Showing posts with label janamat party. Show all posts
Showing posts with label janamat party. Show all posts

Sunday, May 15, 2022

News: May 15



हनुमानगर कंकालिनीको मेयर/उपमेयरमा सिके राउतको पार्टीका उम्मेदवार फराकिलो मतान्तरले अगाडि सार्वजनिक भएको पछिल्लो मतपरिणामअनुसार मेयरमा जनमतका वीरेन्द्र माझीले १६२८ मत ल्याएका छन्। दोस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका शैलेशकुमार साहले २९४ मत पाएका छन्।

तराई-मधेशमा बज्यो सीके राउतको हर्न, ७ पालिकामा अग्रता, २० मा प्रतिस्पर्धा प्रारम्भिक मतगणनामा जनमत पार्टीले अपेक्षाभन्दा राम्रो प्रदर्शन गरिरहेको हो । ........ मधेश प्रदेशको सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, वलानविहुल गाउँपालिका, धनुषाको लक्ष्मीनियाँ गाउँपालिका, लुम्बिनी प्रदेशमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका सम्मरीमाई गाउँपालिका, मर्चवारी गाउँपालिकामा जनमत पार्टीले अग्रता लिएको छ । सप्तरीको कञ्चनरुप नगरपालिकामा जनमत पार्टीका मेयर पदका उम्मेदवार इन्द्रदेव कौगडिया, हनुमान नगर कंकालिनी नगरपालिकामा जनमत पार्टीका वीरेन्द्र माझी, वलान विहुल गाउँपालिकामा अध्यक्ष पदमा जनमत पार्टीका खेमचन्द्र यादवले अग्रता कायमै राखेका छन् । त्यसै गरी धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा जनमत पार्टीका उम्मेदवार जितेन्द्रकुमार यादवले अग्रता कायम राखेका छन् । ......... जनमत पार्टीका अध्यक्ष राउतले २० वटा पालिकामा जनमत पार्टी प्रतिस्पर्धामा रहेको बताउँछन् । मतगणनास्थलमा प्रहरी, प्रशासनदेखि अन्य राजनीतिक दलका नेताहरूले धाँधली गरिरहेको उनको आरोप छ । ...... 'कतिपय मतगणनास्थलमा हाम्रो पार्टीको उम्मेदवारलाई पनि जान दिइएको छैन, कतिपय ठाउँमा प्रतिनिधिलाई पनि जान दिइएको छैन,' राउतले आरोप लगाउँदै लोकान्तरसँग भने, 'कतिपय स्थानमा त वडाध्यक्ष जितेको भए पनि आयोगले धाँधली गर्दै अन्य उम्मेदवारलाई जिताएको घोषणा गरेका छन् ।' ...... सप्तरीको कञ्चनरुप नगरपालिकाको वडा नम्बर १ मा अध्यक्ष पदमा जनमत पार्टीको उम्मेदवारले जितेको उनको दाबी छ । तर, निर्वाचन आयोगले पछि घोषणा गर्दा २२ मतले अन्य उम्मेदवार जितेको घोषणा गरेर धाँधली गरेको राउतले आरोप लगाए । कञ्चनरुपजस्तै अन्य पालिकाहरूमा पनि जनमत पार्टीका उम्मेदवारलाई पराजय गर्ने षड्यन्त्र भइरहेको उनको दाबी छ ।



चुनावमा विवेकशील साझालाई लज्जास्पद मत, ३ अंकको आंकडा छुनै मुस्किल स्वतन्त्र उम्मेदवार बालेन शाहले २ हजार ८ सय मत प्राप्त गर्दा साझाकी समीक्षा बास्कोटाले मात्र २३ भोट पाएकी छिन् । ..... उपमेयरमा सुनिता डंगोलले २ हजार भोट पाउँदा साझाकी कृति कंशाकारले मात्र ३५ भोट पाएकी छिन् । ...... पोखरा उपमहानगरमा पनि साझाले पाएको भोट लज्जास्पद देखिएको छ । गठबन्धनका धनराज आचार्यले १ हजार १ सय २१ मत पाउँदा साझाकी सुशीला केसीले ८ भोट पाएकी छिन् ....... चितवनको भरतपुरमा ४ हजार ८ सय मत गन्दा साझाका प्रविन काफ्लेले ८ भोट पाएका छन् ..... ‘मान्छेमा इमान्दारी भए सचेत जनताले पत्याउँदा रहेछन् भन्ने उदाहरण बालेन शाह हुन् । रवीन्द्रजीहरूले वैकल्पिक राजनीतिलाई धमिल्याउनुभयो,’ साझा पार्टीबाट अलग्गिएका उनका एक पूर्व सहकर्मीले भने, ‘चुनावको पूर्वसन्ध्यामा राप्रपासँग एकताको चर्चापछि त्यो पार्टी वैकल्पिक राजनीतिको वकालत गर्न पनि योग्य रहेन ।’

जनकपुरधाममा स्वतन्त्रको अग्रता, गठबन्धनका मेयरको लज्जास्पद मत सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका जनता समाजवादी पार्टी (जसपा) नेपालका लालकिशोर साहले ३ मत पाएका छन् ।



काठमाडौंमा वालेनको अग्रता बढ्दै, कसको कति मत ?

Tuesday, May 10, 2022

गगन थापा को झुठ

सीके राउत को मधेस को जानी दुश्मन केपी ओली सँग कुनै गठबन्धन छैन, हुन पनि सक्दैन। झुठ बोल्न छोडम होला। गगन लाई थाहा छ जनमत पार्टी को एमाले सँग मात्र होइन कुनै पनि पार्टी सँग गठबंधन छैन भन्ने कुरा। तैपनि झुठ लाई बारम्बार दोहोर्याएर सच मा परिणत गर्ने यो गोबल्सी प्रयास। 



काठमाण्डु को कोठे मीडिया



भ्रममा नपरौं - सातवटै मोहर हर्न छापमा नै लगाऔं📢卐
जनमत पार्टीको नीति स्पष्ट छ - व्यक्तिगत स्तर होस् वा पार्टीगत स्तर, हामी कसैसँग कुनै गठबन्धनमा छैनौं। हाम्रो केन्द्रीय समितिको निर्णय नै त्यही हो र त्यही अनुसार हामीले सबै ठाउँमा आफ्नो उम्मेदबार पनि उठाएका छौं।
यति स्पष्टताका बाबजूद कतै कसैले भ्रम फैलाइरहेको छ भने भ्रममा नपर्नुहोला। सातवटै मोहर हर्न छापमा नै लगाउनुहोला, चाहे जसले जेसुकै भनोस्।


Thursday, April 28, 2022

Call 9804793880 To Join Janamat

janamatparty.org/join



काठमाण्डु को कोठे मीडिया



काठमाण्डु को कोठे मीडिया 

साहित्य कोरे जस्तै कोठा मा बसेर समाचार धसिदिने "पत्रकार" हरु, मीडियाकार हरु, यस चुनाव को सबै भन्दा ठुलो समाचार नै जनमत पार्टी को प्रवेश हो, तर काठमाण्डु का पत्रपत्रिका मा त्यस बारे कतै गाइँगुइँ छैन। चुइँक्क बोलेका छैनन। यो स्कूप हो। कोठा मैं बसेर सीके राउत को ट्वीटर र फेसबुक हेर्न सकिन्छ। त्यति पनि गरेका छैनन। धमाके के साथ आ रही है जनमत पार्टी। 






Wednesday, April 27, 2022

Janamat Party: April 27 (2)



सीके राउतको पार्टीद्वारा डेढ सय पालिकामा उम्मेदवारी मधेस प्रदेशका ८ वटै जिल्लाका स्थानीय तहसँगै बाँके, बर्दिया, कञ्चनपुर, नवलपरासी, चितवन, उदयपुर, झापालगायतमा समेत उम्मेदवारी दिइएको पार्टीले जनाएको छ । ....... ‘१२ सयभन्दा बढी वडामा उम्मेदवारी परेको छ ....... पार्टी अध्यक्ष राउतले झापादेखि बर्दियासम्म डेढ सय पालिकामा उम्मेदवारी दर्ता गराएको बताए । उनले गठबन्धन र अन्य दलले उम्मेदवारी दर्ताकै क्रममा निर्वाचन आचारसंहिता उल्लंघन गर्दा निर्वाचन आयोगका कर्मचारी मूकदर्शक बनेको आरोप लगाए । ....... ‘हाम्रा उम्मेदवारको कागजातमा कैफियत देखाउने निर्वाचन अधिकृतले अन्यको मनोनयनपत्र अध्ययन नगरी दर्ता गरेको देखियो ।’ .

