Showing posts with label Balen Shah. Show all posts
Showing posts with label Balen Shah. Show all posts

Friday, September 23, 2022

टुकुचा को महत्व

कसैले भन्छन धीरेन्द्र, कसैले भन्छन ज्ञानेंद्र। दिउँसै क्रेन लिएर भक्तपुर को अग्लो मुर्ति चोर्न पुगे। दिन दहाड़े। एक वर्ष पछि पंचायत ढल्यो। ओली प्रधान मंत्री बने। दुई तिहाई को उन्माद। प्रधान मंत्री निवास कै जग्गा आफ्नो मान्छे लाई लालपुर्जा गरे। 

टुकुचा को सरसफाइ त्यसको विपरीत दिशा मा गुडेको रेल हो। देशमा विधिको शासन स्थापित गर्ने अर्को कुन उपाय? जनता को साथ चाहिन्छ। नया पुस्ता अगाडि आउनुपर्छ। 

होइन भने १० वर्ष भित्र टुँडिखेल मा निजी घर हरु खड़ा होलान। 

टुकुचा काठमाण्डु को अर्थतंत्र सँग सम्बन्धित कुरा हो। 

ली कुआँ यु को आत्म जीवनी मा मैले पढेको। विदेशी पाहुना एयरपोर्ट मा ओर्लियो। त्यहाँ बाट सरर गाडीमा प्रधान मंत्री कार्यालय आउने। त्यो बाटो अत्यंत राम्रो। हराभरा। सफा। चिरिच्याँट्ट। विदेशी लगनी गर्ने कि नगर्ने भन्ने विचारविमर्श गरिरहेका पाहुना। मैले केही बोल्नै नपर्ने। सबै काम त्यो एउटा बाटो ले नै गर्थ्यो। ली ले लेखेका छन। 

काठमाण्डु का लागि टुकुचा त्यही हो। पहिला टुकुचा। अनि सारा काठमाण्डु। टुकुचा मा हुने खर्च सानो रकम हो। 

टुकुचा को कायापलट देखे पछि काठमाण्डु मा विदेशी लगानी का लागि मार्गप्रशस्त हुने हो। 








Thursday, September 22, 2022

"टुकुचा, आ म तँलाई बागमती बनाइदिन्छु"





मैले जमाना मा मिडल स्कुल मा कविता वाचन गरेको थिएँ। रामबाबु सुबेदी सरले सिकाउनु भएको। "टुकुचा, आ म तँलाई बागमती बनाइदिन्छु" --- त्यो बागमती बनाउने भनेको मेयर बालेन ले रहेछ। 

सन १९९१ मा गणेशमान सिंह ले भनेका, "काठमाण्डु मा लौरो ले जित्छ।" जित्यो। प्रोफेट गणेशमान। 

भुपि शेरचन को एउटा कविता छ। बा, त्यो आउँछ र? त्यो आइपुग्यो। त्यो मेयर बालेन हो। 

नेपालको राजनीति दैनिक देखेको दशकों बित्यो। यति राम्रो नेता देखेकै थिइन। 


राम राज्य सिर्फ अयोध्या मा थियो। कल्कि राज्य सारा पृथ्वी माथि स्थापित हुन्छ। विक्रम सम्बत कैलेंडर अनुसार शताब्दी को अंत सँगै कलियुग समाप्त, सत्य युग शुरू। त्यस शुभ काम का प्रारम्भ शम्भु को देश शम्भल अर्थात नेपाल बाट हुन्छ। भविष्य पुराण मा शम्भल भनिएको छ, त्यो पशुपतिनाथ को देश नेपाल भनिएको हो। 

केही महिना भित्र सत्युग समाज पार्टी को स्थापना हुन लागेको छ। नेपाल मा त्यसको नेतृत्व का लागि हामी मेयर बालेन लाई आह्वान गर्न लागेका छौं। 

गर्व गर सबैले। बुद्ध नेपाल मा जन्मेको भनेर थाकिनसक्ने मानिस हरु, कल्कि नेपालमा जन्मे भन्ने कुरा को पनि गर्व गर। 

