRN को न्यू योर्क चैप्टर ले Memorial Day Weekend मा प्रत्येक बर्ष convention गर्न पर्छ जस्तो मलाई लाग्छ। दुनियाको राजधानी हो यो।

Agenda अझै फराकिलो बनाउनु पर्यो। मुख्य मुद्दा dual citizenship को हो। त्यसमा नेपालका नेताहरूले बड़ो मुर्खता देखाएका छन अहिलेसम्म। त्यों बिना नेपालमा आर्थिक क्रांति संभव छैन। त्यति गहन मुद्दा हो त्यों। 100 million डलर फंडको कुरा राम्रै हो तर global financial market tap गर्ने कुरा त्यो भन्दा 10,000 गुना राम्रो हो।

नेपाली हरुले प्रत्येक देशमा आफ्नो अधिकार खोज्न पर्यो। 150 बर्ष अगाडी बोस्टन मा Irish ले नागरिक नभए पनि मत खसाल्थे मेयर कालागी। आज नेपालीले न्यू योर्क मा त्यही खोज्न पर्छ। त्यस्कालागी नेपाली समुदाय बाहिर जान पर्ने हुन्छ। Indian संग हातेमालो गर्न पर्ने हुन्छ। Chinese संग। Hispanic र African संग।

बलियो संगठन बाट पैदा हुने नेटवर्क ले सदस्य हरु लाई बिभिन्न किसिमका फ़ायदा हरु हुन्छन्।
Enhanced by Zemanta