Tuesday, November 26, 2019

सीके राउत: कि ७७ जिल्ला जानु कि सपा, राजपा सँग पार्टी एकीकरण गर्नु

आजको अवस्थामा सपा, राजपा र जपा बीच पार्टी एकीकरण को कुनै संभावना देखिँदैन। तर तीन पार्टी ले अर्को चुनावमा एक अर्काको वोट काटेर दुइ नम्बर प्रदेशमा पनि कम्निस्ट काँग्रेस को उदय हुने अवस्था आएछ भने त्यो गलती गरेको ठहरिनेछ।

उपेन्द्र यादव त्यति बेलाको सदभावना पार्टी छिरेका होइनन र सदभावना पृष्ठभुमि वाला हरु लाई उछिनेका छन। गुगल माइक्रोसॉफ्ट भित्र बाट आएको होइन। त्यसै गरी सीके राउत ले नया पार्टी नया शुरुवात गरेर नै मधेस र देश दुबै लाई बढ़ी फाइदा हुन सक्ने संभावना त छ। तर त्यसका लागि आफ्नो प्रमुख विपक्षी कम्निस्ट काँग्रेस लाई बनाउनु पर्यो।

यो टुँडिखेल को उदघोष ले त्यस किसिमको सन्देश दिएको छ। सीके ले ७७ जिल्ला नै ताके सपा र राजपा सँग किन एकीकरण गर्नु परयो? दुई तिहाई को कम्युनिस्ट पार्टी को सरकार लाई सीधा चैलेंज गर्नु पर्छ। यो सरकार ले व्यापक असंतुष्टि ल्याएको अवस्था छ। नाकसम्म को भ्रष्टाचार छ। विकास छैन। मेलम्ची खोइ? खोक्रो जनता ठग्ने "राष्ट्रवाद!"

मधेसी भनेको लिच्छवी हो। फेरि काठमाण्डु माथि शासन गर्नु पर्छ। नेपाल स्थापना गरेको पृथ्वी नारायण शाहले होइन गोपालवंशीले हो। गोपालवंशी भनेको मधेसी। उपेन्द्र यादव गोपालवंशी को आजको दिनमा नमुना। ओली को "राष्ट्रवाद" त महाकाली बेचेर आफ्नो लागि महल खड़ा गर्ने "राष्ट्रवाद" हो। जुन देशमा भ्रष्टाचार लाई नै "राष्ट्रवाद" भनिन्छ त्यो एउटा बिरामी देश हो। सीके ले नेपाल लाई निको पार्छु भन्नु पर्छ। ओली कर्नाटक बाट आएका हुन। तर नेपाली नागरिक हुन। बसाई सराई गर्न पाइन्छ। बसुधैव कुटुम्बकम।

मधेसी लाई समानता दिलाउने सबैभन्दा उपयुक्त बाटो नै काठमाण्डु कब्ज़ा गर्ने बाटो हो। तराई का २२ जिल्ला का ७०% सीट कब्ज़ा गर्यो कि काठमाण्डु कब्ज़ा हुन्छ।

नेपाल भित्र मधेसी एक करोड़ बढ़ी छन। त्यस मध्ये ५ लाख ले मात्र जनमत पार्टी को सदस्यता लिए काठमाण्डु कब्ज़ा हुन्छ। त्यति सजिलो।

रङभेद विरुद्ध काठमाडौंमा विशाल प्रदर्शन : हेर्नुस् ८१ तस्वीर
मधेश विकासका लागि एनआरएमएको यस्तो छ योजना



No comments: