फेज १ सकियो। त्यसको समीक्षा हुनु राम्रो हो। तर मधेसी मोर्चाको आतंरिक एकता कायम रहने गरी। किनभने आंदोलन टुंगो नलागे सम्म त्यो एकता कायम राख्नैपर्ने हुन्छ। अब हामी फेज २ मा छौं। नाकाबंदी छैन, बंद हड़ताल छैन। यो घनीभूत वार्ताको फेज हो। यस फेज २ लाई दुबै पक्ष ले टाइम पास फेज को रुपमा लिनु हुँदैन। सकेसम्म फेज ३ मा जानु नपरोस्। त्यस किसिमको प्रयास हुनुपर्छ।
The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Tuesday, February 09, 2016
Monday, February 08, 2016
निर्वाचन क्षेत्र निर्धारण र एक मधेस दो प्रदेस को सम्बन्ध
अंतरिम संबिधानमा प्रत्येक जिल्ला मा कमसेकम एक निर्वाचन क्षेत्र थियो त। तर मधेसको हकमा के थियो भन्दा मधेसको जनसंख्या ५१% भएकोले मधेसमा निर्वाचन क्षेत्र पनि ५१% हुने भनिएको थियो।
समस्या यहाँ के पर्यो भन्दा जुन कुरा अंतरिम संविधानमा मिलिसकेको थियो त्यो किन चलाउनु परेको? सीमांकन नामांकन बाहेक सबै कुरा मिलेको थियो। बनेको घर भत्काउने काम किन गरेको?
दोस्रो, मधेसको जनसंख्या ५१% भएकोले मधेसमा निर्वाचन क्षेत्र पनि ५१% हुने भनिएको ले त्यसले के सुनिश्चित गरेको थियो भन्दा या त समग्र मधेसको एक प्रदेस बन्छ होइन भने दुई सम्म बन्न सक्छ। मधेसीले हिमाली जिल्ला को कुभलो चिताएको होइन कि आफ्नो भुगोल क्षत विक्षत पार्ने काम किन गरियो भनेर गुनासो गरिएको हो।
मगरको पनि क्लस्टर बिगारेको छ। थारुको पनि।
Subscribe to:
Comments (Atom)

