The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Saturday, February 07, 2015
Friday, February 06, 2015
सांस्कृतिक विविधताको धन र पृथ्वी महेन्द्रको धान
र तलका दुई फोटो पृथ्वी शाह र महेंद्र शाहका कर्तुतको हो।
सांस्कृतिक विविधताको धन र पृथ्वी महेन्द्रको धान ---- धेरै फरक छ। संघीयता भनेको नेपालको सांस्कृतिक विविधता धन हो भन्ने बुझ्नु हो। मैले आलंकारिक रुपमा भनेको होइन। टुरिज़म इंडस्ट्री को कुरा गरेको।
Thursday, February 05, 2015
Gajendra Rajmarg, Buddha Railmarg, Janak Rajmarg
मधेस राज्यलाई नेपालको गुजरात बनाउनु पर्ने हुन्छ, आर्थिक हिसाबले। नेपालीहरु मलेसिया कतार होइन मधेस जाने भन्ने होस्। त्यसको लागि infrastructure चाहिने हुन्छ।
प्रत्येक १०-२० किलोमीटर को दुरीमा उत्तर दक्षिण राजमार्ग हरु पनि चाहिने हुन्छ।
बुलेट ट्रेन ले त मेची देखि महाकाली ३ घण्टामा पुर्याई दिने हो। ल्हासा बाट लुम्बिनी हुँदै दिल्लीको बाटो खुलने हो।
प्रत्येक १०-२० किलोमीटर को दुरीमा उत्तर दक्षिण राजमार्ग हरु पनि चाहिने हुन्छ।
बुलेट ट्रेन ले त मेची देखि महाकाली ३ घण्टामा पुर्याई दिने हो। ल्हासा बाट लुम्बिनी हुँदै दिल्लीको बाटो खुलने हो।
Wednesday, February 04, 2015
सगुन को महत्व
हिजो चौतारी को बेसमेंट मा बड़ो मजाको दृश्य देख्न पाइयो। न्यु यार्कले Sagoon.com तर्फ पाइला चाल्यो। खगेन्द्रजी र विमलजी ले शुरुवात गर्नु भो। दुबै जना न्यु यॉर्क को नेपाली समुदाय को visible मान्छे मध्ये पर्नु हुन्छ। यो देखेर केही अरु पनि आउने आशा गरिएको छ। नार्थ कैरोलिना र टेक्सास का केही नेपालीले पनि चासो लिएका छन। ट्रेन छुट्न छुट्न लाग्यो।
मेरो judgment call ------ सगुनमा अहिले हालिएको 25K भनेको लगभग ५ वर्षमा मिलियन हो। रूस सेकंड वर्ल्ड देश। त्यहाँ मास्को मा ५०० नेपाली भएको ठाउँ मा त ३० जना मिलियनेयर छन ह रे। न्यु यॉर्क मा त हुनुपर्यो कमसेकम ५० जना। सगुन एउटा मौका हो। It is an opportunity.
मैले सगुन लाई राउंड २ को fundraising मा सघाउँदै छु। त्यही भएर आतंरिक कुराहरु थाहा पाउने मौका पाएको छु। I have been impressed.
एउटा टेक स्टार्टअप ले देखाउन सक्नुपर्ने मापदण्ड के हुन्छ भने ------ do you have a rapidly growing user base? Visitor हुन्छ, a subset of visitors are registered users, a subset of registered users are active users. The industry standard definition is, an Active User is someone who uses your product at least once a month. त्यो active user बेस ५०,००० हजार कटयो भने you become interesting to most investors.
हिजो चौतारी मैं माथि अंजन सँग भेंट भो। I was glad to learn he has not only launched his tech startup but that it is also making active progress. Good to know.
यो गोविन्द गिरी र कविन्द्र सिटौला को सगुन सम्बन्धी चौथो भ्रमण थियो न्यु यॉर्क को। दोस्रो र तेस्रो भ्रमण मा अलि हताश नै भएको अवस्था थियो। Those emotional ups and downs are unavoidable with any startup. That is why it helps to have a Cofounder!
गोविन्दं गिरी को Founder CEO पर्सनालिटी छ। सगुन को user base र गोविन्दजीको Founder CEO पर्सनालिटी देखेर मैले हो सगुन लाई पत्याएको।
नवंबर मा चौतारी को बेसमेंट मा जब सगुनले आफ्नो पहिलो न्यु यॉर्क presentation गर्यो त्यो दिन अगाडि मैले कहिले न सगुन को नाम सुन्या छ न गोविन्द गिरीको। कविनजी सँग चाहिं एक चोटि DC मा २००१ ताका भेंट भएको, socially.
मेरो गाउँ मा एउटा छ शिव शरण भगत भन्ने --- अहिले काठमाण्डु मा होला। उमेरले मभन्दा ३-४ वर्ष मात्र जेठो भए पनि नाता मा बाजे पर्ने। कविनजी त्यस्तै विभिन्न मान्छे ले काका भन्नु पर्ने मान्छे हुनु हुँदो रैछ। यहाँ देखि DC सम्म।
मेरो भान्जा सुनील साह NRN को चुनाव लड्दैछ। उसको कार्यक्रम थियो थकालीमा। त्यस पछि त्यहीं बाहिर प्रमोद सिटौला सँग भेंट भयो। मैले पछि प्रमोदजी ले फेसबुक मा ईमेल गरें।
Pramodji. It was good to bump into you earlier in front of Thakali Kitchen.
एक समय हामी लोकतंत्रकालागि एक जुट थियौं। अहिले संघीयताको सवालमा हाम्रो फरक मत हुन सक्छ। तर त्यसपछि फेरि आर्थिक क्रांतिको मुद्दामा लोकतान्त्रिक आंदोलन भन्दा पनि कड़ा किसिमले एक जुट भएर अगाडि बढ्नु छ। कबिन सिटौलाजी तपाइँको काका हुनुहुँदो रैछ। Sagoon.com मा मैले सघाउँदैछु। मेरो भान्जा सुनील साह चुनाव लड्दैछ। तपाइँको सहयोगको अपेक्षा छ। धन्यवाद।सगुन को महत्व नेपालको आर्थिक क्रांति सँग छ।
Tuesday, February 03, 2015
"स्वायत्त मधेश प्रदेश" लाई Negotiation टेबलमा ल्याउने अधिकार कसैलाई छैन
"स्वायत्त मधेश प्रदेश" भनेको संविधानमा लेखि सकिएको कुरा। त्यो निष्कर्षमा पुगि सकेको कुरा। त्यसलाई वार्तामा ल्याउने अधिकार कुनै मधेसी नेतालाई छैन। अरुको त कुरै छोडौं।
गणतंत्र २००६ को अप्रिल क्रांतिको निर्णय। त्यस गणतंत्रलाई वार्तामा ल्याउने अधिकार प्रचंडलाई छैन। गणतंत्र, लोकतंत्र, मानव अधिकार, धर्म निरपेक्षता, संघीयता, "स्वायत्त मधेश प्रदेश" -- यी सब निष्कर्षमा पुगि सकेका बुंदाहरु हुन।
"स्वायत्त मधेश प्रदेश" लाई Negotiation टेबलमा ल्याउने हो भने गणतन्त्रको विषयमा ज्ञानेन्द्र शाहलाई वार्तामा डाक्नु पर्ने हुन्छ। उसको नाता गोता को मान्छेलाई डाक्नु पर्ने हुन्छ। के छ विचार भनेर सोध्नु पर्ने हुन्छ। होइन भने झापा, मोरंग बारे केपी आलु, कंस सिटौला, कैलाली बारे शेर देउबालाई किन सोधेको?
"स्वायत्त मधेश प्रदेश" लाई Negotiation टेबलमा ल्याउने अधिकार कसैलाई छैन।

प्रचण्डले गर्न सक्ने एक मात्र गल्ती
प्रचण्डले हिंसाको ह पनि नसोच्ने हो, न बोल्ने हो। सोचेका छन अथवा बोलेका छन भनेर मैले भनेको होइन। तर अहिलेको अवस्थामा प्रचण्डले गर्न सक्ने गल्ती त्यो एउटा मात्र छ।
नत्र भने विश्वका भारत लगायत प्रमुख शक्ति सबै सहमतिको कुरा नै गर्दैछन्। नेपालको शान्ति प्रक्रिया विश्वको चासोको बिषय हो। अंतर्राष्ट्रीय सहानुभूति छ अहिले प्रचण्डसँग। पुराना सम्झौताहरु कार्यान्वयन गर भनेर विश्व शक्तिहरुले भन्दै आएका छन। यो moral high ground छोड्ने गल्ती प्रचण्डले गर्नु हुँदैन।
संयुक्त राष्ट्र संघका महासचिवको नेपालको शांति प्रक्रियामा गहिरो अभिरुचि छ।
प्रचण्डले केही दिन अगाडि भने राजासंग सेना थियो र बन्दुक उठाउनु पर्यो। काँग्रेस एमालेसँग सेना छैन, इनका विरुद्ध जनताकोमा जाने हो। जनतामा जाने विश्लेषण सही हो।
हिंसाको ह पनि सोच्ने अथवा बोल्ने हो भने सबभन्दा पहिला त अलायन्स तोडेर मधेसी पार्टीहरु भाग्छन्, त्यसपछि अंतर्राष्ट्रीय सहानुभूति गायब हुन्छ।
प्रचण्डसँग अंतिम अस्त्र बिभिन्न छन। संविधान सभाबाट निस्किदिने ऑप्शन छ। क्रांतिको ऑप्शन छ। बलधकेल संविधान जारी गरिन्छ भने ७५ जिल्ला सदरमुकाममा त्यो संविधान जलाएर क्रांतिमा होम्मिने हो।
प्रचण्डले गर्न सक्ने एक मात्र गल्ती प्रचण्डले गर्नु हुँदैन। सुशीलले यही कुरा बुझेर झुठ बोल्न थालिसक्यो। प्रचण्डले बन्दुक उठाउने धम्की दिएका छैनन् तर सुशीलले बन्दुकको धम्की दियो भनेर झुठ बोल्न थालिसक्यो।

Subscribe to:
Posts (Atom)