Showing posts with label janata samajwadi party. Show all posts
Showing posts with label janata samajwadi party. Show all posts

Saturday, August 28, 2021

मधेस मा चार पाँच वटा राष्ट्रिय मधेसी पार्टी हरु का लागि ठाउँ छ?

पहाड़ मा जसपा मा नया शक्ति मिस्सिएर ठाउँ ठाउँ मा उम्मेदवारी दिने सम्म को हैसियत बनेको हो। होइन भने एक्लै लड़दा बाबुराम सुद्धा हार्ने अवस्था हो। त्यही एक ठाउँ भए पनि जित्न प्रचंड-माधव को जाल मा जसपा लाई फँसाउने बाबुराम को बाध्यता हो। तर प्रचंड का लागि जसपा ले पार्टी एकीकरण गरे महत्व हो होइन भने चुनावी गठबंधन का नाम मा ठग्ने प्रयास मात्र हुनेछ। त्यही गठबंधन ले गर्दा जसपा को राष्ट्रिय पार्टी स्टेटस समाप्त हुने ठुलो संभावना छ। 

जसपा फोड्ने प्रथम धक्का महंथ-राजेंद्र ले दिएको हुन सक्छ। ओली सँग मुद्दा को आधार मा सहकार्य राम्रो रणनीति यदि थियो भने त्यस मा समस्त पार्टी लाई एक ढिक्का बनाएर लानु को साटो उपेंद्र यादव लाई बिलकुल माइनस गरेर लाने प्रयास भयो। जसपा फोड्ने अंतिम धक्का तर उपेंद्र यादव को हो। बड़प्पन देखाउनुपर्ने समय मा कन्जुस्याइँ गरे। पार्टी फुट्यो। 

मिथिला र भोजपुरा मात्र मधेस होइन। अवध के त? तर हृदयेश त्रिपाठी को सही समायोजन भएन। भन्ने ले त्रिपाठी लाई माइनस नगरे सम्म राजपा र सपा एक हुनु नै संभव थिएन पनि भन्छन। 

जसपा, लोसपा, नेसपा। हृदयेश त्रिपाठी को नेपाल समाजवादी पार्टी ले देश मा तीन प्रतिशत मत बटुलेर राष्ट्रिय पार्टी कसरी बन्छ मलाई हिसाब गर्न गारहो भइरहेको छ। 

लोसपा प्रति ओली को कुनै आकर्षण देखिँदैन। एक्लै लोसपा लाई गारहो छ। राष्ट्रिय पार्टी पनि बन्न गारहो छ। बनिहालेछ भने पनि सीट नगण्य आउला। 

जसपा पनि कमजोर अवस्था मा छ। ओली को दाजु हो देउबा। त्यो देउबा को पुच्छर बनेर उपेंद्र यादव कता पुगलान? ओली ले संसद विगठन गरे, देउबा ले त देश नै ज्ञानेंद्र लाई सुम्पे। फेरि यो जसपा फोड्ने अध्यादेश। चुइँक्क नबोलेसम्म मात्र गठबंधन मा ठाउँ हो उपेन्द्र यादव लाई। 

बाबुराम सँग एकीकरण नगरेको भए ओली ले मंत्रीमंडल बाट ननिकाल्ने उपेंद्र जी लाई। आफ्नो पार्टी अध्यक्ष छ सत्ता मा अनि ओली को विरुद्ध विष बमन गर्दै बसेका बाबुराम। ओली ले लगाए घोक्रेठयाक। अहिले बाबुराम ले भारत लाई त्यसरी नै चिढाएको अवस्था छ। भाजपा का विदेश विभाग प्रमुख ले काठमाण्डु मा सबैलाई भेटे, उपेन्द्र र बाबुराम बाहेक। 

नेसपा, लोसपा, जसपा तीन वटै ले राष्ट्रिय पार्टी स्टेटस गुमाउने संभावना पनि छ। 

त्यों खाली ठाउँ मा तर आउने को? नेसपा, लोसपा, जसपा तीन वटै राष्ट्रिय पार्टी नबन्ने र निधि कांग्रेस सभापति नबने त्यो खाली ठाउँ मा जनमत पार्टी आउने ठुलो संभावना रहन्छ। तर आज को जनमत पार्टी ले समाउन सक्ने तीन मुद्दा मध्ये एक पनि कस्सिएर नसमाएको अवस्था मा भाइ फुटे गँवार लुटे को अवस्था नै पनि आउन सक्छ। मधेस आंदोलन कमजोर हुन सक्छ। 

तर जसपा र लोसपा मुद्दा मा अडिग भएर संविधान संसोधन मा लागिपर्ने हो भने, त्यस का लागि जसपा ले सत्ता लाई र लोसपा ले ओली लाई ल्याउने प्रयास गरेर सफल भए जसपा र लोसपा बीचको मनोमालिन्य घट्न सक्छ। नेसपा ले भोट काटन पो लाग्यो भनेर लोसपा ले नेसपा सँग सम्मानजनक एकीकरण को पहल गर्न पनि सक्छ। 

तर संविधान संसोधन को मुद्दा मा ठगिने संभावना पनि छ। देउबा ले पार्टी फोडिदिंदा चुइँक्क नबोल्ने उपेंद्र यादव ले त्यही देउबा सँग संविधान संसोधन का लागि निर्धक्क बोललान भन्न सकिन्न। 

मधेस आन्दोलन गारहो अवस्था मा छ। 

छोटो उत्तर: मधेस मा चार पाँच वटा राष्ट्रिय मधेसी पार्टी हरु का लागि ठाउँ छैन। 







Wednesday, August 25, 2021

गाईजात्रा







महन्थ ठाकुरलाई पीएम बनाउन खोजेका थियौँ, ओलीको पीए मात्रै भए : उपेन्द्र यादव ‘हामीले संघीयताको रक्षा गर्दा ओलीको जागिरसमेत बचाइदियौं । लिपुलेक, कालापानी समेटेर नक्सा निकाल्दा हामी सबैले सहयोग गरेका थियौं,’ उनले भने, ‘तर आसेपासेले सच्चा राष्ट्रवादी भनेर चर्चा गर्न नपाउँदै ओली जागिर बचाइदिनुपर्‍यो भन्दै भारतको शरणमा परे ।’

Monday, August 23, 2021

जनता समाजवादी राजनीतिक प्रतिवेदन



जसपा विभाजनको असर मिलेर मुद्दा सम्बोधन गराउनुपर्ने जनादेशविपरीत जसपा स्वार्थका लागि फुटेको हो । मिलेर राज्य सत्तासँग मधेशको मुद्दा सम्बोधन गराउनु पर्ने ठाउँमा आपसी अमेलका कारण मधेशको सवाललाई झन ओझेलमा पारिएको हो । सत्ता स्वार्थका लागि जसपा फुट्दा मधेशको मन रोएको छ । मधेश आन्दोलनमा बलेको आगोको रापले नेताहरुको स्वार्थका कारण आफै जलेका छन् ।

रेशम चौधरी महन्थको जसपा (लोकतान्त्रिक)मा
महन्थ समूहका नेता जसपाको बैठकमा सहभागी
उपेन्द्रजीसँग लोभी प्रवृत्तिका मान्छेहरूको जमात छ : जसपा लोकतान्त्रिक नेता अरगरिया उमाशंकर अरगरिया, केन्द्रीय कार्यकारिणी समिति सदस्य, जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) ...... सबै पार्टीमा अल्पमत र बहुमत हुन्छ । अल्पमतको कुरै सुन्न नचाहने, हैकमवादी प्रवृत्ति देखाउने उपेन्द्रको वानीका कारण यस्तो अवस्था आयो । हामीले आजसम्म पार्टी फुटाइदिनुस् भनेर निवेदन दिएका छैनौं ।........ हामीले २१८ जना आन्दोलनकारीमाथि लगाइएको मुद्दा फिर्ता गरायौं । यो हाम्रो अपराध हो ? त्यसका लागि हामीले क्षमा माग्ने ? हामी १८ दिन मात्रै सरकारमा रहँदा उपेन्द्रजी १८ महिनासम्म गर्न नसकेका कामहरु गरेर देखायौं । त्यसका लागि क्षमा माग्ने ? हामी २० जना सांसद लिएर ओली सरकारमा गएका थियौं, जसमा हाम्रा ११ जना सांसद मन्त्री बन्नुभयो । उहाँ १८ महिना सरकारमा बस्दा के–के गर्नुभयो ? म आफै १८ दिनसम्म सरकारमा रहँदा जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा राख्न समिति बनाएँ, पशुपति क्षेत्रभित्र राम मन्दिरको शिलान्यास गरें । यसैगरी, संविधान संशोधनका लागि कार्यदल गठन गरायौं, अध्यादेशबाट नागरिकता विधेयक ल्यायौं । ....... अस्ति मंगलबार मात्रै हाम्रा अध्यक्ष महन्थ ठाकुरजीसँग प्रधानमन्त्री देउवासँग छलफल हुँदा सरकारमा आउन आग्रह गर्नुभयो । तर हाम्रा अध्यक्ष ठाकुरजीले उहाँलाई भन्नुभयो कि मन्त्री नै दिनु हुन्छ भने उपेन्द्र समूहलाई दिनुस् । हाम्रा लागि त मधेश मुद्दाको सम्बोधन, रेशम चौधरी लगायतका राजबन्दीहरुको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकता समस्या समाधान नै प्राथमिकता हो । ....... हाम्रा मागहरु पूरा भयो भने पछि सरकारमा जानुपर्ने अवस्था आयो भने जाउँला । ....... जसरी यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रा मागहरु सम्बोधन गर्दा सरकारमा गयौं, त्यसरी नै शेरबहादुर देउवाजीले पनि हाम्रा मागहरु सम्बोधन गर्न थाल्नुभयो भने आवश्यकताको आधारमा हामी निर्णय गर्न सक्छौं । ....... अहिले प्रदेश २ को सरकारसँग दुई तिहाइभन्दा बढीको मत छ, कम्तीमा नामाकरण पनि गर्न सक्ने अवस्था छैन ।

प्रदेश सरकार अहिले भ्रष्टाचारमा लिप्त छ ।



नेपालको सबै भूभागका नेपाली अटाउने पार्टी बनाउँदैछौं : नेता अरगरिया उपेन्द्र यादवसमूहबाट महन्थ समूहमा आएका नेता अरगरियाले उपेन्द्र हैकमवादी प्रवृत्तिको रहेको आरोप लगाए । उनले उपेन्द्रकै हैकमवादी प्रवृत्तिका कारण पार्टी विभाजन भएकोसमेत आरोप लगाए ।

माधव नेपालको राजनीति रक्षार्थ दल विभाजनसम्बन्धी विधेयक ल्याइयो : जसपा नेता सुमन मनिष सुमन, केन्द्रीय कार्यकारिणी समिति सदस्य, जनता समाजवादी पार्टी नेपाल ...... म कित्ता परिवर्तन गरेको होइन, पार्टी छोडेर जानेहरुले कित्ता परिवर्तन गरे । पार्टी नफुटोस् भनेर अन्तिम समयसम्म म लडिरहेको थिएँ । महन्थ ठाकुरलगायत सबै शीर्ष नेताहरुलाई मैले आग्रह गरेको थिएँ कि फुट जोगाउनुस् । तर उहाँहरु मान्नुभएन । ...... यसभन्दा अघिका सरकारभन्दा बढी आशा देउवा सरकारबाट गरिएको पनि छैन । ....... माधव नेपालजीले पार्टीभन्दा माथि उठेर नसोचेको भए आज देश यो परिस्थितिमा हुने थिएन । निर्वाचनको नाममा लोकतन्त्रको हत्या भइसकेको थियो, जुन कहिले नहुने निर्वाचन थियो । माधव नेपालजीको राजनीति रक्षाका लागि हामीले यो विधेयक ल्याउन बाध्य नै भयौं । ...... अहिले प्रदेश २ मा विपक्षीरहित सरकार छ । भोलीका दिनमा जसपा लोकतान्त्रिक र केपी ओलीको एमालेले हामी विपक्षी छौं भन्लान् । अहिले हाम्रो सरकारसँग सहजै दुई तिहाइभन्दा बढी मत छ । अब हामीले प्राथमिकताका साथ टुंग्याउने भनेको प्रदेशको नामाकरण र राजधानी हो । राजधानी त करिब–करिब टुंगिएकै अवस्था हो । ....... आउँदो अधिवेशनको प्राथमिक कार्य नै नाम र राजधानी टुंगो लगाउने हो । ...... कांग्रेस पनि मधेश प्रदेशमा सहमत हुन्छ । हामीबीच अनौपचारिक वार्तालापहरुमा उहाँहरु सहमत जस्तै देखिनुभएको छ । ....... छोटो, मीठो र ऐतिहासिकता बोकेको नाम भनेको मधेश नै हो । त्यसैले कांग्रेसले सहजरुपमा मधेशप्रति धारणा बनाउँछ । आउँदो दिनमा प्रदेश २ को नाम परिवर्तन भएर मधेश हुनेछ ।

प्रदेश प्रमुख डा.अहिराजको अभियान : राष्ट्रिय एकता, राष्ट्रियता र समानुपातिक समावेशिता ‘नागरिकको जीवन रक्षाभन्दा ठूलो मेरो कुनै जिम्मेवारी छैन’, उनले भने,‘मेरो लागि नागरिकको ज्यान ठूलो हो । कार्यक्रम हाइन । मैले सडकमा उपचारका लागि छटपटिएकाहरुलाई बचाउन पाए त्यही नै ठूलो कुरा हो ।’ ........ प्रदेश प्रमुख अहिराजले मन्त्रिपरिषदमा गैरमधेशी, मुस्लिम, दलित र महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व नभएको उल्लेख गर्दै प्रदेशभित्रको जनघनत्व, सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउनु प्रदेश सरकारको जिम्मेवारी र दायित्व हुने स्मरण गराएका थिए । ‘प्रदेशभित्रका महिला, दलित, आदिवासी, गैरमधेशी लगायतका पक्षलाई समानुपातिक समावेशी उपस्थितितर्फ विशेष पहल गर्न स्मरण गराइन्छ,’ प्रदेश २ प्रमुखले मुख्यमन्त्रीलाई पठाएको पत्रमा लेखिएको थियो ।



माधव नेपाललाई साथ नदिएका नेतासँग छलफल भइरहेको छ- सुवास नेम्वाङ शुक्रबारको बैठकमा अधिकांश नेताले ओलीले सहमति कार्यान्वयन नगरे माधव नेपालले गठन गरेको पार्टीमा जाने अवस्था आउने चेतावनी दिएका थिए।

कान्स विजेता अफगानी निर्देशक सादत भन्छिन्, 'यहाँबाट बाँचेर निस्किएँ भने अहिलेको विषयमा फिल्म बनाउँछु' २० वर्षपछि अमेरिकाले आफ्नो सबै सेनालाई अफगानिस्तानबाट हटाएपछि तालिबानले देशमा अधिकांश सहरहरु दश दिनमा नै आफ्नो कब्जामा लिए। यसले गर्दा त्यहाँका मानिसहरुले देश छाड्ने पर्याप्त समय पाएनन्। ....... तालिबानले यति चाड‌ैं देशलाई कब्जामा लिन्छ भनेर कसैलाई थाहा थिएन। हामीले उनीहरुलाई काबुलमा आफ्नो सेना फैलाउन अझै एक महिना लाग्ला भनेर सोचेका थियौं ........ ‘तालिबान काबुल पस्नुभन्दा एकदिन अगाडि एउटा प्लेनको टिकेट पाएकी थिएँ तर मेरो परिवार मसँगै जान नपाउने भएपछि म गइनँ।’ ........ शहरबानुले तालिबानको त्रास त्यतिबेला महसुस गरिन् जब उनी आफ्नो पैसा लिन नजिकैको बैंक गएकी थिइन्। प्राय: दशजना जति मानिस हुने त्यहाँ त्यो दिन पाँच सयभन्दा बढी आफ्नो पैसा निकाल्न आएका थिए। उनले भनिन्, ‘भीड धेरै भएपछि बैंक खाली गरियो र सबैलाई बाहिर धकेलेर सडकमा फ्यालियो र त्यहीबेला मैले तालिबानको झन्डा भएको गाडीहरु देखेकी थिएँ।’ ....... ‘हामीले आफ्नो रिसबाट उर्जा पैदा गर्न सक्छौं। म फिल्म बनाउन सक्छु, अरुले लेख्न सक्छन् र अन्यले यसको व्यवस्थापन गर्न सक्छन्। यी सबै उर्जाबाट हामीले एक साथ केही गर्नुपर्छ,’ उनी भन्छिन्, ‘तर यस समयमा सबैभन्दा महत्वपूर्ण कुरा एयरपोर्ट पुग्नु र यहाँबाट बाहिर निस्कनु हो।’



Wednesday, August 18, 2021

२०% एउटा घातक संख्या हो




२०% संसदीय दल अथवा केंद्रीय समिति। अर्थात २० जना सांसद भएको पार्टी मा चार जना फुटन पायो। चार जना पनि नचाहिने। पार्टी हरु फुटेको फुटै हुने भयो। नेपाल मा अब वास्तव मा बहुदल आउन लाग्यो। 

भनिन्छ नेपाली कांग्रेस ले आठ लाख लाई सदस्य बनाएको छ। त्यस मध्ये चार लाख गगन थापा ले ल्याएका नया अनुहार हरु। पार्टी फुटाउनु फाइदा हो। देउबा रामचंद्र हरु लाई महाधिवेशन मा हराउनु मा मजा छ कि पार्टी फुटाउनु मा मजा छ? लगे हाथ कांग्रेस पनि फुटिहाले भो। 

वर्षमान फेरि बुढो हुने बेला सम्म पर्खेर बस्ने? कि पार्टी फुटाउने? 

नया शक्ति जसपा भित्र बाट प्रस्फुटित हुने बेला भनेको यही हो? दलित मुक्ति का लागि जनता लिंकनवादी पार्टी। 

विवेक भएका हरु आ आफ्नो विवेक बोकेर साझा रविन्द्र को जिम्मा लगाए हुँदैन? चांस मा डांस। 

एमाले का एक राउंड निस्किए। अझै पार्टी एकता का लागि प्रयास गर्न बसेका हरु एक पटक फेरि पार्टी फुटाउने कि? वामदेव गौतम को नेतृत्व मा एउटा नेकपा (वाम) पनि। 

ठुलो पार्टी हरु लाई यसो पाँच सात जना चाहियो भने किनबेच गर्न सजिलो हुने भो। सानो पार्टी फुटायो, फुटेको लाई आफ्नोमा गाभ्यो। 

एउटा पार्टी एक पटक मात्र फुट्नु जरूरी छैन। एउटा कांग्रेस एकै पटक पाँच वटा कांग्रेस पनि त बन्न सक्छ। देउबा कांग्रेस। कोइराला कांग्रेस। गगन कांग्रेस। निधि कांग्रेस। कांग्रेस समाजवादी। २०% त समाजवादी होलान कांग्रेस पार्टी भित्र पनि। नया सरकार बन्थ्यो। 

गनगन कांग्रेस। एमसीसी पास गराउन एक नेपाली कांग्रेस (जेफर्सनवादी) चाहियो। प्रदीप गिरी को लोहिया कांग्रेस। 

हुन त अल्पमत मा पुगे पनि, पार्टी ले निकाले पनि डेढ़ वर्ष देउबा नै हो प्रधान मंत्री। कि आफै ले राजीनामा दिन पर्यो। दिन्न भने पछि कसैको केही लाग्दैन। नेपाल को संविधान ले दुई वर्ष अविश्वास को प्रस्ताव ल्याउन नपाउने भनेको छ। 

माधव निस्के पछि बाँकी एमाले एक ढिक्का राख्न बड़ा गारहो हुन्छ। बुगीम्यान नै गयो। अब ओली ले कसलाई औँला ठड्याउने? ओली को आफ्नो रापताप सेलाइसक्यो। एउटा नेकपा (मार्क्सवादी) अर्को नेकपा (लेनिनवादी) गरे एमाले ५०-५० गर्न पायो। एउटा नेकपा (ज्योति बसु) पनि चाहिने। भारत मा बाँकी रहेन। 

उत्तर कोरिया को किम को ट्रेन चढ्ने प्लेन नचढने सोंच हो। एउटा नेकपा (किम) पनि चाहिने पुर्व पश्चिम रेलमार्ग बनाउने। 

माओ पार्टी भित्र पनि एउटा देंग स्याउ पिंग अर्को सी जिनपिंग सोंच उम्रेर नया नया पार्टी खोले हुने। नेकपा माओवादी (देंग स्याउ पिंग) ले आर्थिक क्रांति गरि पो हाल्थ्यो कि? 

जनताले नेता होइन नेताले जनता छान्ने समय आयो। चुनाव ताका जनता ले कसलाई भोट दियो अब खासै मतलब नहुने भो। 

नेपाली राजनीति मार्क्सवादी सोंच अथवा लोकतंत्रवादी सोंच होइन इंडियन टीवी को सोप ओपेरा सोंच बाट चलन थाल्यो। जनता लाई विकास सुशासन होइन नाटक दिने। 

साना पार्टी हरु एक दुई पटक फुटेर राष्ट्रिय पार्टी स्टेटस गुमाए चुनाव चिन्ह नै गायब हुन्छ अर्थात पुरानो चुनाव चिन्ह मा नया ले दर्ता गरिसकेको हुन्छ। अनि त चुनाव को समय मा जनता रिसाउन पनि पायेन। हामी घडी छाप त हो तर पछिल्लो चुनाव को घड़ी छाप होइन। पुल किन बनेन नसोध्नुस। 

२०% वाला प्रावधान ले साना पार्टी का केंद्रीय समिति का सदस्य को भाउ बढ्ने भो। सांकेतिक भाषा को भाउ होइन साँच्चिको भाउ। अब त नजर राखिरहनु पर्ने भो। 

देउबा समस्या होइन। देउबा बाट यो भन्दा फरक आशा गर्ने हरु समस्या हुन। Fool me five times. 

राजेन्द्र महतो ले बहुलराष्ट्रिय भने, देउबा ले बहुलपार्टीय सुने। 

Morning shows the day. The afternoon shows the day. 3 PM shows the day. Evening shows the day. Nighttime shows the day.  









विकासका रणनीतिहरूमा सबै दलहरूबीच आधारभूत सहमति
भूमिगत राजनीतिदेखि पहिलो महिला मुख्यमन्त्रीसम्म नेपाल समूहबाट छुटिएपछि मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य
फेरि उही अध्यादेशको आत्मघाती बाटो



फुटेका एमाले र जसपाका प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्न पाउने
माधव नेपाल र महन्थ ठाकुरका नयाँ दलले पनि राष्ट्रिय मान्यता पाउने
ठाकुर-महतो समूहका मनमोहन चौधरी उपेन्द्र समूहतिर


Monday, August 16, 2021

माधव, प्रचंड, देउबा संविधान संसोधन को विपक्ष मा छन

एमाले फुटाएर माधव समुह सरकार मा गए जसपा को औचित्य समाप्त भयो। लेवरेज नै बाँकी रहन्न। पहिले उपेंद्र यादव को औचित्य समाप्त हुन्छ, त्यस पछि देउबा को औचित्य समाप्त हुन्छ। यो संविधान संसोधन नहुने छाँटकाँट हो। ओली सरकार ढलना साथ जसपा एक ढिक्का हुन सकेको भए यो अवस्था आउने थिएन र जसपा निर्णायक शक्ति हुन्थ्यो। तर त्यो त बाबुराम ले हुन दिने कुरा भएन। जसपा को राजनीति सकिन लाग्यो। प्रचंड लाई माधव सँग एकीकरण गरे पछि अरु कोही चाहियेन। उपेंद्र जी प्रचंड को सप्तरी जिल्ला अध्यक्ष बन्ने भए ठाउँ दिन्छ नत्र दिँदैन। प्रचंड खेमा मा उपेंद्र यादव को अपमान को यात्रा अब शुरू भयो। त्यही अपमान देखेर एमाले बाट माओवादी मा गए, त्यहाँ पनि अपमान भएर फोरम गैर सरकारी संस्था खड़ा गरे। अहिले सबै बिर्सेर घुमफिरि रूमजाटार। पहिलो संविधान सभा को नंबर एक भिलेन माधव नेपाल। दोस्रो संविधान सभा को ओली। 

सरकार टिकाउन जसपा को जरूरत नपरोस र संविधान संसोधन गर्ने प्रयास गर्नु नपरोस भनेर नै एमाले फोड़न लागेका हुन। अध्यादेश किन? संसद को बाटो नया कानुन नै किन पास नगराएको? ओली प्रवृति को पुनरावृति। 

प्रचंड ले ओली लाई खाए। अब हजम हुने पालो उपेन्द्र को। त्यस पछि देउबा को। अंतिम पालो माधव को। प्रचंड ले उपेंद्र सँग एकीकरण गरेर मधेस मा बलियो बन्ने सोचेकै होइन। मधेस मा उपेंद्र लाई ध्वस्त बनाएर खाली ठाउँ मा आफु छिर्ने भनेको हो। 

प्रचंड ले अब कम्युनिस्ट ले देश मा लगातार ५० वर्ष शासन गर्ने भनेको एक वर्ष भयो कि दुई वर्ष भयो? प्रचंड ले शाकाहारी मांसाहारी आंदोलन को कुरा गरेको चार महिना भयो कि छ महिना भयो? 





अध्यादेश ल्याउँदै सरकार एमाले फुटाउन नेपाललाई देउवाको साथ यसअघि दल फुटाउन तत्कालीन प्रधानमन्त्री ओलीले पनि संसद् छलेर २०७७ बैशाख ८ गते राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ ल्याएका थिए ।

ओली पथमा देउवा सरकार हठात्‌ संसद्‌ अधिवेशन अन्त्य गर्दा बजेट अध्यादेश अन्योलमा पूर्वप्रधानमन्त्री केपी ओलीले संसद्‌लाई छलेर अध्यादेशमार्फत बजेट ल्याएको र जनप्रतिनिधीको अनुमोदनविना कर लगाएको भन्दै विपक्षी गठबन्धन खह्रो विरोधमा उत्रिएको थियो । संसद्‌ पुन:स्थापनापछि उहीँ गठबन्धन अहिले सरकारमा छ । तर, पुन:स्थापित संसद्‌ले बजेट अध्यादेश स्वीकृत नगर्दै सरकारले संसद्‌ अधिवेशन अन्त्य गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन अन्त्य गरेको पत्र प्रतिनिधि सभा बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटाले पढेर सुनाएका छन् । ..... यस गतिविधिलाई ओलीको 'संसद्‌लाई निष्क्रिय बनाएर सत्ता चलाउने' प्रवृत्तिको पुनरावृत्तिको रूपमा विज्ञहरूले टिप्पणी गरेका छन्। .... तत्कालीन प्रधानमन्त्री ओलीले तत्कालीन मधेशवादी दल टुक्रयाउन अध्यादेश ल्याएका थिए । तर विपक्षी गठबन्धनसँगै आफ्नै पार्टीभित्र थेग्‍न नसक्ने विरोध भएपछि ओली आफ्नो निर्णयबाट पछि हटेका थिए । ........ 'पुष्पकमल दाहाललाई सरकार कसरी चलाउने ज्ञान नै छैन । अघिल्लो सरकारलाई अभियोगमा अघिल्लो हटाइयो, त्यहीँ गल्ती दोहोर्‍याउने काम यो सरकारबाट भएको छ ।' संसद्‌मा बजेट अध्यादेश गत साउन ३ मा पेस भएको थियो । आगामी असोज दुई गतेभित्र अर्को अधिवेशन बोलाएर अध्यादेश पास नगरेमा असोज तीन गते पछि त्यो अध्यादेश बमोजिम खर्च गर्न नपाइने खनालले बताए ।

महन्थ ठाकुरका पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
अध्यादेशको हल्लापछि एमाले शीर्ष नेता बालकोटमा

काँग्रेसका दुबै गुटका युवा नेताको बैठक : सरकारले राम्रो काम गरेन भने हामी बर्बाद हुन्छौँ  १४ औं महाधिवेशनको नयाँ कार्यतालिका आएसँगै दुबै गुटका युवा नेताहरु एकै ठाउँमा जुटेर बैठक गर्नुलाई काँग्रेसभित्र अर्थपूर्णरुपमा हेरिएको छ । ..... ‘तत्कालीन नेकपा र अहिले एमालेमा उत्पन्न संकट भोलि काँग्रेसमा पनि आउन सक्छ,’ उनले भने, ‘हामी कम्युनिस्ट पार्टीको नेतृत्वबाट सबैभन्दा बढी डराएका छौं । बुढा नेताहरु रिसाएर झगडा गरेपछि पार्टी नै दुई फ्याक हुँदोरहेछ । युवा नेताहरुको भूमिका केही काम लाग्दो रहेनछ ।’ 





एक्लिदै माधव नेपाल, यि ९ सांसदले एमाले नछाड्ने, ओलीसंगै जाने पार्टी एकताको लागि भन्दै विश्वासको मत पनि नदिने र विपक्षमा पनि मत नहाल्ने भन्दै संसद् भवनबाट बाहिरिएका माधव नेपाल पक्षधर सांसदहरु अहिले अध्यक्ष ओलीको कित्तामा उभिएका छन् । ...... वरिष्ठ नेपाल पक्षका सांसदहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, यज्ञराज सुनुवार, झपट रावल , डा. दीपकप्रकाश भट्ट, नारायण खतिवडार राजबहादुर बुढालगायत सांसदहरुले अहिले नेपालको साथ छोडेको बुझिएको छ । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन ओली क्याम्प परिवर्तन गरेर नेता नेपालको क्याम्पमा आएका सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम, धनबहादुर बुढा, पार्वती विशंखे, हिरा केसी, बिना बुढाथोकी र समिना हुसेन नेपाल समूहमा बढि हाबी भएपछि नेपाल पक्षका हस्तीहरु विस्तार नेपालको साथ छोडेर ओली क्याम्पमा उभिन पुगेका छन् ।

Saturday, August 14, 2021

जसपा: के होला?

जसपा: के होला?

के हुनुपर्छ म भन्न सक्छु, म एक जना को विचार। के होला म भन्न सक्दिन। एकसे एक महा unpredictable मानिस हरु ले भरिपुर्ण पार्टी जसपा। 

संविधान संसोधन आयोग बन्ने निर्णय भएको छ। न्युनतम कार्यक्रम मा आएको छ। त्यो सफल बनाउन लागिपर्ने। त्यस का लागि अंतिम समय मा त भोट गर्नुपर्ने हुन्छ। सांसद पद गुमाउने बेला यो होइन। अर्थात अर्को पार्टी खोल्न पाइँदैन। 

चार पाँच जना नेता नेता मिल्न नसक्दा पुच्छर ले कुकुर हल्लाउँछ। केही हप्ता अगाडि राजेंद्र महतो सँग २० जना, अहिले उपेंद्र यादव सँग २० जना। उपेंद्र यादव ले मंत्री लिस्ट फाइनल गरे पछि फेरि त्यो कता पुग्छ के ठेगान? 

उपेंद्र यादव र राजेंद्र महतो को कैलकुलेशन छ, जो संसदीय दलको नेता हो उ न प्रधान मंत्री बन्छ। भोलि पर्सी। मानौं यो पहिलो र अंतिम चुनाव हो संसदीय दलको। 

संविधान संसोधन का लागि अबको एक वर्ष निर्णायक समय हो। जसपा एक ढिक्का हुन करै लाग्छ। अहिले लाई उपेन्द्र यादव मंत्री परिषद मा नगयेर पुर्व सपा र पुर्व राजपा बाट बराबरी मा चार चार जना मंत्री बनाउनु उपयुक्त हुन्छ। त्यति गरे संसद दलको नेता पद जोगिन्छ। 

निर्वाचन आयोग ले पार्टी लाई एकीकरण को अवस्था को संरचना मा पुर्याएको हो। ओली पथ मा हिडेर एक्लो एक्लो निर्णय गर्ने गलती गर्नु हुँदैन। यो पार्टी कसैको जमीन्दारी होइन। महाधिवेशन सम्म पार्टी को संरचना एकीकरण गर्दा समय को हो। 

जसपा एक ढिक्का छैन भने संविधान संसोधन नगर्ने बदमाशी हुन्छ। एउटा बदमाशी हुन सक्ने ओली लाई विरोध गर्न सजिलो बनाइदिने। ए उपेंद्र जी, तपाईं लाई एक मधेस एक प्रदेश चाहिएको हो भन्यो, सहमत भयो, अनि त्यो बहाना मा ओली लाई संविधान संसोधन को सारा एजेंडा नै कलापस गर्न सजिलो बनाइदिने। प्रचंड हो, जे पनि गर्छ। 

मेरो एक मात्र एजेंडा संविधान संसोधन हो। यो संसद को बाँकी कार्यकाल मा त्यति गर्न सक्नुपर्छ। ओली पक्ष को पनि भोट बटुल्न सक्ने भनेको महंथ-राजेंद्र नै हो। 

जितेका माधव नेपालले गुमाएका अवसर !



नेपाल कमरेड आत्महत्या रोज्नु हुन्न : महासेठ, ओलीको बिकल्प नेपाल नै हुन उनले शेरबहादुर देउवाको सरकार विस्तार हुँदा हुदै ढल्ने समेत दावी गरेका छन् ।



Wednesday, August 11, 2021

यस संसद मा संविधान संसोधन को संभावना छ




जसपा का लागि मुख्य कुरा संविधान संसोधन हो। यस संसद मा संविधान संसोधन को संभावना छ। त्यस मा फोकस गर्नुपर्छ। यो जुँगा को लड़ाइ लड्ने बेला होइन। ओली सँग सीमित सहकार्य गरेको महंथ राजेंद्र पक्ष ले संविधान संसोधन को पक्षमा ओली को मत बटुल्न सक्नुपर्छ। अर्को पार्टी खोल्नु हुँदैन। पार्टी भित्र तर नौटंकी गर्दै बसे भो। 




सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पुनःसंरचना गरौँ कानुनले निषेध गरेको बाटोबाट कमाएको कुनै पनि आम्दानीलाई विभिन्‍न माध्यमबाट कानुनी रुपमा बदलेर चोख्याएर शुद्ध बनाउने कार्य नै सम्पत्ति शुद्धीकरण हो । ........ सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ ले व्यवस्था गरेको अनुसन्धानको दायरा निकै ठूलो र फराकिलो छ । यो ऐनमार्फत सार्वजनिक पद धारण गरेका राष्ट्रपतिदेखि नागरिक हुँदै निजी क्षेत्रका व्यवसायी तथा सबै किसिमका नागरिकको अकुत तथा अवैध सम्पतिको छानबिन गर्न सक्छ । .........

