Sunday, June 28, 2015

गगन थापा र सर्वोच्च अदालत

गगन थापाको प्रस्ताव- संविधान जारी गर्नुअघि नै प्रदेशको सीमांकन यसरी गराैं
यदि अहिले नै टुङ्गाउन सकिंदैन भने अहिले नै संविधानसभाबाट आयोगको गठन गर्ने प्रकृया अगाडि बढाऔं र संविधानमा प्रस्तावित व्यवस्थालाई थप प्रष्ट गरौं र भनौं- ‘संविधानसभाद्वारा गठित संघीय आयोगले संविधान जारी भएको ६ महिनाभित्रमा प्रदेशको सीमाङ्कन सम्वन्धी सिफारिस गर्नेछ । आयोगको सुझावको आधारमा प्रदेशको सीमाङ्कन सम्बन्धी अन्तिम निर्णय यस संविधानवमोजिम रुपान्तरित व्यवस्थापिका-संसदमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको २ तिहाइ बहुमतले गर्नेछ।
प्रचण्ड को कटुवाल प्रकरण मा के भयो? कैबिनेट मा छलफल भएर निर्णय लिनुपर्ने प्रधान मंत्री प्रचण्डले। तर कैबिनेट मा थिए मधेसी हरु। मधेसी सँग किन छलफल गर्नुपर्यो र जस्तो लाग्यो प्रचंड लाई। कैबिनेट ले पास गरेको निर्णय राष्ट्रपति को मा लानुपर्ने। उसले लगेन। किनभने राष्ट्रपति मधेसी थियो। मधेसी राष्ट्रपति लाई राष्ट्रपति मान्नु उसको "राष्ट्रियता" ले दिँदैन।

त्यो कटुवाल प्रकरण ले गर्दा हो पहिलो संविधान सभा तुहिएको। कम सानो गल्ती थियो त्यो?

अहिले भुकम्प गयो। प्रधान मंत्री को सिफारिश मा राष्ट्रपतिले लागु गर्ने हो इमरजेंसी। कायममुकायम प्र म बामदेव। यसो हेर्यो राष्ट्रपति छ मधेसी। मधेसी मार्फ़त पनि कोही जान्छ जस्तो लाग्यो बामे लाई। उसले आफै ले इमरजेंसी को घोषणा गर्यो। त्यो इमरजेंसी लागु भएकै छैन। कति काँग्रेसी हरु लाई पनि त्यो सान्तिनो कुरा जस्तो लाग्यो।

अहिले आएर सर्वोच्च अदालत को निर्णय नमान्ने हरु मध्ये एक जना गगन थापा पनि देखिएका छन।

गगन थापाको प्रस्ताव- संविधान जारी गर्नुअघि नै प्रदेशको सीमांकन यसरी गराैं
यदि अहिले नै टुङ्गाउन सकिंदैन भने अहिले नै संविधानसभाबाट आयोगको गठन गर्ने प्रकृया अगाडि बढाऔं र संविधानमा प्रस्तावित व्यवस्थालाई थप प्रष्ट गरौं र भनौं- ‘संविधानसभाद्वारा गठित संघीय आयोगले संविधान जारी भएको ६ महिनाभित्रमा प्रदेशको सीमाङ्कन सम्वन्धी सिफारिस गर्नेछ । आयोगको सुझावको आधारमा प्रदेशको सीमाङ्कन सम्बन्धी अन्तिम निर्णय यस संविधानवमोजिम रुपान्तरित व्यवस्थापिका-संसदमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको २ तिहाइ बहुमतले गर्नेछ ।
किन? सर्वोच्च को जुन निर्णय आयो, त्यति बेला कुर्सीमा एउटा मधेसी बसेको थियो भनेर? प्रचंड र बामे ले मधेसी राष्ट्रपति नमान्ने अनि गगनले मधेसी न्यायधीश नमान्ने भने पछि प्रचंड, बामे र गगन बीचको फरक के?


देशमा राष्ट्रपति भन्दा ठुलो पद छैन। त्यो पदमा पुगेर पनि मधेसी ले अपमान नै पाऊँछ भने सीके राउत को बाहेक अरु सबै को कुरा बेठीक जस्तो देखिएन? 

आठ राज्यको सीमांकन र नामांकन

गगन थापाको प्रस्ताव- संविधान जारी गर्नुअघि नै प्रदेशको सीमांकन यसरी गराैं ---- संघीयताको सुनिश्चितताका लागि केही प्रस्ताव


मुख्य कुरा प्रत्येक आठ राज्यको राज्य सभा मा पनि र प्रतिनिधि सभामा पनि जनसंख्या समानुपातिक प्रतिनिधित्व हुनुपर्यो। नत्र भने भाँडभैलो हुन्छ। तर आठ राज्यको नामांकन र सीमांकन मा यी दुबै सँग म सहमत छु। तल हेर्नुस्।


कोचिला, मिथिला, भोजपुरा, थरुहट, कोशी, बागमती, गण्डकी, कर्णाली


अर्को नागरिकता को सवालमा बेइमानी को प्रपञ्च हुँदैछ।  त्यो देश तोड्ने प्रयास गरिएको हो। 

Saturday, June 27, 2015

मधेसी लाई अनागरिक बनाउने राजनीतिक षड्यंत्र ले गर्दा देश टुट्छ

मधेसी लाई अनागरिक बनाउने राजनीतिक षड्यंत्र ले गर्दा देश टुट्छ भने देश टुटेको जिम्मेवारी कसको हुन्छ? मधेसी पहाड़ी सँग बस्न नचाहेको भन्दा पनि पहाड़ी मधेसी सँग बस्न नचाहेको अनि देश टुटेको भन्ने अर्थ लाग्छ। अनि यो षड्यंत्र को रिंग लीडर हरु सुशील र केपी। केपी ओली लाई त ठ्याक्कै मतलब छैन। बरु देश टुटोस, अनि टुटेर बाँकी रहने देशको प्रधान मंत्री म हुन पाऊँ भन्ने छ केपी ओली लाई। देश टुट्यो भने उसलाई प्रधान मंत्री बन्न बाट रोक्ने मधेसी हरु देश भित्रै रहँदैनन् --- अनि क्या मजा भन्ने छ केपी लाई।

देश टुटने मात्र होइन, नाकाबंदी होला त्यहाँ -- चेतना भया।