Thursday, June 11, 2020

कोरोना प्रसाद (केपी) ओली को लिमपुयाधुरा नौटंकी मानवता विरुद्ध को अपराध हो

Coronavirus pandemic

यो कोरोना वायरस महामारी बारे नेपाल ले अग्रिम सुचना पायेन भन्ने ठाउँ छैन। जनुअरी मैं चीन को वुहान, त्यस पछि इटली, अनि न्यु यॉर्क शहर को तबाही, त्यस पछि ब्राज़ील, अब आएर मुम्बई र दिल्ली। बालुवाटार मा कानमा तेल हालेर सुतेको बाहेक सबै लाई थाहा छ। मोबाइल फोन चलाउने सबैले समाचार पाएको महिनौं भइसक्यो। 

यो महामारी सँग लड्ने स्रोत साधन नेपाल सँग छैन भन्ने ठाउँ छैन। ओली वरिपरि का मानिसले डकारेको १० अर्ब नै प्रयाप्त रकम हो। गमछा ले नाक मुख छोप्न के स्रोत साधन चाहियो? प्रत्येक मानिस सँग सधैँ ६ फ़ीट को दुरी बनाउन के स्रोत साधन चाहियो? 

सरकारको प्रत्येक तह, समाजको प्रत्येक तपका ले लेज़र फोकस जस्तो एकोहोरो सुचना प्रवाह गर्ने समय हो र थियो। नाक मुख किन छोप्ने, घर भित्र किन बस्ने, ६ फ़ीट को दुरी किन बनाउनु परेको भन्ने कुरा सबै सम्म पुर्याउने बेला यो महामारी को समय। 

जुन जग्गा चीनले नै भारतको हो भनेर सन २०१५ मा नै स्पष्ट भनिदिएको त्यस जग्गा बारे सर्वदलीय धारणा बनाउने समय होइन यो। जुन सड़क १२ वर्ष देखि बन्दै आएको थियो त्यस बारे दुई वर्ष अगाडि अथवा दुई वर्ष पछि निहुँ खोजे पनि त हुन्थ्यो।

यो  लिमपुयाधुरा, लिपुलेक बारे सन २०२० अगाडि मैले कहिले नसुनेको। यो चुच्चे नक्शा मैले जिन्दगीमा कहिले नदेखेको। भन्दैमा कोरोना प्रसाद (केपी) ओली को अडान गलत हो भन्ने अर्थ लाग्दैन। म अज्ञानी हो भने, म अशिक्षित हो भने म त्यो मानन तैयार।  

तर यो त कोरोना प्रसाद (केपी) ओली को राजनीतिक कदम हो। महामारी को समयमा जनताले महामारी को बारे नसोधुन, महाकाली को बारे कुरा गरुन भनेर गरिएको षडयंत्र हो। मैले चिनेका एकसे एक शिक्षित नेपाली कोरोना प्रसाद (केपी) ओली को यो माकुरो जालोमा निर्धक्क फंसेका छन। नेपाली लाई एक शब्द "राष्ट्रियता" भनिदेउ भात खान बिर्सिनछ भने जस्तो। 

यो जग्गाको विवाद हुंदै होइन। 

जग्गाको विवाद हो भने यो महामारी तह लागे पछि दुबै पक्षले म जस्ता अज्ञानी हरु का लागि आ-आफ्नो तर्क र दस्तावेज पारदर्शी किसिमले नै देखाउ। हामी पनि हेरौं के रै छ त गाँठी कुरा। 

सन १८१६ को सन्धि को कुरा आउला। १८६० को कुरा आउला। ब्रिटिश भारत कै बिभिन्न काल खण्डको कुरा आउला। १९५० को कुरा आउला। २५ वर्ष अगाडि ओली नाइके भएर गरेको संधि को कुरा आउला। केही वर्ष अगाडि कै कुरा आउला। संविधान जारी गर्दा नक्शामा त्यो चुच्चो थिएन त। तर म रियल एस्टेट को हिमायती। नक्शा पास गरेर नै आउँछ भने म त भन्छु टिसटा सम्म क्लेम गर। किन कन्जुस्याइँ? 

तर त्यो महामारी पछि। 

अहिले विकास बजट बाट चाहिए जति रकम निकालेर घर घर खाद्य सामग्री पुर्याउने समय हो। यो महामारी को विकराल समय।
 
होइन कोरोना प्रसाद (केपी) ओली लाई हतार नै भएको हो भने संसद ले त पास गरिसक्यो। जाउ जग्गा फिर्ता ल्याउ, ल्याउन नसके खुरुक्क राजीनामा देउ। 

कोरोना प्रसाद (केपी) ओली आफ्नै शब्दमा भैंसी व्यापारी हो। सिङ्ग हेर सिङ्ग भन्दैछ। 

 

 

No comments: