Showing posts with label madhesi morcha. Show all posts
Showing posts with label madhesi morcha. Show all posts

Saturday, December 26, 2015

राजेंद्र को देखा तो ऐसा लगा



जानवरो ने बेहोस कर दिया मार मार के
माथा स्कैन करना पड़ा
सर में पट्टी पाओं में पट्टी
दर्जनो साथ में घायल
विस्तर पर लेटे हैं अस्पताल में
जानवरो ने अस्पताल को भी ना छोड़ा

शायद वही वो मोड़ है आंदोलन की जब
सर पर कफ़न बाँध के बन्दुक उठाइ जाती है
पृथ्वी नारायण की जान बक्सी तिरहुतिया फ़ौज ने
गलती की
शायद यही वो मोड़ है
जहाँ पर गलती सुधारी जाती है

जमीन हमारा, मुल्क हमारी
ये सारा दुनिया हमारा
सात महाद्वीप पर फैले हैं हम

शायद यही वो मोड़ है
जहाँ अहसास किया जाता है
गांधी जी की शिक्षा गलत नहीं थी
ताकत तो अहिंसा में ही है

लाठी और बन्दुक उनके हाथ में है
दुनिया फिर क्युँ मेरे साथ में है?

नासमझ लोग हैं
ये मधेस आंदोलन नहीं
राष्ट्रिय आंदोलन है
समानुपातिक समावेशी
जनजाति के लिए भी
पहाड़के महिला के लिए भी
दलित के लिए देश भर के

सत्य आग्रह
सत्य आग्रह

एक मधेस दो प्रदेस उनके बच्चे के लिए
जो अभी भारत जाते हैं दरबान बनते हैं
दुनिया के शहरों में बेच दिए जाते हैं
मलेशिया जाते हैं, कतार जाते हैं
अमरिका बेलायत जाके बस जाते हैं

सत्य आग्रह
सत्य आग्रह

आकाश लाल हो जाता है
सुरज के दिखने से पहले
एक मधेस दो प्रदेस लाल आकाश है
आर्थिक क्रांति के सुरज का

सत्य आग्रह
सत्य आग्रह

केंद्र के संसद में उन दोनों प्रदेशो का
जनसंख्या समानुपातिक प्रतिनिधित्व
उनके बच्चे के लिए है
जो कल पहाड़ से मधेस आएंगे
जैसे कि वो अभी ही आ गए हैं

सत्य आग्रह
सत्य आग्रह

रोटी लोगे बेटी नहीं?
तो रोटी चली जाएगी
तो?

मधेसकी बहु
देशकी
प्रधान मंत्री क्यों नहीं हो सकती
देशको
तरक्की नहीं करना क्या?

जनजाति अधर्मी हैं जो
धर्म निरपेक्षता मांग रहे हैं?
सनातनी शैतान
तेरा नकाब उतर गया है
तु राम के हाथों हारा
फिर हारेगा
धरतीपुत्रों के हाथों
वध हो जाएगा
सम्हल जा
जग गया
अब ये जमाना

ए राजेंद्र तु मत घबराना
तेरे पिछे सारा जमाना







In The News (52)

साझा धारणा बनाउन कांग्रेस, एमाओवादी र मोर्चा तयार
मोर्चाको मागमा साझा धारणा बनाउन केही दिनदेखि प्रमुख विपक्षी कांग्रेस र एमाओवादीले सक्रियता देखाइरहेका छन् । ...... कांग्रेस र मोर्चाबीच दुई घण्टा वार्ता भएको थियो । त्यसपछि एमाओवादीसहितको त्रिपक्षीय वार्ता पनि दुई घण्टा सम्म चलेको थियो । .....

‘कांग्रेस र एमाओवादी सीमाकंनको फेरबदल र संसदमा प्रस्तुत भएको संविधान संशोधन विधेयकलाई परिमार्जन गर्न सहमत भएका छन ।

यो सकरात्मक पक्ष हो’ सुमनले भने .... कांग्रेस प्रवक्ता दिलेन्द्र बडुले त्रिपक्षीय वार्ता उपलव्धि उन्मुख भएको बताए । ‘संसद् बैठक सुरु हुनुअघि सम्म साझा निष्कर्ष बनाउने प्रयास हुनेछ’ बैठकपछि कान्तिपुरसंग बडुले भने,

‘सीमांकन सहित सवै मागमा साझा धारणा बनाउने प्रयास भएको छ ।’

...... स्रोतका अनुसार पूर्वका झापा, मोरङ, सुनसरी र पश्चिमका कैलाली कंचनुपरलाई विवादित जिल्ला मानेर तीन महिनाभित्र समस्या हल गर्ने गरी छलफल अघि बढेको छ ..... उनका अनुसार सीमांकन बाहेकका अन्य बिषयमा ठुलो दुरी देखिएको छैन । ....

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले छलफल अघि बढीरहे पनि कुनै निष्कर्ष ननस्किएको बताए । उनले समझदारी नहुँदा सम्म आन्दोलन पनि नरोकिने र संसद बैठकको अवरोध पनि जारी रहने बताए ।

...... कांग्रेस र मोर्चावीच भएको छुट्टै वार्तामा सीमांकनलाई तीन महिनाभित्र समाधान गर्नेगरी नागरिकता, भाषा, नेपाली सेनामा समावेशिता सहितका सवै बिषयमा साझा धारणा बनाउने छलफल भएको थियो । ‘सीमांकन बाहेकका अरु माग संविधानमा प्रष्ट पारे मिल्ने खालका छन । ठुलो समस्या देखिन्न’ कांग्रेस केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले भने । उनका अनुसार सरकारले तराई(मधेसको मागलाई सम्वोधन गर्न औपचारिक दृष्टिकोण नदिएका कारण समझदारी हुन ढिलाई हुँदै आएको हो । ....... महन्थ ठाकुरले शान्तिपुर्ण आन्दोलनका शीर्ष नेतामाथि विश्वको लोकतान्त्रिक मुलुकमा सरकारबाट आक्रमण भएका घटना बिरलै भेटिने गरिएको भन्दै बिरोध जनाएका थिए । 'तपाईहरुमाथि कसरी विश्वास गर्ने ?'
अबको नेतृत्व मेरै हो : पौडेल
‘आजको दिनसम्म मैले धेरै सहेँ, पार्टी सभापति सुशील कोइरालाले पनि आफूखुसी काम गर्ने सरसल्लाह नलिने ..... पार्टीभित्र भएको ६०/४० भागबण्डाको विकृतिलाई चिर्दै सिद्धान्तको राजनीति, मिशन र भिजन भएकाले नेतृत्व लिन आवश्यक रहेको उनको भनाइ थियो ।
चुनावमा हारको क्षतिपुर्ति असुल्न आन्दोलन गरियो : पौडेल
सरकार आफ्नै बोझले ढल्छ: देउवा
‘सरकारले केहि गर्न नै सकेको छैन, अगाडि बढ्न पनि सकिरहेको छैन’ ..... देउवाले कैलाली र कञ्चनपुरमा बसोवास गर्ने राना तथा डगौरा थारुलाई विशेष अधिकार प्रदान गरेर भए पनि उनीहरुका माग पूरा गरिने बताए ।
सरकारको कामप्रति माधव नेपाल असन्तुष्ट
कालोबजारी, मुल्यबृद्धि र तस्करी मौलाएको भन्दै जनताले राज्य भएको अनुभूति गर्न पाउनुपर्ने बताए । ....

‘सिमाकंन सुझबुझका साथ सल्टाउनुपर्ने बिषय हो

, यसमा राजनीतिक सहमति गर्नुपर्छ,’ उनले भने, ‘निर्वाचन क्षेत्र, समानुपातिक समावेशी प्रतिनिधित्व र सामाजिक न्याय सं‌शोधनमार्फत सम्बोधन गर्नुपर्छ ।’
मोर्चाको माग सम्बोधन गर्न कांग्रेस र एमाओवादीबीच छलफल
आजै तीन बजे कांग्रेस-मोर्चा छलफल हुने



उकुसमुकुसमा मधेस
सीमाञ्चलबारे यसअघि भन्ने गरिएको ‘पढाइ न लिखाइ बोर्डर पर बैठाइ’ बल्ल यसपालिको भारतको व्यापारिक नाकाबन्दीले चरितार्थ गरिदिएको छ । अर्थात् पढाइ र लिखाइ नभए पनि बोर्डरमा बस्नेलाई रोजगारको धेरै चिन्ता गर्नु पर्दैन । नाकाबन्दीले बोर्डरमा बसोबास गर्ने दुबै देशका नागरिकको घर—घरमा इन्धनको कारोबार सुरु भएको छ । ..... अहिले उक्त सडक खण्ड हुँदै रक्सोल पुग्दा अधिकांश घर अगाडि एउटा मेचमाथि मिनरल वाटरको बोतलमा पेट्रोल, जर्किनमा डिजेल र रिफिलका लागि राखिएका खाना पकाउने ग्यासका सिलिन्डर लस्करै राखिएका देखिन्छन् । पेट्रोल/डिजेल प्रतिलिटर ५/७ रुपैयाँ नाफा खाएर बिक्री गर्दा पनि दिनकै कम्तीमा ५ हजार रुपैयाँ आम्दानी हुने गरेको ..... बोर्डर कटाएर वीरगन्जमै डेलिभरी गर्नेले अझ दोब्बर नै कमाउँछन् । ‘एलपी ग्यास रिफिल गरे प्रतिसिलिन्डर हजार रुपैयाँ नाफा आउँछ,’ उनले भने, ‘त्यसमा लगानी र रिस्क बढी छ ।’ यस अघि खेतीकिसानी र भँैसी पालनपोषण गर्दै आएका गुप्ताले भैँसीको गोठमा इन्धन भण्डारण गरेका छन् । ‘जेठो छोरोले पम्पबाट तेल ओसार्ने काम गर्छ, उनले सुनाए, ‘म र कान्छो मिलेर बिक्री गर्छौं ।’ भैँसी र घरधन्दाको जिम्मेवारी श्रीमतीले पाएकी छन् । गुप्ता परिवारको मात्र नभई भारत–नेपाल सीमा वारपार बस्ने अधिकांशको दैनिकी नै बनेको छ, इन्धनको कारोबार । ..... बिहानैदेखि राति ८ बजेसम्म इन्धनको कारोबार हुने गरेको छ । हुन त भारतको व्यापारिक नाकाबन्दी हुनुअघि पनि बोर्डरमा बस्नेको पहिलो रोजाइ नै वस्तु ओसारपसार नै हो । तर प्रहरी प्रशासन र दुबैतिरका व्यापारीसँग हिमचिम हुने संगठित समूहले मात्र त्यसको फाइदा लिँदै आएका थिए । यसपालिको भारतको व्यापारिक नाकाबन्दीले पैसा कमाउन चाहने जोसुकैलाई स्वर्ण अवसर जुटाइदिएको छ । नाकाबन्दीको मौकामा इन्धन र ग्यास तस्करीबाट लाखौँ कमाइरहेका केही नेता, कार्यकर्ता र बोर्डरका बासिन्दाले ‘अधिकार नपाउन्जेलसम्म मधेसी जनता लडिरहन्छन्, अभि नहीं तो कभि नहीं’ जस्ता चर्का नारा लगाउने गरेका छन् । ......

साउनको अन्तिम सातादेखि शरीरमा कुर्तासुरुवाल, काँधमा गम्छा राखेर सुरु भएको मधेस आन्दोलन अहिले पुसको शीतलहर र हुस्सु सुरु भइसक्दा पनि जारी नै छ । अधिकार प्राप्तिका लागि भनिएको मधेस आन्दोलन र सीमानाकामा धर्ना यति लम्बिन्छ भनी सायद कसैले सोचेका पनि थिएनन् । मधेसी मोर्चा र सरकारी पक्षबीच हुने प्रत्येक वार्ता सफल होस् भन्ने कामना गर्न थालिएको छ । मधेसका हरेक अनुहार मलिन छन् ।

..... ‘पहाडिया सब अधिकार छिनले लसन्, हमनीके लैकाके अब सरकारी नोकरी नामिली, इन्डियासे आइल पतोहके नागरिकता नामिली, मधेसीयाके लैका देशके प्रधानमन्त्री, राष्ट्रपति नाबने सकी’ अर्थात् ‘पहाडियाले सबै अधिकार खोसे । हाम्रा बालबच्चाले सरकारी नोकरी पाउँदैनन् । भारतीय बुहारीले नागरिकता पाउँदैनन् । मधेसीको बच्चा राष्ट्रको संवैधानिक पदमा पुग्दैन् ।’ .... आन्दोलन सुरु भएदेखि स्थानीय एफएमहरूले सञ्चालन गर्दै आएका ‘मधेस विशेष कार्यक्रम’मा सहभागीहरूले प्रत्यक्ष फोन गरी नेतालाई सचेत रहन चेतावनी नै दिन्छन् । ..... गत पुस ३ देखि सरकारलाई अन्तिम धक्का दिनका लागि कडा पारिएको आन्दोलनमा जनता सडकमा आएनन् । केही कार्यकर्ताले आन्दोलन चर्काउन प्रहरी प्रशासनमाथि ढुंगामुढा र पेट्रोल बम प्रहार गरे पनि ३ दिन नबित्दै उनीहरू पनि शान्त भएका छन् । छठयता जनता आन्दोलनमा आएका छैनन् । बजार खुलेका छन् । ..... असोज ७ देखि सुरु नाकाधर्नाले मुलुकको आयात—निर्यातको मुख्य व्यापारिक नाका अझै ठप्प छ । रक्सौलका प्रभावशाली व्यापारी तथा भारतीय जनता पार्टीका समर्थक महेशकुमार अग्रवालको गोदाम परिसरमा धर्नाकारीका लागि नि:शुल्क मेस सञ्चालनमा ल्याइएको छ । दैनिक ३ समय धर्नास्थल मितेरी पुलमै नास्ता र मिनरल वाटरको व्यवस्था गरियो । नगर परिषद रक्सौलले पुलमै घुम्ती शोचलायको व्यवस्था गरिदियो । दसगजा क्षेत्रमा भारतीय प्रशासन र व्यापारीको प्रत्यक्ष संलग्नता देखिए पनि नेपाली प्रशासनले नाका अवरोध हटाउने पहल गरेन । यताबाट हटाउँदा सजिलै भारतीय भूमिमा आश्रय लिने भएकाले मात्र हिंसा र तनावका लागि पहल नगरिएको सुरक्षा स्रोत बताउँछ । यसको सट्टा यस नाकाको भौगोलिक अवस्थितिले समेत धर्नाकारीलाई सघाएको छ । ‘मुलुकका अन्य नाकामा वारि नेपाल भन्सार र पारि भारतीय भन्सारका कार्यालयहरू छन्,’ वीरगन्ज भन्सारका एक कर्मचारी भन्छन्,

‘तर यहाँ दुवै भन्सारको बीचमा ४ सय मिटरमात्र खाली ठाउँ छ ।’

...... एक महिनादेखि धर्नाकारीहरूको संख्या घटेसँगै त्रिपालको संख्या पनि घटेको छ । सुरु—सुरुमा ५ वटा त्रिपाल ठड्याइएका थिए । अहिले एउटा मात्र छ । ‘पहिलेको तुलनामा धर्नाकारीहरूको संख्यामा कमी आए पनि सहभागिता राम्रै छ,’ पहिलो दिनदेखि नै धर्नामा बसिरहेका स्थानीय नेता कृष्ण पटेल भन्छन्, ‘मधेसको माग सम्बोधन नहुन्जेल धर्ना जारी रहन्छ ।’ धर्नाकारीका लागि आगो ताप्न दाउरा, बाक्लो ओढ्ने, बिछ्याउने र मच्छरदानीको व्यस्थासमेत गरिएको छ । ...... बेलाबेला वाणझैँ निस्कने प्रमुख दलका नेताहरूको मधेसप्रतिको अभिव्यक्तिले त्यसै पनि मन विभाजित बनाएकै थियो । माहोल यस्तो बन्यो कि जो जहाँ थियो, त्यही अवस्थामा चाहेर वा नचाहेर आन्दोलनप्रति समर्थन जनाउन बाध्य हुँदै जानुपर्ने भयो । ...... कांग्रेसका एक केन्द्रीय सदस्य जो अघिल्लो निर्वाचनमा हारेका थिए, मितेरी पुलमा पुगेर आन्दोलनकारीहरूसित धर्नामै बसे । निकट भविष्यमा हुने भनिएको स्थानीय निकायको निर्वाचनको तयारीका लागि पनि कांग्रेसका नेताले झण्डा बोकेर मधेस आन्दोलनको समर्थनमा जुलुस प्रदर्शन गरे । एमालेका समेत केही सभासदले विज्ञप्ति जारी गरी मधेसका जायज माग तत्काल पुरा गर्न माग गरे । ..... जीवनको कुनै कालखण्डमा काठमाडौँमा अध्ययन वा कामको सिलसिलामा हुँदा भोगेका जातिगत/रंगभेदी टिप्पणीको रिस यसपालि सामाजिक सञ्जाल हुँदै सडकमा मज्जाले पोखियो । ठाकुरराम बहुमुखी क्याम्पसका एकजना उपप्राध्यापकले आफू २ दशकअघि त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा अध्ययन गर्दा पहाडी साथीहरूले ‘मधेसी’, ‘धोती’ भनी गिज्याएको सम्भिँmदै पहाडी शासक वर्गले सुरुदेखि नै मधेसीलाई होच्याएर व्यवहार गर्ने गरेको आरोप लगाउन चुकेनन् । .....

‘मधिसे’बाट मधेसीमा रूपान्तरण भएको सम्मानको अवस्था पछिल्लो सीमानाका धर्नाले पुन: मधेसीबाट ‘मधिसे’मै परिवर्तन भएको छ

...... नाकाबन्दीका कारण किसानले उत्पादन गरेको धान बिक्री हुनसकेको छैन । गर्जो टार्न बिक्री गर्नैपर्नेले गत वर्षको भन्दा ५ देखि ८ सय रुपैयाँसम्म कम मूल्यमा बिक्री गर्न बाध्य भएका छन् । उद्योग, कलकारखाना, यातायात, व्यापारिक प्रतिष्ठान ठप्प हुँदा लाखौँ जनशक्ति लामो समयदेखि रोजगारविहीन छन् । हातमुख जोर्ने समस्याले रन्थनिएर अवैध कारोबारमा संलग्न भएका छन् । ..... इन्धन, एलपी ग्यास अभावमा निम्न र मध्यम परिवार कष्टप्रद जीवन बिताइरहेका छन् । मोर्चाका स्थानीय अगुवा नेताले ‘बाहिरी रूपमा अभि नहीं तो कभि नहीं,’ ‘इस बार नगद में अधिकार चाहिए’ जस्ता उत्तेजित र तातो अभिव्यक्ति दिए पनि भित्री रूपमा उनीहरूलाई आन्दोलन कसरी सफल अवतरण गराउने भन्ने सकसले सताउन थालेको छ । ......

बाहिरी रूपमा सरकार र मोर्चा कडा रूपमा प्रस्तुत भए पनि भित्री रूपमा दुवै गलिसकेका छन् ।

..... संघीय प्रदेशको सीमांकनलाई बटम लाइन बनाएको मोर्चाले तत्काल त्यसलाई छाडेर सम्झौता गर्ने अवस्था छैन । उनले थपे, ‘राष्ट्रियता र अखण्डताको नारालाई उचाइमा पुर्‍याएको अहिलेको सरकारले यही बीचमा सीमांकनमा संशोधन गरिहाल्ने अवस्था पनि छैन । किनकि आगामी दिनमा दुवैलाई जनता फेस गर्नुछ ।’ यी दुवैको ‘इगो’बीच समाधान अड्किएको छ । ...... ‘आन्दोलन दुई महिनाअघि नै उत्कर्षमा पुगिसकेको थियो,’ मोर्चाका एक नेता भन्छन्, ‘त्यसपछि दुवै पक्षबीच आरोप/प्रत्यारोपको क्रम जारी छ । सरकार आन्दोलनलाई थकाएर पन्छिन खोजेको आभास भइरहेको छ ।’ ३ महिनाभन्दा बढीको नाकाबन्दीले पहाडका मात्र नभई मधेसका जनता मानवीय संकटमा परेका छन् । ..... असोज ७ बाट नाकामा धर्ना सुरु भएदेखि आन्दोलनकारीका लागि रक्सौलमा मेस सञ्चालन गर्दै आएका भारतीय नागरिक महेश अग्रवालसमेत छट्पटिएका छन् । अग्रवाल नाकाबन्दीले नेपालमात्र नभई सीमावर्ती भारतीय जनता पनि अत्यधिक मारमा परेको गुनासो गर्न थालेका छन् । उनले भने, ‘यति लामो आन्दोलन कुनै पनि देशको हितमा हुँदैन । ..... ‘प्रदेश नम्बर–२ को सीमांकन झापासम्म हुन नसक्ने भएपछि यसकै निहुँमा देश डुबाउनु हुँदैन । आन्दोलनको बैठान केमा हुनसक्छ, यसमा गृहकार्य आवश्यक छ ।’ ...... मंसिर अन्तिम साता मोर्चाका नेताहरूको दिल्ली दौडाहाले आन्दोलन चक्रव्यूहमा परेको मधेसका बुद्धिजीवीहरूले टिप्पणी गरेका छन् । नेताहरूको दिल्ली भ्रमणसँगै मधेस आन्दोलनको विसर्जन भएको टिप्पणी हुने गरेको छ । प्रधानमन्त्री चुनावमा सहभागी भएर नैतिकता गुमाएका मधेसीवादी दलका शीर्षस्थ नेताहरूले भारत गएर मधेस आन्दोलन विसर्जन गरेको आरोप बढ्दो छ । .....

नाकाबन्दी लम्बिएपछि मोर्चाका नेता र कार्यकर्ताहरू नै रंगदारी उठाउने, इन्धन र खाना पकाउने ग्यासको तस्करीमा संलग्न हुन थालेपछि अधिकांशमा निराशा उत्पन्न भएको छ ।

..... प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेका अनुसार सुरक्षाकर्मीलाई सकेसम्म गोली नचलाउनु र चलाउनैपरे घुँडाभन्दा मुनिमात्रै हान्नु भन्ने निर्देशन दिइएको थियो । तर पश्चिम नेपालको टीकापुर घटनाले प्रहरीमा आफूहरू असुरक्षित भएको सन्देश गइरहेको थियो । वीरगन्जको घटनामा टीकापुर ‘फोबिया’ बढी नै हावी भएको थियो ।

Friday, December 25, 2015

सानो मधेसी मोर्चा: पार्टी एकीकरण

सानो मधेसी मोर्चा का चार पार्टी हरुको एकीकरण गर्न किन मिल्दैन?

  • नेपाल सद्भावना पार्टी 
  • राष्ट्रीय समाजवादी मधेस पार्टी 
  • मधेसी जनाधिकार फोरम (गणतांत्रिक)
  • तराई मधेस राष्ट्रिय अभियान 
एजेंडा एक अर्काको फोटोकापी छ। पर्सनालिटी क्लैश भनौं त चार नेता एउटै स्टेज मा बसेको देखिन्छ। भने पछि? एजेंडा एक अर्काको फोटोकापी भएका पार्टी हरु छुट्टा छुट्टै रहेकोले संगठन विस्तार गर्न गार्हो भएको हो। 

मधेस सद्भावना फोरम नाम ले चार वटै को नाम बाट कमसेकम एउटा शब्द समेटने हुन्छ। मधेसमा हुनुपर्ने ठुलो मधेसी मोर्चा का नेताहरु काठमाण्डु का कॉकटेल सर्किट हरुमा व्यस्त भएकोले र राजेंद्र नाकाबंदी स्पेशलिस्ट नाका मा व्यस्त रहेकोले एउटा गैप छ, मधेसमा कार्यक्रम गर्दै हिड्नुपर्ने स्पेस छ। जुन कि सानो मोर्चाले पुरा गर्दैछ। 

एकीकरण ले राम्रो सन्देश जान्थ्यो। आंदोलन लाई उर्जा मिल्थ्यो। 

एकीकृत पार्टी लाई ठुलो मधेसी मोर्चा को पाँचौं पार्टी बनाउन पनि सजिलो। 




सानो मधेसी मोर्चा र ठुलो मधेसी मोर्चा किन मिल्न नहुने?

सानो मधेसी मोर्चा र ठुलो मधेसी मोर्चा किन मिल्न नहुने? अहिले जनताले अधिकतम र अंतिम त्याग सम्म गरिरहेको बेला नेता ले राजनीतिक गृहकार्य मा कन्जुस्याइ गर्नु हुन्न। आंदोलन लाई थप उर्जा प्रदान गर्ने एक र हरेक कदम लिनुपर्छ।

मधेसी मोर्चा: १० दल

केही हप्तामा मधेस आंदोलन को winter break समाप्त हुन्छ र अंतिम र निर्णायक धक्का फेज मा जानुपर्ने हुन्छ। त्यसका लागि दुई मधेसी मोर्चा लाई एक पार्ने मात्र होइन काँग्रेस कम्निष्ट लाई पनि तराई काँग्रेस र तराई कम्निष्ट पार्टी खोल भनेर भन्नु पर्ने छ।

उपेन्द्र लाई होला, शरद सिंह र फोरम गणतांत्रिक ले मेरो पार्टी फोडेर गए। उपेन्द्र ले पनि पहिला एमाले र पछि माओवादी छोडेर गएका हुन। अहिले बाबुराम सँग राम्रै छ त। यहाँ सम्म कि बाबुराम सँग पार्टी एकीकरण सम्म को हल्ला छ। राजेन्द्र लाई छ अनिल ले पार्टी फोड्यो। राजेन्द्र ले पनि त सद्भावना पार्टी फ़ोड़ेका हुन।

प्रश्न एउटा मात्र छ। एजेंडा मिल्छ कि मिल्दैन र सानो मोर्चा सँग जनाधार छ कि छैन। सानो मधेसी मोर्चा ले एक मधेस तीन प्रदेस भनेको छैन। एजेंडा फोटोकॉपी मिल्छ। सेम टु सेम। जनाधार ठुलो मोर्चा जतिको छैन तर छ। दौडाहामा छन। शहर शहर मा आम सभा गर्दै हिडेका छन। २०४६ मा एजेंडा ठ्याक्कै नमिल्ने काँग्रेस र वाम मोर्चा एक बुँदे मा मिल्न सक्ने तर ठुलो मधेसी मोर्चा र सानो मधेसी मोर्चा फोटोकॉपी सेम टु सेम भएर पनि एक ठाउँ आउन नसक्नु ले मधेस आंदोलन लाई अनावश्यक रुपमा कमजोर बनाएको छ। यो न चुनावी तालमेल हो न केही। मधेस आंदोलन को विजय उद्घोष अगाडि चुनाव को त कुरै हुँदैन। न बाबुराम सँग न कोही सँग। बरु दुई मधेसी मोर्चा लाई एक बनाए त्यस मध्ये केही घटक हरु बीच अंततः पार्टी एकीकरण हुने संभावना हुन्छ।

Nothing to lose, everything to gain को अवस्था छ। मधेसी मोर्चा का चार नेता ले एक ले अर्को लाई नेता नमान्ने व्यवहार ले गर्दा नै यस्तो जाबो सानो टैक्टिकल कदम लिन नसकेका हुन। जनता सँग त्याग माग्ने, आफु जाबो सानो गृहकार्य गर्न नसक्ने?

मलाई साँच्चै सोधन मन लागेको --- सानो मधेसी मोर्चा का चार पार्टी बीच एकीकरण किन नगरेको?



Thursday, December 24, 2015

सनातनी प्रचंड को FUD स्ट्रेटेजी

सनातनी प्रचंड को FUD स्ट्रेटेजी। सनातनी को प्रत्येक गुण प्रचंड मा छ। सनातनी ले गरीबी लाई समस्या नै मान्दैन। समृद्धि उसको एजेंडा नै होइन। त्यसै कारण उ प्रोडक्टिव काम गरौं भनेर लागेकै हुँदैन। जहाँ कुनै wealth creation गर्नु नै छैन त्यहाँ जति लिडे ढिपी गरे पनि हुने हुन्छ।

एक्लो बृहस्पति झुट्टा

Fear, uncertainty and doubt
Fear, uncertainty, and doubt (often shortened to FUD) is a tactic used in sales, marketing, public relations,[1][2] politics and propaganda. ...... FUD is generally a strategic attempt to influence perception by disseminating negative and dubious or false information. An individual firm, for example, might use FUD to invite unfavorable opinions and speculation about a competitor's product; to increase the general estimation of switching costs among current customers; or to maintain leverage over a current business partner who could potentially become a rival........ The term originated to describe disinformation tactics in the computer hardware industry[dubious – discuss] but has since been used more broadly.[3] FUD is a manifestation of the appeal to fear.
संविधान संशोधनमा मोर्चाकाे मौन सहयोग रहन्छ: दाहाल
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनको विधेयकको भाषामा कुरा मिले मधेसी मोर्चा मौन बसेर सहयोग गर्ने दावी गरेका छन् । उनले पुनर्निर्माण प्राधिकरण विधेयक पारित गर्दा झै मोर्चाको सहयोग रहने दावी गरे । ..... भाषामा सहमति पछि आईतवारबाट संविधान संसोधन विधेयक अगाडि बढ्छ उनले भने ।....... संविधान निर्माणदेखि नै आफू आन्दोलनरत दल र सरकारबीच 'ब्रिजिङ'को भूमिकामा सक्रिय रहेको उनले बताए । उनले भने, 'सीमांकन अहिले नै मिलाउन निक्कै कठिन छ । त्यसैले यसलाई तीन महिनाभित्र टुङग्याने विषयमा मधेसवादी दलहरु सहमतिमा आउनु पर्छ । त्यसबाट मात्रै निकास निस्कन्छ ।'

Friday, December 04, 2015

तीन बेईमान दल



तीन दलको साझा प्रस्ताव तयार, तीन महिनामा सिमांकन टुंग्याइने

एक मधेस दो प्रदेश नै नंबर एक मुद्दा भएको आंदोलन हो यो। मधेसी मोर्चा को ११ बुँदे माग हामी सहर्ष स्वीकार गर्छौं र तत्काल संविधान संसोधन गरेर लागु गर्छौं भन्ने एक बुँदे विज्ञप्ति निकाल। यो के नौटंकी हो?

त्यसरी संविधान संसोधन भए पछि बल्ल आंदोलन टुङ्गिन्छ। होइन भने १२ वर्ष सम्म नाकाबंदी चल्छ।

Saturday, November 07, 2015

काँग्रेस ले मधेस आंदोलन को नेतृत्व लिन खोज्दैछ, सावधान

यो गलत संविधान दिएकै सुशील ले, ५० जना मधेसी मारेकै काँग्रेस ले। काँग्रेस ले मधेस मा उही बोक्सी उही झाँखरी को खेल खेल्ने समय समाप्त भयो। मधेस जागिसक्यो। मधेस आंदोलन को प्रतिपक्ष मा तीन बाहुन दल छन। संसद को अंक गणित मधेस आंदोलन को सरोकार को विषय होइन। त्यो तीन बाहुन दल को टाउको दुखाइ हो। हाम्रो टाउको दुखाइ होइन त्यो। गलत संविधान पास गर्ने बेला तिमी लाई गार्हो परेन मत बटुल्न, अब आएर किन गार्हो पर्यो?

यो क्रांति संविधान संसोधन मा गएर समाप्त हुँदैन। यो क्रांति तीन बाहुन दल लाई तीन सीट मा नझारे सम्म चलिराख्छ। संविधान संसोधन पछि नाकाबंदी समाप्त हुन्छ। बंद कार्यक्रम हरु समाप्त हुने हो।

सीमांकन, नामांकन र संविधान घर को नक्शा पास हुने मात्र हो। सिंगो घर बनाउने काम बाँकी नै रहन्छ। संघीयता को घर बनाउने काम मा बेइमानी गर्ने ठाउँ १० गुणा बढ़ी छ। नक्शा कोर्ने समय मा तीन बाहुन दल ले आफ्नो बेइमानी प्रशस्त प्रस्तुत गरिसके। संघीयता को घर बनाउने बेला यी तीन मध्ये कसै लाई विश्वास गर्न सकिन्छ भनेर कुनै मधेसी नेता ले भन्छ भने त्यो मधेसी नेता ले या त संघीयता नबुझेको हो, या त खुद बेइमान हो।

संघीयता र समावेषिता खेळांची होइन, मधेसी र जनजाति का लागि जीवन मरण को सवाल हो।

संविधान संसोधन का लागि चाहिने दुई तिहाई तीन बाहुन दल को टाउको दुखाइ हो। काँग्रेस को पुच्छर बनेर रोष्ट्रम घेर्ने नौटंकी नगर्ने। काँग्रेस मधेस को दोस्त होइन दुश्मन हो। काँग्रेस आफ्नो इतिहास भरि मधेस को दुश्मन हो। बिहार मा काँग्रेस को जे हाल भयो अब मधेस मा पनि त्यही हाल हुन्छ। मधेसी नेता हरु मुर्ख भएर काँध थापन नजाने।

क्रांति सड़क मा हुन्छ। सड़क मा पनि संसद मा पनि कहीं क्रांति हुन्छ? सम्झौता भएछ भने संविधान संसोधन को क्रम मा वोट खसाल्ने बेला बरु गए हुन्छ। त्यो भन्दा अगाडि काँग्रेस को पुच्छर बन्न नजाने। काँग्रेस अब समाप्त भयो। बागमती किनार मा लगेर पार्टी को काजक्रिया गरे हुन्छ।


Tuesday, October 13, 2015

क्रांति को मोमेंटम को सवाल

क्रांति भनेको चुनावी अभियान होइन। क्रांति लोकतंत्र को अंतिम अस्त्र हो। यो एक युगमा एक पटक आउँछ। क्रांति सितिमिति शुरू हुँदैन। क्रांति को मोमेंटम बिल्ड गर्नु गार्हो काम हो। एक पटक बिल्ड भएको मोमेंटम बत्ती बाले निभाए जस्तो क्रांति जति बेला मन लाग्यो फिर्ता लिने --- त्यो घातक कुरा हो। यस क्रांति को एक मात्र संभव अवतरण विजय हो।

क्रांति को मोमेंटम को सवाल छ।






Friday, October 09, 2015

संघीय मोर्चा: अनुशासन

मैले संघीय मोर्चा को नीति सिद्धांत को कुरा गरें, संगठन संरचना को कुरा गरें। एक पद एक उम्मेदवार मा जाने। तर एक पद एक उम्मेदवार मा गएर चुनाव जित्ने अनि चुनाव पछि मोर्चा लाई छोडेर सरकार मा जाने व्यवहार कुनै पार्टीले देखाए त्यस्ता लाई के गर्ने? १० वर्ष का लागि मोर्चा बाट निष्कासन।

संघीय मोर्चा ख्यालठट्टा होइन। संघीय संविधान निर्माण घरको नक्शा पास भएको हुनेछ, घर बनाउने सिङ्गै काम बाँकी नै हुन्छ। त्यो १० वर्षीय योजना हो। त्यसको नेतृत्व लिन का लागि एकीकृत पार्टी भन्दा मोर्चाबंदी बढ़ी राम्रो को धारणा का साथ मोर्चा गठन हुने हो।

संघीय मोर्चा का सांसद हरु एक ढिक्का भएर बस्नुपर्ने हुन्छ।

संघीय मोर्चा भित्र लोकतान्त्रिक प्रतिस्प्रधा
McDonald's And Chinese Restaurants Across The U.S.
संघीय मोर्चा (Federal Front): Common Minimum Program
Federal Front (संघीय मोर्चा) को परिकल्पना
संघीय मोर्चा (Federal Front) को सत्ता सम्म पुग्ने बाटो
मधेसी मोर्चा को नेतृत्व को कुरा
मधेसी मोर्चा ले एकता प्रदर्शन गर्नै पर्छ
सीके राउत को आलोचना
मधेसी: तीनबाहुनदलवादी, संघीयतावादी, स्वराजी, साम्राज्यवादी
सीके राउत ले लिन सक्ने मोड़ हरु
मधेस लाई सीके राउत को खाँचो आज छ, १० वर्ष पछि होइन
जनमत निर्माण के लिए संगठन
उपेन्द्र यादवको आलोचना
सीके राउत: Madhesi Rights Movement का जहांगीर भाभा









Thursday, September 24, 2015

सरकार र संविधान नढली व्यवस्था कहिले ढलेको छ?

सरकार र संविधान नढली व्यवस्था कहिले ढलेको छ? निर्दल ढल्दा? राजतंत्र ढल्दा? यस पटक केही फरक हुने छैन। एकात्मक व्यवस्था निर्दल र राजतन्त्र भन्दा झन बढ़ी जटिल व्यवस्था हो। राजा ढालन १९ शहीद ले पुगेको। एकात्मक व्यवस्था? १०० शहीद ले पनि पुगेको छैन? और कितनी बलिदानी मांगेगी ये क्रांति?

सुटुक्क चोर बाटो बाट संविधान संसोधन गरेर समाधान हुने समस्या नै होइन यो। बहुदल दिँदा काँग्रेस लाई दिने, वाम मोर्चा लाई नदिने भएको थियो? गणतंत्र दिँदा माओवादी लाई दिने कांग्रेस लाई नदिने भएको थियो? संघीयता को सवाल मा हामी मधेसी र थारु ले पाउने, पहाडका हिमालका जनजाति ले नपाउने कुरा कसरी सोँच्न सक्छौं?

देश मा वाक स्वतंत्रता आउँदा एक करोड़ लाई आउने, दुई करोड़ लाई न आउने भन्ने हुन्छ? संघीयता अधिकार हो, वाक स्वतंत्रता जस्तो। आयो भने सबैलाई आउँछ।

भारत को नाकाबंदी ले मधेसी लाई बल पुगेको छ। पहाड़ का जनजाति लाई मधेसी लाई भन्दा गार्हो छ। तर तिनीहरु पनि आउँदैछन्। मधेसी ले जनजाति प्रति धैर्य र compassion देखाउनु पर्छ। २००६ अप्रिल मा ३ करोड़ मध्ये १ करोड़ मात्र सड़क मा आएको हो।

People's Movement I (1990)
2006 democracy movement in Nepal












संघीय गठबंधन भित्र लोकतान्त्रिक प्रतिस्प्रधा

English: Flag of the Ghadar Party हिन्दी: गदर ...
English: Flag of the Ghadar Party हिन्दी: गदर पार्टी का झंडा Español: Bandera del Partido Ghadar Imagen realizada por J. Ollé See also: Wikipedia:Autorizaciones/Banderas de Jaume Ollé Categoría:Banderas (imagen) (Photo credit: Wikipedia)
१६ बुँदे र ६/७ अंचल को एउटा राम्रो पक्ष: यसले मधेसी मोर्चा को निर्माण गर्यो र लगत्तै संघीय गठबंधन को पनि। उपेन्द्र यादव र अशोक राई को पार्टी एकीकरण ले उपेन्द्र लाई ७५ जिल्ला मा पुर्यायो। संघीय गठबंधन को निर्माण ले अरु तीन मधेसी दल लाई पनि ७५ जिल्ला मा पुर्यायो। काँग्रेस पनि एउटा पार्टी होइन, एमाले पनि एउटा पार्टी होइन, माओवादी मा प्रचंड र बाबुराम का समानांतर कमिटी हरु छन। त्यसरी अस्वस्थ गुटबंदी गर्नु भन्दा बरु छुट्टै पार्टी भएर बस्ने तर गठबंधन को अनुशासन मा बस्ने। त्यो राम्रो। स्वस्थ। अनुशासन भनेको के? राष्ट्रिय अध्यक्ष चुन्ने अंक गणित र केंद्र प्रदेश स्थानीय प्रत्येक स्तर मा संघीय गठबंधन को तर्फ बाट एक पद एक उम्मेदवार। तर संघीय गठबंधन भित्रै लोकतान्त्रिक प्रतिस्प्रधा हुन सक्छ र हुनु पनि पर्छ।


Wednesday, September 02, 2015

महेंद्र नारायण निधि लाई गिरिजा ले ठ्याक्कै यही गरेको हो

बरु पार्टी डुबोस् तर क्षेत्री बाहुन को ठाउँ मा न आइपुगोस्
काँग्रेस का मधेसी सभासद ले सही संसोधन प्रस्ताव ल्याए कुरै सकियो

काँग्रेसी हरु भन्छन Westminster, Westminster, हामी प्रत्यक्ष निर्वाचित प्रधान मंत्री को पक्षमा छैनौं। हामी त Westminster सिस्टम मान्छौं।

हो त्यो Westminster सिस्टम मा यस्तो भएको:

Margaret Thatcher - How She Lost Power (Video)
Premiership of Margaret Thatcher: Fall from power
Thatcher's political "assassination" was, according to witnesses such as Alan Clark, one of the most dramatic episodes in British political history. The idea of a long-serving prime minister — undefeated at the polls — being ousted by an internal party ballot might at first sight seem bizarre. However, by 1990, opposition to Thatcher's policies on local government taxation, her Government's perceived mishandling of the economy (in particular the high interest rates of 15% that eroded her support among home owners and business people), and the divisions opening in the Conservative Party over European integration made her seem increasingly politically vulnerable and her party increasingly divided. A Gallup poll in October 1990 showed that while Thatcher remained personally respected there was overwhelming opposition towards her final initiatives — 83% disapproved of the government's management of the National Health Service, 83% were against water privatisation, and 64% were against the Community Charge, while various polls suggested the party was trailing Labour by between 6 and 11 points.[134] Moreover the prime minister's distaste for consensus politics and willingness to override colleagues' opinions, including that of Cabinet, emboldened the backlash against her when it did occur. .......... On 1 November 1990, Sir Geoffrey Howe, one of Thatcher's oldest and staunchest supporters, resigned from his position as Deputy Prime Minister in protest at Thatcher's European policy. In his resignation speech in the House of Commons two weeks later, he suggested that the time had come for "others to consider their own response to the tragic conflict of loyalties" with which he stated that he had wrestled for perhaps too long. Her former cabinet colleague Michael Heseltine subsequently challenged her for the leadership of the party, and attracted sufficient support in the first round of voting to prolong the contest to a second ballot. Though she initially stated that she intended to contest the second ballot, Thatcher decided, after consulting with her Cabinet colleagues, to withdraw from the contest. On 22 November, at just after 9.30 a.m., she announced to the Cabinet that she would not be a candidate in the second ballot. Shortly afterwards, her staff made public what was, in effect, her resignation statement: "Having consulted widely among my colleagues, I have concluded that the unity of the Party and the prospects of victory in a General Election would be better served if I stood down to enable Cabinet colleagues to enter the ballot for the leadership. I should like to thank all those in Cabinet and outside who have given me such dedicated support." ........ Neil Kinnock, Leader of the Opposition, proposed a motion of no confidence in the government, and Margaret Thatcher seized the opportunity this presented on the day of her resignation to deliver one of her most memorable performances: "... a single currency is about the politics of Europe, it is about a federal Europe by the back door. So I shall consider the proposal of the Honourable Member for Bolsover (Mr. Skinner). Now where were we? I am enjoying this." ....... She supported John Major as her successor and he duly won the leadership contest, although in the years to come her approval of Major would fall away. After her resignation a MORI poll found that 52% agreed with the proposition that "On balance she had been good for the country", while 48% disagreed thinking she had been bad.[136] In 1991, she was given a long and unprecedented standing ovation at the party's annual conference, although she politely rejected calls from delegates for her to make a speech. She "all but shunned" the House of Commons after losing power, and gave no clue as to her future plans.[137] She retired from the House at the 1992 election, at the age of 66 years. ......... Political economist Roger Middleton summed up the economic record of the Thatcher era in the following terms: :There was no economic renaissance but a once-and-for-all catch-up exercise in labour productivity; governments have been responsible for two of the deepest depressions of the twentieth century; the experiment has generated costs which have done incalculable harm to the social fabric; and there is very little evidence that a sustainable new market order has been constructed since 1979. Long-standing problems of market and non-market failure remain." ...... Ironically, as The Economist acknowledged, albeit prematurely, at the close of her premiership: "One certain beneficiary of Mrs Thatcher's radicalism has been the Labour party. She hoped to kill it, and, by 1983, it indeed seemed close to death. Instead, fear chastened it into accepting the disciplines of its new leader, Mr Neil Kinnock. True, Labour's 1983 humiliation owed much to the defection of right-wingers to form the Social Democratic party; but, in a sense, that too was her doing. Now, after years of gloomily watching her reverse the socialist "ratchet", the Labour party has transformed itself. It has ditched unilateralism, hostility to the European Community and zeal for nationalisation. Labour as socialism is dead; as a political machine it is alive and well—and justifiably optimistic."



