Sunday, March 20, 2016

Nepal News (21)

छिमेकीलाई लोकतान्त्रिक बनाउनमा भारतको भूमिका : प्राध्यापक मुनी
‘सशस्त्र माओवादी आन्दोलन राजनीतिको मूलधारमा आउनु उदाहरणीय’
पछिल्लो समयमा आएर चीनले दक्षिण एशियाली मुलुकहरुको राजनीतिक पद्धतीमा चासो राख्न थालेको अवस्थालाई ‘महत्वपूर्ण र अर्थपूर्ण’ भनेर टिप्पणी गरे ..... मुनीले नेपालको राजनीतिक परिवर्तनको लहरबारे मन्तव्य राख्दै वर्षौंसम्म सशस्त्र युद्धमा होमिएको माओवादी शक्ति शान्तिपूर्ण रुपमा राजनीतिको मुलधारमा आएको घटनालाई विश्वकै लागि उदाहरणीय रहेको बताए । ..... प्राध्यापक उप्रेतीले नेपालका हरेक शासकले भारतको समर्थन खोज्ने गरेको र नेपालको आन्तरिक मामलामा दिल्लीलाई तान्ने गरेको सन्दर्भ उठाउादै यो गलत परिपाटीले पनि द्वैदेशीय सम्बन्धलाई सन्तुलित बनाउन नसकिरहेको बताएका थिए ।
‘बेलायतले गोर्खालीलाई दास बनायो’
गोर्खा भूतपुर्व सैनिक संघ (गेसो) का सभापति पदमबहादुर गुरुङले बेलायतले गोर्खालीहरुलाई भर्ती गरेर भाषा संस्कार र संस्कृति सबै ध्वस्त पारिदिएको आरोप लगाएका छन् । .... नेपाली युवालाई भर्ती गराएर न नेपाली न बेलायती भन्ने स्थितिमा पुर्‍याएको उनले बताए । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार चाल्र्स ह्यारीको पोखरा आउने पूर्व सन्ध्यामा उनले आईतबार पत्रकार सम्मेलनगरी यस्तो अभिव्यक्ति दिएका हुन । ..... गुरुङले बेलायतले नेपालीलाई सेनामा भर्ती गराएर दास बनाएकाले ह्यारीले गोर्खा सैनिकप्रति सहानुभूति देखाउनुको कुनै अर्थ नभएको टिप्पणी गरे । ....ह्यारी भूपु सैनिकहरुको घरमा पुगेर भेटघाट गर्ने कार्यक्रमलाई नौटंकीको संज्ञा दिए । .... उनले नेपाल कहिल्यै पनि बेलायतको उपनिवेश नभएको बताए । प्रथम र दोस्रो विश्वयुद्धमा ज्यान गुमाएका ६० हजार गोरखा तथा अपांग र बेपत्ता भएकाहरुको हिसाब बेलायतले दिनुपर्ने चेतावनी दिए ।
को थिए बेलायत पुग्ने पहिलो नेपाली ?
मोतिलाल सिंहको हराएको इतिहास
दक्षिण एसियाबाटै बेलायत भ्रमण गर्ने जंगबहादुर पहिलो उच्च पदका व्यक्ति थिए । ..... बेलायतमा अचेल एक लाख नेपाली छन् । ..... मोतीलालबारे प्राप्त सबैभन्दा ठूलो तथ्य हो, उनले आपैंmले लेखेको लेख । त्यो लेख सन् १८५० जुलाइको ‘न्यु मन्थली म्यागजिन’ मा प्रकाशित भएको थियो । त्यसमा उनको लेखको शीर्षक थियो, ‘लन्डनमा नेपालीको विवरण’ । उनलाई अंग्रेजी भाषाको राम्रै ज्ञान थियो । त्यसैले उनी अंग्रेजीमा लेख्ने पहिलो नेपाली पनि हुन् । ..... मोतीलाल लन्डनमा सडक सफा गर्दै पैसा थापेर जीविकापार्जन गर्ने कुचीकार थिए । यस्तालाई ‘क्रसिङ स्विपर’ भनिन्थ्यो । भिक्टोरियाको जमानामा लन्डनमा माग्नेहरू थुप्रै हुन्थे । त्यसरी माग्नेभन्दा बाटो सफा गरेर ओहोरदोहोर गर्नेको मन जितेर पैसा माग्नु राम्रै थियो । उनले त्यस लेखमा आफूबारे पनि जानकारी दिएका छन् । उनले आफ्नो लेखमा सम्भावित नेपाली पाठकलाई लिएर उही बेला लेखेका छन्, ‘मेरा टाढा रहेका देशबासीले थाहा पाउन ।’ ..... घमासान युद्धमा म घाइते भएँ र मलाई युद्धबन्दी बनाइयो ।..... अभिशप्त र अपहेलित म पछि जित्ने सेनामै भर्ना भएँ र उनीहरूले जस्तै लड्न र अंग्रेजी बोल्न सिकें । जति बेला शान्तिका दिन आए, म आफ्नो मातृभूमिभन्दा धेरै टाढा कलकत्ता सहरमा बसिसकेको थिएँ । त्यहाँ मैले एक महिलालाई आफ्नो श्रीमती छानें । हाम्रा थुप्रै बालबच्चा भए । एउटा पानीजहाजको अंग्रेज कप्तानले सुन दिने लोभ देखाएको कारण मैले धेरै हन्डर खानुपर्‍यो । यात्राको क्रममा जम्मा गरेका सबै रुपैयाँ पनि हराएँ । ..... केही समयपछि म लन्डनका चिसा सडकमा भोकै तिर्खाउँदै र जाडोले काँप्दै बिताएँ । पछि मैले सेन्ट पउल चर्चको पूर्वपट्टि पैदलमार्गमा हातमा कुचो च्यापेर खडा हुँदै जीवन गुजारा गरें । अन्त्यमा मेरा देशवासीसँग मेरो जम्काभेट भयो । ममाथि महामहिम जंगबहादुरको नजर पर्‍यो । उनको दयाको कारण मेरी श्रीमतीले कुरिरहेको त्यो भूमिमा फर्कने सुनौलो सम्भावना पलाएको छ । आशा छ, उनी बाँचिरहेकी होलिन् ।’ ...... जंगबहादुरलाई भेट्दा मोतीलाल सम्भवत: ५६ वर्षका थिए । त्यति बेलाको चलनचल्तीअनुसार उनले आफ्नो नाम भने ‘मुतिलोल सिङ’ लेखेका छन् । उनले आफ्नो लेखमा जंगबहादुरको बेलायत यात्राबारे लामो विवरण तयार पारेका छन् । ..... द इकोनोमिस्टले सन् १८५० को जुलाई १ मा कतिसम्म लेखेको छ भने, ‘महामहिम नेपाली राजदूतले यी हिन्दु कुचीकारलाई उद्धार गरे र यिनको भाग्य चम्किएको छ । उनी नेपाली टोलीसँग दुई महिनाको बसाइमा दोभाषे बन्नेछन् । यिनी हरेक बिहान उनीहरूसँगै सुन्दर हिन्दु पहिरनमा ठाँटिएर हिँड्छन् ।’ ..... ‘मोतीलालको भक्तपुरस्थित परिवारका नयाँ पुस्ता अझै छन् होला, तिनलाई मोतीलालबारे केही थाहा छ त ?’
यसरी गर्दैछ मधेशी मोर्चाले अबको आन्दोलन
०६२/०६३ मा भएको जनआन्दोलन जस्तै अर्को आन्दोलन गर्ने तयारी मधेशी मोर्चाले गरिरहेको छ । देशका सम्पूर्ण आदिवासी जनजाति, मुस्लिम, महिला, मधेशी, दलित र पिछडा वर्गले यस आन्दोलनका लागि साथ देला भनि हिसाब गरेर मधेशी मोर्चा बसेका छन् । ..... संघीय गठबन्धनमा मधेशी मोर्चाका फोरम नेपाल, तमलोपा, तराई मधेश सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी र मधेशी जनअधिकार फोरम गणतान्त्रिक रहेका छन् भने अन्य दलहरुमा बहुजन समाज पार्टी, लोक दल पार्टी, नेपाल जनजाति पार्टी, समाजिक लोकतान्त्रिक पार्टी, संघीय लिम्बुवान पार्टी, संघीय जनमुक्ति पार्टी र थरुहट तराई पार्टी गरी जम्मा १५ दल रहेका छन् । यसमध्ये आठवटा दलहरु संसदमा छन् । ..... यो राष्ट्रिय आन्दोलनलाई पद्मरत्न तुलाधर, ओम गुरुगं जस्ताले पनि सहयोग गरिरहेका छन् ।
हलिउडमा दीपिका पादुकोणको कामूकता
बाँझो जमिन, लोहिया र राजा वीरेन्द्र
नेपाल ट्रष्टका अनुसार राजा वीरेन्द्रका नाममा विभिन्न जिल्लामा ३३ हजार ८७० रोपनी जग्गा रहेको छ भने भक्तपुरमा मात्रै १०० रोपनी जग्गा अभिलेखमा पाइन्छ । ..... एकातिर जमिन बाँझो अर्कातिर कुपोषणको अवस्था नेपालमा संसारकै उच्च छ । पाँच वर्षमुनिका ४१ प्रतिशत बालबालिकाको शारीरिक वृद्धि रोकिएको छ । उनीहरु २९ प्रतिशत कम तौलका छन् । ११ प्रतिशत दुब्ला छन् । पहाड र हिमाली भेगमा बालबालिकाको शारीरिक वृद्धि अवरुद्ध रहेको खाद्य तथा कृषि सङ्गठनको प्रतिवेदनमा उल्लेख छ । .... नेपालको कुल जनसङ्ख्याको ७१ प्रतिशत जनसङ्ख्या कृषिमा आत्मनिर्भर छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३४ प्रतिशत छ । जमिन उपयोगका हिसाबले ३० लाख ९१ हजार हेक्टरमा खेती गरिँदै आएको छ । घडेरीकरणमा रुपान्तरण तथा बाँझिदै गएको जमिन १० लाख ३० हजार हेक्टर छ भने वन जङ्गलले ढाकेको जमिन ५८ लाख २८ हजार हेक्टर, चरन १७ लाख ६६ हजार हेक्टर, पानीले ढाकेको क्षेत्र तीन लाख ८३ हजार हेक्टर र अन्य जमिन २६ लाख २० हजार हेक्टर रहेको छ ।
कति भयो ओलीको भारत भ्रमण खर्च ?

Friday, March 18, 2016

Valley Metro



काठमाडौंको बीस वर्षीय रेल भिजन
राजधानीका लागि प्रस्तावित बस रापिड ट्रान्जिट (बीआरटी प्रणाली) दूरदर्शी भिजन हुनसक्दैन र यसले अन्तत: यातायातको समस्यालाई निराकरण पनि गर्दैन । तसर्थ उपत्याकाभित्र मास रापिड ट्रान्जिट प्रणाली अर्थात रेलमार्गको विकास जरुरी भइसकेको छ । ..... यो सहर फेरि पनि चीन–भारत व्यापारिक मार्गको केन्द्रविन्दु बन्न सक्छ । .... प्रस्तुत काठमाडौं रेल नेटवर्कलाई प्रस्तावित राष्ट्रिय पूर्व–पश्चिम रेलमार्गसँग जोड्न हुनेगरी बनाउनुपर्छ । ..... आउँदो बीस वर्षभित्र यस किसिमको योजनालाई परिचालन् गर्नसकेमा काठमाडौंको स्वरुप फेरिनेछ । राजधानीले बृहत रूप लिनेछ र उपत्यकाको कायापलट हुनेछ ।

Nepal News (20)

मधेस आन्दोलनबारे चिनियाँ दूतको चासो
संघीय गठबन्धन आबद्ध १५ मधेसी जनजाति पार्टीका नेता भेट्दै चिनिया राजदूत उ छुन्थाईले संविधान निर्माण प्रक्रियासँग असन्तुष्टिबाट सुरु भएको मधेस आन्दोलन सहमतिबाट समाधान हुनुपर्ने बताएका छन् । ..... ‘संविधानले सबैथोक दिएको छ भनी प्रधानमन्त्रीले दिल्ली भ्रमण क्रममा भन्नुभएको सत्य होइन, त्यही कुरो बेइजिङमा पनि दोहोर्‍याउनु होला कि भनेर ध्यानाकृष्ट गर्न आएका,’ राईले गठबन्धन टोलीले राजदूत भेट्न खोज्नुको औचित्य खुलाउदै भने, ‘यो संविधानले सबैको माग सम्बोधन गरेको छैन । यसमा भएका असन्तुष्टि सुधार गरेर लैजानुपर्छ भनेर हामी शान्तिपूर्ण आन्दोलनमा गयौं, तर उल्टै प्रदर्शनकारीलाई ताकी–ताकी गोली हानियो ।’ ...... राजदूतले विकास र समृद्धिबारे लामो मन्तव्य दिएपछि राईले फर्काए, ‘नेपालमा जबसम्म शान्ति हुदैन, तबसम्म विकास हुदैन । अहिलेको संविधानले स्थिरता दिन खोजेको छैन ।’ ...... राजदूत उले मधेस आन्दोलनका क्रममा मानव अधिकार उल्लंघन भएको भनी मानवअधिकार आयोगबाट प्रस्तुत प्रतिवेदनबारे पनि चासो देखाएका थिए ।....... मधेस आन्दोलनका क्रममा उठेका मुद्दाको अझै सम्बोधन नभएको, आन्दोलनमा व्यापक धरपकड भएको, अस्पतालभित्र समेत सरकारी फौजले आक्रमण गरेको, निर्दोषहरुलाई गिरफ्तार गरी मानव अधिकार हनन गरिएको, असोज ३ गते जारी संविधान छ महिना बितिसक्दा पनि कार्यान्वयन हुन नसकेको ...... लोक दलका अध्यक्ष कौशल सिंह, दलित पार्टीका अध्यक्ष गंगा महरा, सामाजिक लोकतान्त्रिक पार्टी अध्यक्ष जीवन साह, लिम्बुवान पार्टी अध्यक्ष कुमार लिङ्देन
चीनसँग अझै सम्बन्ध विस्तार गर्नुपर्छ : बाबुराम
‘कांग्रेस, एमाले र एमाओवादीका नेता भ्रष्टाचारमा लागे’
नयाँ शक्ति नेपालले ऋषवदेव भट्टराईको संयोजकत्वमा शुक्रबार १७५ सदस्यीय गोरखा जिल्ला अन्तरिम परिषद घोषणा गरेको छ । .... उनी सशस्त्र प्रहरीका पूर्व एआईजी समेत हुन् ।
कांग्रेसले मधेस समस्या समाधानका लागि वार्ताअघि बढाउने
मँहगी र कालोबजारी नियन्त्रण गर्न नसकेकोमा सरकारको आलोचना
बैठकले पार्टी संसदीय दलको निर्वाचन सम्पन्न गर्न रमेश रिजालको संयोजकत्वमा सुरेन्द्र पाण्डे र गुरु घिमिरे सदस्य रहेको समिति गठन ..... लामो समयदेखि हुन नसकेका भातृ संस्थाहरुको अधिवेशन ६ महिना भित्र सक्ने समेत निर्णय गरेको छ

हल्ला बोल ! जागा जनकपुर !!

Posted by Brikhesh Chandra Lal on Friday, March 18, 2016

"अहिले जुन ठाउंलाई मधेश भनिन्छ, आदीकालमा त्यो बिशाल पर्वत श्रृंखला थियो ।उसबेलाकोअखन्ड नेपालका शासक राजा जनक थिए, जो यहि...

Posted by Manoj Gajurel on Thursday, March 17, 2016

“मधेश आन्दोलन का सम्बोधन, शहिदों का सम्मान, पहचान सहित का संघीयता, अधिकार सहित का संविधान”

Posted by Anil Kumar Jha on Friday, March 18, 2016

जनकले आधा देश दिन खोजे, सीताले भनिन्-'दाइजो हैन, म देश चाहान्छु', सीताजीको यही 'म देश' नै कालान्तरमा 'मधेश' भएको हो ।

Posted by Manoj Gajurel on Thursday, March 17, 2016
VID-20150320-WA0021.mp4

माफ करना, ये विडियो दोस्तों में बांटे बगैर ना रहे सका ।

Posted by Paresh Thakkar on Thursday, March 19, 2015