Showing posts with label Tanahun. Show all posts
Showing posts with label Tanahun. Show all posts

Thursday, April 27, 2023

27: Chitwan, Tanahun, Bara

जनमत पार्टीको सत्ता यात्रा जारी रहला कि टुङ्गिएला ? एउटै गठबन्धनमा रहने, एउटै सरकारमा रहने दलले एक अर्काको विरुद्ध उभिनु राजनीतिक संस्कार नरहेको भन्दै मधेस सरकारका अर्थ मन्त्री सञ्जय यादवले जनमत पार्टी मधेस सरकारबाट पनि बाहिरिनुपर्ने बताए । उनले भने, ‘जनमत पार्टीका मन्त्री तथा नेताहरू स्तरहीन र अराजक हुन्, त्यस्ता नेता तथा मन्त्रीसँग काम गर्न सकिँदैन, अबको एक हप्तापछि जनमत पार्टीलाई सरकारबाट निकालिनेछ ।’ ...... केन्द्र सरकारबाट समर्थन फिर्ता लिने कि नलिने तथा मधेस सरकारमा रहने कि नरहने भन्ने विषयमा जनमत पार्टीले आन्तरिक छलफल सुरु गरेको छ । जनमत पार्टीका एक नेताका अनुसार मधेस सरकारमा रहने कि नरहने भन्ने विषय त्यहाँको सरकारको नेतृत्व गरेको दलको व्यवहारमा भर पर्छ । ....... उपनिर्वाचनपछि जनमत पार्टीकै नेतृत्वमा मधेस सरकार बन्ने सहमति भएको सो पार्टीका अध्यक्ष सीके राउतले उपनिर्वाचनकै समयमा बाहिर ल्याएका थिए । उपनिर्वाचनपछि मधेस सरकारको नेतृत्व जनमत वा कांग्रेसले गर्ने भन्दै उनले यसबारे माओवादी र कांग्रेससँग सहमति भइसकेको बताएका थिए । आफ्नो पार्टीले नेतृत्व गर्ने कि नगर्ने भन्ने कुरा उक्त सहमति पालनामा कांग्रेसको इमानदारितामा भर पर्ने उनको भनाइ थियो । ........ जनमत पार्टी सरकार छाड्ने पक्षमा देखिएको छैन । केन्द्रीय सरकारलाई समर्थन कायम राख्ने र मधेस सरकारबाट पनि नबाहिरिने सो पार्टीको सोच छ । ...... मधेस प्रदेशको सरकार कुनै दल विशेषले नभई गठबन्धनले बनाएको हो भन्दै उनले सरकार कसरी सञ्चालन गर्ने, को को रहने वा नरहने भन्ने निर्णय गठबन्धनले गर्ने प्रस्ट पारे । उनले गठबन्धनको साथमा जनमत पार्टी रहेको बताए । ...... वसन्त कुमार कुशवाहा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, महेशप्रसाद यादव शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री, सञ्जयकुमार यादव भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री छन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रास्वपा प्रतिपक्षमा बसेर सदन र सडकको मोर्चा सशक्त बनाउने योजना रास्वपाको ‘बटम लाइन’ भनेकै उपप्रधानमन्त्री सहित गृह वा अर्थ मन्त्रालय लिएर सरकारमा जाने ती नेताको दाबी छ । प्रधानमन्त्री प्रचण्ड समेत रास्वपालाई सरकारमा लैजाने विषयमा सकारात्मक देखिएका छन् । रास्वपालाई रोजेको मन्त्रालय दिएर भए पनि सरकारमै राख्ने योजना प्रधानमन्त्री प्रचण्डले बनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रास्वपालाई सरकारमा सहभागी गराए सजिलो हुने प्रचण्डको बुझाइ छ । ........ चितवनबाट दोस्रो पटक भारी मतान्तरले निर्वाचित भएपछि लामिछाने हौसिएका छन् । सरकारमा गएर प्रभावकारी भूमिका खेल्नेभन्दा पनि प्रतिपक्षको बेन्चमा बसेर पार्टीलाई बलियो बनाउनतिर उनी लाग्ने देखिएको छ । अर्को चुनावमा राम्रो मत ल्याएर सरकारको नेतृत्व गर्ने सपना लामिछानेले देखेको सो पार्टीका केही नेता बताउँछन् ।

डिल्लीबहादुर चौधरी : कमैयाको पृष्ठभूमिदेखि मुख्यमन्त्रीको कुर्सीसम्म सामाजिक विकास विषयमा स्नातक गरेका चौधरीले १७ वर्षको उमेरदेखि नेपाली कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । २०५७ सालमा कमैया आन्दोलनको अगुवाइ गरेका उनी प्रदेशसभा सदस्यदेखि मन्त्री हुँदै मुख्यमन्त्रीसम्म बन्न सफल भए । ......

कुनै बेला डिल्ली चौधरीको परिवार जमिनदारको घरमा कमैया बसेको थियो ।

........ यसअघि उनले लुम्बिनी प्रदेशको सार्वजनिक लेखा समितिका सभापतिको भूमिका मात्रै निर्वाह गरेनन्, सो पदमा आसिन रहँदा उनले प्रदेश सरकारबाट खरिद भएका गाडीमा अनियमितता भएको तथ्य उजागर गर्दै आफैले चढेको गाडी पनि स्टोरमै फिर्ता गरेका थिए । दाङलाई राजधानी घोषणा गर्ने र कार्यान्वयन गर्ने सन्दर्भमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ...... विश्वका ३० भन्दा बढी राष्ट्रको भ्रमण ।


भ्रष्टाचारीहरूको मूल जरो त आखिर सरकारमा भेटियो : मन्त्री रन्जिता श्रेष्ठ नयाँ मन्त्री बनेपछि अन्य काम नभए पनि मन्त्रालयमा मात्र होइन, आवासमा समेत बधाई दिनेहरुको लर्को उस्तै हुन्छ । ....... यस्तो व्यस्त दिनचर्यामा मन्त्रीले गजल लेख्दै सामाजिक सञ्जालमा पोस्ट गर्ने समय निकाल्न सक्नु साहित्यमा रुचिकै विषय मान्नु पर्छ ।

बुज्नुस् ऊ दोषी यही आधारमा भेटियो
छातीभित्र देश रहेछ कारागारमा भेटियो ।
जरो खन्दै गइयो भ्रष्टाचारीहरूको
मूल जरो त आखिर सरकारमा भेटियो ।
कहिले भने र यिनीहरुले देश बिगार्छौ भनेर
कति बनाए भन्ने कुरा त व्यवहारमा भेटियो ।
शिर झुकाएर नमन उसको कलाकारितालाई
अगाडि गुलाब पछाडि तरवारमा भेटियो ।
ऊ होइन भनिरह्यो, म जिद्दी गरिरहे अन्तिममा
उसको परिवहन मेरो रक्तसञ्चारमा भेटियो ।


सिके राउतले दिए उपेन्द्र यादवलाई बधाई
रास्वपालाई चुनौती : अब कसरी टिक्ने ? पुरानै दललाई रिझाएर वा नयाँ शक्ति खडा गरेर ?



उपनिर्वाचनले गरायो जसपा–लोसपा मिलन, सहकार्यको भविष्यबारे के भन्छन् नेताहरु? ‘यो उपनिर्वाचनमा जसपा र लोसपा मिल्नुको विकल्प छैन भन्ने प्रस्ट देखाएको छ, आगामी दिनमा पनि यी दुई दल आपसमा मिलेर मधेसको मुद्दाका लागि एक हुनुपर्छ ।’ ..... दुई दलमा एकता नभए पनि सहकार्य र गठबन्धन हुनु आवश्यक रहेको उनको भनाइ छ । मधेसले प्राप्त गरेका उपलब्धि समाप्त गर्ने शक्तिहरु आइसकेको भन्दै उनले त्यसलाई भगाउन पनि लोसपा र जसपा एक ठाउँमा आउनुपर्ने धारणा राखे ।