Pages

Wednesday, July 08, 2015

प्रेमप्रकाश थापामगर र महेन्द्रनारायण निधि : व्यक्ति दुई पीड़ा एक

जनजाति प्रधान सेनापति

देशमा लोकतंत्र को लड़ाई पहाडीले लड्ने गरेको भए जब जब क्रान्ति भयो --- चाहे त्यो सात साल होस या ४६ साल होस या ३६ साल होस् या फेरी सन २००६ होस् --- त्यो कोइराला हरुले गर्ने भए जनकपुर मा होइन बिराटनगर मा शुरू हुन्थ्यो। जनकपुर मा होइन काठमाण्डु मा शुरू हुन्थ्यो। बिराटनगर मा पहिलो शहीद पैदा भएको मधेसी क्रांतिमा हो। जनकपुरले हिंट दिने अनि बल्ल काठमाण्डु का जनता तात्ने भएको छ।

त्यस्तै यो जुन बीर गोर्खाली बीर गोर्खाली भनिन्छ -- त्यो इमेज १००% कमाएको कसले भन्दा खेरी जनजातिले। त्यसमा बाहुन क्षेत्री राणा शाह को केही योगदान छैन।

अनि महेंद्र नारायण निधि लाई प्रधान मंत्री बन्न नदिने? प्रेमप्रकाश थापामगर लाई प्रधान सेनापति बन्न बाट रोकने? अन्याय गर्ने? छेड़की लगाउने? दुबै मेनस्ट्रीम मा आएका मानिस। आफ्नो बलबुतामा माथि पुगेका। आफ्नो मेरिट मा टुप्पो सम्म पुगेका मानिस। अनि त्यसरी सबैले देख्ने गरी अन्याय भए पछि मधेसी र जनजाति समुदाय मा वितृष्णा जाग्दैन?


No comments: