Pages

Monday, March 15, 2021

ओली को जसपा फुटाउने प्रयास: माफिया सोंच

एउटा पुर्व प्रहरी प्रमुख सुद्धा लाई प्रयोग गरेर (त्यो पनि अख्तियार मा नियुक्ति दिन्छु भन्ने लोभ देखाएर) जसपा को एक जना सांसद लाई अपहरण शैलीमा जनकपुर बाट काठमाण्डु ल्याएको याद ताजै छ। संविधान मिचेर संसद विगठन को सिफारिस गरेको भर्खर हो। अहिले एमाले को विधान मिच्न मा व्यस्त। मधेसी क्रांति का विलेन। जुन प्रधान मंत्री पद का लागि नै एक वर्ष देखि यत्रो उठापटक गर्दै आएका छन त्यो पद त्यो पनि जसपा लाई ऑफर गर्लान भनेर सोच्नु नै गलती हो। 



जसपा का नेता हरुले अरु पार्टी सँग गफ गर्नुभन्दा पहिला आफु आफ़ुमा गफ गर्नुपर्छ। आफ्नो एकता कदम कदम मा प्रदर्शन गर्नुपर्छ। जसपा कुनै हालतमा फुट्नु हुँदैन। फुटाउने प्रयास यदि ओली ले गरेमा ओली सँग सबै वार्ता समाप्त गर्नुपर्छ। 

जस्तो सुकै गलत आश्वासन दिएर जसपा को समर्थन लिने अनि एक वर्ष का लागि ढुक्क हुने। एक पटक अविश्वासको प्रस्ताव असफल बनाए एक वर्ष ढुक्क। न कसैलाई रिहा गर्नुपर्यो, न कुनै मुद्दा फिरता, संविधान संसोधन त अझ कता हो कता। 
 
शिकारी आएगा, जाल बिछाएगा, तुम चुँगना मत। 

देउबा त्यही झुठा आश्वासन पनि दिन तैयार छैनन। ठाडै जसपा को माग पुरा गर्न सकिँदैन भन्दैछन। त्यस अवस्थामा जसपा सरकारमा शामेल हुने कुरा आउँदैन। 

जसपा को प्रधान मंत्री त कता हो कता, भएरहेको बल्लबल्ल एक भएको पार्टी नै पनि क्षतविक्षत हुने संभावना पो देखियो। 

एउटाले पार्टी क्षतविक्षत पार्ने, अर्कोले मुद्दा क्षतविक्षत पार्ने। बड़ा गारहो स्थिति छ। 


Sunday, March 14, 2021

यथास्थिति मा कायम प्रचंड




ओली जी त मैले विश्वासको मत लिनु जरूरी छैन भन्दै हुनुहुन्छ। एकल बहुमत को सरकार आफसेआफ दुई पार्टीको सरकार बन्यो भन्दैछन। त्यसो हो भने प्रचण्डले ओली सरकार सँगको समर्थन फिर्ता नलिएसम्म यथास्थिति कायम रहने भो। हात्ती हात्ती आयो फुस्सा। 

केही हप्ता अगाडि प्रचण्डलाई तपाईं कुन पार्टीको भनेर प्रश्न गर्ने अवस्था थियो। अब तपाईं ओली लाई दिएको समर्थन फिर्ता नै नलिएर नया सरकार का लागि कहिले यो बैठक कोठा कहिले त्यो बैठक कोठा किन चहार्दै हुनुहुन्छ भनेर सोध्नु पर्ने हुन्छ। 

आज त म प्रचंड बहुदल मानने मान्छे हो कि होइन त्यो पनि थाहा छैन भन्छु। संविधान मा समाजवाद भनिसकेपछि फेरि जनवाद भनेको के? बहुदलीय जनवाद छोडेर एक्काइसौँ शताब्दीको जनवाद मा जानु भनेको के? राजनीति पनि शान्तिपुर्ण युद्ध हो भन्नुहुन्छ कहिले। कहिले जंगल पस्ने कुरा गर्नुहुन्छ। यो त माओले सांस्कृतिक क्रांति गरेको उमेर पो भन्नुहुन्छ। 

चीनले माओवाद ले काम गरेन भनेर बाजार लाई अंगालेको जुग बित्यो। प्रचंड चाहिँ अझ सांस्कृतिक क्रांति को कुरा गर्नुहुन्छ। 

नेका सँग गफ गरेर आफ्नो भाउ बढाउने, जसपा सँग गफ गरेर आफ्नो भाउ बढाउने, प्रचण्डको त्यो चाला हो? 

