Showing posts with label Nepal. Show all posts
Showing posts with label Nepal. Show all posts

Sunday, December 04, 2022

4: Nepal

सरकार गठनमा एमालेको पनि गृहकार्य
शेखर–गगन संवाद सुरु : निकटस्थमार्फत भेटघाट तिव्र पार्दै देउवा
अब सरकार कसको, संसद् कस्तो ? देउवा, ओली र प्रचण्डका लागि राजनीतिक विश्रामको योभन्दा उचित मौका अर्को हुनेछैन । ...... चुनावमा अन्तर्निहित मतदाता–सन्देशलाई बुझ्ने हो भने देउवा, ओली र प्रचण्डले तीनै जना फेरि प्रधानमन्त्री बन्ने खेलमा लाग्नुभन्दा विश्राम लिएर नयाँ नेतृत्वका लागि बाटो खुला गरिदिए हुन्छ । यो चुनाव परिणामले तीनै जनाको राजनीतिक उचाइ बढाएको छैन, बरु घटाएको छ । माथि–माथि सत्ता फेरबदलको खेलमा रमाउने प्रचण्डको नेतृत्व खुला चुनावी प्रतिस्पर्धाका लागि पटकपटक अक्षम प्रमाणित भइसकेको छ । त्यस्तोलाई नेतृत्वको गतिशीलता भन्न मिल्दैन । माओवादीको पार्टीगत हैसियत प्रचण्डको छायाभन्दा बढी देखिएन । ओलीको नेतृत्वले अघिल्लो संसद्मा न बहुमत जोगाउन सक्यो, न विभाजनपछि पनि संसद्मा सबैभन्दा ठूलो दल रहेको एमालेको त्यो हैसियत रहने भयो । समानुपातिकमा केही मतले पहिलो छौं भनेर दाबी गर्नुको कुनै तुक छैन । वास्तवमा उसले सात प्रतिशत लोकप्रिय मत गुमाएको छ, जुन सामान्य होइन । यस्तै, कांग्रेसले प्रत्यक्षतर्फ सिट बढाएर सबैभन्दा ठूलो दल भए पनि यसले एमालेकै हाराहारीमा समानुपातिक मत गुमाएको छ । दुवै दलले समानुपातिकतर्फ पहिलेभन्दा ६ सिट कम पाउने निश्चित छ । यसको जिम्मेवारी नेतृत्वमा बस्नेहरूले लिनैपर्छ । यी तीनै जनाका लागि राजनीतिक विश्रामको योभन्दा उचित मौका अर्को उपलब्ध हुनेछैन । ....... यदि विश्वासिलो वातावरण बनाउने हो भने संसदीय दलमा नयाँ नेतृत्वसहित आउन सके पहिलो पालो माओवादीलाई दिनु उपयुक्त हुन्छ । नेपाली कांग्रेसमा पनि नेतृत्व हस्तान्तरण सहज हुनेछ, युवा पुस्तामा नेतृत्व आउने सम्भावना बढ्छ । दोस्रो पालोमा कांग्रेसले सरकारको नेतृत्व गर्दा गगन थापा प्रधानमन्त्री हुन सके राम्रै हुन्छ । यद्यपि यसै पटक गगन प्रधानमन्त्री बनून् भन्ने लोकप्रिय चाहना देखिन्छ । ........ कांग्रेस र एमाले पहिलो र दोस्रो दल तथा माओवादी तेस्रो दल भएको अवस्थामा सरकार फेरबदलको साँचो प्रचण्डले निकै घुमाए । यस पटकको संसद्मा त्यो भूमिकामा उनीसँग समानान्तर खेल खेल्न सक्ने (किङमेकर) हैसियत रास्वपाका रवि लामिछानेको पनि छ । तर अलगअलग भूमिकामा यिनले पनि त्यो खेल निर्णायक बनाउन सक्ने स्थिति छैन । ‘हरूवा गोरुको छेरुवा दाउ’ भनेजस्तै वाम एकताको कुरा पनि सुनिन्छ । तर छिमेकीको चलखेलबाहेक यो कार्ड खोटो प्रमाणित भइसकेको छ । नेपालको राजनीतिमा को वाम, को दक्षिण भनेर वर्गीकरण गर्नुको कुनै तुक छैन; सबै छासमिस छन् । त्यस्तै, कुन गठबन्धन पवित्र र कुन अपवित्र हो भनेर कोट्याउनुको पनि कुनै आधार छैन । ........ २०४८ सालदेखि नै हाम्रो संसदीय अभ्यासमा सत्तापक्ष अन्तर्कलहको सिकार र विपक्ष रमिते एवं अवरोधकको भूमिकाभन्दा माथि उठ्न सकेको छैन । विधेयकहरूमा गुणात्मक बहस हुँदैन । २०४८ सालदेखि निरन्तर र दशकौं सांसद भएका मानिस छन्, तर तिनले कुनै विषयविज्ञता स्थापित गर्न सकेका छैनन् । त्यस्तो विज्ञता स्थापित गर्न सके त्यो सांसदले बोल्न थालेपछि सत्तापक्ष र विपक्ष दुवै सावधानी र धैर्यसाथ सुन्न बाध्य हुन्छन् । पछिल्लो समयमा प्रदीप गिरिले केही हदसम्म त्यो हैसियत बनाएका थिए । तर उनको कुरा सबैले प्रशंसा त गर्थे, कसैले मान्दैनथे । गएको संसद्मा गगन थापाको प्रस्तुति विषयगत र राजनीतिक दुवै हिसाबले जोडदार थियो । कांग्रेस विपक्षमा छँदा उनले धर्म थामेका थिए, विपक्षी दलको नेता भनेर देउवालाई संसद्मा देख्नै पाइन्नथ्यो । उनी प्रधानमन्त्री ओलीको छाया नै थिए । प्रधानमन्त्री भएपछि पनि संसद्मा उनको प्रस्तुति नाम मात्रको थियो, महत्त्वपूर्ण मुद्दामा गगनले नै सरकारी प्रस्तावको वजनदार प्रतिरक्षा गर्थे । ......... प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीमा पनि जान सकिन्छ । .

एमालेसँगको तालमेल चुनावसँगै सकियो, अब नयाँ ढंगले अघि बढ्छौं : यादव ‘एमालेसँग तत्कालरुपमा केही सिटमा तालमेल गरेका हौं । कुनै मोर्चाबन्दी र गठबन्धन थिएन । चुनावमा हामीले केही सिट र एमालेले केही सिट छोडेको तर त्यो चुनावसँगै सकियो'........ अहिलेको संविधानलाई संशोधन वा परिमार्जन नगर्ने हो भने व्यवस्था नै धरापमा पर्ने र मुलुक दुर्घटनामा जाने अवस्था रहेको यादवको भनाइ थियो । उनले निर्वाचन प्रणाली, न्यायिक प्रणाली, समावेशीकरणका सवाल, पहिचानका सवाल र प्रदेशलाई अधिकार सम्पन्न बनाउनेजस्ता आधारभूत कुराहरुलाई ठीक पार्नु आवश्यक रहेको बताए । ...... पुराना पार्टीहरुप्रति मतदाताको वितृष्णाले चुनावभन्दा अगाडि आएका स्वतन्त्र पार्टी, देश अलग बनाउने जनमत पार्टी र पहिलेकै अवस्थामा जानुपर्ने नीति लिएका राप्रपाले म्यान्डेट पाएको यादवको टिप्पणी थियो ।

प्रदेश १ : सत्ता गठबन्धनकै सरकारमा जाने जसपाको संकेत समानुपातिकमा एउटा सांसद पाउने जसपा नै यो प्रदेशमा सरकार गठनको निर्णयक बनेको हो । जसपाले एमाले वा सत्ता गठबन्धन जसलाई समर्थन गर्छ, त्यसैको सरकार बन्ने अवस्था छ । ....... एमालेले मोरङ ५ मा प्रतिनिधिसभा, प्रदेशसभातर्फ मोरङ ५(२), मोरङ ४(२) र ६(२) जसपालाई दिने सहमति गरेर चुनावी गठबन्धन गरेको थियो । तर उम्मेदवारी दर्ता गराउने दिन मोरङ ४(२) मा एमालेका जीवन घिमिरे र ६(२) मा एमालेका कृष्ण बस्नेतलाई टिकट दिए । यता प्रदेशसभा सदस्यमा यो दुई क्षेत्रको सहमति उल्लंघन गरेको र मोरङ ५ मा जसपाका उम्मेदवार राजकुमार यादव र ५(२) मा मन्त्री यादवलाई एमालेले मतदान नगरेकाले पराजय बेहोर्नुपरेको जसपाको ठहर छ । त्यसले पनि जसपाका नेता तथा कार्यकर्ताहरूले प्रदेश १ मा एमाले गठबन्धनमा सरकारमा जान नहुने भन्दै चर्को आवाज उठिरहेको छ । ...... यस प्रदेशमा प्रत्यक्षतर्फ २ र समानुपातिकतर्फ ४ गरी ६ जना प्रदेश सांसद पाउने राप्रपाले पनि एमाले गठबन्धनमा नै सरकारमा जाने पूर्ण मनस्थितिमा देखिएको छैन । राप्रपाका प्रदेश १ अध्यक्ष राम थापाले चुनावी गठबन्धनमा आ-आफ्नो चुनाव लडेर हारजित भएको तर अब सरकार गठनको विषयमा पार्टीको निर्णय गरेर मात्रै अघि बढ्ने बताए ।



गठबन्धनको विकल्पमा जादैनौं, एमालेसँग सहकार्यको तयारी छैन : माओवादी
देउवालाई ‘महाथिर’ नबनाए हुन्थ्यो!

लोकतान्त्रिक-वाम-मधेसी गठबन्धन: सात प्रदेश मैं पाँच वर्ष का लागि स्थिर सरकार

नेपाली कांग्रेस ८७ 

वाम मोर्चा ४२ 
माओ पार्टी ३१ 
एकीकृत समाजवादी १० 
जनमोर्चा १ 

मधेसी मोर्चा २८ 
जसपा १२ 
जनमत ६ 
लोसपा ४ 
उन्मुक्ति ३ 
अमरेश १ 
प्रभु १ 
महेंद्र राय १ 

८७ + ४२ + २८ = १५७ 

पाँच वर्ष का लागि स्थिर सरकार। प्रथम दुई वर्ष प्रचंड प्रधान मंत्री। त्यस पछि तीन वर्ष गगन प्रधान मंत्री। अहिले दुई वर्ष गगन मंत्री।सीके राउत उप प्रधान मंत्री पाँच वर्ष। एक जना मात्र उप। उप र परराष्ट्र। महंथ सभामुख। राष्ट्रपति मा दलित महिला। 

सात वटै प्रदेशमा गठबन्धन सरकार। एमाले सशक्त विपक्ष। विपक्ष बिनाको लोकतंत्र को कल्पना गर्न सकिँदैन। 












कोशी: कांग्रेस २७ + माओवादी १३ + समाजवादी ४ + जसपा १ 
मधेस: मधेसी मोर्चा ३८ + कांग्रेस २२ + वाम मोर्चा १५ (मुख्य मंत्री जनमत)
बागमती: कांग्रेस ३८ + वाम मोर्चा २८ 
गण्डकी: कांग्रेस २५ + माओ पार्टी ८ 
लुम्बिनी: कांग्रेस २७ + वाम मोर्चा ११ + मधेसी मोर्चा १३ (मुख्य मंत्री उन्मुक्ति) 
कर्णाली: कांग्रेस १४ + वाम मोर्चा १४ (मुख्य मंत्री माओ पार्टी)
कैलाली: कांग्रेस १८ + वाम मोर्चा १४ + उन्मुक्ति ७ (मुख्य मंत्री एकीकृत समाजवादी)


मधेसी मोर्चा ब्युंतने संभावना

उपेन्द्र यादव को एमाले सँग गठबन्धन टुटेको घोषणा सँगै मधेसी मोर्चा ब्युंतने संभावना बढेर गएको छ। जसपा, जनमत, उन्मुक्ति र लोसपा। कांग्रेस र एमाले पछिको सबैभन्दा ठुलो। एक ढिक्का भएर बार्गेनिंग गर्ने हो भने सीके राउत उप प्रधान मंत्री।



JaSaPa 12
Janamat 6
LoSaPa 4
Nagrik Unmukti 3
Amresh Singh 1
Mahendra Raya Yadav 1
Prabhu Sah 1

Madhesi Morcha 28 MPs

Maoist 31
Unified Socialist 10
RaSwaPa 21
RaPraPa 14

मधेसी मोर्चा को निर्माण। रेशम को मुक्ति। सीके राउत उप प्रम। महंथ सभामुख। उपेन्द्र राष्ट्रपति। लगत्तै पार्टी एकीकरण गरेर सीके संसदीय दलको नेता। 






एमालेसँग सहकार्यको ‘सन्देश’ले कांग्रेसमा हलचल, २४ घण्टा नबित्दै माओवादी यूटर्न !
माओवादी बैठकमा प्रचण्डले भने–गठबन्धन दायाँबायाँ हुँदैन
मधेस प्रदेशमा जसपाभन्दा जनमत लोकप्रिय कसको मत कति ? ..... मधेस प्रदेशमा मधेसी दलमध्ये सबभन्दा लोकप्रिय पार्टी सिके राउत नेतृत्वको जनमत पार्टी भएको छ । ....... जनमत पार्टीले तीन लाख २९ हजार १७७ मत ल्याएको छ । त्यहीं जसपा नेपालका दुई लाख ९८ हजार ७७४ मत मात्र आएका छ । जनमतले जसपाभन्दा ३० हजार ४०३ मत बढी ल्याएको छ । ....... यसअघिको चुनावमा मधेसमा लोकप्रिय रहेको जसपा र लोसपाले सो लोकप्रियता यसपटक गुमाएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख १३ हजार ३६४ मत मात्र ल्याएको छ । ...... नेपाल संघीय समाजवादी पार्टीले ५० हजार १८८, नागरिक उन्मुक्ति पार्टी ४९ हजार ७०५, बहुजन एकता पार्टी नेपाल २० हजार ३२४, नेपाल लोकतान्त्रिक पार्टी आठ हजार २८७, पिछडावर्ग निषाद दलित जनजाति पार्टी सात हजार १०४, बुहजन शक्ति पार्टी छ हजार ६८६, नेपाल जनता पार्टी पाँच हजार ४६१, तराई मधेस लोकतान्त्रिक पार्टी पाँच हजार ३६७, जनता प्रगतिशिल पार्टी, नेपाल पाँच हजार ३४०, नेपाल सद्भावना पार्टी चार हजार ८१७, नेपाली जनता दल तीन हजार ६७९ मत ल्याएका छन् । ....... मधेस प्रदेशको समानुपातितर्फत जनमत पार्टीले सबभन्दा बढी मत सप्तरीमा नै ल्याएको छ । ....... मधेस प्रदेशको समानपातिकतर्फ जनमतले सप्तरीबाट ८६ हजार ७०७, सिरहाबाट ५४ हजार ६५४, सर्लाहीबाट ४४ हजार ४९९, धनुषाबाट ४३ हजार ५२६, महोत्तरीबाट ३७ हजार १९३, रौतहटबाट ३० हजार ९९०, बाराबाट २४ हजार ३१३ र पर्साबाट सात हजार २५४ मत ल्याएको छ ।

