Pages

Tuesday, February 03, 2015

प्रचण्डले गर्न सक्ने एक मात्र गल्ती

प्रचण्डले हिंसाको ह पनि नसोच्ने हो, न बोल्ने हो। सोचेका छन अथवा बोलेका छन भनेर मैले भनेको होइन। तर अहिलेको अवस्थामा प्रचण्डले गर्न सक्ने गल्ती त्यो एउटा मात्र छ।

नत्र भने विश्वका भारत लगायत प्रमुख शक्ति सबै सहमतिको कुरा नै गर्दैछन्। नेपालको शान्ति प्रक्रिया विश्वको चासोको बिषय हो। अंतर्राष्ट्रीय सहानुभूति छ अहिले प्रचण्डसँग। पुराना सम्झौताहरु कार्यान्वयन गर भनेर विश्व शक्तिहरुले भन्दै आएका छन। यो moral high ground छोड्ने गल्ती प्रचण्डले गर्नु हुँदैन।

संयुक्त राष्ट्र संघका महासचिवको नेपालको शांति प्रक्रियामा गहिरो अभिरुचि छ।

प्रचण्डले केही दिन अगाडि भने राजासंग सेना थियो र बन्दुक उठाउनु पर्यो। काँग्रेस एमालेसँग सेना छैन, इनका विरुद्ध जनताकोमा जाने हो। जनतामा जाने विश्लेषण सही हो।

हिंसाको ह पनि सोच्ने अथवा बोल्ने हो भने सबभन्दा पहिला त अलायन्स तोडेर मधेसी पार्टीहरु भाग्छन्, त्यसपछि अंतर्राष्ट्रीय सहानुभूति गायब हुन्छ।

प्रचण्डसँग अंतिम अस्त्र बिभिन्न छन। संविधान सभाबाट निस्किदिने ऑप्शन छ। क्रांतिको ऑप्शन छ। बलधकेल संविधान जारी गरिन्छ भने ७५ जिल्ला सदरमुकाममा त्यो संविधान जलाएर क्रांतिमा होम्मिने हो।

प्रचण्डले गर्न सक्ने एक मात्र गल्ती प्रचण्डले गर्नु हुँदैन। सुशीलले यही कुरा बुझेर झुठ बोल्न थालिसक्यो। प्रचण्डले बन्दुक उठाउने धम्की दिएका छैनन् तर सुशीलले बन्दुकको धम्की दियो भनेर झुठ बोल्न थालिसक्यो।


No comments: