The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Thursday, February 11, 2016
Wednesday, February 10, 2016
Nepal News (23)
सुशीलले भने, ‘ऊ प्लेन आयो’
पहाडबाट पनि आन्दोनलको आँधी आउँदै छः यादव
बिपी आफैंले भने, ‘रंगेलीमा पनि होला पैसा तर विराटनगर राष्ट्र बैंकलाई नै गर्ने हो ।’ ..... काम गर्ने, तर पैसा एकै रुपैयाँ तलमाथि गर्न नहुने निर्देशन बिपीको थियो । एउटा चिनो पनि बाँकी नरहोस् भनेका थिए बिपीले । ..... ‘ऊ प्लेन आयो,’ सुशीलले भने । ..... उनीहरूको योजना थियो, ‘पैसा निकाल्नेवित्तिकै प्लेन हिँडोस् ।’ त्यसैले इञ्जिन बन्द गरिरहन जरुरी थिएन । ....... तीन वटा बक्सा थिए, दस–दस लाख रुपैयाँ भारु पैसाका । ....सबै अलर्ट भए । प्लेनमा रहेका तीनै जना र मनहरि मिलेर पैसा झारे । ....यात्रुहरू रोइकराइ गरिरहेका थिए, किनकि कोसी ब्यारेज माथिको आकाशमै ‘प्लेन हाइज्याक्ड’ भनिसकेका थिए । ...... ‘तपाईंहरूलाई केही हुँदैन, यो प्लेन तुरुन्तै विराटनगर कि काठमाडौं गइहाल्छ,’ अपहरणकारीहरूले सम्झाइरहेका पनि थिए । ...... दस मिनेटभन्दा बढी समय बस्न अफ्ठेरो थियो । किनकि त्यहाँको पुलिस स्टेशनबाट पहरी आउन त्यति नै मिनेट लाग्थ्यो । यदि प्रहरी आएर समाएको भए सबै जना जेल पर्थे, न पैसा हात लाग्थ्यो न पञ्चायतविरुद्धको संघर्ष नै अघि बढ्थ्यो । ......तीन वटा जीप तयारी अवस्थामा थिए । सबै जना मिलेर एक–एक वटा बक्सा जीपमा हाले । त्यसपछि सिधै फारबिसगञ्ज गए । ......... सरकारी छाप लागेका थिए बाकसमा । भारतीय प्रहरीले चेकजाँच गर्दा त्यो खुल्छ भनेर बाकस चाहिँ फारबिसगञ्जको नहरमै फाल्दिए, बोरा बोरामा पैसा हाले । ....कता भाग्ने भन्ने थाहा थिएन । ....त्यहीबेला गिरिजाबाबुले भने, ‘दार्जीलिङतिर लाग्ने हो ।’ ...... ‘उहाँले नै हो लोकसन पत्ता लगाउनुभएको,’ प्लेन हाइज्याक काण्डकै अर्का व्यक्ति दुर्गा सुवेदी भन्छन्, ‘विनोद अर्याल इञ्चार्ज हुनुहुन्थ्यो, त्यो योजनाको सम्पूर्ण तयारी सुशीलजीले गर्नुभएको हो ।’
आन्दोलन समाप्त नभएको उल्लेख उनले स्वरुप मात्र परिवर्तन भएको बताए।
Subscribe to:
Comments (Atom)
