Tuesday, April 04, 2023

Democracy For Russia



मधेशमा उपेन्द्र यादव र सीके राउतबीच वर्चस्वको लडाइँ जनमत पार्टीका अध्यक्ष सीके राउत पाँच दिनयता बारामा छन् । बारा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउन शिवचन्द्र कुशवाहालाई पार्टी प्रवेश गराएर मधेश झरेका उनी बिहानदेखि साँझसम्म घरदैलोमा व्यस्त हुन्छन् । ....... राउत गढीमाईस्थित पार्टी कार्यालयमै बास बस्छन् । जनमतका प्रवक्ता बीपी साहका अनुसार हरेक दिन बिहान उठेर अगुवा कार्यकर्तालाई अघि लगाउँदै घरदैलो थाल्छन् । कति ठाउँ उनको साथमा उम्मेदवार कुशवाहा हुन्छन्, कतिपय बेला हुन्नन् । ....... दिनभर घरदैलो गरेर राउत साँझ पार्टी कार्यालयमै फर्किन्छन्, जहाँ वडा इन्चार्ज तथा अगुवा कार्यकर्ता गरी १००-१५० का लागि मेसमा खाना पाकेको हुन्छ । राउत पनि त्यही खाना खान्छन् र पार्टी कार्यालयमै सुत्छन् । साह भन्छन्, ‘कुनै आकस्मिक काम प¥यो भने हो, नभए चुनाव सकेर मात्र फर्किनुहुन्छ होला ।’ ......... घरदैलोका क्रममा पनि राउत चर्को भाषण गर्छन् । ....... सीके राउत, उपेन्द्रमाथि निशाना साध्छन्, ‘जहरिला साँप’, ‘बाहिरिया फिरंगी’, ‘भगौडा’ जस्ता उपनाम दिएर आलोचना गर्छन् । ......... ‘म झन्डा उठाएर मूल बाटोबाटै आइरहेको छु । नेपालको नागरिकलाई बाहिरिया भन्न पाइँदैन ।’ ....... १० वैशाखमा हुने उपचुनावमा यादवसँग जनमतका कुशवाहा उम्मेदवार हुन्, प्रतिस्पर्धा भने राउत आफैंले गर्दैछन् । ......... २०४८ सालमा पहिलो पटक नेकपा एमालेको तर्फबाट सुनसरीमा उठेका यादव गिरिजाप्रसाद कोइरालासँग पराजित भएका थिए । २०५१ सालको आम निर्वाचनमा पनि सुनसरीबाटै लडेर पराजित भएका उनी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मोरङ–५ र सुनसरी–५ क्षेत्रबाट विजयी भएका थिए । ....... ४ मंसिरको चुनावमा एमालेको समर्थनका बाबजुद यादव पराजित भए, दुई गठबन्धनसँग प्रतिस्पर्धा गरेका राउत भारी मतले विजयी भए । ......... जनमतले साना दलहरूको समर्थन जुटाएर छुट्टै उम्मेदवार (ममता झा) खडा ग¥यो । नेताहरूका अनुसार हार्ने निश्चित प्रतिस्पर्धामा जनमतले छुट्टै उम्मेदवारी दिनुको एक मात्र उद्देश्य थियो, उपेन्द्र यादवलाई ललकार्नु । ........ गठबन्धनको बलमा उपचुनाव जित्ने र फेरि संसदमा आउने उपेन्द्रको दाउलाई बुझेका सीके राउतले उपनिर्वाचनको मिति तय नहुँदै उपराष्ट्रपति यादवको निर्वाचन क्षेत्रमा जनमतले उम्मेदवार उठाउने घोषणा गरे । अनि, मंसिरको चुनावमा बारा २ मा दोस्रो भएका माओवादी केन्द्रका शिवचन्द्र कुशवाहालाई पार्टी प्रवेश गराएर उम्मेदवार बनाएका छन् । .......... उपेन्द्र यादवलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाको समर्थनका बावजुद राउत आफ्नो लक्ष्यमा डगमगाएका छैनन् । कतिसम्म भने बारा–२ मा जनमतको उम्मेदवारी रोक्ने शर्तमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमतका अध्यक्ष राउतलाई उपप्रधानमन्त्री तथा उद्योगमन्त्री बन्न प्रस्ताव गरेका थिए । तर राउतले सरकार नै छाडेर चुनावी प्रतिस्पर्धा रोजेका छन् । .......... ‘उनी सत्तामा आउजाउ गरिरहेका दलहरूप्रति मधेशमा रहेको असन्तुष्टि समातेर स्थापित हुन लागिपरेका छन् । ..... महन्थ ठाकुर नेतृत्वको लोसपा निकै कमजोर देखिएको छ ....... उपेन्द्र यादव पनि निरन्तर ओरालो लागेका छन् ...... २००७ सालको राजनीतिक परिवर्तनपछि वेदानन्द झा, २०४७ को बहुदलीय व्यवस्थापछि गजेन्द्रनारायण सिंह र २०६३÷६४ को मधेश आन्दोलनपछि उपेन्द्र यादव उदाएका थिए । ....... अहिले डा. सीके राउत आएका छन् । ........ ‘राजनीति नै गर्ने चाहनाका साथ अमेरिकाबाट फर्किएको बताउँदै नयाँ प्रयोगका विषयहरू त उठाउँछन् तर त्यो नयाँ भनेको के हो र त्यसलाई कसरी हासिल गर्ने भन्ने स्पष्ट पार्न सकेका छैनन्’, उनले भने । ......... कर्णको बुझाइमा महन्थ ठाकुर र उपेन्द्र यादव पछिल्लो पाँच वर्ष काठमाडौंको सत्ता राजनीतिमा लिप्त रहँदा मधेशमा बढेको असन्तुष्टिलाई समाएर जनतामा जान राउतलाई सजिलो छ ।

No comments: