Pages

Thursday, April 20, 2017

देशको राजनीति मुठभेड़ तर्फ

मधेसी पार्टीहरुको एकीकरण पहिलो मधेसी क्रांति पछिकै सबैभन्दा ठुलो कदम हो। संघीय संविधान आएर चुनाव हुन्छ भने यस पार्टीले मधेस स्वीप गर्छ। तर काठमांडु को सत्ता पक्ष बलधकेल चुनाव गराउन चाहन्छ। दोस्रो संबिधान सभाको चुनावमा नेपाल सेनाले जुन रोल खेल्यो त्यही रोल फेरि उसलाई दिने तैयारी हुँदैछ। मतदान केंद्र देखि भोट गन्ने ठाउँ सम्म बाकसको सुरक्षा नेपाल सेनालाई दिने प्रयास शुभ संकेत होइन। त्यों त धांधली को ऐलान हो। ज्ञानेंद्र संग पनि यही सेना थियो। सबैलाई चेतना भया। ज्ञानेंद्र ले पनि चुनाव गराई छाड़्यो।

उपेंद्र यादव र बाबुराम ले एकीकरण गरे राम्रो हुन्थ्यो। राजपा र त्यो नया शक्ति फोरम ले संयुक्त आंदोलन गर्न हुन्थ्यो। जनजाति पनि जाग्न थालिसके पहाड़मा।

सीके राउत ले महात्मा गाँधी र Scottish Independence Party को बाटो अख्तियार गरे हुन्थ्यो। गांधी को कांग्रेस पार्टी ले स्वतंत्रता को लागि संघर्ष गर्दा पनि भारत भित्र प्रदेश चुनाव हरु लड्दै, सरकार बनाउँदै आएको हो। सीके राउत ले पार्टी खोलेर त्यही बाटो अख्तियार गरे हुन्थ्यो। लक्ष्य स्वतंत्र मधेस भए पनि चुनाव लड्ने, सरकार बनाउने चलाउने गरेको राम्रो।

भारत देश होइन महादेश हो। यूरोपियन यूनियन सफल भएन। भारत एउटा सफल यूनियन हो। इमान्दारीपूर्वक संघीयता लागु गरे नेपाल देश तोड़नै नपर्ने।

सीके राउत सँग गरिएको व्यवहार नेपालमा लोकतंत्र नभएको कुराको प्रमाण हो।






















No comments: