Pages

Sunday, June 29, 2025

29: सङ्घीय लोकतान्त्रिक मोर्चा

सङ्घीय लोकतान्त्रिक मोर्चाले देशका ६ स्थानमा मोर्चाको औचित्यबारे सभा आयोजना गर्ने बैठकले मोर्चाको उद्धेश्य, औचित्य र आवश्यकताबारे देशका ६ स्थानमा सभाहरू गर्ने निर्णय गरेको छ । ...... काठमाडौँमा साउन १७ गते सभा गरिने छ भने भैरहवामा साउन २१ गते सभा गरिने छ । त्यस्तै कैलालीमा साउन २३ गते सभाको आयोजना गरिने नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीले बताए । त्यस्तै विराटनगरमा भदौ १६ गते, जनकपुरमा भदौ १८ गते ,वीरगञ्जमा भदौ २० गते सभा आयोजना गरिने उनले बताए । ......... सङ्घीय लोकतान्त्रिक मोर्चाको कार्यविधि २०८२ पारित गरिएको छ । बैठकमा जसपा नेपाल,नागरिक उन्मुक्ति पार्टी,राष्ट्रिय मुक्ति पार्टी,लोसपा लगायत पार्टीका नेताहरूको सहभागीता रहेको थियो ।

सक्रिय राजनीतिमा फर्किइन् विद्या, एमालेमा के पाउँछिन् जिम्मेवारी ?
अब काँधमा मरेको सिनो हालेर हिँड्न सकिँदैन, अर्ली महाधिवेशन गरौँ : रामकुमारी झाक्री
राष्ट्रिय सरकार बनाएर संविधान संशोधनमा जाउँ : कृष्ण पहाडी अमेरिकाको संविधान हालसम्म २७ पटक संशोधन भइसकेको छ । पछिल्लो संशोधन सांसदहरूले आफ्नै कार्यकालमा आफ्नो तलब बढाउन नपाउने बारेमा केन्द्रित थियो । भारतको संविधान औपचारिक रूपमा एक सय ६ पटक संशोधन भइसकेको छ भने एक सय सातौँ संशोधनको सँघारमा छ । ..... संविधान जारी भएको १० वर्षमा प्रायः देशहरूले आफ्नो संविधानको पुनरवलोकन गर्छन् । ०७२ मा जारी भएको संविधान ०८२ मा पुग्दा पुनरवलोकन गर्नुपर्ने ठाउँमा आइपुगेको छ । ....... प्रतिनिधि सभामा रहेको समानुपातिक ११० सिटलाई राष्ट्रिय सभामा लैजाउँ । राष्ट्रिय सभाका ६० सिटलाई त्यसैमा समावेश गरिदिउँ र संख्या घटाउँ । त्यसमा ३३ प्रतिशत महिला अनिवार्य बनाउँ । ........ बलात्कारका घटना हुन्छन्, त्यसमा मेलमिलाप हुन्छ । बलात्कार त मानवताविरुद्धको अपराध हो । दोषीलाई दण्डित गर्नुको साटो मेलमिलाप गर्ने भनेको के हो ? दलितहरूको हत्या भयो । छुवाछुत भइरहेको छ । त्यस्ता अपराधीहरू न्यायालयबाट छुट्दा होस् वा जेलबाट छुट्दा उनीहरूलाई फूल–माला लगाएर खुसीयाली मनाइन्छ भने त्यसलाई के भन्ने ? त्यस्ता व्यक्तिहरूलाई कारबाही गर्ने इच्छाशक्ति नै नभएपछि संविधान त मरिहाल्यो नि ।

९० डिग्री मोड भएको फ्लाईओभर प्रकरण : इन्जिनियरसहित निर्माण कम्पनीलाई कारबाही

मोर्चाले काठमाडौंसहित ६ स्थानमा सभा गर्ने, रुपन्देही ३ मा साझा उम्मेदवार पक्का ! मोर्चाले साउन १७ गते काठमाडौं, २१ गते भैरहवा, २३ गते कैलाली, भदौ १६ गते विराटनगर, १८ गते जनकपुर र २० गते वीरगन्जमा सभा आयोजना गर्ने भएको हो। त्यस्तै बैठकले मोर्चाको कार्यविधि पनि पारित गरेको छ। ....... रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनमा मोर्चाले साझा उम्मेदवार उठाउने विषयमा पनि सहमति गरेको छ। मोर्चामा आबद्ध नागरिक उन्मुक्ति पार्टीले यसअघिको निर्वाचनमा पाएको मतका आधारमा उक्त क्षेत्रमा आफूहरूले उम्मेदवार पाउने दाबी गरेको छ। पार्टी संरक्षक चौधरीले आफ्ना अब्बल उम्मेदवारहरू रुपन्देही ३ मा रहेकाले साझा उम्मेदवार बनाउन आग्रह गरे। ...... नाउपाको प्रस्तावमा जनमत पार्टीबाहेक ६ दलले सहमति जनाएको थियो। ....... नाउपाका संरक्षक चौधरीको अध्यक्षतामा भएको बैठकमा जसपा नेपालका राजकिशोर यादव, मनिष सुमन, शर्मा, नाउपाबाट संरक्षक चौधरी, लालबीर चौधरी, अरुण चौधरी, राष्ट्रिय मुक्ति पार्टीबाट राजेन्द्र महतो, केशव झा र अनिल महासेठ सहभागी भएका थिए। ....... त्यस्तै लोसपाबाट महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण, ज्ञानेन्द्र झा, जनमत पार्टीबाट अब्दुल खान, जनता प्रगतिशील पार्टीबाट हृदयेश त्रिपाठी, शिवजी यादव, सबिर हुसेन र तमलोपाबाट वृषेशचन्द्र लाल र ब्रजकिशोर सिंह बैठकमा सहभागी भएका थिए।

No comments: