Saturday, January 31, 2015

सभामुखलाई धम्क्याउन पाइँदैन



सभामुख पदमा बसेको मान्छेलाई कुनै पार्टी सभापतिले अरहाउने होइन, आदेश दिने होइन। केपी ओलीले सभामुखलाई धम्क्याएको कुराहरु बाहिर आएका छन। त्यो संविधानको उपहास हो। त्यो संविधान सभाको मान हानि हो। त्यो प्रक्रिया नमानेको मात्र होइन, गैर कानुनी कुरा हो।

सीके राउतको मानव अधिकार हनन गर्न पाइँदैन, सभामुखलाई धम्क्याउन पाइँदैन, आदेश दिन पाइँदैन।


चितवनलाई मधेस राज्यमा राख्नुको महत्त्व

अंतरिम संविधानमा "स्वायत्त मधेस प्रदेश" लेखेको उहिले। झापा, चितवन, कंचनपुर सबै पर्छ त्यसमा। संविधानमा लेखिसकेको कुरा अब आएर झिक्ने होइन। झिक्नु तर्कसंगत नै होइन।

चितवन भनेको ऐतिहासिक रुपमा थारुहरुको ठाउँ। बसाई सराईको क्रममा अहिले पर्वते त्यहाँ बहुमतमा पुगेका छन। पाइन्छ। एउटा देशको मान्छे त्यस देशको जुनसुकै भागमा गएर बस्न पाउँछ। त्यो आधुनिक राज्यको सिद्धांत हो।

तर पर्वते बहुमतमा पुग्ने बितिक्कै त्यस भूभागलाई मधेसबाट झिक्दै जाने हो भने मधेसी क्रांतिले स्थापित गरेको भौगोलिक संघीयताको सिद्धांत मर्माहत हुन्छ। मधेसी क्रांतिले संघीयता स्थापित गर्यो। मधेसी क्रांतिले एक मधेस एक प्रदेश स्थापित गर्यो। त्यस एक मधेस एक प्रदेशलाई negotiation टेबलमा ल्याउने अधिकार कसैलाई पनि छैन, मधेसी नेताहरूलाइ पनि छैन। मधेसी नेता भनेका मधेसी क्रांति माथि होइनन्। एक मधेस एक प्रदेशको नारा फोरमको या उपेन्द्र यादवको नारा होइन। त्यो मधेसी क्रांतिको नारा हो, जनताबाट स्वतःस्फूर्त आएको नारा हो। संस्थागत भइसकेको नारा हो। त्यसरी संस्थागत भइसकेको कुरालाई negotiation टेबलमा ल्याउने हो भने ज्ञानेन्द्रलाई पनि negotiation टेबलमा ल्याएर गणतंत्र बारे के छ विचार भनेर सोध्नु पर्ने हुन्छ। संबिधानमा लेखिसकेको गणतंत्र चाहिं ज्ञानेन्द्रले मान्नुपर्ने तर संविधानमा लेखिसकेको "स्वायत्त मधेस प्रदेश" चाहिं राजनीतिक पार्टीका नेताले माने पनि हुने नमाने पनि हुने?

संघीयता कुनै जटिल मुद्दा होइन। वास्तवमा जटिल मुद्दा गणतंत्र नै थियो। धर्म निरपेक्षता पनि जटिल मुद्दा हो। तर ती दुबै मुद्दा क्रांतिले निर्क्यौल गरिदिएकोले सजिलो भएको हो। संघीयता पनि त्यस्तै हो। जटिल त हो तर मधेसी क्रांतिले निर्क्यौल गरिदिएको मुद्दा हो त्यो पनि।

मधेसी क्रांतिले दिएको एक मधेस एक प्रदेशको नारा जातीय होइन भौगोलिक थियो। मधेसी पहिचान आफैमा जातीय होइन, मधेसी पहिचान आफैमा एउटा सांस्कृतिक मोर्चा हो। तर संघीयता भनेको जातीय विभेदको औषधि हो र जातीय मुद्दा उठ्छ त। जातीय पहिचान समस्या कहिले देखि भयो? पृथ्वी-महेन्द्रको एक भाषा एक भेष एक धर्म एक देश उति बेला पनि गलत नारा थियो, अहिले पनि गलत छ। अहिले झन गलत छ।

एमालेको व्यवहारले देखाइ रहेको छ ---- २००६ को अप्रिल क्रांतिमा एमालेको कुनै योगदान नै थिएन।

त्यो मधेस राज्यमा प्रदेशहरु हुन साक्छन् --- कैलाली प्रदेश, थरुहट, अवध, चितवन, भोजपुरा, मिथिला, कोचिला। झापा, मोरंग र सुनसरी मिलाएर कोचिला प्रदेश बनाउने। कैलाली र कंचनपुर मिलाएर कैलाली प्रदेश बनाउने। अहिलेको चितवन जिल्ला भोलिको चितवन प्रदेश। कैलाली, चितवन र कोचिलामा पर्वते प्रदेश प्रमुख चुनिने संभावना निकै रहन्छ। खोजेको त्यही होइन?

गुजरातको अर्थतंत्र मोदीले यति सारहो राम्रो बनाई दिएको छ भारत भरिका मानिस जागीर खान गुजरात जान्छन्। भोलिको मधेस राज्यको मुख्य मन्त्रीले मधेस राज्यको अर्थतन्त्रलाई यति राम्रो बनाउनु पर्ने हुन्छ कि नेपाल भरिका मानिस मधेसमा झुम्मिउन। किन भारत जाने? किन मलेसिया जाने? किन क़तार जाने? मधेस जाने। त्यस्तो होस्।

चितवनलाई मधेस राज्यमा राख्नुको महत्त्व के हो भने मधेसी क्रांतिले दिएको भौगोलिक संघीयताको मैंडेट नत्र भने पुरा हुँदैन।

पहाड़मा पनि सगरमाथा र कर्णाली नामका दुई भौगोलिक राज्य स्थापना गर्ने अनि तिनमा जातीय नामका प्रदेशहरु स्थापित गर्ने। प्रदेश प्रमुख भनेको पहिलेको CDO र सभापति पद मिलाएर बनाएको पद।


एकात्मक व्यवस्था, संघीय व्यवस्था, Steam Engine, जेट इंजिन

English: Turbofan Engine simulation from http:...
English: Turbofan Engine simulation from http://www.hpcc.gov/pubs/blue94/case3.3.3.gif (Photo credit: Wikipedia)
English: Steam engine in action animation Espa...
English: Steam engine in action animation Español: Máquina de vapor. Gaeilge: Máquina de vapor. (Photo credit: Wikipedia)
Schematic animation of a uniflow steam engine....
Schematic animation of a uniflow steam engine. The poppet valves are controlled by the rotating camshaft at the top. High pressure steam enters, red, and exhausts, yellow. (Photo credit: Wikipedia)
एकात्मक व्यवस्था Steam Engine जस्तो, संघीय व्यवस्था जेट इंजिन जस्तो। केपी ओली र सुशील कोइरालाले जेसुकै भने पनि एकात्मक  व्यवस्था महँगो, संघीय व्यवस्था सस्तो। एकात्मक व्यवस्थाभन्दा संघीय व्यवस्था बढ़ी efficient हो। एकात्मत व्यवस्था पुरानो, संघीय व्यवस्था आधुनिक।

एकात्मक व्यवस्था भनेको पृथ्वी नारायण शाहले अमेज़न को जंगल सखाप पारेर सबै ठाउँमा एक नासले धान रोपिदिएको। संघीय व्यवस्था भनेको नेपालको सांस्कृतिक विविधतालाई भोलिको बायोटेक इंडस्ट्रीको जड़ अर्थात धन मानने व्यवस्था। अमेज़न जंगलको जैविक विविधता संरक्षण गर्ने व्यवस्था। राजा जनकको व्यवस्था।

एकात्मक व्यवस्था काठमाण्डुको हितमा छैन। एकात्मक व्यवस्था बाहुन क्षेत्रीको हितमा छैन। मधेसी, जनजाति,  दलित, महिला त परको कुरा। संघीय व्यवस्था भनेको सरकारलाई सार्वभौमसत्ता जनतामा निहित देशमा त्यो सरकारलाई जनताको सकेसम्म नजिक लाने व्यवस्था हो। त्यो जनतामा बाहुन क्षेत्री पनि पर्छ। बाहुन क्षेत्री झन बढ़ी पर्छ किनभने सरकारको नजिक भएका समुदाय तिनै हुन अहिले।

यदि संघीयता काठमाण्डुलाई पनि चाहिएको हो र बाहुन क्षेत्रीलाई पनि चाहिएको हो भने त्यस संघीयताको विरोध गर्नेहरुले कसको पक्षमा वकालत गरेका हुन? काँग्रेस एमालेका टाउके बाहुनहरुले संघीयताको विरोध गरेको केही सम्झे बुझेर होइन, कुनै तर्कको आधारमा होइन, कुनै समुदाय विशेषको लागि होइन, कुनै समुदायको शक्ति संचय गर्ने मनसायले होइन। किनभने एकात्मक व्यवस्थाले हित गरेको समुदाय एउटा पनि छैन। भने पछि संघीयताको विरोध गर्नेहरुले किन विरोध गरेका हुन? उत्तर हो: historic inertia --- त्यो एउटा unthinking force हो। एकात्मक व्यवस्था पहिले देखि चलि आएको व्यवस्था, अनि त्यो पुरानो व्यवस्थाले create गरेको जुन historic inertia छ, त्यस unthinking force को चपेटामा परेर संघीयताको विरोध गर्नेले संघीयताको विरोध गरेका हुन।

संघीयताको पक्षमा उभिन तर्क दिनुपर्ने हुन्छ। संघर्ष गर्नु पर्ने हुन्छ। बलिदान दिनुपर्ने हुन्छ। एकात्मक व्यवस्थाको पक्षमा उभिन अल्छी भए पुग्छ। केही खासै गर्ने नपर्ने। स्थिर बसेको चट्टान लाई स्थिर राख्न के को गार्हो? त्यसलाई सार्नु पो गार्हो।

नेपाललाई संघीय नबनाएसम्म नेपाललाई आधुनिक बनाउन सकिँदैन। एकात्मक व्यवस्था Steam Engine जस्तो, संघीय व्यवस्था जेट इंजिन जस्तो। 

भुटानमा तराई छैन त

भुटानको दक्षिणमा रहेको समथर भाग भारतमा छ। पृथ्वी नारायण शाहले उसको गोरखा राज्य विस्तारको क्रममा काठमाण्डुका मल्लहरुमाथि पटक पटक आक्रमण गर्यो तर मधेसमाथि आक्रमण गर्ने दुस्साहस कहिले गरेन। १८१६ र १८६० मा ब्रिटिशले जुन बदमाशी गर्यो त्यो नगरेको भए नेपालको तराई भारत देशको अंग हुन्थ्यो। हामी भारतीय होइनौं हामी भारतीय होइनौं भन्ने मधेसीहरु देखेर मलाई वाक्क लाग्छ। मधेसीहरु नेपाली नागरिक हुन सक्छन तर गिन्ती गरेर एक एक मधेसी भारतीय हुन। फिजीमा पनि छन -- फिजीका नागरिक छन तर गर्वका साथ आफुलाई भारतीय भन्छन।

संस्कृति मिल्छ, भाषा मिल्छ। सब थोक मिल्छ। बेटी रोटी को सम्बन्ध छ। भारतीय मुलको भएर पनि भारतसँग त्यसरी भौगोलिक रुपले टाँसिएर बसे पनि नेपालको मधेसीले आफ्नो अधिकार लिन नसक्नु बड़ो शर्मनाक कुरो हो। जब कि नेपाल एउटा भूपरिवेष्टित होइन भारत-परिवेष्टित देश हो। चीन धेरै टाढा छ। तिब्बत चीनको होइन मधेसको हो। तिब्बत सबैभन्दा प्रख्यात दुई मध्ये एक मधेसी गौतम बुद्धको हो।

केपी ओली र सुशील कोइरालालाई दिल्ली नधाइ भात पचदैन, तर मधेसी नेताहरु तिमीभन्दा बढ़ी नेपाली म भन्ने अनावश्यक होड़बाजीमा लाग्छन्। उपेन्द्र यादव intelligent, एउटा पढ़े लेखेको मान्छे हो। तर कहिले काही मुर्ख गोवार व्यवहार गरिराखेको हुन्छ। दिल्लीबाट मान्छे भेट्न आयो भने उ काठमाण्डु बाट भागेर सुनसरी गएर बस्दिन्छ, भेट्नु नपरोस भनेर। हुटिट्याउँले आकाश थामे जस्तो। उ सुनसरी भागदा देशको सार्वभौमिकता जोगिए जस्तो। मान न मान मैं तेरा मेहमान भने जस्तो। केपी ओलीले स्याबास भनेको छैन त। बरु केपी बाजे मैं भेट्छु भनेर ताक परेर बस्छ, बकुल्ला तलाउ छेउ बसे जस्तो।

दिल्ली दक्षिण एशियाको शक्ति केंद्र हो। त्यो मधेसी पर्वते सबैले बुझ्ने हो। कसैले नबुझ्दैमा त्यो यथार्थ गायब भइ जाने होइन। तपाईंले बुझेन भन्दैमा तपाइँ गुरुत्वाकर्षण को पकड़ बाट उम्कीजाने होइन, नत्र वामे कहिले चन्द्र लोक पुगिसकेको।

भुटानमा तराई छैन त।

नेपाल देशमा हिंदी भाषालाई नेपाली भाषाको बराबरीमा नराखेको संविधान मान्य हुने छैन। आधा जनसंख्याको सम्पर्क भाषाको सवाल छ। पुरा जनसंख्याको शिक्षाको सवाल छ। भारतीय अर्थतन्त्रको महत्वको सवाल छ। भारतको ग्लोबल सुपरपावर बन्ने महत्वाकांक्षाको सवाल छ।

सीके राउत सँग मेरो कुरा मिल्दैन त। सीके राउतलाई मधेस अलग देश चाहिएको, मलाई काठमाण्डुमाथि मधेसीको शासन चाहिएको।



उपल्लो सदन मधेस उपनिवेशको हतियार नबनोस्

केंद्र सरकारको माथिल्लो सदनको सवालमा सबैभन्दा उपयुक्त हुनेछ कि सम्पुर्ण देशलाई एक निर्वाचन क्षेत्र मनियोस, उपल्लो सदनमा १०० सीट होउन, अनि पुर्ण समानुपातिक निर्वाचन। १% मत ल्याउने पार्टीले १ सीट पायो, २०% मत ल्याउने पार्टीले २० सीट पायो। लिस्ट चुनाव अगाडि बुझाउनु पर्ने र सार्वजनिक पनि गर्नुपर्ने। चुनाव पछि लिस्ट फेरबदल गर्न नपाइने। लिस्ट समावेशी हुनुपर्ने दमजम को मुद्दामा। यस फॉर्मूलाले राष्ट्रिय एकता बलियो पार्छ।

तर काँग्रेस एमालेका टाउके बाहुन को भनाइमा यदि तराईमा एक राज्य र पहाड़मा दुई राज्य हुने हो भने प्रत्येक राज्यले उपल्लो सदनमा ३०-३० सीट पाउने। त्यसो गर्दा तराई माथि पहाड़को उपनिवेश परमानेन्ट हुन्छ।

उपल्लो सदन मधेस उपनिवेशको हतियार नबनोस्। देश टुक्रिने बाटोमा जान्छ।


संघीय नेपालमा पनि केंद्र सरकार निकै बलियो रहन्छ

नेपाल संघीयतामा गइसकेको देश हो, त्यसलाई संस्थागत गर्न मात्र बाँकी छ। तर त्यो भविष्यको संघीय नेपाल जहाँ कि राज्य सरकारहरु हुनेछन्, मुख्य मन्त्रीहरु हुनेछन्, बलिया बलिया स्थानीय सरकारहरु हुनेछन्, त्यस निकट भविष्यको नेपालमा पनि देशमा अधिकांश शक्ति केंद्र सरकारमा नै निहित रहने छ।

संघीय नेपालमा पनि केंद्र सरकार निकै बलियो रहन्छ। यति बलियो कि ऐतिहासिक रुपले ओझलमा परेका दलित मधेसी जनजाति महिलाका अधिकांश संघर्ष भविष्यमा केंद्र स्तरमा नै केंद्रित हुनेछन्। मधेस राज्यको स्थापना पछि पनि मधेसी समुदायले काठमाण्डुमा संघर्ष गरि नै रहनुपर्ने छ।

देशसँग चार वटा रोटी छ भने दुई रोटी त केन्द्रसँग नै रहिरहने हो। बाँकी दुई रोटी बारे पनि लोकतान्त्रिक पद्धति अनुसार नै निर्णय हुँदै जाने हो।

मधेसमा हुलाकी राजमार्ग बनाउने केंद्र सरकारले नै हो। देशका सबै ठुला हाइड्रो प्रोजेक्ट हरु केंद्र सरकारको मातहतमा नै रहने हो।


सहमति बाहेक अर्को उपाय छैन



काँग्रेस र एमालेका टाउके बाहुनहरुले बलधकेल संविधान बनाउन सक्ने सम्भावना छँदै छैन। दुई तिहाई कै कुरा आउँछ। प्रक्रियाको कुरा आउँछ। विपक्षी पार्टी हरुको पनि कुरा आउँछ। सहमति राम्रो बाटो हो मात्र होइन कि सहमति बाहेक अर्को बाटो छैन नै।

सहमति बाहेक अर्को उपाय छैन।


CK Raut Reminds Me Of Arvind Kejriwal








चीनले उठ भन्दा उठ बस भन्दा बस गर्ने झलनाथ खनाल

तिब्बत शरणार्थीको सवालमा चीनले उठ भन्दा उठ बस भन्दा बस गर्ने झलनाथ खनाल अहिले चीनले हस्तक्षेप गरेन भारतले गर्यो भनेर कुन मुखले भनेको?

मोदीले सुझाव दिएका हुन, अर्हाएका होइनन्। सहमति भनेर भनेको त नेपालका पार्टीहरुले हो। नेपालको राष्ट्रपतिले हो।

ओबामाले भारत आउँदा $4 बिलियनको पैकेज ल्याए। मोदी नेपाल आउँदा $1 बिलियनको पैकेज ल्याए। चीनले ल्याएको छैन त।

छोटी मुँह बड़ी बात। एमालेका बाहुनहरुको।


सीके राउतको पक्षमा जनमत

सीके राउत जेलमा हुँदा जमानतकालागि डेढ़ लाख मधेसी जनताले एक एक रुपयाका दरले चंदा दिए। भने पछि सीके राउतले राजनीतिक पार्टी खोल्ने भए त्यो पार्टीले कमसेकम तीन-चार लाख मत बटुलेर मधेसको सबैभन्दा ठुलो पार्टी बन्ने जस्तो देखियो।

सीके राउतको पक्षमा जनमत प्रसस्त रहेछ।


प्रक्रिया नमान्ने काँग्रेस र एमालेका बाहुन टाउकेहरु

It's Your Move
It's Your Move (Photo credit: Wikipedia)
सर्वोच्च अदालतले नागरिकताको कुरामा सन्तानले नागरिकता पाउन आमा वा बाबु जसको नागरिकता भए पनि हुने कुरा अंतरिम संविधानमा आइसकेकोले नया संविधानमा त्यसै हुनुपर्ने भन्ने निर्णय गरिसक्दा पनि काँग्रेस र एमालेका बाहुन टाउकेहरु आमा र बाबुको दोहन गर्दैछन् --- प्रक्रिया नमान्ने उनीहरुको लामो श्रृंखलामा यो नया अध्याय हो।

प्रक्रिया नमानेको कसले हो?
नेकपा (एभाले)
नभएको दुई तिहाई
अमा र बाबु र क्रान्ति