समकालीन नेपालको सबैभन्दा ठूलो समस्या भनेको भ्रष्टाचार तथा गैरकानुनी रुपमा आर्जित अकुत सम्पत्ति हो । देशको समृद्धिको पहिलो पूर्वशर्त भनेकै यस किसिमका आर्थिक अपराधको बलियो अनुसन्धान र प्रभावकारी नियन्त्रण हो ।

............ विभागलाई नेपाल सरकार तथा राजनीतिक दलहरूको राजनीतिक इच्छा शक्तिको अभावले सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्षेत्रमा अपेक्षाकृत उपलब्धि हासिल हुन सकेको छैन । ......... कानुनी रुपमा अत्यन्तै बलियो सम्पत्ति शुद्धीकरण ऐनको प्रभावकारी कार्यान्वयन गर्ने हो भने भ्रष्टाचार नियन्त्रण मात्रै होइन निजी क्षेत्रले गरिरहेका आर्थिक अपराध र लुटलाई पनि नियन्त्रण र व्यवस्थित गर्न सकिन्छ । यसका लागि विभागको संस्थागत व्यवस्था पनि भएको छ । ....... स्थापनाका १० वर्षमा करिब डेढ दर्जन महानिर्देशक भइसकेका छन् । ........ विभागलाई एउटा छुट्टै स्वतन्त्र निकायको रुपमा रुपान्तरण गर्न जरुरी छ । यसलाई संवैधानिक आयोग वा अरु कुनै स्वतन्त्र निकायको रुपमा पुनःसंरचना गर्नु पर्ने देखिन्छ । यसको लागि विद्यमान कानुन र संरचनात्मक सुधारका लागि राजनीतिक पहल आवश्यक छ । ..........

राजनीतिक इच्छाशक्ति प्रमुख शर्त हो ।





इकागज संवादमा विमलेन्द्र निधि भदौमा महाधिवेशन भएन भने मंसिरसम्ममा गर्न सकिन्छ कांग्रेसको १३औँ महाधिवेशनमा चार लाख क्रियाशील सदस्य थिए । यसपालि आठ लाख भन्दा बढी भएका छन् । ....... जुनसुकै अवस्थामा पनि पत्रिकाको दर्ता खारेज गर्न मिल्दैन । जुन सुकै अवस्थामा पनि दल खारेज गर्न मिल्दैन । ........ अमरेशजीलाई त कसैले उचालिदिएका हुन् । ........ म शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह, डा. सशांक कोइराला, डा. शेखर कोइराला लगायत सबै नेताहरूको समर्थन खोजिरहेको छु । उहाँहरूको समर्थन प्राप्त होस् भन्ने मेरो इच्छा र आकांक्षा छ । उम्मेदवारी दर्ता गर्ने दिनसम्म पनि समर्थन प्राप्त हुने सम्भावना रहन्छ । ........... आगामी निर्वाचनमा रुख छापले बहुमत पाउनुपर्छ । ........ नत्र संविधानसभामा चिरा–चिरामा भए पनि कम्युनिस्टहरू बहुमतमा थिए । अनि क्षेत्रीयतावादी, निर्दलवादी पनि थिए । नेपाली कांग्रेस त थोरै संख्यामा थियो । तैपनि कांग्रेसले धेरै जिम्मेवारी महसुस गरेर निर्दलवादी, एक दलवादी, राजावादी, परम्परावादी, क्षेत्रीयतावादी, कम्युनिस्टवादी संविधान बन्न दिएन । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थासहितको संविधान बनायौँ ।



महन्थ ठाकुर पक्षमा वरिष्ठ नेता हाबी भएको भन्दै दोस्रो तहका नेताको असन्तुष्टि
आफ्नै अधिवेशन धकेलिरहने पार्टी आम चुनावमा के होला?



इकागज संवादमा हेलम्बू गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा 'हेलम्बू र मेलम्चीमा ठूलो पहिरो आउनै बाँकी छ' ‘क्षति रोक्न तत्कालै खोलाको बस्ती सार्ने र तारजाली आवश्यक छ’
स्थलगत निरीक्षण जहाँबाट हेलम्बु र मेलम्चीमा बाढी आयो (फोटोफिचर)

२००७ सालको डायरी राणाको क्‍लबको प्रवेश शुल्‍क र गृहमन्त्री बीपीको मासिक तलब दुवै १५ सय ‘राणाहरूले यस नेपाल राज्यलाई आफ्नो पैतृक सम्पत्ति नै सम्झेका थिए । तिनीहरूको दृष्टिमा सबै वर्णका मानिस तिनीहरूको दासता गर्न ब्रह्माले पठाएका थिए ।’ ...... ‘वि.सं. २००८ साउन २४ गते हिरण्यशमशेर (सुवर्णशमशेरका बाबु) परलोक भए । यिनी श्री ३ भीमशमशेरका भित्रिनीपट्टिका छोरा हुन् ।....त्यसपछि हिरण्यहरूले राणाद्रोह स्पष्टसँग गरे । तिनका छोरा सुवर्ण त रोणाद्रोहीहरूका अग्रणी भए ।

तिनकै धनले निर्धन कोइरालाहरूको ठूलो उपकार गर्‍यो ।’

............ २००७ चैत ३० गते उनी लेख्छन्, ‘आज बिहान गोरखा दलका महामन्त्री भरतशमशेरलाई गृहमन्त्री विश्वेश्वरको आज्ञाले आइजीपी तोरणशमशेरले पक्री ठानामा थुने ।....विश्वेश्वरले हानेको गोलीले केही मानिस मरे । त्यसपछि मुक्तिसेनाका बन्दुकधारी सिपाहीहरूले आएर भरतशमशेरलाई जिउँदै पक्रे । नेता भरतशमेशर भएकाहरूले केहीलाई घाइते पारे, विश्वेश्वरलाई नारायणहिटी दरबारमा लगियो ।’ ......... डायरीमा पन्तले उसबेलाका गृहमन्त्री बीपी कोइरालाको कार्यशैलीप्रति असन्तुष्टि पोखेका छन् । उनी लेख्छन्, ‘हामीले प्रजातन्त्र व्यवस्था चलाउन उद्योग गरेका छौँ भनी मुखले भन्‍ने नेता भनाउँदा यिनीहरूले अदालतमा दोषी ठहर नभइसकेको मानिसलाई कसरी समात्लान् वा समातेर झ्यालखानामा थुन्लान् भन्‍न प्रजातन्त्र बुझेको कुन मानिसले भन्‍न सक्ला ?’ पन्तले अदालतको फैसालविनै भरतशमशेरलाई सोझै जेल हाल्नु अप्राजातान्त्रिक हो भन्दै यस्तो काम राणाशासन अर्थात् एकतन्त्रमा मात्र सुहाउँछ भनेका छन् । पन्तको टिप्पणी छ- बीपी प्रजातन्त्रको नीति-नियमअनुसारै चल्ने खालका मान्छे नै हुन् त ? .............. डायरीमा बीपी कोइरालाकै अर्को रोचक प्रसंग पनि छ । बीपीले गृहमन्त्रीबाट राजीनामा दिइसकेका थिए । उनी वनारस गए । त्यहाँ उनले आफूले पढेको हरिश्चन्द्र कलेजलाई पाँच हजार रुपैयाँ चन्दा दिए । यो खबर नयराजले ‘सन्मार्ग’ पत्रिकामा पढे । नयराजलाई लाग्यो- विश्वेश्वर ९ महिना मात्र गृहमन्त्री भए । महिनाको १५ सय रुपैयाँ गरेर जम्मा उनले १३ हजार पाँच सय रुपैयाँ बुझे । उनी घरमा सम्पन्‍न मान्छे पनि होइनन् । त्यस्ता मान्छेले यत्रो चन्दा कसरी दिए ? यो खबर पढ्दा नयराजलाई ‘धेरै खर्च गर्नेलाई शंका गर्नू’ भन्‍ने कौटल्यको सूत्रको सम्झना भयो । ............. प्रजातन्त्र आएपछि विलास प्रचुर मात्रामा बढ्यो र त्यसमा राजपरिवार र राणापरिवारको ठूलो हात रहेको भन्दै उनले लेखेका छन्- जावलाखेलमा श्री ३ जुद्धको दरबारमा उनका नाति युवराजशमशेरले नेपाल होटलको नाउँले एउटा होटल र त्यहीँ

नाइट क्लब खोलेका थिए । त्यस क्लबको प्रवेश शुल्क मात्र १५ सय रुपैयाँ थियो । त्यहाँ त्रिभुवन बराबर जान्थे ।

त्यतिले नपुगेर नारायणहिटी दरबारमा पनि बराबर बल डान्स हुन्थ्यो ।


सत्ता सहकार्य लुम्बिनी प्रदेश : फागुन २ सम्म केसी मुख्यमन्त्री, ३ देखि कनौडिया

Thursday, August 05, 2021

हेर्दै उचक्का

ढाका टोपी ले पनि छोप्न नसक्ने मान्छे यो। अझ एउटा किताब लेख्न भ्याएको छ। जसपा तोड़फोड़ गर्ने यो हो। राणकाल भए यसको सर्वस्व हरण हुने। नाम मधेस सँग मिल्दोजुल्दो महेश राखेर हुन्छ? कहिले जनकपुर उडेर पुगेको छ सांसद किडनैप गर्न। इंटरपोल लगाउनुपर्ने यो। केपी ओली को किडनी स्टोन यो। यो भक्तपुरवादी। 





उपेन्द्र गच्छेदार?

न्युनतम कार्यक्रम (Common Minimum Program) मा संविधान संसोधन को स मात्र देखियो। यो कागजी पुलाव हो कि कामधाम पनि हुन्छ? यो पनि १६ बुँदे हो, उपेन्द्र संस्करण। 

संविधान संसोधन नगर्ने केही तरिका हरु जुन कि नेपाल मा खोजिएका छन। एक हो गर्ने गर्ने भन्ने तर विषयवस्तु मा प्रवेश नगर्ने। संविधान संसोधन त गर्ने हो नि भंदिने तर धारा उपधारा सम्म कुरा जान नदिने। अर्को हो यति धेरै स्पष्ट भइदिने कि ओली लाई विरोध गर्न आमंत्रण गरे जस्तो। अर्थात फेल हुने निश्चित हुने गरी प्रयास गर्ने। अर्थात इमान को कमी। 

केही हप्ता अगाडि प्रचंड को एउटा अन्तरवार्ता आएको थियो। १२ बुँदे बारे पनि गर्व गरेको, १६ बुँदे बारे पनि गर्व गरेको। अर्थात क्रांति गर्ने पनि उही, प्रतिक्रांति गर्ने पनि उही। राजा मास्ने पनि उही, राजा मिस गर्ने पनि उही। अनि त्यस्ता को झोला बोकेर उँभो लाग्छ त कोही? 

महंथ लाई एकला एक्लै थर्काएर महंथ लाई प्रम नबनाए जसपा तटस्थ बस्ने वक्तव्य निकालेको देउबा रिझाउन। महंथ त प्रम बन्ने कुरा गर्छ, म त गर्दिन भने पछि देउबा रिझिने भएन? 

यो न्युनतम कार्यक्रम जसपा को संसदीय दल मा अब उपेंद्र यादव अल्पमत मा पर्ने खेल शुरू भएको हो। मंत्री पद पड्काउनु एक मात्र एजेंडा हो भने आंदोलन को समय मा भन्नुपर्छ, चुनाव को समय मा भन्नुपर्छ। अब उपेंद्र गुट मा सात जना, महंथ राजेंद्र गुट मा २५ जना। पिच्चीस। (जसपा का सात मध्ये दुई मंत्रालय महंथ राजेंद्र गुट लाई दिनुपर्छ उपेंद्र जी ले)

जसपा चार खाने चित भइसक्यो। इन्धन अब केही बाँकी रहेन। मधेस आंदोलन को वेदानन्द झा पहिलो संस्करण जो कि गुगल जस्तै एउटा क्रिया (verb) बने। दोस्रो संस्करण गजेंद्र नारायण सिंह। तेस्रो संस्करण फोरम र उपेंद्र। चौथो सीके राउत को जनमत पार्टी। तेस्रो संस्करण को पटाक्षेप भए जस्तो छ। प्रचंड को संगत नगर्नु, बाबुराम को संगत नगर्नु त्यसै भनिएको होइन। 

संविधान संसोधन चार दलीय प्रयास बाट मात्र संभव छ। संविधान संसोधन को प्रमुख आवाज जसपा ले चरम एकता र चरम अनुशासन देखाउनुपर्छ। त्यसो हो भने संविधान संसोधन संभव छ। सम्पुर्ण होइन अहिले सीमित संसोधन गर्नुपर्छ। ११ प्रदेश को नक्शा को प्रयास अहिले गर्नु मुनासिब हुँदैन। तर नागरिकता समस्या समाधान। राष्ट्रिय सभा मा प्रत्येक प्रदेश को जनसंख्या समानुपातिक प्रतिनिधित्व। तराई का २२ जिल्ला मा थप ३०० स्थानीय निकाय। प्रतिनिधि सभा मा ५१% सीट। प्रदेश सरकार लाई थप शक्ति र अधिकार। आफ्नो प्रहरी। आफ्नो लोकसेवा आयोग। 

जसपा का दुई गुट एक ठाउँ आउनु ले ओली लाई संविधान संसोधन मा सहभागी हुन मार्गप्रशस्त गर्छ। (महंथ राजेंद्र का लागि सही रणनीति: पार्टी भित्र बसेर संघर्ष गर्ने) जसपा का दुई उप प्रम उपेंद्र र राजेंद्र हुनु ले देउबा सरकार लाई पंगु सरकार हुन बाट बचाउँछ। उपेंद्र यादव लाई फेरि संसदीय दलमा अल्पमत मा पर्न बाट बचाउँछ। 






पार्टी एकताको पक्षमा उभिन उपेन्द्र यादवको आह्वान अध्यक्ष यादवले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीको पक्षमा रहन र एकतालाई मजबुत बनाउन आह्वान गरेका हुन् ।उनले महन्थ ठाकुर पक्षमा लागेका नेता कार्यकर्तातर्फ संकेत गर्दै भनेका छन्, ‘आधिकारिकता सम्बन्धी निर्णय हुनुपूर्व कुनै कारणले अलग भएका वा अन्यत्र अलमलमा परेका सम्पूर्ण साथीहरुलाई कतै अलमलमा नपरी बिना हिचकिचाहट जनता समाजवादी पार्टी नेपालमै पुनः फर्किएर अग्रगमन र वैकल्पिक शक्ति निर्माणको अभियानमा साथसाथै अघि बढ्न अपील गरिन्छ ।’



नयाँ दल गठनको अभ्यासमा ठाकुर स्रोतका अनुसार जिल्लामा समन्वय र बैठक गर्न मोटो रकम ठाकुर समुहले खर्चिरहेको छ ।महँगा होटेलहरुमा बैठक र ठाकुर– भण्डारीलाई विमानस्थलमा स्वागत गर्न भीड जुटाउन आवश्यकता भन्दा बढी रकम उपलब्ध गराइएको स्रोतले जनाएका छन् । पूर्व राजपाको धनुषामा रहेका चार दर्जन बढी केन्द्रिय सदस्य मध्ये तीन दर्जन बढीको बैठकमा सहभागिता रहेको प्रदेश सभासदस्य परमेश्वर साहले बताए ।‘जसपाको आधिकारिकता सम्बन्धी निर्वाचन आयोगको फैसला गलत रहेकाले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिएकोछ’उनले भने, अदालतको फैसला नआए सम्म हामीपनि जसपा नै छौ । ‘पार्टीको आधिकारिकता जसपाका अध्यक्ष उपेन्द्र यादव समुहलाई दिएपनि महन्थ ठाकुरलाई अध्यक्षबाट हटाइएको छैन्’ साहले भने ........ स्रोतका अनुसार ठाकुरले बैठकबाट दल गठन गर्न सक्ने शक्तिको अनुमान गर्ने छन् ।उनीहरुले महोत्तरी जिल्लामा शुक्रवार बृहत्त बैठक बोलाएका छन् ।जसपाको अध्यक्ष कै रुपमा ठाकुरलाई प्रचार गरिएको छ ।बैठकमा पूर्व राजपालाई बोलाएपनि ठाकुरलाई जसपाको अध्यक्ष र सिंहलाई नेताको रुपमा प्रचार गरिदैछ । तर राजपाका पूर्व अध्यक्ष एवं हाल जसपाका महोत्तरी जिल्ला अध्यक्ष रहेका नागेन्द्र यादवले जसपाको जिल्लामा कुनै भेला आयोजना नभएको बताएका छन् । ...... यादव समुहले कार्वाही नगरे सम्म जसपामै रहेर अर्को दल गठनको तयारी गर्ने रणनीति ठाकुर समुहले बनाएको छ ।जसपा छाड् दा सांसद पद समेत खारेज हुने भएकाले जसपामै रहेर अलगै अभियान चलाउने रणनीति अनुसार नै धनुषा र महोत्तरी जिल्लामा संगठनात्मक शक्तिको अनुमान गर्न भेला आयोजना गरिएको छ । सभासद साहका अनुसार भेलामा ठाकुरका अतिरिक्त सांसदद्वय राजेन्द्र महतो, शरतसिंह भण्डारी र प्रदेश सभासदस्य बाबुलाल साह रहने छन् । ...... पूर्व राजपाका दुई जना संयोजक महेन्द्र राय यादव र राजकिसोर यादव आधिकारिक समुहमा सकृय छन् ।उनीहरुको पूर्व राजपामा रहेको जिल्ला स्तरीय संगठन समेत आधिकारिक समुहमा विलय भइसकेको छ ।



ओलीको नीति उल्ट्याउँदै देउवा : यसरी हुँदैछ ‘कोर्ष करेक्सन’ संविधान संशोधनदेखि वायु सेवा निगमको सञ्चालनसम्म ..... साझा न्यूनतम कार्यक्रममा संविधान संशोधन ...... कार्यदलले झण्डै दुइ साता लगाएर तयार पारेको सरकार सञ्चालन सम्बन्धी साझा कार्यक्रम गठबन्धनका शीर्ष नेतालाई बुझाउने तयारी भइरहेको छ । कार्यदलले बुझाएको प्रतिवेदनलाई एक–दुई दिनमै गठबन्धनको बैठक बसेर अनुमोदन गर्ने तयारी छ । ...... ‘ओली नेतृत्वको सरकारले सार्वजनिक सुनुवाई छलेर गरेका नियुक्तिको पुनरावलोकन र संविधान संशोधनदेखि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषय सरकारको साझा कार्यक्रममा समावेश हुनेछन्’, गठबन्धनका एक शीर्ष नेताले रातोपाटीसँग भने, ‘यसलाई हामीले ओली सरकारबाट भएका गल्तीहरूको ‘कोर्ष करेक्सन’ भनेका छौं ।’ ...... संविधान संशोधनका लागि आयोग गठन गर्नेदेखि उच्चस्तरीय संयन्त्र बनाउने ....... –संविधान संशोधनका लागि उच्चस्तरीय सुझाव आयोग गठन गर्ने । –आगामी चुनावमा विदेशमा रहेका नेपालीहरुलाई पनि मतदाता बनाउने । –प्रत्यक्ष चुनावमा महिलालाई ३३ प्रतिशत सिटहरु आरक्षण छुट्याउने । ............ देउवा नेतृत्वको सरकारले जनतालाई तत्काल राहत प्रदान गर्नेदेखि संविधानप्रति असन्तुष्ट मधेसी, थारु लगायतको चित्त बुझाउन संविधान संशोधन गरेर अघि बढ्ने विषय आफ्नो कार्यक्रमको प्राथमिकता बनाउने भएको छ । ........ तराई मधेसमा आन्दोलनका बेला लगाइएका मुद्दाहरूको पुनरावलोकन गरी रेशम चौधरी लगायतका राजबन्दीहरुको रिहाई गर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने पनि गठबन्धनमा सहमति जुटेको छ । ......... देशलाई अल्प विकसित राज्यको समूहबाट माथि उठाई विकसित देशको स्तरमा पु¥याउन, दीर्घकालीन विकास र समृद्धिका लागि रणनीति र मार्गचित्र निर्माण गर्न पार्टीहरूबीच साझा समझदारी बनाउन उच्च तहका राजनीतिज्ञ तथा विषय विज्ञहरु सम्मिलित एक स्थायी संयन्त्र निर्माण गर्न कार्यदलले प्रस्ताव गर्नेछ । ............ यसअघि ओली नेतृत्वको सरकारले नेताहरुका नाममा खोलेका प्रतिष्ठानलाई राज्यकोषबाट रकम दिने गरेकोमा अव उक्त व्यवस्था खारेज गर्ने कार्यदलले प्रस्ताव गरेको छ । यो प्रस्तावमा भने गठबन्धनभित्रै विवाद छ । ......... गठबन्धनभित्र पेचिलो विषयका रुपमा रहेको अमेरिकी आर्थिक सहयोग (एमसीसी ) बारे कसरी सहमति जुटाउने भन्ने छ । तर, गठबन्धनले तयार पारेको साझा कार्यक्रममा एमसीसीबारे मस्यौदा मौन छ । ..... हालको गठबन्धनमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अघि बढाउनुपर्ने पक्षमा छन् । तर, सत्ता सहयात्री माओवादी केन्द्र भने संशोधन नगरी एमसीसी सम्झौता अघि बढाउन नहुने पक्षमा छ ।

अलग भएकाहरुलाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान  ‘पार्टीका सम्पूर्ण साथीहरुलाई कतै अलमलमा नपरी बिना हिचकिचाहट जसपामा नै पुनः फर्किएर अग्रगमन र वैकल्पिक शक्ति निर्माणको महान अभियानमा साथसाथै अगाडि बढ्नु हुन हार्दिक अपिल गरिन्छ ।’