मार्गरेट थैचर ले संसद भंग गरिनन। जॉन मेजर त्यसै पार्टी बाट प्रधान मंत्री बने।

गिरिजा ले आफ्नो संसदीय दलको विश्वास गुमायो। तर उसको पार्टी ले संसद मा बहुमत गुमाएको थिएन। Westminster सिस्टम मा उ हट्नु पर्ने थियो। उ पछि स्वतः कैंडिडेट महेंद्र नारायण निधि थिए।

तर गिरिजा पर्यो लोकतान्त्रिक चरित्र नभएको मान्छे। बरु पार्टी तहसनहस होस, त्यो गिरिजा लाई मंजुर। पार्टी केही समय का लागि तहसनहस पार्यो पनि। Power politics बुझेको democracy नबुझेको मान्छे गिरिजा। Power politics त महेंद्र ले पनि बुझेको, जंग बहादुर ले पनि बुझेको।

अहिले सुशील ले त्यही गर्दैछ। शेर बहादुर ले पार्टी सभापति लान्छ भनेर सुशील ले त्यस पार्टी को अस्तित्व नै समाप्त गर्न लागेको छ। यो Westminster सिस्टम हो?

महेंद्र नारायण निधि लाई गिरिजा ले ठ्याक्कै यही गरेको हो।

मैले गिरिजा लाई तर थैचर संग तुलना गरेको होइन। मैले गिरिजा लाई नेपाली राजनीति को फर्नीचर भन्दा बढ़ी कहिले केही मानिन। साक्षरता कम भएको देशमा लोकतंत्र मा शायद यस्तै गिरिजा, सुशील, केपी ओली जस्ता एसएलसी बैक लागेका हरु प्रधान मंत्री हुने हो।

Saturday, August 22, 2015

सुशील सँग चिया बिस्किट खान यो आन्दोलन भएको होइन

असन्तुष्ट पक्षलाई बार्तामा बोलाउने तयारी
संविधान निर्माण लगायतका विषयलाई लिएर

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्वोधन गर्ने सहमति भएको

श्रेष्ठले बताए। मधेसी, जनजाती, थारु लगायत आन्दोलनरत सबै पक्षालाई वार्तामा बोलाउने निर्णय गरेको छ। 'आन्दोलनरत पक्षलाई वार्तामा आउन प्रधानमन्त्रीले सम्वोधन मार्फत आव्हान गर्नुहुने छ' श्रेष्ठले नागरिकन्युजसँग भने, 'आइतबार विहान फोरम लोकतान्त्रीका अध्यक्ष विजय गच्छदार सहित बैठक बस्ने निर्णय भएको छ।'



मधेसी मोर्चा




Friday, August 21, 2015

विजय गच्छेदार एउटा Heat Seeking Missile हो



१६ बुँदे मा उसले सत्ता देख्यो। ६ अंचल को नक्शा मा उसले सत्ता देख्यो। तर अब त आंदोलन चर्कियो। यो त सरकार ढालने आंदोलन हो। अब त डुब्न लागेको नैया जस्तो लाग्न थाल्यो उसलाई। यो सुशील बामे सरकार। जब गिदर की मौत आती है तो वो शहर की ओर दौड़ता है। जब काँग्रेस पार्टी की मौत आती है तो वो कहती है घैंटे को शहीद घोषणा करो।

यो सरकार मात्र होइन संविधान सभा पनि ढल्छ। संविधान सभा बाट पनि निस्के हुन्छ बिजय दिनानाथ चौहान।

एमाओवादी ले पनि चार दल (अब तीन दल) गठबंधन र संविधान सभा दुबै छोडेर सड़क मा आएर अंतरिम सरकार र नया संविधान सभा को चुनाव को माग गर्नु पर्ने भो। अनि नारा बदलिन्छ, एका को साफ करो भन्ने नारा गुंजिन्छ।
  • १६ प्रदेश 
  • केंद्र को प्रतिनिधि सभा र राज्य सभा मा प्रत्येक प्रदेश को जनसंख्या समानुपातिक प्रतिनिधित्व 
  • केंद्र, प्रदेश, स्थानीय -- तीन तहको सरकार 
  • स्थानीय स्तर मा १,००० नया सीमांकन का इकाई 
  • अहिले को केंद्र को बजेट केंद्र मा ३३%, प्रदेश  हरु लाई ३३% जनसंख्या समानुपातिक, स्थानीय स्तर मा ३४% जनसंख्या समानुपातिक 
  • ५१% खुला प्रतिस्प्रधा र ४९% आरक्षण को फोर्मुला अनुसार ५ वर्ष भित्र राज्य को प्रत्येक इकाइ मा समानुपातिक समावेशी सहभागिता 
संविधान, कानुन, समझौता नमान्ने अवैध सरकार राजीनामा दे
  • संघीयता वादी हरुको नेतृत्व मा नया अंतरिम सरकार को गठन 
  • नया संविधान सभा को चुनाव 




फोरम लोकतान्त्रिकले विशेष समिति छोड्दै, आन्दोलनमा जाने निर्णय
१६ बुँदे सम्झौताको हस्ताक्षरकर्ता मध्येको एक मधेशी जनअधिकार फोरम लोकतान्त्रिक चार दलीय विशेष समितिबाट बाहिरिँदै छ । सम्झौता अनुसार संविधान नबनाएको भन्दै विजय कुमार गच्छदारको फोरम लोकतान्त्रिकले विशेष समिति छोड्न लागेको हो । ...... फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले पार्टीले विशेष समिति छाड्ने र आन्दोलनमा जाने निर्णय लिएको बताएका छन् । काठमाडौंमा शुक्रबार अपराह्न पार्टीले सडक संघर्षमा जाने निर्णय लिएको सार्वजनि घोषणा गरिने यादवले बताए । ......

संविधानसभा छाड्ने भन्ने बारे अहिलेसम्म कुनै निर्णय नभइसकेको र पार्टीभित्र छलफलकै क्रममा रहेको यादवले जनाएका छन् । यस सम्बन्धमा केही दिनपछि पार्टीले निर्णय लिने यादवको भनाई छ ।

.... हाल सडक संघर्षमा रहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग आन्दोलनमा कुनै सहकार्य नगरिने फोरम लोकतान्त्रिकले प्रष्ट पारेको छ । वरिष्ठ उपाध्यक्ष यादवले अन्य पार्टीहरुसँग मिलेर सडक संघर्ष गरिनेबारे विचार हुने जनाएका छन् ।