नया सरकार बन्छ कि बन्दैन त्यो निर्णय गर्ने शक्ति त माओवादी देखियो। किनभने उसले ओली लाई दिएको समर्थन फिर्ता नलिए ओली ले अझ दुई वर्ष खाने भए। 

हुन त एमाले भित्र माधव पक्ष लाई बलियो बनाउन समर्थन कायम राख्ने प्रचण्डको सोच हुन सक्छ। तर त्यो ट्रेन त गुडिसक्यो। ओली ले माधव लाई पार्टी भित्र भित्तामा पुर्याइसके। अर्को संसद मा तीन वटा कम्युनिस्ट पार्टी आउने छाँटकाँट पो देखियो। 

गगन थापा, योगेश भट्टराई, वर्षमान पुन हरु आग्रह गर्छन, तर ज्येष्ठ नागरिकवाद का अगाडि नतमस्तक रहन्छन। 

नेका र जसपा को बेस मधेसमा उही उही हुने भएकोले र एमाले र माओवादी को बेस त ओवरलैप नै हुने भएकोले भेड़ा बाख्रा सँग जानु सहज हो कि? एमाले र जसपा को गठबंधन त्यस कारणले पनि सहज हो कि? 

तर ओली ले महेश लाई जाउ आफ्नो माफिया जादुटोना लगाउ भन्ने डण्डा बोकेर हिडेको हो कि होइन? जायज प्रश्न हो। 

सबैभन्दा ठुलो एमाले। दोस्रो माओवादी। तेस्रो कांग्रेस। निकै सानो चौथो जसपा। १२०-६०-६०-३० मोटामोटी। अंक गणितको हिसाबले पनि पहिलो र चौथो को मिलन स्वाभाविक देखिन सक्छ। 

चाबी प्रचंड सँग छ। ओली ले समर्थन फिर्ता हुन लाग्यो भन्ने छनक पाएको खण्डमा जसपा सँग थालेको उठबस लाई अर्को उचाइमा लाने प्रयास गर्न सक्छन। 

तर नेपालको संविधान ले अविश्वासको प्रस्ताव लिएर जाँदा नया प्रधान मंत्री को नाम सँगै प्रस्ताव गर्नुपर्ने प्रावधान भएकोले माओवादी, नेका र जसपा नमिले सम्म त्यो संभव नहुने देखिन्छ। अथवा त्यस किसिमको प्रस्ताव आउनु अगाडि नै ओली ले जसपा सँग समीकरण बनाउने प्रयास गर्न सक्छन। 

स्थिति तरल छ।  गेम थ्योरी (Game Theory) मा यसलाई क़ैदीको असमंजस (Prisoner's Dilemma) भनिन्छ।  

संविधान ले कुनै पनि दल लाई अछुत मानेको छैन। यद्यपि राजनीतिक निर्णय गरेर योसँग मिल्ने त्योसँग नमिल्ने गर्न सकिन्छ। 

नेका को मुद्दा चुनाव हो। त्यो पनि कुनै मुद्दा हो? त्यो त सर्वोच्चले अवैध घोषित गरिसकेको ओली को मुद्दा होइन र? माओवादी ले समर्थन फिर्ता लिने स्थिति आए ओली र देउबा मिल्दैनन भन्न सकिँदैन।  

एमाले र माओवादी त अहिले सँगै नै छन। तर एमाले कांग्रेस सँग जान सक्ने, एमाले जसपा सँग जान सक्ने संभावना छ। ओली ले विपक्षमा बस्न तैयार छु भनेर घोषणा गरेको अवस्था पनि छ।  

जसपा एमाले सँग जान सक्ने, अथवा नेका र माओवादी सँग जान सक्ने अवस्था छ। तर अहिलेको एमाले-माओवादी गठबंधन नभत्के सम्म ती टाढा का कुरा भए। मुख्य कुरा मुद्दा हो। संविधान संसोधन पो मुद्दा। चुनाव पनि कहीं मुद्दा हुन्छ?  

तर माग पुरा गर्छु भन्ने अनि माग पुरा नगरे पनि एक वर्ष खाने, त्यो पनि त गर्न सक्छन, ओली ले पनि, देउबा-प्रचण्डले पनि। पहिला पनि त्यही भएको हो।