Saturday, April 15, 2023

Bara

उपनिर्वाचनपछि मधेस प्रदेशमा जनमतको मुख्यमन्त्री बन्ने सीके राउतको दाबी ‘चैत्र १५ गतेको माओवादी, काँग्रेस र जनमतको सहमतिप्रति कांग्रेस इमानदार रहने हो भने उपनिर्वाचनपछि मधेसमा जनमतको मुख्यमन्त्री बन्दैछ, नभए कांग्रेसको ।’

'म यो क्षेत्रको धर्तीपुत्र हुँ, जनताले बाहिरका उम्मेदवारलाई भोट दिँदैनौँ भनेका छन्' गठबन्धन नेताहरुको मात्र हो, जनताकोे होइन : कुशवाहा......... माओवादीमा रहँदा २०६४ को चुनावमा यसै क्षेत्रबाट जितेका शिवचन्द्र कुशवाहा गत मंसिरमा सम्पन्न निर्वाचनमा पराजित भए । वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनमा उनी सीके राउत नेतृत्वको जनमत पार्टीबाट उम्मेदवार बनेका छन् । ..... धर्तीपुत्रलाई जिताऔं, आफ्नो क्षेत्रको उम्मेदवारलाई जिताऔं, सप्तरीबाट आएको मान्छेलाई जिताउनुहुन्छ भने भोलिदेखि भेट हुँदैन भनेर जनतालाई आग्रह गरिरहेका छौं । ...... तपाईहरु गाउँमा गएर हेर्नुस्, मेरो कोही प्रतिस्पर्धी छन्जस्तो देखिएको छैन । किनकि ममात्रै यो क्षेत्रको धर्तीपुत्र हुँ, जनताले बाहिरका उम्मेदवारलाई भोट दिँदैनौं भनेका छन् । त्यसैले मैले कसलाई प्रतिस्पर्धी ठान्ने ? मैले प्रतिस्पर्धी देखेकै छैन । ....... स्वाभाविक रुपमा मैले कम्युनिस्ट आन्दोलनमा ठुलो योगदान गरेको छु । तर कम्युनिस्ट पार्टीभित्र देखिएको अन्तरविरोधहरु, खसवादी अहंकार जबरजस्त ढंगबाट लागु छ । मधेसको लिडर अगाडि बढेको हेर्न चाँहदैनन् । यति जालझेल गरेर माइनस गर्न खोज्छन् । त्यसले गर्दा कम्युनिस्ट पार्टीभित्र मैले आफ्नो भविष्य देखिनँ । मैले बाध्य भएर पार्टी परिवर्तन गरेको हुँ । ...... हाम्रो पार्टीका अध्यक्ष सीके राउत यही क्षेत्रमा बसेर, जनताको घरघरमा पुगेर जनताका हरेक समस्याहरुमा लाग्नु भएको छ । हाम्रो पार्टीको योजना यो क्षेत्रमा काठमाडौंको वीर र शिक्षण अस्पताल जस्तो एउटा ठुलो अस्पताल खोल्ने हो । यो क्षेत्रको विकासका लागि शिक्षा, स्वास्थ्यमा बढीभन्दा बढी लगानी गर्ने, किसानका समस्या समाधान गर्ने भन्ने नै हो । ....... यसभन्दा अघि यो क्षेत्रमा बाहिरियाहरु आउने, पैसा र मदिराको बलमा जनतालाई भ्रममा पारेर चुनाव जितेर जाने र त्यसपछि हराउने परम्परा देखिन्छ । यो क्षेत्रको विकास नहुनुको मुख्य कारण यही हो । यी सबै समाधानका लागि आफ्नै क्षेत्रको धर्तीपुत्रलाई जिताउनु पर्छ । ....... यो निर्वाचनमा गठबन्धन नेताहरुका बीच हो, जनताकोे गठबन्धन होइन । मेरो गठबन्धन जनतासँग छ । ...... मंसिरको चुनावमा पनि कांग्रेससँग गठबन्धन थियो तर लागु भएन । केही पार्टीबाट स्वतन्त्र, बागी उम्मेदवार लडेर आफ्नो मत उहाँहरुले लिनुभयो । गएको निर्वाचनमा मैले पाएको मत भनेको मेरो व्यक्तित्वको मत हो ।

विदेशमा भएका नेपालीलाई मतदानमा सहभागी हुन पाउने व्यवस्था गर्ने प्रयासमा छौं : प्रचण्ड
सत्ता गठबन्धनमा सीके राउतको ‘च्याप्टर क्लोज’ जनमत पार्टीले छाडेको खानेपानी मन्त्रालय अब कांग्रेसले लिने भएपछि जनमतका लागि सत्ता यात्रा र गठबन्धनको यात्रा बन्द भएको छ । ....... जनमत पार्टीका उपाध्यक्ष दीपक साहले सरकारमा जाने आफूहरुको कुनै तयारी नरहेको बताए । उनले आफ्नो पार्टीले काम गर्ने मन्त्रालय नपाएको कारण सरकारबाट बाहिरिएको बताए ।



बालेनको अभिव्यक्तिप्रति दलका नेताहरू : अराजकताले सीमा नाघ्यो ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिस डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’ ...... सामाजिक सञ्जालमा राजनीतिक दलका नेता कार्यकर्ताले उनको अभिव्यक्तिप्रति आपत्ति जनाइरहेका बेला उता धरान उपमहानगरपालिका मेयर हर्क साङपाङ् राईले भने समर्थन गरेका छन् । मेयर राईले लेखेका छन्– ‘मेयर बालेन झुकेगा नहि, अब भष्टचारको पोकोलाई तह लगाउनै पर्छ ।’ ...... मेयर शाहले पटक–पटक बागमती नदी किनारमा बसेका सुकुम्वासीलाई हटाउन सहयोगका लागि सरकारलाई आग्रह गरिरहेका छन् । तर सरकारले भने उनको आग्रहलाई टेर पुच्छर लगाएको छैन । यसअघि पनि उनले थापाथलीस्थित बागमती नदी किनारमा बसेका सुकुम्वासी बस्ती हटाउन अघि सर्दा केही नगर प्रहरी घाइते भएका थिए । सुकुम्वासी बस्ती हटाउन सरकारको सहयोग नपाएपछि उनी आक्रामक अभिव्यक्ति दिन थालेका छन् ।

इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन: बालेन साह
आजबाट सिंहदरबारको फोहोर उठ्दैन, नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्छ: बालेन
हामीले जेल कोच्ने भनेर लिस्ट बनाएकाहरूले हाम्रो आलोचना गर्दैछन् : रवि लामिछाने

उपेन्द्र यादवको प्रश्न: ‘सङ्घीयताका लागि बाराका जनता लडिरहँदा सिके राउतहरू कहाँ थिए ?’
प्रहरीलाई बालेन शाहको आग्रह : बाटो मिचेर बनाइएका संरचना हटाऔं
उपेन्द्र यादवमाथि किन खनिन्छन् सीके राउत ? जसपाका अधिकांश नेताहरु अन्तर्राष्ट्रिय शक्तिले सप्तरी–२ मा मत खरिदविक्री गरेर उपेन्द्र यादवलाई हराएको दाबी गरिरहेका छन् । जसपाको चुनावी समीक्षा बैठकमा पनि त्यही निष्कर्ष निकालियो । अन्तर्राष्ट्रिय शक्तिको हातमा पार्टीकै नेताहरु विक्री भएर उपेन्द्र यादवलाई हराएको पार्टीले रिपोर्ट बनाएको छ ।

उपेन्द्र यादवले यसरी गरे ‘ड्यामेज कन्ट्रोल’

No comments: