Showing posts with label shambhoo. Show all posts
Showing posts with label shambhoo. Show all posts

Sunday, February 12, 2023

भगवान कल्कि जन्मेको मटिहानी

भगवान राम जन्मेको अयोध्या 
भगवान कृष्ण जन्मेको मथुरा 
भगवान बुद्ध जन्मेको लुम्बिनी 
भगवान कल्कि जन्मेको मटिहानी 

काव्यात्मक छ ठाउँ को नाम 
लयात्मक छ ठाउँ को नाम 
हरि नाम हरि नाम 
जनकपुरधाम जनकपुरधाम 

१,४०० वर्ष देखि पर्खेर बसेका मुसलमान 
आउँछन आउँछन हरि नाम 
२,००० वर्ष देखि पर्खेर बसेका ईशाई 
आउँछन आउँछन हरि नाम 
४,००० वर्ष देखि पर्खेर बसेका यहुदी 
आउँछन आउँछन हरि नाम  

कार्ल मार्क्स ले धर्म को आलोचना गरेका हुन 
ईश्वर को होइन 
तर येशु ले धर्म को जति चर्को आलोचना गरे 
त्यसको सय को एक भाग पनि कार्ल मार्क्स ले गरेनन 

रामायण मा कसैलाई यो हिन्दु त्यो हिन्दु कतै भनिएको छैन 
महाभारत मा कसैलाई यो हिन्दु त्यो हिन्दु कतै भनिएको छैन  
सनातन धर्म भनेर कुनै भुगोल विशेष लाई भनिएको होइन 
सनातन नामको न कुनै पहाड़ छ, न उपत्यका
न नदी, न मैदान 
सनातन त समय को कुरा हो 
धरती को मनुष्य को 
न कुनै शुरुवात न कुनै अंत भएको ईश्वर सँग को सम्बन्ध 

कुरा धर्म को कहिले पनि थिएन 
कुरा सधैँ ईश्वर को थियो 
त्यो ईश्वर केही नया भन्न लागेका छन 
तर अहिले मानव जाति सँग थाप्ने भाँडो नै छैन 
पहिला कलि युग समाप्त गर्नुपर्छ 
सबैले मिलेर 
कलि युग समाप्ति को प्रोजेक्ट 
एउटा राजनीतिक आर्थिक कार्यक्रम हो 

समस्त ब्रह्माण्ड को ईश्वर, यस्ता थुप्रै ब्रह्माण्ड हरु को ईश्वर 
सारा मानव जाति को ईश्वर 
सारा पृथ्वी को ईश्वर 
सृष्टि एउटा छ भने ईश्वर कति वटा हुन्छ? 

लालटिन बालेर खोजिरहेका छन 
खोज, शम्भल शहर कहाँ छ 
अन्यथा मान्नु हुँदैन 
धर्म ग्रन्थ को भविष्यवाणी बुझने कुरा 
सजिलो होइन 

शम्भु को देश 
पशुपतिनाथ को देश 
नेपाल 
शम्भल 

भगवान राम को जन्म कुण्डली छ हामी सँग आज 
थाहा हुन्छ ७,००० वर्ष अगाडि धरती मा थिए 
त्रेता युग मा 

भगवान कृष्ण ५,००० वर्ष अगाडि 
द्वापर युग मा 

भगवान शिव का शिष्य हरु ले 
स्थापना गरेको शहर 
काशी बनारस 
आज मोदी जी को चुनाव क्षेत्र 
१०,००० वर्ष पुरानो शहर 
सत्य युग मा स्थापना गरिएको 

स्पष्ट छैन?
एउटा युग केही हजार वर्ष चल्छ भन्ने कुरा?
चार ऋतु जस्ता चार युग 
आउँछन जान्छन 
सत्य युग फेरि आउन लाग्यो 
पतझड़, जाड़ो, वसन्त, गर्मी 

सम्भवामि युगे युगे 
धर्म को स्थापना गर्न म प्रत्येक युग मा 
आइपुग्छु 
आइपुगे 
भगवान कल्कि धरती मा छन 
मटिहानी मा पैदा भएका हुन 
२,५०० वर्ष अगाडि बुद्ध थिए 
आज कल्कि हुन 
बुद्ध त टाइटल हो 
नाम त सिद्धार्थ गौतम हो 
२,५०० वर्ष अगाडि जोगी बने 
अब समस्त पृथ्वी को 
राजा बन्छन 
राजा सुद्धोदन लाई ज्योतिष ले भनेको 
कि त सारा पृथ्वी को राजा बन्छ 
कि त जोगी 
२,५०० वर्ष अगाडि जोगी बने 
अब राजा बन्छन 

दुनिया को प्रत्येक चर्च मा 
प्रत्येक हप्ता 
नबिराइ गरिने प्रार्थना 
हे ईश्वर, धरती मा 
तपाईं को प्रत्यक्ष शासन चाहियो 

राम राज्य सिर्फ अयोध्या मा थियो 
कल्कि राज्य सारा पृथ्वी मा हुनेछ