Janamat Party: April 27

मुलकमा विकासका विरोधी र समर्थकबीच द्वन्द्व छ पूर्व–पश्चिम राजमार्ग नै गेमचेञ्जर परियोजना हो। यसलाई चार लेनको बनाउने, प्रति घण्टा एक सय किलोमिटरको गतिमा सवारी गुड्न सक्ने बनाउने हो। ....... अहिले सुरु गरेका धेरै सडकका लागि छुट्याइएको बजेट हेर्ने हो भने कति वर्षमा निर्माण सम्पन्न हुन्छ भन्ने निश्चित छैन। केही निर्माण व्यवसायीका हातमा धेरै परियोजना छन्। गुणस्तरमा समस्या छ। सडकको माग छ तर स्रोत र काम गर्न सक्ने निर्माण व्यवसायीको कमी छ। हामी कहाँ यस्तै प्रकारका कमजोरीले निर्धारित समयमा आयोजनाहरू पूरा हुन सकिरहेका छैनन्। ..... हरेक वैदेशिक अनुदानमा विरोध गरेर विज्ञ भइन्छ भन्ने मनोविज्ञान छ। एमसिसीमा पनि हामीले त्यो देख्यौं। एउटाले ठेक्का नपाए पछि अर्कोले मुद्दा मामिला गर्ने परम्परा छ। विरोधै विरोधको कारण पनि समस्या सिर्जना भएको छ। विरोधका बीच एफडिआई आकर्षित गर्न कठिन छ। सस्तो ऋणमा बनाइरहेको नागढुंगा सडकमा विरोध आयो। विदेशी ठेकेदारले काम गरिरहेका ठाउँमा समेत अनेक कम्प्लेन छन्। ...... नेपालका लागि विदेशी सहयोगका परियोजना आवश्यक छन् तर कति प्रतिशत सस्तो ऋण भन्ने हो। अहिले हामीले सस्तो ऋण प्रयोग गरिरहेका छौं। ०.०१ प्रतिशत, ०.७५ प्रतिशतमा ऋण तथा अनुदान ल्याएका छौं। अरू ठाउँबाट पाउने दरमै प्रतिस्पर्धी दररेटमा ऋण पाइयो भने चीनबाट ल्याउन गाह्रो पर्दैन। बिआरआई वा अरू कुनैको नाममा महंगो ऋण लिने कुरा आउँदैन। ....... भारत र अमेरिकाले जुन सर्तमा ऋण सहयोग गरिरहेका छन् चीनले पनि त्यही अनुसार सहयोग गरोस् भन्ने हाम्रो अपेक्षा छ। ...... म ग्रामीण विद्युतिकरण र ग्रामीण सडक निर्माण जस्ता परियोजनामा ऋण लिएर पनि गति अघि बढाउनुपर्छ भन्ने पक्षमा छु। ....... हामीले ८० प्रतिशत ऋण विश्व वैंक र एसियाली बैंकबाट ल्याएका छौं। ती संस्थाको ऋण निकै सहुलियत दरमा छ। हाम्रो सात खर्ब रूपैयाँ ऋण औषत एक प्रतिशत व्याज दरको छ। ऋणको सावाँ, व्याज भुक्तानीका लागि वार्षिक ४० अर्ब रूपैयाँ छुट्टयाएका छौं। २०,३० वर्ष पछिसम्म तिर्ने ऋण छ। ऋण आजको भोलि तिर्ने होइन। अहिले हामीसँग साढे नौ अर्ब डलर विदेशी मुद्रा छ। आजको भोलि नै ऋण तिर्छु भने पनि हामीसँग सञ्चिति छ। ....... श्रीलंका आर्थिक रूपमा हामीभन्दा राम्रो थियो। वैदेशिक ऋणमा अराजकता भयो। उनीहरूको वैदेशिक ऋणले प्रतिफल दिन सकेन। ...... वृद्धभत्ता ७० वर्षमा हेर्दा अहिले धेरै बाँँच्ने मान्छे सम्पन्न जिल्लामा छन्। ५० वर्षभन्दा बढी जिल्लामा औषत आयु ७० वर्ष भन्दा कम छ। काठमाडौंका मान्छेलाई वृद्धभत्ता किन दिएको ? ...... काठमाडौंमा वृद्धभत्ताले जीवन परिवर्तन भएका मान्छे थोरै मात्र होलान्। सुदूरपश्चिम वा सदूर पूर्वका जिल्लामा ७० वर्ष बाँच्छन् कि बाँच्दैनन्। .