संसदमा बहुमत पुर्‍याउन हामी नै निर्णायक हुन्छौं : सीके राउत (अन्तर्वार्ता) अहिले खुला राजनीतिमा आएपछि जनतामाझ जान र कुरा बुझ्न पाइन्छ । निर्वाचनमार्फत जनमत पनि परीक्षण गर्न पाएका छौँ । त्यो एउटा व्यापक फरक अनुभूति हामीले गरेका छौँ । राज्य र संविधानले दिएको अधिकारको पूर्ण उपभोग गरेका छौँ । ........ यसअघिका राजनीतिक दलले लोकतन्त्र, सङ्घीयता र गणतन्त्रजस्ता जति पनि एजेन्डा ल्याए, ती विशुद्ध राजनीतिक एजेन्डा मात्र थिए । यस बीचमा शिक्षा, स्वास्थ्य, रोजगारीका विषयलाई कसैले पनि प्राथमिकता दिएनन् । हामीले सेवा प्रवाहका अतिरिक्त भ्रष्टाचार न्यूनीकरण, सुशासन र किसानका मुद्दालाई उठायौँ, त्यसलाई जनताले सकारात्मक रुपमा ग्रहण गरेको अवस्था छ । यी मुद्दालाई अरूले नउठाएका कारण पनि जनमत पार्टी नै ठीक हो भनी जनताले विश्वास गरेका हुन् । ....... निर्वाचन कम भड्किलो, संयमित र विश्वसनीय रहेको तथा आचारसंहिता पालनामा पनि प्रगति भएको भनी पर्यवेक्षकहरुले प्रतिवेदन बुझाएको अवस्था छ । जनताले हामीलाई जुन मत दिएका छन् त्यसलाई म परिवर्तनका लागि दिएको मान्दछु । त्यो जनमतलाई हामी खेर जान दिन्नौँ । ....... अझै पनि धेरै बालबालिकाले आधारभूत शिक्षा पाउन सकेका छैनन् भने किसानले मलबिउ नपाएको अवस्था छ । त्यसैले बालबालिका लागि राष्ट्रिय साक्षरता कार्यक्रम तथा किसानका लागि मलखादका विषय संसद्मा आवाज उठाउने र त्यसका लागि आवश्यक बजेट विनियोजन गर्न सकिन्छ । ......... दुई तिहाइ आउँदैमा त्यो स्थिर हुन्छ भन्ने पनि रहेन । बहुमत आउँदैमा र सरकार बन्दैमा राजनीति स्थिर हुन्छ भन्नै पनि छैन । अहिले कसैको पनि स्पष्ट बहुमत नआएको अवस्था छ । त्यसको पनि एउटा सकारात्मक पक्ष छ, यसले पार्टी विशेषलाई अह्म पाल्न दिँदैन । ........ जनमत पार्टीले अहिले ल्याएको सिट सङ्ख्या निर्णायक छ । सरकार गठनका लागि संसदमा बहुमत पुर्याउनका लागि हाम्रो छ सिट निर्णायक हुन्छ । प्रदेशमा पनि जनमत पार्टीको समर्थन बेगर सरकार बन्नसक्ने अवस्था रहन्न । हामी नजाँदा सरकार नै बन्दैन ....... हाम्रो जिम्मेवारी भनेको निकास दिनु हो, हामी दिन्छौं । जसले हाम्रो शिक्षा, स्वास्थ्य र रोजगारीका माग र मुद्दालाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्छन् उसलाई नै हामी पनि समर्थन गर्छौ । ....... संसद र सरकारमा प्रवेश गरेपछि सेवा प्रवाहमा हाम्रो ध्यान केन्द्रित हुन्छ । अहिलेको अवस्थामा बेरोजगारी प्रमुख समस्या हो । लाखौँ युवा विदेशिन बाध्य भएका छन् । रोजगारी देशभित्रै सिर्जना गरिनुपर्छ । साक्षरता दर बढाउने, स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय तुल्याउने, सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्ने, सेवा प्रवाहमा ढिलासुस्ती हटाउनेजस्ता एजेण्डा नै हाम्रा प्राथमिकताहरु हुन् । ........ सहकार्य जोसँग पनि हुनसक्छ, हामीले पाएको जनमत एक्लै निर्णायक छैन । कसै न कसैसँग सहकार्य गरेरै सरकार बनाउनुपर्ने हुन्छ । त्यसकारण सहकार्य गर्ने सम्भावना जोसँग पनि हुन्छ ।

Saturday, December 03, 2022

Permutations And Combinations

Nepali Congress 87
CPN UML 78
Maoist 31
Unified Socialist 10
RaSwaPa 21
RaPraPa 14
JaSaPa 12
Janamat 6
LoSaPa 4
Nagrik Unmukti 3
Janamorcha 1
Independent 5

Nepali Congress 87 + CPN UML 78 = 165
Nepali Congress 87 + Maoist 31 + Unified Socialist 10 + Janamat 6 + LoSaPa 4 + Nagrik Unmukti 3 + Janamorcha 1 + Independent 5 = 147
CPN UML 78 + Maoist 31 + RaSwaPa 21 + RaPraPa 14 + JaSaPa 12 + Janamorcha 1 = 157
CPN UML 78 + Maoist 31 + RaPraPa 14 + JaSaPa 12 + Janamorcha 1 + Independent 5 = 141
Nepali Congress 87 + RaSwaPa 21 + RaPraPa 14 + JaSaPa 12 + Janamat 6 + LoSaPa 4 + Nagrik Unmukti 3 + Independent 5 = 152

Best Option:
Nepali Congress 87 + Maoist 31 + Unified Socialist 10 + Janamat 6 + LoSaPa 4 + Nagrik Unmukti 3 + Janamorcha 1 + Independent 5 = 147
Prachanda PM for the first two years, Gagan Thapa for the final three.
President: Dalit Mahila.
Sabhamukh: Mahanth Thakur
Madhesh Chief Minister: Janamat Party

कर्णाली र सुदुर पश्चिम माओवादी लाई दिन सकिन्छ। मुख्य मंत्री। मधेस जनमत लाई। लुम्बिनी नागरिक उन्मुक्ति लाई किन नदिने? रेशम लाई रिहा गर्ने शर्त मा।

माधव को पार्टी लाई उप राष्ट्रपति। तर जनजाति हुनुपर्ने शर्त मा।

पहिलो काम नागरिकता विधेयक। विद्या ले अन्याय गरी।

3: Maoist

आफ्नो नेतृत्वमा सरकार बनाउन माओवादीले सबै विकल्प खुला राख्ने विभिन्न विकल्पमा जान सकिन्छ । तर, पुरानो गठबन्धनलाई छोड्ने, तोड्ने निर्णय पनि गरिएको छैन ।’ .

सुरक्षा जोखिम निम्त्याउने भन्दै चीनले लण्डनमा बनाउन लागेको विशाल दूतावासमा रोक
संघ र ७ वटै प्रदेशमा सरकार बनाउने एमालेको हैसियत छ : उपमहासचिव गुरुङ
सरकार गठनलगायत विषयमा सबै दलसँग संवाद गर्न एमाले तयार : उपाध्यक्ष नेम्वाङ
कांग्रेसमा नवोदित नेतात्रयको परीक्षा
स्वतन्त्र पार्टी यसकारण सरकारमा जानुपर्छ



यो चुनावमा मैले मतदाताको मनोविज्ञानमा परिवर्तन देखेँ : महन्थ ठाकुर. ठाकुरले मधेस प्रदेशमा लोसपाको नेतृत्वमा सरकार गठन हुनुपर्ने भनिरहेका छन् ........ यो चुनावमा मैले मतदाताको मनोविज्ञानमा परिवर्तन देखेँ । त्यस्तै यो चुनावबाट अबको राजनीति ठूल्ठूला व्यापारी, ठेकेदारको हातमा जाँदै गरेको महसुस गरेँ । गरिब, किसान, कम पुँजी भएकाहरू अब चुनाव लड्न सक्दैनन् । अब चुनाव व्यापारी र ठेकेदारहरू मात्र लड्न सक्ने अवस्था आउँदैछ । ...... म पहिला देशको नेता थिएँ, अहिले मधेसको नेता भएको छु । मान्छे तलबाट माथि जान्छ तर म माथिबाट नै तल आएको हुँ । कोही मधेसको नेता भएर देशको नेता बनेका छन् म देशको नेता भएर मधेसको नेता बनेको हुँ । ....... तर मधेसले नै मलाई दुई पटक अस्वीकार गरेको छ । म कमजोर भए पनि मेरो विचार, मेरो मुद्दा, मेरो एजेण्डा कमजोर भएको छैन । ........ तराई मधेसको समाज इमोशनल समाज हो । यो समाजमा इगो पनि बढी हुन्छ । कसैले कसैलाई स्वीकार गर्ने अवस्था छैन । दलहरू आपसमा नमिल्नु यो पनि यो एउटा आन्तरिक कारण हो । हामीले अन्तिम समयसम्म एकताका लागि प्रयास गरेका थियौँ । आ–आफ्ना कमीकमजोरी सुधार गरौँ र पार्टीलाई एकीकृत राखौँ भन्यौँ तर उहाँ (उपेन्द्र यादवपक्ष)हरुले कानुनी आधार जे छ त्यसैलाई टेकेर अगाडि बढौँ भन्नुभयो । ........ चुनावको समयमा पनि हामीले मधेसका शक्तिहरूसँग गठबन्धन बनाउनुपर्छ भनेर एउटा कार्यदल नै बनाएका थियौँ । तर मधेसका कुनै दलसँग सहमति हुन सकेन र त्यसले मूर्त रूप लिन सकेन । र, मधेसमा शक्ति कमजोर भयो । त्यसको फाइदा अरुअरुले उठाइरहेका छन् । ....... कसैले सोचेको थिएन अघिल्लो संसद्मा नेपाली काँग्रेसबाट यो देशको प्रधानमन्त्री बन्छ । तर शेरबहादुर देउवा देशको प्रधानमन्त्री बन्नुभयो । दुई तिहाइको सरकार, दुई तिहाइ बहुमत भएको नेकपाको सरकार, कसरी ढल्यो, कसरी सबै भताभुङ्ग भयो, कसरी देशमा काँग्रेसले नेतृत्व पायो । सबै कुरा छर्लङ्ग छ । यहाँ जे पनि हुनसक्छ । मेरो कसैसँग दुस्मनी छैन । वार्ता र संवादका लागि खुल्ला छु । ........ गठबन्धनको सरकार बन्छ तर कसको नेतृत्वमा बन्छ त्यसको छिनोफानो अहिलेसम्म भएको छैन ।

समानुपातिकतर्फ एक करोड चार लाख मत गनियो जनता समाजवादी पार्टीले चार लाख २० हजार नौ सय ४६, जनमत पार्टीले तीन लाख ९४ हजार पाँच सय १३ मत प्राप्त गरेको छ । ....... नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ९४ हजार तीन सय ५७, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार छ सय ६१, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६७ हजार दुई सय ८१ ......... मधेस प्रदेशमा २० लाख ८६ हजार दुई सय ९८ मत गणना भएको छ । कांग्रेसले चार लाख एक सय ४४, एमालेले तीन लाख ५१ हजार सात सय ६८, जनमत पार्टीले तीन लाख २९ हजार एक सय ७७, जनता समाजवादी पार्टीले दुई लाख ९८ हजार सात सय ७४, माओवादीले एक लाख ८० हजार आठ सय ६० र नेकपा (एकीकृत समाजवादी) ले एक लाख १३ हजार नौ सय १५ मत प्राप्त गरेको छ । ......... लुम्बिनी प्रदेशमा ... नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार पाँच सय २१, जनमत पार्टीले ८१ हजार छ सय पाँच, जनता समाजवादी पार्टीले ६० हजार आठ सय ८६ मत प्राप्त गरेको छ । ....... सुदूरपश्चिम प्रदेशमा ..... माओवादीले एक लाख १८ हजार नौ सय तीन, नागरिक उन्मुक्ति पार्टीले ९८ हजार पाँच सय ५४

जो बाइडेनले भने, ‘पुटिनसँग कुरा गर्न तयार छु’, तर राखे शर्त जो बाइडेनले भने, ‘यो युद्ध अन्त्य गर्ने एउटा उपाय छ । सबैभन्दा पहिला पुटिनले आफ्नो सेनालाई युक्रेनबाट बाहिर निकालुन् । तर उनले त्यसो गर्छन् जस्तो लाग्दैन । यस्तो नगरेका कारण उनले ठूलो मूल्य चुकाउनु परिरहेको छ तर उनी युक्रेनमा अविश्वसनीय तरिकाले सर्वसाधारणको मृत्युको कारण बनिरहेका छन् । उनले अस्पताल, स्कूल, नर्सरी स्कूलमाथि बम बर्साइरहेका छन् । उनले जे गरिरहेका छन्, त्यो घटिया हो ।’ ........ ‘जेलेन्स्की राष्ट्रपतिमा निर्वाचित भएदेखि नै वार्ता गर्न इच्छुक थिए, पुटिन नै युद्ध सुरु गर्न चाहन्थे । र मैले यो वर्ष फेब्रुअरीमा रुस र युक्रेनको भ्रमणमा देखेको छु । त्यसैले जेलेन्स्कीले कुराकानीका लागि केही शर्त राख्नु सही छ ।’

को– को छन् मधेस प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी ? सरकार बनाउन सामान्य बहुमतका लागि कम्तीमा ५४ सिट आवश्यक पर्छ । यसका लागि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारलाई समावेश गराउनुपर्ने बाध्यता दुवै गठबन्धनलाई छ । ....... जनमत पार्टीसँग प्रत्यक्षमा छ र समानुपातिकमा सात गरी १३ सिट सङ्ख्या छ भने प्रदेशमा छ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । यस आधारमा सत्ता गठबन्धनलाई सरकार बनाउन आठ सांसद आवश्यक छ भने एमाले गठबन्धनलाई १६ सांसद आवश्यक पर्छ ।

सीके राउत र महन्थ ठाकुरलाई फकाउँदै देउवा सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोसपाबाहेक पनि केही सिट आवश्यक परेपछि प्रधानमन्त्री देउवाले छलफल थालेका हुन् । यस क्रममा उनले जनमत पार्टीका प्रमुख सीके राउतलाई प्राथमिकता दिएको देखिन्छ । ...... बहुमतका लागि प्रतिनिधिसभामा कम्तीमा १३८ सांसदको समर्थन आवश्यक हुन्छ । ...... प्रत्यक्ष र समानुपातिक गरी सत्ता गठबन्धनसँग १३२ सांसद पुग्ने देखिन्छ । ......

सरकार बनाउन सत्ता गठबन्धनसँग ६ सिट अपुग छ । सीके राउतसँग एक सिट प्रत्यक्ष र समानुपातिक पाँचसहित ६ सिट छ ।

....... महन्थ ठाकुर र सीके राउतले मधेस प्रदेश सरकारका लागि गठबन्धनसँग बार्गेनिङ गरिरहेको बुझिएको छ । दुवैजनाले मधेस प्रदेश सरकारको नेतृत्व माग गरिरहेका छन् । सीके राउत नेतृत्वको पार्टीको भूमिका प्रदेश तथा केन्द्र सरकार गठनमा निर्णायक भएको कारण नै सो पार्टीले बार्गेनिङको रफ्तार बढाएको छ । सो पार्टी संघ तथा प्रदेश सरकारमा जाने पक्षमा देखिन्छ । सोही अनुसार सीके राउतले आफ्ना माग सत्ता गठबन्धनसमक्ष अनौपचारिक रुपमा राखिसकेको बताइन्छ । ....... जनमत पार्टीका अध्यक्ष राउत भन्छन्, ‘छलफल सबैसँग भइरहेको छ, तर निष्कर्ष कसैसँग निस्केको छैन ।’ आफूहरुको मुद्दा र मागमा जसले सहमति जनाउँछ, त्यसलाई सहयोग गर्ने उनको भनाइ छ । आफूहरुको मागप्रति सहमति नजनाउनेसँग सरकारमा जान बाध्य नहुने उनले प्रस्ट पारे ।






प्रधानमन्त्रीमा माओवादीको दाबी कति उचित?
जो गतिशील उसकै नेतृत्व माओवादी जनयुद्धका पाँच वर्ष बित्दा–नबित्दै तत्कालीन शाही सेना पैंतालीस हजार जवानबाट दोब्बर बढेर नब्बे हजार जवानको संगठित फौज बनेको थियो । त्यही समयमा गठन भएको थियो, पन्ध्र हजार जवान भएको सशस्त्र प्रहरी बल । शान्ति क्षेत्रका रूपमा कहलिएको नेपालजस्तो सानो देशका लागि कति ठूलो सुरक्षा बल !

संघ र ७ वटै प्रदेशमा सरकार बनाउने एमालेको हैसियत छ : उपमहासचिव गुरुङ
सरकार गठनलगायत विषयमा सबै दलसँग संवाद गर्न एमाले तयार : उपाध्यक्ष नेम्वाङ
कांग्रेसमा नवोदित नेतात्रयको परीक्षा
स्वतन्त्र पार्टी यसकारण सरकारमा जानुपर्छ



5/8/23 Update: Goshen (NY) puts Third World corruption to shame, thanks to greedy, corrupt, unethical lawyers like Andra Dumais. ..... I toppled a Third World dictator and German Radio called me Robin Hood On The Internet. I am not going to get intimidated by some small-town racist. Andrea Dumais is a small-town racist. ....... You are treating me worse than the people 2,000 years ago.

Friday, December 02, 2022

गठबन्धन को स्थिरता संघीयता का कारण





Magic Number: 138

गठबन्धन को स्थिरता संघीयता का कारण  हुनेवाला छ। पुरानो गठबन्धन मा जनमत र उन्मुक्ति थपे पछि र मधेस, लुम्बिनी र सुदुर पश्चिम मा जनमत, लोसपा र उन्मुक्ति लाई हैसियत भन्दा बढ़ी दिँदा केंद्र मा स्थायित्व हुनेछ। 

जनमत लाई मुख्य मंत्री दिने, रेशम लाई मुक्ति। त्यसले केन्द्रमा स्थिरता दिनेछ। 

होइन भने यसै संसद को अंकगणित ले प्रशस्त अस्थिरता दिन सक्छ। 

एमाले ७८ + राप्रपा १४ + जसपा १२ + रास्वपा २१ = १२५ 
जनमत ५ + लोसपा ४ + उन्मुक्ति ३ + स्वतंत्र ५ = १७ 
१२५ + १७ = १४२ 

संघीयता अगाडि यो अस्थिरता दिने गणित हो। अहिले गठबंधन बन्यो भने पाँच वर्ष चलन सक्छ। 


Thursday, December 01, 2022

पहिलो दुई वर्ष प्रचंड, अंतिम तीन वर्ष गगन पनि गर्न सकिन्छ

ओली ले केमिस्ट्री यति सारहो बिगारेका छन कि प्रचंड र माधव को मेरे अँगने में तुम्हारा क्या काम है अझै कायम छ। मधेसी थारू को पनि त्यस्तै हो। एक भए निर्णायक तेस्रो शक्ति बन्ने हो। प्रधान मंत्री नै पड्काउने। तर क्षत विक्षत छन। कोंग्रेसी हरु बढ़ी मिलनसार होइन। तर लोकतान्त्रिक संस्कार को फाइदा भएको छ। गाली गलौज गर्छन अनि वाक स्वतंत्रता भनेर उड़ाइदिन्छन। पार्टी चाहिं एक ढिक्का राख्छन। 

गठबन्धन कायम रहला जस्तो छ। त्यसमा सीके राउत थपिने। पाँच सांसद सीके को। 

प्रधान मंत्री। राष्ट्रपति। उप राष्ट्रपति। सभामुख। उप सभामुख। सात प्रदेश का मुख्य मंत्री। ६ भनौं। एमाले राप्रपा ले एक नंबर प्रदेश पाए जस्तो छ। 

आलोपालो को पहिलो प्रधान मंत्री प्रचंड? दाबी त्यस्तै देखिन्छ। राष्ट्रपति कुनै दलित महिला खोजेर ल्याउनु पर्छ। बाहुन प्रधान मंत्री बाहुन राष्ट्रपति चल्दैन। सभामुख महंथ ठाकुर। उप सभामुख भइसकेको मान्छे। जनमत पार्टी लाई मधेस प्रदेश को मुख्य मंत्री दिनुपर्छ। अरु पाँच मा माधव को पनि एउटा त क्लेम रहला। 

पहिलो दुई वर्ष प्रचंड, अंतिम तीन वर्ष गगन पनि गर्न सकिन्छ। 

अझै पनि ढिलो भएको छैन। सीके राउत ले चार पार्टी को एकीकरण गर्न पहल लिनु पर्छ। भयो भने संसदीय दलको नेता सीके नै हो। जनमत, उन्मुक्ति, जसपा, लोसपा। भोट त जनमत र जसपा को हाराहारी नै छ। एक वर्ष भित्र एकीकरण महाधिवेशन। त्यति बेला सम्म दुई अध्यक्ष। महंथ त सभामुख। होइन भने कमसेकम जनमत र उन्मुक्ति। 

कर्णाली र सुदुर पश्चिम माओवादी लाई दिन सकिन्छ। मुख्य मंत्री। मधेस जनमत लाई। लुम्बिनी नागरिक उन्मुक्ति लाई किन नदिने? रेशम लाई रिहा गर्ने शर्त मा। 

माधव को पार्टी लाई उप राष्ट्रपति। तर जनजाति हुनुपर्ने शर्त मा। 

पहिलो काम नागरिकता विधेयक। विद्या ले अन्याय गरी। 





प्रदेशमा फेरि पनि मिलीजुली सरकार, कस्तो हुन्छ समीकरण ? चारवटा प्रदेशमा गठबन्धनलाई बहुमत, प्रदेश १ मा एमालेसहितको गठबन्धनलाई बहुमत, मधेस र लुम्बिनीमा नयाँ पार्टीको भर .
कांग्रेससँग सहकार्य गर्दै सरकारमा सामेल हुन सिके राउत सहमत प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टीले समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर चार सिट सुरक्षित गरेको छ।



मत परिणामलाई कसरी हेर्ने ?
रेशमको अडान : मुद्दा फिर्ता नभए पार्टीले सपथ ग्रहण नै गर्दैन ‘हामीले टीकापुर घटनाको मुद्दा फिर्ता लिनुपर्छ भनेको छौँ । सरकारले तत्काल मुद्दा फिर्ता लिए प्रदेश र संघ दुवै सरकारमा तुरुन्त सहभागी हुन्छौँ’, पण्डितले भने, ‘यदि सरकारले मुद्दा फिर्ता नलिए प्रदेश र संघको शपथ पनि लिन्नौँ । हामी सडकबाटै दबाब दिन्छौं ।’ ....... सोही घटनामा रेशमसहित प्रदीप चौधरी, हरिनारायण चौधरी, गंगाराम डगौरा, वीरबहादुर चौधरी, सीताराम चौधरी संलग्न भएको भन्दै जन्मकैदको सजाय तोकिएको छ । उनीहरु अहिलेपनि जेलमै जीवन काटिरहेका छन् । अरु ५८ जनाले राजद्रोहको मुद्दा बोकिरहेका छन् । यस्तै टीकापुर घटनामा छानबिन गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा छानबिन समिति समेत बनाएको थियो । लाल आयोगको प्रतिवेदन भने सरकारले अहिलेसम्म सार्वजनिक गरेको छैन ।



शक्ति बाँडफाँट : दलका नजरमा ३४ पद नयाँ सरकार बन्ने प्रक्रियामा गठबन्धन बनाउने र टिकाउने प्रयास गरिरहेका दलहरूको ध्यान भने अहिलेका प्रमुख राजकीय पदहरू प्रधानमन्त्री, राष्ट्रपति र सभामुखमा छ । प्रमुख यी तीनसहित ३४ पद छन्, जसमा सरकार बनाउनुअघि दलहरूबीच बार्गेनिङ सुरु भएको छ । ....... ‘अहिले मुख्य दलका शीर्ष नेताहरूको ध्यान सत्तामा छ, राजकीय पावर सेयरिङमा छ । तर, सुशासन र विकासमा छैन । जनतालाई कसरी डेलिभरी हुन सक्छ भन्नेमा छैन,’ उनी भन्छन्, ‘दलहरूबीच पावर सेयरिङको गृहकार्य सुरू भइसकेको छ ।’ ....... एमालेले चुनावअघि नै अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको थियो भने माओवादी केन्द्रका अध्यक्ष दाहाल पनि प्रधानमन्त्रीका आकांक्षी छन् । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन नगरेको अवस्थासम्म आकांक्षीको लर्को छ ।...... हाल राष्ट्रिय सभाको उपाध्यक्ष पद रिक्त छ भने एक वर्षपछि अध्यक्ष पद नै रिक्त बन्दै छ । ....... पूर्वी तराईमा सीके राउत नेतृत्वको जनमत पार्टी र पश्चिम तराईमा नागरिक उन्मुक्ति पार्टीसम्मको उदयले दलहरूलाई प्रदेशमा बहुमत पुर्‍याउनकै लागि भए पनि गठबन्धनमा धेरै दललाई समेट्नुपर्ने चुनौती छ । .

रवि, तपाईंको राजनीति के हो ? नयाँ दल र तिनका नेताहरूका विचार– व्यवहार पनि लामो समयदेखि कुशासन चलाउने पुराना यथास्थितिवादी दलपतिका आचरणभन्दा कति भिन्न होलान् ? समता, समावेशिता, संघीयता, धर्मनिरपेक्षताका मामिला झन् पश्चगामी त छैनन् ? ..... राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार र विजेताहरू एकआपसमा दोहोरो परिचय समेत नभएको अवस्थामा उनीहरूलाई एउटै विचार, सिद्धान्त र राजनीतिको गाँठोले बाँधिएका नेता–कार्यकर्ता भन्न कसरी सकिएला ? प्रश्न ज्युँदोजाग्दो छ ।....... जनताको मतदानबाट घण्टी बजाएको नवीनतम दल राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक अध्यक्ष रवि लामिछानेको सत्ता आरोहणमा उनको जन्म, जन्मसँग जोडिएको जात–थरको विरासत, जात–थरसँग टाँसिएको उनको खस–आर्य समुदायको पहिचान, त्यस समुदायका शासकहरूको भाषामाथि पकडले बलियो भर्‍याङ र खुड्किलाका रूपमा काम गरे कि गरेनन् ? ....... रवि लामिछाने वा अन्य नेतालाई अब सवाल गर्नुपर्ने हुन्छ- तिम्रा हेराइ, बुझाइ र गराइलाई निर्देशित गर्ने वर्ग र वर्ण के हो दलपति ? ती वर्ग र वर्णबाट मुक्त भएर राज्य र समाजको लोकतन्त्रीकरण गर्न सक्छौ ? ....... गोर्खा साम्राज्य र त्यसपछिको नेपाली राज्यमा खस–आर्य समुदायका छ–थर (थरघर) राजनीतिक कुलीन पुरुषमा एकाधिकार रहेको महेशचन्द्र रेग्मीको भनाइ छ । लोकराज बराल, कृष्ण हाछेथु र हरि शर्माका अनुसार नेपाली कांग्रेस र एमालेजस्ता ठूला राजनीतिक दलसँगै अधिकांश राजनीतिक दलको नेतृत्वमा ब्राह्मण–क्षत्रीजस्ता सवर्ण जात–समूहसँगै ‘थजात’ (उपल्लो जात) का नेवाःको प्रभुत्व छ । यसले मुलुकका सामाजिक, आर्थिक, प्रशासनिक मात्रै होइन, राजनीतिक संरचनामा पनि ‘उच्च जात–समूह’ को उच्च उपस्थिति र माथिल्लो हैसियतलाई देखाउँछ । राजनीतिमा पहाडी जात–समूहको प्रभुत्वको जरो कारण हो- समाजलाई हिन्दु वर्णव्यवस्था अन्तर्गत तहगत संरचनामा बाँड्ने जात–व्यवस्था र त्यसलाई लागू गर्ने हिन्दु राज्य । .......... प्रजापरिषद्का सदस्यहरू उच्च वर्गका सन्तान थिए । यस पार्टीमा मूलतः ब्राह्मण, क्षत्री र नेवाःको सहभागिता थियो भने शूद्रहरू शून्य थिए । यसका सदस्यहरू राणा सरकारका भारदारका छोरानाति थिए, जो आफ्ना बाबुको मृत्युपछि स्वतः उक्त पदमा जागिरे हुन्थे । सरकार र व्यवस्थाबाट दुःख, गरिबी र शोषणको अनुभूति गर्न नपाएका उनीहरू राणाका सन्तानबाट पाएको अपमान र हीनताबोधका कारण असन्तुष्ट तप्का थिए । ........ राणाकै वरिपरि हुर्किएका, राणाद्वारा नै सेवित र पोषित, तर राणाको राजदरबारमा भूमिका खोसिएर बिदेसिनुपरेका खलकका सन्तान नै कांग्रेसको नेतृत्व–पंक्तिमा थिए । नेकपाका संस्थापक पुष्पलालका अनुसार प्रजापरिषद् र कांग्रेसमा विशेष गरी सहर–बजारका, त्यसमा पनि खास गरी उपत्यकाका तीन सहरका ठूला–साना मध्यमवर्गीय व्यक्ति थिए । यी पार्टीहरू संगठनको परिपाटीमा संगठित नभई नेताहरूकै व्यक्तित्वको आधारमा भुले । राणाशासनको अन्त्यपछि उनीहरूले पुँजीवादी जनतान्त्रिक अधिकार हनन गर्दै राजाको शक्ति मजबुत पार्ने तथा जनवादी शक्तिलाई कमजोर पार्ने कार्यमा अग्रिम भूमिका खेले । अतः ‘नेता प्रधान होइन, नीति प्रधान’ गरी सोच्ने बेला आएको छ ।’ ....... राज्य र समाजकै आमूल परिवर्तनको उद्घोषका साथ क्रियाशील कम्युनिस्ट पार्टीमा पनि त्यस्तो वर्णीय, लिंगीय र धार्मिक समूहको एकाधिकार कायमै रहनु तथा त्यसलाई संरचना, प्रक्रिया र पद्धतिमा हेरफेर–सुधारबाट तोड्न नखोज्नु विडम्बना नै हो । ....... नेकपा स्थापना गर्ने पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य र नारायणविलास जोशी सबै नै नेवाः समुदायभित्रका हिन्दु ‘उच्च जात’ का सदस्य थिए, पछि गएर ब्राह्मण पुरुष–सत्ता स्थापित भयो । ........ राजनीतिक दलहरू सम्भ्रान्त वर्गबाट सञ्चालित हुनाले पिछडिएका समूहका समस्याप्रति प्रतिबद्ध छैनन् ...... भ्रातृ संगठनमा संलग्न उपेक्षित अगुवाहरूले अर्काको हली पो भइएछ कि भनी विचार पुर्‍याउनुपर्‍यो ।’ ........ करिब दुई दशकअघि र पछिको राजनीतिक नेतृत्वको जातीय संरचना र प्रभुत्वमा कुनै परिवर्तन आएको छैन, राजतन्त्रसँगै कमजोर भएको क्षत्रीहरूको प्रभुत्वलाई कांग्रेसले थाम्न खोजिरहे पनि एमाले, माओवादी र अन्य दलमा ब्राह्मण एकाधिकार प्रबल छ । मधेशवादी दलमा पनि उच्च र मध्यम जातको प्रभुत्व रहेको अवस्थामा जनमत पार्टी पनि मध्यम जातको एकाधिकारबाट अलग होला भन्न सकिन्न । स्वतन्त्र वा अन्य नयाँ राजनीतिक दलमा पनि ब्राह्मण कुलीन पुरुषहरूकै एकाधिकार रहने स्थितिमा समता र समावेशिताका राजनीतिक–सामाजिक मुद्दा आकाशको फल हुन सक्छ ।

Wednesday, November 30, 2022

जसपा + जपा + नागरिक उन्मुक्ति + लोसपा = १२ लाख भोट



मधेसी थारू एक ढिक्का भए माओवादी र स्वतंत्र पार्टी भन्दा पनि ठुलो बन्ने रहेछन। निर्णायक शक्ति। 




प्रदेशमा फेरि पनि मिलीजुली सरकार, कस्तो हुन्छ समीकरण? चारवटा प्रदेशमा गठबन्धनलाई बहुमत, प्रदेश १ मा एमालेसहितको गठबन्धनलाई बहुमत, मधेस र लुम्बिनीमा नयाँ पार्टीको भर .
कांग्रेससँग सहकार्य गर्न सिके राउत तयार
दुई सातापछि काठमाडौंमा मेलम्चीको पानी
नेपालमा ८८ प्रतिशत महिला पत्रकारमाथि हुन्छ हिंसा
समानुपातिकमा एमालेलाई २७ लाख मत, एकीकृत समाजवादी 'थ्रेसहाेल्ड'नजिक मधेशमा कांग्रेसले तीन लाख ८६ हजार दुई सय ९३, एमालेले तीन लाख ४३ हजार सात सय २८, जनमत पार्टीले तीन लाख सात हजार तीन सय ५०, जसपा नेपालले दुई लाख ८७ हजार आठ सय ४६, माओवादी केन्द्रले एक लाख ७८ हजार नौ सय ३६, एकीकृत समाजवादीले एक लाख १२ हजार र लोसपा नेपालले एक लाख १० हजार आठ सय ५२ मत प्राप्त गरेको छ।



सरकार गठनमा एमालेको पनि गृहकार्य माओवादीलाई सत्तागठबन्धनबाट निकाल्न सके बहुमत जुटाउन सहज

30: Upendra Yadav

जनताको आशाको केन्द्र जनमत पार्टी र डा.सीके राउत नै हो : सिंह
‘यस निर्वाचनको नतिजाले हाम्रो सङ्घर्ष यात्रालाई कुनै असर पार्ने छैन’