सतयुग को शुरुवात नेपाल बाट हुन्छ। त्यस प्रोजेक्ट मा सहभागी बन। 



Saturday, September 17, 2022

काठमाण्डु का सड़क हरु को वर्गीकरण

काठमाण्डु समस्त सड़क व्यापारी हरु बिलाउने हो भने शहर को ज्यान जान्छ। मृत शहर हुन्छ। तर अव्यवस्थित किसिम ले जताततै सड़क व्यापारी हरु भरमार छोड्ने हो भने त्यो एउटा अव्यवस्थित शहर हो। 

जग्गा अतिक्रमण (सड़क मिचेर कंपाउंड पर्खाल, सड़क मा नै पाँच तल्ले घर भुमाफिया को इमेज बनाएर), नक्शा पास गर्दा पार्किंग भन्ने तर त्यहाँ पसल थाप्ने, ती सब ठीक ठाक पार्दै जानुपर्छ। होइन भने अवस्था सुधार को सपना देख्न छोड्नुपर्छ। 

सड़क व्यापारी हरु तर चाहिन्छ। 

सड़क हरु को वर्गीकरण गर्ने। 

एउटा सड़क भयो कि गाड़ी र मोटरसाइकल चल्ने र फुटपाथ मा मान्छे मात्र हिड्ने, पेटीमा पसल थाप्न नपाउने। कम्तीमा दुई लेन सड़क हरु। अर्को भयो गाड़ी र मोटरसाइकल चल्ने र फुटपाथ मा सीमित संख्या मा पसल थाप्न पाउने। महानगरपालिका ले लाइसेंस दिने। हल्का पैसा लिएर। लाइसेंस छैन भने त्यहाँ पसल थाप्न पाइएन। हिड्दा हिड्दै आम जनता लाई छोला मुरही खान मन लाग्यो? कहाँ जाने? मैनहट्टन को प्रत्येक प्रमुख सड़क को छेउछाउमा ठेलागाड़ा हुन्छ। सड़क मा खाना खाने। 

असन जस्तो ठाउँ मा चार पांगरे गाडी लान नपाउने गर्न सकिन्छ। इमरजेंसी गाडी जस्तो कि एम्बुलेंस र पुलिस र पसल आदिको डेलीवरी गाडी बाहेक अरु पस्न नपाउने। 

यस्ता गल्ली हरु हुन सक्छन जहाँ पैदल यात्रु र सड़क व्यापारी बाहेक अरु सबै निषेध। बरु त्यस्तो सड़क प्रत्येक नगरवासी को पैदल बढीमा १५ मिनट को बाटो हुनुपर्यो। होइन भने अमेरिका मा जस्तै मोटाघाटा भैदेलान नगरवासी। तरकारी कहाँ गएर किन्ने? 

जोनिंग गर्न सकिन्छ। आवासीय इलाका। व्यापारी इलाका। औद्योगिक इलाका। शैक्षिक संसथान को नजिक हॉर्न बजाउन नपाउने। 

मेयर र उप मेयर को सुरक्षा को कुरा आइरहेको छ। त्यो त नगर प्रहरी को जिम्मेवारी हो। कसैले थ्रेट गर्छ भने त्यो अपराध हो। त्यसलाई तुरुन्त थुन्नु पर्छ। महेश बस्नेत लाई सबभन्दा पहिला। टीवी मा गएर अपहरण को थ्रेट? हर समय मेयर र उप मेयर लाई दुई चार जना प्रहरी। आवास को सुरक्षा। मुख्य त इंटेलिजेंस ग्यादरिंग। 

सुरक्षा प्रदान गर्नु भनेको पदको कदर गर्नु हो। देशको सबैभन्दा ठुलो प्रत्यक्ष निर्वाचित पद। 

जॉर्ज बुश सीनियर को एउटा कहानी छ। उनी राष्ट्रपति हुँदा आफ्नो ओवल ऑफिस जाँदा टाई सुट लगाएर मात्र जानथे। कहिले राति १२ बजे फोन रिसीव गर्न ऑफिस पुग्नु पर्थ्यो। टाई सुट लगाएर मात्र जानथे। किन भन्दा म जॉर्ज बुश एक जना मान्छे हो। राष्ट्रपति पद त पद हो। त्यस पदको मैले पनि कदर गर्नुपर्छ। 

मेयर बालेन ले आफ्नो पदको कदर गर्नुपर्छ। सदैव सुरक्षा गार्ड लिएर मात्र पब्लिक मा आउनुपर्छ। आफ्नो आवासमा सुरक्षा व्यवस्था गर्नुपर्छ। त्यो नगर प्रहरी को जिम्मेवारी हो। उप मेयर ले पनि सुरक्षा लिनुपर्छ। 

सार्वजनिक जग्गा मिचेर खड़ा गरिएका पर्खाल ढलियेनन भने महानगर को अर्थतंत्र बन्दैन। ढलेको बनेको पनि हो। 





Monday, September 12, 2022

12: Balen

के यो दक्षिण एसियाको समय हो?
समाजवादी लोकपथका अथक चिन्तक



गठबन्धनले सिट बाँडफाँटमा शीर्ष तहमा जुटायो सहमति, ‘फाइनल टच’ असोज दोस्रो सातापछि कांग्रेस एक नेताका अनुसार ८४ देखि ८६ हाराहारी सिट कांग्रेसले राख्नेछ। माओवादी केन्द्रले पनि ४५ देखि ५० हाराहारी सिट पाउनेछ। एकीकृत समाजवादी र जसपाको सिट केही घटबढ हुनेछ। ....... यसअघि जसपालाई १२ सिट दिने तयारी रहेकाे बताइएको थियो। उसले मधेस प्रदेशमा बहुमत र प्रदेश १ को मोरङ ५ र धनकुटा मागेको छ।

Friday, September 09, 2022

नेपाल सेना, नेपाल प्रहरी, बिद्युत प्राधिकरण ले कर किन तिर्ने?




तलदेखि माथिसम्म चुर्लुम्म भ्रष्टाचार मा डुबेको देश। कामको शुरुवात गर्ने कहाँ बाट? डोजर समाधान खोज्नुपर्ने रहेछ त। मेयर साबले गजब गरेको देखियो। 

फोहर उठ्यो। फोहर भनेको उठ्ने कुरा नै होइन। लाश हो र फोहर? उठ्नुपर्ने? त्यों सोंच फाल्न सक्नु कमता होइन। 

प्रत्यक्ष निर्वाचित राष्ट्रपति मा हुनुपर्ने छाँटकाँट मेयर साबमा देखियो। 

अब कुरा आएको छ कर तिर्ने। 

नेपाल सेना, नेपाल प्रहरी, बिद्युत प्राधिकरण ले कर किन तिर्ने?

देशभक्ति देखाउन का लागि कर तिर्ने। 

विधिको शासन बिना देश बन्दैन। जतिसुकै रेमिटेंस, जति सुकै फॉरेन ऐड, जति सुकै लोन लिएर देश बन्दैन यदि सामान्य विधिको शासन छैन भने। 

नेपाल सेना, नेपाल प्रहरी, बिद्युत प्राधिकरण लाई देश बनाउनु छ भने निसंकोच कर तिर्ने। आखिर जनता को पैसा ले नै हो तिर्ने। कसैले आफ्नो खलती बाट निकालनुपर्ने होइन। जनताको एउटा खलती बाट जनताको अर्को खलतीमा जाने पैसा। 

चुनाव गर। संविधान संसोधन गर। प्रत्यक्ष निर्वाचित राष्ट्रपति को व्यवस्था गर। 

कुनै पनि स्थानीय सरकार को मेरुदंड भनेको संपत्ति कर। विश्व शहर बनाउनु छ भने सबैले संपत्ति कर तिर्ने। 


Saturday, September 03, 2022

Balen Shah: 100 Days

कामको प्रशंसासँगै महानगर सुधारको संकेत कार्यभार सम्हाल्दै बालेन्द्रले काठमाडौंको फोहोरलाई दीर्घकालीन रुपमा व्यवस्थापन नगरेसम्म माला नलगाउने घोषणा गरेका थिए। र उनले हालसम्म कुनै पनि सार्वजनिक कार्यक्रममा माला र खादा लगाएका पनि छैनन् । जेठ १६ गते बोलाइएको पहिलो कार्यपालिका बैठक लाइभ गरियो । ...... टुटेफेटेका संरचना मर्मत गर्नका लागि इन्फ्रास्ट्रक्चर एम्बुलेन्समार्फत् गर्ने र कल सेन्टर मार्फत् नगरपालिकामा आउने गुनासो र समस्याहरु समाधान गर्ने निर्णय भयो । यस्तै, होटल तथा रेस्टुरेन्टका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने सम्बन्धमा पनि अर्को निर्णय भएको थियो । केही व्यवसायिक संस्थाहरुले सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने निर्णय गरे पनि प्रभावकारी भने भएको छैन । ........ चुनावी अभियानका क्रममा फोहोर व्यवस्थापनलाई प्राथमिकता राख्ने निर्णय गरेका मेयर बालेन्द्रले सिसडोलमा दशकौंदेखि हुँदै आएको अवैज्ञानिक फोहोर विसर्जन कार्यलाई कार्यभार सम्हालेको केही दिनभित्रै गरे । उपत्यकाको फोहोर विसर्जन हाल बन्चरेडाँडामा हुन थालेको छ । ........ महानगर उज्यालो कार्यक्रम, डबलीहरुको पुनर्स्थापना र एमपी थिएटर निर्माण, सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधारमा गुणात्मक सुधार, फोहोरबाट ऊर्जा उत्पादन गर्ने योजना, सवारी साधनमा जीपीएस जडान, परम्परागत फाल्चा निर्माण, विपद् जोखिम नक्सांकन, घरघरमा गएर स्वास्थ्य परीक्षण गर्ने नीति ल्याइएका छन् । ...... बालेन्द्रले महानगर सुधार्नका लागि पछिल्लो प्रयास हो ‘अनधिकृत संरचना हटाउने अभियान’ । अभियान थाल्नुअघि उनले धनपति सापकोटालाई नगर प्रहरी प्रमुखबाट हटाएर उनको ठाउँमा राजुनाथ पाण्डेलाई ल्याए । महानगर क्षेत्रभित्र निर्माण भएका अनधिकृत संरचना हटाउन नगर प्रहरीको भूमिका मुख्य हुने ठानेर नै बालेन्द्रले पाण्डेलाई ल्याए । ........ एउटा प्रयोजनका लागि नक्सा पास गर्ने र अर्को प्रयोजनमा प्रयोग भइरहेको भवनबाट अनाधिकृत संरचना हटाउनका लागि उनी आफैं कस्सिए । बानेश्वरबाट सुरु भएको अभियान अहिले पनि जारी छ । बेसमेन्ट पार्किङका लागि नक्सा पास गर्ने र उक्त ठाउँमा रेस्टुरेन्ट, होटल तथा अन्य व्यवसाय सञ्चालन भएपछि बालेन्द्र एक्सनमा उत्रिए । ३५ दिने सूचना दिदा पनि अटेर गरेको भन्दै उनी आफैं फिल्डमा खटिएर त्यस्ता अनाधिकृत संरचना हटाउन निर्देशन दिए । ........ बानेश्वरमा स्थानीयवासीको सहयोगमा उनले रात्रिकालीन फुटपाथ व्यवसाय हटाएका छन् । यस्तै, कोटेश्वरलगायत अन्य मुख्य सहरी क्षेत्रमा लाग्ने फुटपाथ व्यवसाय हटाइएका छन् । तीनलाई एकीकृत रुपमा फुटपाथ बाहेकका अन्य ठाउँमा राखिएको छ । फराकिलो फुटपाथ बनाउने, फुटपाथ तथा लेन अनुसाशन पनि कायम राख्ने अभियानमा बालेन्द्र छन् । ....... वर्षौंदेखि व्यवसाय, मनारेञ्जन कर नबुझाएको भन्दै उनले काठमाडौं फन पार्कलाई २४ घन्टे अल्टिमेटम दिँदै पत्र पठाउन लगाए । पार्कले पत्र पठाएको भोलिपल्टै महानगरलाई मनोरञ्जन र व्यवसाय कर २० लाख रुपैयाँ बुझायो । ........ जग्गा भाडामा लगाएको समाज कल्याण परिषद्लाई पनि पत्र लेखेर बहाल कर बुझाउन महानगरले भनेको छ । यस्तै, सम्पत्ति कर नबुझाउने सार्वजनिक संस्थानहरुलाई पनि पत्र लेखेको छ । कर नबुझाउने सबैलाई कारबाही गर्ने महानगरको तयारी छ । ........ बालेन्द्रको कार्यकालको सय दिन पूरा गर्दा सकारात्मक परिवर्तनसँगै महानगर सुधार हुने आसा देखिएको छ । .... टुकुचा खोला अतिक्रमण कसरी हटाउँछन् भन्ने आम चासोको विषय पनि बनेको छ ।

