Sunday, June 21, 2020

BRI र MCC

नेपालमा चीनको BRI बारे बहस भएन। तर अमेरिकाको MCC बारे चर्काचर्की छ। 

बहस र छलफल हुनु राम्रो हो। MCC बारे बहस र छलफल हुनु राम्रो हो तर BRI बारे बहस र छलफल नहुनु अत्यासलाग्दो हो। 
BRI पनि र MCC पनि पुर्वसंरचना (infrastructure) सँग सम्बन्धित हुन। BRI मा सहभागी हुने देश चीनको सैन्य गठजोड़ मा सामेल भएको होइन। BRI मा सहभागी हुन कम्युनिस्ट विचारधाराको प्रचार प्रसारमा लाग्नुपर्छ भन्ने छैन। कम्युनिस्ट विचारधारा त खुद चिनिया कम्युनिस्ट पार्टीले त्यागेको कुरा। तर चीनमा भने उसको राजनीतिक एकमना (political monopoly) बरक़रार छ। नेपालकै कम्युनिस्ट ले कुन चाहिं कम्युनिस्ट विचारधारा पो मानेका छन र? भ्रस्टाचारमा काँग्रेस र पंचायत लाई उछिन्ने होड़बाजीमा लागेको देखिन्छ। 

भनेको कुरा सुन्नु पर्छ तर साथै गरेको कुरा पनि हेर्नु पर्छ। श्रीलंका मा बंदरगाह बनाइ दियो। अनि लि दियो। सैन्य प्रयोग गर्न मिल्ने बंदरगाह। पकिस्तानमा त्यस्तै बंदरगाह बन्दैछ। हुन त अमेरीकी सैनिक उपस्थिति जहाँ तहीं छ। अमेरिका ले गर्न हुने चीनले गर्न नहुने भन्ने होइन। 

BRI प्रोजेक्ट नेपाल ल्याउनु पर्छ। तर कुन शर्तमा ल्याइएको हो त्यो जायज र पारदर्शी हुनु पर्यो। व्यापक छलफल हुनुपर्यो। 

The Belt-and-Road initiative and the rising importance of China's Western  cities - Asiagreen


No comments: