Pages

Sunday, February 25, 2018

दुई मधेसी दल ले कम्युनिस्ट सरकार सँग सहकार्य गर्नु पर्छ

प्रथम कदम त पार्टी एकीकरण हो। फोरम र राजपा ले पार्टी एकीकरण गर्नुपर्यो। जनताले दिएको मैंडेट हो त्यो। र ओली सरकार सँग सहकार्य गर्नुपर्छ। संविधान संसोधन बिना ओली सरकार मा जान मिल्दैन। तर संसोधन का लागि एउटा कार्यदल बनाएर संवाद लाई अगाडि बढाउन सकिन्छ। प्रचंड, रघुवीर महासेठ, सुवास नेमबांग, रामेश्वर राय यादव, महंथ ठाकुर, उपेंद्र यादव, राजेंद्र महतो, राजेंद्र श्रेष्ठ। यी आठ सदस्य भएको कार्यदल बनाउन सके कुरा अगाडि बढ़न सक्छ। कार्यदल सहमतिमा पुगेको खण्डमा संविधान संसोधन र सरकार मा सहभागिता सँगसँगै पनि हुन सक्छ।

संविधान संसोधन हुँदैन भने देश अर्को चुनाव सम्म मा व्यापक ध्रुवीकरण मा जान्छ। पहाडमा कम्युनिस्ट, मधेसमा फोरम राजपा। पुर्वी पाकिस्तान मा एउटा पार्टीले जितेको र पश्चिमी पाकिस्तानमा अर्को पार्टीले जितेको अवस्था आएथ्यो।

चीनले रेल बनाउने कहिले हो कहिले। अहिले पनि नेपाल का लागि प्रमुख छिमेकी भारत नै हो। कम्युनिस्ट सरकार मा मधेसी दल को सहभागिता छ भने भारत संग डील गर्न सजिलो हुन्छ। होइन भने भारत मा ओली ले ट्रुडो स्टाइल को स्वागत पाउने छन।

कम्युनिस्ट मधेसी सहकार्य को दुरगामी महत्व छ। कम्युनिस्ट एक्लै ले पांच वर्ष शासन गर्छ। कम्युनिस्ट मधेसी मिले १० वर्ष खान्छ। पांच वर्ष ओली पांच वर्ष प्रचंड।

संविधान संसोधन को तर सबैभन्दा ठुलो फाइदा भनेको त्यसपछि मधेसी दल ले पनि आफ्नो सम्पुर्ण राजनीतिक शक्ति आर्थिक विकासको मुद्दा मा लगाउन कर लाग्छ।

संसोधनको प्रथम कदम कार्यदल हो। मेरो गोरुको बारहै टक्का भन्नु हुँदैन दुबै पक्ष ले। खुला मन मस्तिष्क ले एक अर्का को कुरा सुन्दै नया धरातल मा टेकेर समझदारी बनाउनु पर्छ।





























No comments: