Pages

Saturday, February 06, 2016

वार्तामा बहादुरी कसलाई भनिन्छ?

वार्तामा बहादुरी कसलाई भनिन्छ? लोकतान्त्रिक परिवेशमा वार्तामा बहादुरी भनेको अर्को पक्ष लाई दुश्मन अथवा प्रतिद्वंदी ठान्ने लाई बहादुर भनिँदैन। अर्काको नाक भैं मा रगड़ने लाल बुझक्कड़ लाई बहादुर भनिँदैन। लोकतान्त्रिक परिवेशमा वार्तामा जित र हारको प्रयास नै हुँदैन। दुबै पक्ष को जित होस भन्ने प्रयास गरिन्छ।

देश एउटै, जनता एउटा। परिवेश एउटै, पृष्ठभूमि एउटा। अहिले पक्ष बिपक्ष नै भने पनि सबैले मिलेर नै देशमा राजतन्त्र उखेले। सबैले देशमा आर्थिक क्रांति चाहिन्छ भनेका छन। सबै शांतिपूर्ण लोकतंत्र चाहेका शक्ति हुन। भने पछि जित हार को भाषा बोल्नु हुँदैन। सबैको जित हुने किसिमले निकास निकाल्नुपर्छ। १००% नाकाबंदी को संभावना मिथ्या होइन। अहिले को चुनौती देश ले त्यो देख्न नपरोस् भन्ने हो।

वार्ता बाट निकास निकाल्न संभव छ। सबै पक्षले प्रयास गर्नु पर्छ।


सीमांकन बाहेक अरु कुरा पहिला मिलाऊँ

११ बुंदा मध्ये १० बुंदा पहिला मिलाऊं। सीमांकन सबै भन्दा जटिल भएकोले त्यसलाई अन्तय मा राखौं।

सीमांकन बारे मैले एउटा कुरा के देखिरहेको छु भन्दा तुरुन्त यसलाई अंतिम रूप दिनु राम्रो हुँदैन। कि त अंतिम रूप दिन सकिँदैन कि त दिन सके पनि राम्रो हुँदैन। सीमांकन लाई अहिले को स्थिति मा पनि छोड़न मिल्दैन। र अहिले नै अर्को अंतिम रूप दिन सकिँदैन।

तर त्यो कुरा पछि गर्ने। पहिला १० बुंदा मा कुरा मिलाउने।

प्रतिनिधि सभा को प्रतिनिधित्व मा हिमाली भेगका ५-६ जिल्ला लाई अलि बढ़ी नै परे के पो बिग्रिन्छ र? ५-६ सीट को तल माथि ले केही हुँदैन। त्यहाँ मधेसी पार्टी हरुले अलि लचक देखाउन सक्नुपर्छ। भुगोल केही पनि होइन भन्ने पनि त होइन। भुगोल केही पनि होइन भने मधेस के हो? मधेस त भुगोल मात्र हो। मधेसी सांस्कृतिक पहिचान मा आधारित समुदाय हो। तर मधेस त त्यो होइन। मधेस त भुगोल नै हो।

मीडिएटर रोल मा प्रचंड र बाबुराम ले राम्रो रोल खेल्न सक्ने मैले देखिराखेको छु। लोकतान्त्रिक प्रतिस्प्रधा त पछि हो। अहिले पहिला आगो निभाउने काम गर्नु पर्छ। यो out of hand जान सक्ने अवस्था छ। मधेसी मोर्चा का चार पार्टीको त कति कुरा मिलिराखेको हुँदैन भने मधेस को नाम लिने साना ठुला गरी बिभिन्न शक्ति छन। कमसेकम १५ वटा त घोषित शक्ति नै छन।

यो दिल्ली बेइजिंग DC लंदन ले मिलाउन सक्ने कुरा नै होइन। ती पक्ष लाई त थाहा पनि हुँदैन। नेपाल सेना ले चुनावमा धाँधली गर्यो कार्टरले फ्री इलेक्शन भन्दियो। लु जा, के जान्छ।

आखिर कुरा मिलाउने यिनै नेता हुन जसलाई हामी सबै मिलेर भक्कु गाली गर्छौं। यिनले मिलाउन नसके बाहिर कतै बाट कोही आएर मिलाउने भन्ने हुँदैन। बाहिर का लाई मुद्दा पनि राम्रो सँग थाहा हुँदैन। सबै चिनिया को अनुहार एउटा देख्ने कोही मान्छे लाई चिनिया पार्टी को भित्र को राजनीति बुझ्न कस्तो होला?

अब सबै पक्षले मिलेर वार्ता को चमत्कार देखाउने बेला हो। अनि सबैले जनताको विश्वास जित्ने छन। स्वस्थ लोकतान्त्रिक प्रसतिस्प्रधा गर्ने ले मेरो विपक्षी पार्टी फुटोस भन्दैन। अर्को पार्टी फुटोस भन्ने सोंच अस्वस्थ हो। मधेसी पार्टी हरु त्यति विधि नफुटेको भए शायद अहिले हामी यस जटिल अवस्थामा हुने थिएनौ।

सीमांकन गार्हो हो भने हाम्रो अरु १० बुंदा मा कुरा मिल्यो भन्ने सम्म त पहिला पुगौं।