गठबन्धन हाेस् त जर्मनीकाे जस्ताे . .

Russia is hinting at peace. Here's why Ukraine shouldn't take it. There's a moral reason for Ukraine to keep fighting ........ .

Monday, April 25, 2022

Janamat Party: April 25



‘नैतिकता अझै बाँकी छ भने जनकपुरका मेयरले राजीनामा दिनुपर्छ’ जानकी राम साह, वडाध्यक्ष, जनकपुरधाम उपमहानगरपालिका–७, धनुषा हाम्रा थुप्रै मुद्दाहरू छन्, तर सरसफाइ मुख्य हो । ..... नगरपालिकामा भ्रष्टाचारका फाइलको चाङ्ग नै छ, अख्तियारले लगेको छ । सरसफाइमा अर्बौं रूपैयाँ खर्च भएको छ, तर सरसफाइ भएको छैन ।

मधेशीको मत कांग्रेस–एमालेलाई नै बुझाउने हो भने उतै किन नजाने ? : संजय यादव आन्दोलनको क्रममा दुई पटक जेल बसिसकेको छु, पाँच पटक टाउको फुटेको छ । युवाहरूलाई अवसर दिनु र आन्दोलनमा युवाहरूको जुन योगदान थियो त्यसलाई गप्राथमिकतामा राख्न पार्टीका शीर्ष नेताहरूलाई बारम्बार आग्रह गर्दै आइरहेका थिएँ । तर उहाँहरू पार्टीको गतिविधि नै नगरी सांगठनिक कार्यहरू नै बन्द गर्नुभयो । शीर्ष नेताहरूले कुनै वास्ता गर्नु भएन । यदि कोही पैसावाला छन्, आन्दोलनको उसको लगानी होस् नहोस् कुनै मतलब छैन, त्यस्ताहरूले बढी प्राथमिकता पाउँछन् । पार्टी अध्यक्ष जुन जातिका छन्, उसले प्राथमिकता पाउँदै गए । समग्रमा भन्ने हो भने मधेशको राजनीति जातिवादमा फँसेको छ । ...... हाम्रा मधेशका पार्टी अध्यक्षहरू आफूलाई भगवानभन्दा कम ठान्नु हुन्न । हाम्रा अध्यक्षहरूका अगाडि हामी कार्यकर्ता होइनौं, लठैत मात्रै हौं । लठैतको रूपमा मात्रै हामी प्रयोग हुँदै आएका छौं । त्यसैले अब आगामी राजनीतिक यात्रा नयाँ तरिकाले सुरूआत गर्नेछौं । ...... आजको दिनमा सडक, पुल निर्माणभन्दा पनि गुणस्तरीय शिक्षाको आवश्यकता छ । ......... हाम्रो मुद्दा सम्बोधन गर्ने स्थितिमा मूलतः कांग्रेस र एमाले हो । कांग्रेस, एमाले र जसपासँग कुरा भइरहेको छ । तर जुन पार्टीले मधेशको मुद्दालाई विगतमा अलि सहज ढंगले हेरेका छन्, त्यो पार्टी नै रोज्ने हो । यस अघिको केपी ओलीको सरकारले कम्तीमा नागरिकता मुद्दा, आन्दोलनकारीहरूमाथि लगाइएका झुठ्ठा मुद्दा फिर्ता भयो, घाइतेहरूलाई सम्बोधन ग¥यो । तर अहिलेको सरकारको करिब १० महिना हुन लाग्यो, तर मधेशका कुनै पनि मुद्दा सम्बोधन गर्ने तिर अघि बढेको छैन । जबकि स्वयम् मधेशका मसिहा भन्ने पार्टीका मन्त्रीहरू छन् । कम्तीमा केपी ओलीको सरकारमा लोसपा १३ दिनमै केही मुद्दाहरू सम्बोधन गरायो तर जसपाले अहिलेसम्म विभिन्न भागवण्डामा मात्रै सीमित छ । ...... हिजो र आजका एमालेमा धेरै परिवर्तन भइसकेको छ । हिजोको केपी ओली र आजको केपीमा धेरै परिवर्तन भएको छ । आजको दिनमा केपी ओली प्रति जुन झुकाव छ, यदि यस्तै रहिरह्यो भने हामी मात्र होइन, मधेशका अन्य युवाहरू पनि सोच्न बाध्य हुन्छन् । ........ यो जतिको पीडाको घडी हाम्रो लागि केही हुँदैन । जीवनमा यस्तो समय आउँछ भनेर मैले सपनामा पनि सोचेको थिइनँ । मैले रोएर लोसपा परित्याग गर्ने निष्कर्षमा पुगेको हुँ । मैले कहिल्यै सोचेको थिइनँ कि मधेशवादी पार्टी छोडेर कांग्रेस–एमालेतिर मेरो झुकाव हुन्छ । तर हाम्रा नेताहरूको गतिविधिका कारण परिस्थिति निर्माण भयो हामी जस्ता युवा सोच्न बाध्य भयौं । हामी आन्दोलन ग¥यौं, केपी ओली मुर्दावादको नारा लगायौं । तर कसका लागि आन्दोलन ग¥यौं ? हाम्रा नेताका आफन्तहरूलाई समानुपातिक सांसद बनाउनका लागि? भोट बेचेर नेताको घरमा पैसा थुपार्नका लागि? ती सबका लागि हामीले आन्दोलन गरेको अनुभव भयो । .......... हामी जति आन्दोलन गरेर मधेशी जनताको भोट लिएर आउँछौं तब हाम्रा नेताहरू ती भोट त्यही कांग्रेस र एमालेलाई बुझाउने गरेका छन् । आफूलाई मधेशको मसिहा भनाउने एउटा टिम केपी ओलीलाई नेता मानेको छ भने अर्को टिमले शेरबहादुर देउवालाई नेता मानेको छ । मधेशमा नेता देखा परेका छैनन्, ठूला दलका पिछलग्गु मात्र हुन् । ........ मैले सामाजिक सञ्जालमार्फत् लोसपा परित्यागको घोषणा गरेदेखि धन्यवाद र स्वागत बाहेक कसैले पनि नकारात्मक टिप्पणी गरेका छैनन् । यहाँ सम्म कि अहिलेसम्म हाम्रा अध्यक्षमण्डलबाट किन परित्याग गर्नुभयो, आएर कुरा गर्नुस् भनेर भनेको छैन । जिल्ला–जिल्लाबाट मलाई फोन आइरहेको छ कि राम्रो गर्नुभयो, अब सबैले यस्तै गर्नेछन् । यसबाट मलाई यो अनुभव भयो कि म अहिलेसम्म अन्ध्यारोमा थिएँ । म मात्रै पीडित छैन, मजस्ता कैयौं आन्दोलनकारी युवाहरू पीडित छन् । मधेशका पार्टी केही नेताहरूको सिन्डिकेटबाट चल्छ । जसले जति गणेश परिक्रमा गर्न सक्छ, उसले त्यति बढी अवसर पाउँछन् । तर हाम्रो जीनमै छैन कसैको चाप्लुसी गर्ने । इतिहास साक्षी छ कियादवको छोराले कहिल्यै पनि कसैको चाप्लुसी गर्दैन । ........ आजसम्म रेकर्ड हेर्ने हो भने हृदयेश त्रिपाठी जस्तो मधेशको हस्ती जसको मधेशप्रति लगानी अहिलेसम्म कसैको छैन, उहाँले पनि छोड्नुभयो । उनीजस्ता धेरै नेताहरू पीडित भएर मधेशको राजनीतिक पार्टी छोडेका छन् । आज पनि छोड्ने क्रममा छन् । मधेश र देशको राजनीतिमा यदि कसैलाई सबभन्दा बढी सम्मान गर्छु भने त्यो व्यक्ति महन्थ ठाकुरजी हुनुहुन्छ । उहाँजस्तो व्यक्ति मधेशले पाउनु धेरै ठूलो भाग्यको कुरा हो । ........ नेता महन्थ ठाकुर साँच्चिनै शालीन, बौद्धिक, नेतृत्व क्षमतालगायत सबै गुण भएको व्यक्ति हुनुहुन्छ । तर उहाँलाई काम गर्न दिने टिम राम्रो भएन । त्यसैले अब म आफ्नो राजनीतिक यात्रा कुनै राष्ट्रिय पार्टीबाट सुरूआत गर्नेछु ।

India Might Not Buy Nepal's Electricity: Deuba