Pages

Thursday, February 04, 2016

Nepal News (8)

कहिले खुल्छ नाकाबन्दी ?
नजर अब हुने प्रमुख दल-मोर्चाको वार्तामा
शनिबारसम्म नाकाबन्दी खुल्न सक्ने .... बिहीबार विराटनगरमा मधेसी मोर्चामा आबद्ध सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वीरगन्ज नाका बन्द गरिराख्नुपर्ने आवश्यक नरहेको ..... विहारका नेताहरूलाई भेटेर फर्केका महतोले मोर्चा बैठकमा नाकाबन्दी खोल्ने प्रस्ताव लैजाने धारणासमेत सार्वजनिक गरे । प्रधानमन्त्री ओली र महतोका अभिव्यक्तिपछि 'कुनै सकारात्मक परिणाम आइहाल्ने हो कि ?' भनेर सबैको नजर अब हुने प्रमुख तीन दल र मधेसी मोर्चाबीचको वार्तातर्फ सोझिएको छ । ..... दुवै पक्ष सीमांकनबारे कुनै न कुनै सहमति गर्नुपर्ने मनस्थितिमा पुगेका छन् । सम्भवतः शुक्रबार वा शनिबार दुई पक्षबीच कार्यदल र शीर्ष तहमा संवाद हुन सक्छ । बिहार भ्रमणबाट फर्केका नेताहरू शुक्रबारसम्म राजधानी आइपुग्नेछन् । ......

उपचारका लागि भारत गएका तमलोपाकै नेता तथा वार्ता टोलीका सदस्य हृदयेश त्रिपाठी पनि बिहीबार फर्केका छन् ।

...... मोर्चासँगको वार्ताका लागि सत्तारूढ दलको आन्तरिक छलफल तीव्र भएको छ । ..... सरकारसँग सहमति नभए नयाँ चरणको आन्दोलनका लागि शक्ति सञ्चयको अवसरसमेत हुने भएकाले मोर्चाका नेताहरू नाकाबन्दीको कार्यक्रम स्थगित गर्नुपर्ने सोचाइमा पुगेका हुन् । .....

यता सरकार पक्षलाई पनि तत्काल नाका खुलाउन जरुरी भएको छ । नाका नखुलेको अवस्थामा भारत भ्रमणमा जान प्रधानमन्त्रीलाई नैतिक संकट पर्नेछ । त्यसैले जसरी पनि नाका सुचारु गर्ने वातावरण बनाउन सरकार आतुर छ ।

........ फागुन ७ देखि ११ सम्मको भ्रमणको प्रस्तावित मिति नेपालले भारतलाई दिइसकेको छ ।
वीरगन्ज नाका तत्काल खोल्नुपर्छ : राजेन्द्र महतो
‘वीरगन्ज नाका मात्रै बन्द गरेर नाकाबन्दी हँुदैन् । कि त सबै नाका बन्द गर्नुपर्‍यो नभए वीरगन्ज नाका तत्काल खोल्नुपर्‍यो ।’ ....... उनले सबै नाका खुल्ला र सहज भइसकेको अवस्थामा वीरगन्ज नाका मात्र बन्द गर्न नहुने विषयमा मोर्चाका अन्य नेतासँग आफूले कुराकानी गरेको जानकारी दिए । ..... ‘अरु सबै नाका खुल्ला रहेको र वीरगन्ज नाका मात्रै बन्द हुँदा तस्करी मौलाएको, स्थानिय जनताले दुख पाएको तथा तस्करीको सामान काठमाडौंसम्म पुग्ने गरेका कारण काठमाडौंमाथी दबाब बन्न नसकेकोले या त सबै नाका बन्द गर्नुपर्छ, नभए वीरगन्ज पनि खोल्नुपर्छ भन्ने मेरो धारणा हो,’ महतोले भने । .....

उनले नाका केन्द्रित आन्दोलन नै गर्ने भए काठमाडांै छोडेर मोर्चाका सबै नेता नाकामा आएर बस्नुपर्ने

भन्दै सबै नाका ठप्प पारे मात्र वीरगन्ज पनि बन्द गर्नुपर्ने बताए । ‘विरगञ्ज मात्र बन्द गरेर स्थानिय जनताले मात्रै दुख पायो,’ महतोले भने, ‘नाकाबन्दीे त राज्यलाई दबाब दिन सुरु गरिएको हो नि जनतालाई दुख किन पुर्‍याउनु ?’ तस्करी मौलाएकाले राज्यमाथी नाकाबन्दीको दबाब नपुगेको बरु जनता नै पीडित हुन थालेको उनले बताए ।
महराले अख्तियारलाई बुझाए सम्पत्ति विवरणः १२ वर्ष पढाउँदा १ लाख १२ हजार, १० वर्ष राजनीति गर्दा ९७ लाख कमाए
उनले आफ्नो रोल्पाको लिवाङमा हालपनि पुख्र्यौली सम्पत्ति रहेको र त्यसलाई हाल पार्टीले प्रयोग गरिहको भन्दै भएको केहि जग्गा भने प्राबिधिक शिक्षाका लागि निशुल्क दान दिएको पनि उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘ हाम्रो खेत थियो, त्यही खेत बेचेका थियौं । दुइभाई छोराहरू एटम र राहुल दुवै जनमुक्ति सेनामा कार्यरत थिए । अवकाशमा आउँदा बेलामा ५–६ लाख लिएर आएका थिए । सबै गरी ३० लाख भयो । दाङको गैरा गाउँमा घर पनि छ । हामी सबै परिवाहरू त्यही नै बस्दछौँ ।’ ...... ‘सबै पार्टीका नेताहरूले शिविर व्यवस्थापनका लागि २०६३ साल मंसिरदेखि चैत्रसम्म करिव ५ महिनासम्ममा ३१ हजार जनमुक्ति सेनाको व्यवस्थापनका लागि ४६ करोड रुपैया बुझेको थिए । त्यो पनि तत्कालीन सरकारको अनुरोधमा बुझेको थिए । त्यो महालेखा परीक्षक सबैले हिसाव हेरीसकेको अवस्था हो । एउटै व्यक्तिको नाममा ४६ करोड रुपैया निकास किन गरियो भन्ने मात्रै हो । अन्य केही पनि होइन ’ ......... तपाईहरुले के बुझ्नुहोस भने यो राजनीतिक लडाई हो । हामीलाई यतिबेला राजनीतिक प्रहार गरेर हाम्रो जो छवी छ त्यसमा अवरोध गर्ने नै हो । यसको हल समाधान राजनीतिक तहबाटै गरिनुपर्दछ । हामी गरि नै रहेका छाँै । ..... यसैबीच अन्तरवार्ता सार्वजनिक भएपछि रोल्पाली एक एमाओवादी नेताले महराको यी कुरा सार्वजनिक भएपछि धेरै रोल्पालीले जिब्रो टोक्दै आश्चर्य व्यक्त गरेको टिप्पणी गरे । पहिला महराकै निकट रहेका ति नेताले ब्यंग्य गर्दै भने, ‘अब सबै रोल्पालीले धनी हुन महराकै बाटो बाटो अबलम्बन गर्दा राम्रो हुन्छ ।’
उपेन्द्र यादवको पार्टीमा विवाद बढ्यो
तराई–मधेसकेन्द्रित दलहरुबीच ‘महागठबन्धन’ को चर्चा चलिरहेको बेला संघीय समाजवादी

फोरम नेपालमा भने असन्तुष्टि ले चर्को रुप लिएको छ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले विधानमा भएको समानुपातिको प्रावधानलाई कुण्ठित गरी एकलौटी पार्टी चलाइरहेको आरोप लगाउँदै १४ जना असन्तुष्टले रिजवन अस्नारीको अगुवाइमा संघीय नवविचार समूह गठन गरेका छन् ।

असन्तुष्ट पक्षले ६ बुँदे माग सम्बोधन गर्न नेतृत्वलाई २ साताको अल्टिमेटम दिएको छ । ...... असन्तुष्ट समूहमा पर्साका केन्द्रीय सदस्य राजकुमार यादव, रौतहटका रामेश्वरप्रसाद यादव, वाराका शम्भु चौधरी, कुदामुद्दिन मदनी, महोत्तरीका उपेन्द्र साह , सर्लाहीका रामेन्द्र साह, मकवानपुरका मेम्बर लो, वीरवहादुर लामालगायत छन् ।
मधेसी नेता उत्तर प्रदेशतिर, हिन्दू राष्ट्रविरुद्द नजान सुझाव

मोर्चाका नेताहरु पूर्वनिर्धारित कार्यक्रमअनुसार बिहारको पटनापछि उत्तर प्रदेश लखनउ जाँदैछन् । त्यहाँ उनीहरुले मुख्यमन्त्री अखिलेश यादवलगायत विभिन्न दलका नेतासँग भेटघाट गर्ने कार्यक्रम छ ।

मोर्चाको बैठक आउदो मंगलवार बस्दै ।

कार्यदलमा यस अघि वढेको सहमतीय खाकामा प्रमुख दलहरु सहमती गर्न तयार भए मोर्चाको आृउदो मंगलवारको बैठकले नाका सहितको आन्दोलनको वारेमा पुर्नविचार गर्दै फिर्ता लिने सम्भावना बन्छन । यदी प्रमुख दलहरुले स्विकार नगरेको खण्डमा मोर्चाले के गर्ने वारेमा अहिले नै प्रष्ट भईसकेको छैन ।

सीके राउत का कमी कमजोरी

सीके राउत लाई भारत ले भ्रमण मा बोलायो। ठीक त्यही समय नेपाल सेनाको प्रधान सेनापति लाई पनि भारत ले भ्रमण मा बोलायो। नेपालको प्रधान मंत्री ले भारत भ्रमण गर्ने कहिले कहिले, नेपाल सेनाको प्रधान सेनापति दिल्ली पुगिसक्यो। नेपाल सेना र भारत सेना को एक को अर्को सँग सीधा सम्बन्ध छ। मानार्थ एक अर्काको कमांडर इन चीफ हुने व्यवस्था छ। कहीं नभएको जात्रा। अद्वितीय सम्बन्ध भनेको यही हो। यो अमेरिका र बेलायत बीच पनि छैन।

भारतको सीके लाई सन्देश हो। उसै पनि भारतले नचाहँदा नचाहँदै मधेस अलग देश बन्ने संभावना कति छ? भारत ले चाहेको नेपाल, भारत, भुटान, बांग्लादेश को आर्थिक एकीकरण। कदम पनि चालिसकेको।

मधेसी ले खोजेको समानता मात्र हो। मानव अधिकार। मताधिकार। एक व्यक्ति एक मत। त्यो नेपाल भित्र नपाए अलग देश बन्ने भनेको न हो। जसरी अहिंसाको बाटो एक मात्र बाटो भनेर सीके ले भनेका छन। त्यसै गरी लोकतंत्र लक्ष्य भएको आंदोलन को शैली लोकतान्त्रिक मात्र हुन सक्छ। भने पछि मधेस अलग देशको लक्ष्य को निर्णय कसले गर्यो? कुन संगठनले कुन महाधिवेशन मा गरेको निर्णय हो त्यो? त्यो महाधिवेशन मा कुन किसिमको छलफल भयो? कस्ता तर्क वितर्क पेश भए? सीके एक्लै ले निर्णय गरेका हुन भने त्यो त आफ्नै किसिमको तानाशाही भयो।

सीके ले मधेसी दल हरु लाई बारम्बार आह्वान गरेका छन, आउ, मेरो एजेंडा मा आउ भनेर हवाई फायर गरेको गर्यै। तर सीके को मधेसी मोर्चा का नेता हरु सँग मुखामुख बसेर बैठक छलफल भएको मलाई थाहा छैन। भेट्न संभव नभएको त होइन। बिना भेटघाट सहकार्य को चाहना। के हो यो?

सीके को संगठन मा सदस्य संख्या एक लाख पुगेको रहेछ। मधेसमा जनसंख्या डेढ़ करोड़ छ। एउटा पनि मधेसी पार्टी सँग एक लाख सदस्य छैन। अर्थात सदस्य संख्या को हिसाबले सीके को संगठन पार्टी बन्ने हो भने मधेसको नंबर एक पार्टी बन्छ।

मधेस अलग देश बन्नै हुँदैन, कुनै पनि हालत मा बन्नै हुँदैन भन्ने होइन। मधेस अलग देश बन्न भारत अथवा कुनै देशको आशीर्वाद चाहिने भन्ने पनि होइन। तर केही गरी मधेस अलग देश बन्छ भने त्यस देशलाई भारत मात्र होइन दुनियाको प्रत्येक देशको मान्यता चाहिने हुन्छ। पहिलो त भारत नै हो।

मधेस अलग देश चाहिने एक मात्र कारण हुन सक्छ मधेसीले नेपालमा एक व्यक्ति एक मत नपाउनु। तर मधेसिले एक व्यक्ति एक मत झण्डै झण्डै पाइसकेको अवस्था छ। मधेस आंदोलन को ११ बुँदे पुरा हुना साथ मधेसी ले एक व्यक्ति एक मत पायो। अनि मधेस अलग देशको एजेंडा गायब हुन्छ। किन भन्ने कारण हराउँछ।

अनि त्यस पछि सीके ले के गर्ने? आफ्नो संगठन विसर्जन गर्ने? आफु प्रवास जाने? महात्मा गांधी को काँग्रेस पार्टी ले भारत स्वतंत्र हुनु अगाडि नै भारत भित्र प्रत्येक चुनाव लड्दै आएको। सीके को संगठन ले चुनाव नलडने बाटो संगठन विसर्जन को बाटो हो।

गांधी ले भारत को भूभाग भित्र भारतीय को समानता का लागि लड़े। विजय पनि प्राप्त गरे। तर त्यसै भारतीय ले दुनिया मा जहाँ पनि समानता पाउनु पर्छ भन्ने लक्ष्य गांधी ले स्थापित गरेनन। गांधी को ब्लाइंड स्पॉट मा मधेसी पर्यो। मधेसी भारतीय नै त हो। प्रत्येक मधेसी NRI हो। दुनिया मा सबैभन्दा बढ़ी NRI हरु भएको देश नेपाल। एक करोड़ बढ़ी छ। दुनिया भरि गन्दा २० करोड़ जति छन NRI हरु।

भने पछि नेपालमा मधेसी लाई गार्हो पर्यो भने त्यो त मोदी को समस्या हो। मधेसी बलियो पोजीशन मा छ। मधेस अलग देश नबन्ने मधेसी को ताकत नपुगेर होइन। मधेसी ले समानता पाउन  मधेस अलग देश आवश्यक नभएर हो।

सीके को मधेस अलग देशको एजेंडा ले मधेसी मोर्चा लाई स्पेस बनाइदिएको छ। योगदान नभएको होइन। महत्व नभएको होइन। तर ११ बुँदे पुरा भए पछि सीके राउत को संगठन ले राजनीतिक पार्टी को रूप धारण गरेर चुनाव लड्ने बाटो अंगीकार गर्नु पर्छ। होइन भने एक लाख सदस्य गुमराह हुने छन।

सीके को संगठन ले पांच लाख मात्र सदस्य बनाउने हो भने पहाड़मा खुट्टा नटेकेरै सारा देश कब्ज़ा हुन्छ। मधेस अलग देश सानो लक्ष्य भयो। लक्ष्य हुनुपर्यो विराट। लिच्छवि राज पार्ट दो हुनुपर्यो सीके को लक्ष्य।