Dr. CK Raut



हामीजस्ता मान्छेहरूको उमंग! राजनीतिमा बालेन शाह एवं रवि लामिछानेको चहकिलो प्रवेशबाट उत्साहित जमातलाई नेपालको ‘पीएलयू’ अर्थात् हामीजस्ता मान्छे (हाजमा) प्रवर्ग भनेर व्याख्या गरे फरक पर्दैन । .... मधेशीहरूलाई होच्याउन सर्वेसर्वा शर्मा ओलीले सन् २०१५ तिर ‘मानव साङ्लो’ प्रदर्शनलाई ‘माखे साङ्लो’ भनेका थिए । उनका नृजातीय महिमामण्डकहरू भाषाको व्याख्यासहित प्रतिरक्षामा उत्रिए । जनजातिलाई चिढाउन उनले ‘माकाः फुई’ उखान प्रयोग गरे । खस–आर्य एवं केही नेवाः समुदायका तागधारी एवं ‘जनैजाति राष्ट्रवादीहरू’ दुई बित्ता उफ्रेर थपडी बजाए । ....... खस–आर्य अग्राधिकारको नृजातीय एवं संकीर्ण राष्ट्रवाद एमालेले उचाल्छ, ‘बाह्य शक्तिको आडभरोसामा जातीय–क्षेत्रीय अतिवादी नारा तथा सामाजिक विद्वेष र घृणामाथि आधारित’ राजनीति गरेको दोष भने मधेश–आश्रित दलहरूलाई लगाउँछ । ....... निर्वाचन परिणाम घोषित भइनसक्दै उनले रवि लामिछानेले राजनीतिक मोर्चामा गरेको भड्किलो प्रवेशलाई ‘मामुली कुरा’ भन्दै खारेज गर्ने प्रयत्न गरेका छन् । झापामा पत्रकारहरूलाई उनले भनेका रहेछन्, ‘उदय भनेर जे प्रचार, जे प्रोपोगान्डा गरियो, त्यो वास्तवमा तपाईंहरू (सञ्चारमाध्यम) को कृपा हो’ र थपे, ‘देशलाई गलत बाटोतर्फ लान खोज्दै हुनुहुन्छ नेपालको बौद्धिक जगत्ले । ‘के गन्तव्य हो, के कार्यक्रम हो, के नीति हो केही छैन, हाहाहुहुमा देश त चल्दैन ।’ ...... ‘हाहाहुहुमा देश’ चल्नुपर्छ भन्ने मान्यतालाई मलजल गर्ने देशको सहरिया ‘सेतो कमिज’ जमातमाथि बडो ठूलो मिहिनेत गरेर सर्वेसर्वा शर्मा ओलीले एमालेको एकाधिकार कायम गरेका थिए । यस निर्वाचनमा लामिछानेको राजनीतिक मचानले नेकालाई बढी हानि पुर्‍याएको देखिन्छ । तर रास्वपाले सेँध भने एमालेको राजनीतिक कमाइ थुपारेको गोदाममा पनि बनाएको छ । त्यो कुरा ‘हामीजस्ता मान्छेहरू’ भन्न सकिने प्रभावशाली व्यक्तिहरूको उत्साहमा हेर्न सकिन्छ । ....... त्यस्ता सबै प्रक्रियाहरूको सम्मिलित असरले गर्दा भारतीय महानगरहरूमा ‘पिपल लाइक अस’, छोटकरीमा ‘पीएलयू’, भनिने नव–सांस्कृतिक समूहको उदय भयो जसले बाँकी जति जम्मैलाई ‘पिपल लाइक देम’ अर्थात् ‘पीएलटी’ भनेर खिसी गर्न थाल्यो । ....... सलमान खानको फिल्मले करोडौं कमाए पनि ‘पीएलयू’ रणवीर कपूर मानिन्छन् । ........ एउटा चुनाव हार्दैमा उपेन्द्र यादवले कुनै बेला नेका र माओवादीहरूको वर्चस्वलाई एकसाथ चुनौती दिएको इतिहास मेटिँदैन । ........ देखाउनैका लागि भए पनि सीके राउतले भ्रष्टाचारविरोधी एवं किसानपक्षीय प्रदर्शन पनि गरेका थिए, तर रवि लामिछाने त सोझै घन्टी बजाउँदै चुनावी मैदानमा उत्रिएका हुन् । ........ नेकाको पुरानो स्वरूप सबै खाले प्रजातन्त्रवादी अटाउने चौतारी पार्टीको जस्तो भए पनि अहिले त्यो दल सांस्कृतिक तवरले केही राजावादी र केही हिन्दुत्ववादी, आर्थिक रुझानका हिसाबले छिटफुट पुँजीवादी एवं मनग्गै नवउदारवादी, जातीय संरचनामा पहाडे क्षत्रीहरूको प्रभुत्व तथा अन्तर्राष्ट्रिय सम्बन्धमा अमेरिकीहरूको वर्चस्व स्वीकार गरेको सन् २००३ तिरको ‘शाही कांग्रेस’ भनिने नेका (प्रजातान्त्रिक) संरचनामा फर्किसकेको छ । ......... एमाले सन् १९९० देखि नै कुण्ठित निम्नमध्यमवर्ग (लम्पेन बुर्जुवा), पहाडे पुरोहित जातीय प्रवर्ग, सुख (सुब्बा–खरदार) कर्मचारी एवं साना व्यापारीहरूको मोर्चा रहँदै आएको थियो । सन् १९९० पछि त्यस जमातमा जग्गा दलाल, फाइनान्सका नाउँमा सुदखोरी गर्ने साहु एवं विभिन्न खाले गैसस उद्यमी थपिएका छन् । ....... कुनै बेला माओवादीले शोषित–उत्पीडितको साझा मञ्च बन्न सक्ने सम्भावना बोकेको थियो, अब भने त्यो एमालेजस्तै तर सफल हुन नसकेका कुण्ठित निम्नमध्यमवर्गको जमातमा सीमित हुन पुगेको छ । ........ उपेन्द्र यादवसँग महात्त्वाकांक्षी मधेशी पेसाकर्मीहरू हुने गर्दथे, अब त्यो यादव–बाहुल्य दल हुन पुगेको छ । महन्थ ठाकुर मधेशका ओरालो लागेका सम्भ्रान्तहरूका नेतामा सीमित हुन पुगेका छन् । ....... रवि लामिछानेको ‘बाहुन–क्षत्री–तागाधारी नेवा’ समूह जनमत एवं व्यक्तिवादी पुस्ताका महत्त्वाकांक्षी व्यक्तिहरूको मचानजस्तै लाग्दछ जहाँबाट आ–आफ्नै किसिमको कलाकारिता देखाएर प्रदर्शनकर्ताहरू हाजमाको हूललाई आकर्षित गर्न सफल भएका छन् । ....... बरु घोषित रूपमै विकासवादी विद्वान् सीके राउत नै बेस, कम्तीमा उनले नेकाको भोट त काट्दैनन् । राजनीतिमा नयाँ भएकाले राउतको परिवार एवं मित्रहरूको बाहुल्य रहेको दलसँग लेनदेन पनि अपेक्षाकृत सजिलो हुनेछ । बौद्धिकहरू आफ्नो उल्लास सहजै सार्वजनिक गर्दैनन्, तर प्रजातान्त्रिक पत्रकारहरूमा छचल्किरहेको जोस झन्डैझन्डै सर्वव्यापी छ । ........ एमालेको गढ मानिने काठमाडौं र चितवनबाट घन्टीको आवाज देशभरि गुन्जिएको छ । ....... देशलाई तथाकथित वृद्ध, भ्रष्ट एवं कान्तिहीन नेतृत्वबाट मुक्त गर्न नेपालका सेवानिवृत्त सरकारी अधिकारी, विप्रेषणको भरमा बाँचिरहेका वयष्क दम्पती, घरभाडा उठाएर चारधाम गर्न पल्केका रैथाने व्यापारी, गैसस उद्यम वा परामर्श व्यवसायबाट मनग्गे कमाएका पेसाकर्मी एवं श्रम निर्यातले गर्दा चम्केका वित्तीय व्यवसायी जति जम्मैलाई भ्रष्टाचारविरोधी र युवा नेतृत्व चाहिएको छ । .......... कम्तीमा समानुपातिकमा आफ्नो मत घन्टी वा सूर्य चिह्नलाई दिएका हुन सक्छन्, भावी प्रधानमन्त्री भने तिनैलाई गगन थापा चाहिएको छ । ....... अधिकांश हाजमा गन्यमान्यहरूको सम्पन्नताको मूलस्रोत तिनका पुर्खाको संरचनागत शोषणमा सहभागिता, आफ्नै विगतको अनैतिक कारोबार वा आफन्तहरूको भ्रष्टाचार हुन सक्दछ । भ्रष्टाचारबाट मुक्ति सबभन्दा पहिले तिनैलाई चाहिएको छ । .

मधेश र केन्द्रमा पनि सिके राउतलाई तान्ने दाउमा सत्तारुढ गठबन्धन नेपाली कांग्रेसका पूर्वउपसभापति विलमेन्द्र निधि र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटघाट भएको छ । हालै सम्पन्न निर्वाचनमा सप्तरीबाट विजयी भएका अध्यक्ष राउत कांग्रेस नेता निधिलाई भेट्न उनको निवास बानेश्वर पुगेका थिए । ..... निधिको प्रस्तावमा सहमति जनाउँदै राउतले संघ र प्रदेश सरकार गठनमा सहभागी हुन आफू पूर्ण रुपमा सकारात्मक भएको जवाफ दिएका निधिको सचिवालयको भनाइ छ ।



पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित हुँदै छु : कांग्रेस महामन्त्री थापा महामन्त्री थापाले सबै राजनीतिक दलहरुले प्रत्यक्षतर्फको निर्वाचनमा पनि ३३ प्रतिशत महिला अनिवार्य उम्मेदवार उठाउनुपर्ने गरी निर्वाचन कानुन संशोधन गर्ने काममा ढिलाई गर्न नहुने दोहोर्‍याए । महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि घरघरमै अभियान संचालन गर्नुपर्ने उनको भनाइ थियो ।

उपत्यकाका २७ ठाउँमा बस्छन् सुकुम्बासी

नया सरकार को खाका

गगन थापा। गनगन थापा। अब गर्जन थापा। वर्षमान उपप्रधान। तोशिमा स्वास्थ्य। सीके राउत विज्ञान प्रविधि। जनमत मधेस सरकार मा सहभागी हुने। उन्मुक्ति रेशम लाई उनमुक्त गरेर सुदुर पश्चिम र लुम्बिनी सरकार मा। रेशम मंडेला हो। थारू मंडेला।