Wednesday, August 31, 2022

31: Balen Shah, Kulman Ghising

नेपालको संसदमा स्वतंत्रहरुको खाँचो





नेपालको संसदमा स्वतंत्रहरुको खाँचो 

टेबल ठटाएर संविधान पारित गर्न लगाउने,  प्रमुख छलफल हरु सबै बन्द कोठा मा गर्ने, सीमित टाउके हरु बीच गर्ने, त्यसले गर्दा नेपालको लोकतन्त्र निसासिएको अवस्था छ। एउटा संसद मा हुनुपर्ने छलफल का लागि पनि नेपालको संसदमा स्वतंत्र सांसद हरुको खाँचो छ। 



Tuesday, August 30, 2022

30: Balen Shah

मधेश नबुझ्नेले प्रदीप गिरिलाई बुझ्दैनन् ‘मधेशविनाको नेपाल नेपाल हुन्छ र? मधेशीको पीडा मेरो पीडा होइन र? हामीले मधेशलाई हेर्ने नजरीया बदल्नुपर्छ जमाइ बाबू,’ उनले मलाई अर्थ्याए। ........ मलाई ‘हजुरको टिकट पाउँ त’ भने। त्यसपछि उनले मेरो छेउमै बस्नुभएका मेरा प्रधानध्यापकलाई भने- ‘खै तिम्रो टिकट देउ त?’, कन्डक्टरको त्यस्तो अपमानजनक व्यवहारबाट आक्रोशित मधेशी समुदाएका मेरा सरले भन्नुभयो, ‘कसलाई तिमी भनेको आफ्नो बुवा समानको उमेरका मान्छेसँग यसरी बोल्ने हो?’ ....... प्रदिप गिरिको जीवनको सार नै सत्य बोल्नु थियो। पीडित र शोषितको पक्षमा बोल्नु थियो। न्यायको पक्षमा बोल्नु थियो। ...... प्रदिप गिरि नेपाली समाजको पाखन्ड विरूद्ध एक शक्तिशाली सोचको नाम हो। उनमा कुनै पदीय लालसा थिएन । उनी विचारको नेता हो, सत्ता शक्तिप्रति कुनै आकांक्षा थिएन। ....... प्रदिप गिरिलाई बुझ्न मधेश हेर्ने नजर बदल्नुपर्छ। यो देश सबैको देश हो। यति बुझे प्रदिप गिरिलाई बुझिन्छ।

चितवन १ बाट चुनाव लड्न स्वर्णिम वाग्लेले दिए कांग्रेसमा आवेदन

लोसपा र जनता प्रगतिशील पार्टीबीच चुनावी गठबन्धन गर्ने निर्णय वार्ता समिति संयोजक अरगरियाले अन्य मधेसी दलसँग पनि गठबन्धन गर्न सकिने र त्यसका लागि छलफल चलिरहेको जानकारी दिए । .

In the zero-sum worldview of Iran’s revolutionary elite, opening up the country could bring in competition that would undermine their private mafias. For many among Iran’s political and military elite the battle for power is not about revolutionary ideology or Islam, but about who controls the country’s vast resources......... “Today it is the opposite: 20 percent are believers, and 80 percent are charlatans who flock around officials for wealth and privilege.” ........ The coercive policies needed to counter the Islamic Republic’s nuclear and regional ambitions — i.e., sanctions — may inadvertently serve to strengthen, not weaken, the regime’s grip on power. ........ When Mr. Trump tried to entice Kim Jong-un with a vision of the riches his country could have — “You could have the best hotels in the world right there” — the North Korean president wasn’t moved to end his nuclear program. There is often a fundamental tension between the self-interest of dictatorships and the well-being of the people they rule. .......... “Fidel likes to joke that if America were to ever remove the embargo against Cuba, he would do something provocative the next day to get it reinstated. He understands his power is best preserved in a bubble,” sequestered from international capitalism and civil society. ........... Like Castro, Mr. Khamenei too understands that the greater danger to his theocracy is not global isolation but global integration. ........ Liberals often argue that engaging Iran could soften its revolutionary ideology or empower regime moderates. Conservatives have argued a tougher U.S. approach could either force Iran to abandon its ideology or risk the implosion of the regime. Neither approach, on its own, has worked.

@risechetana Fulko ankha ma fulai sansara #rupeshworgaurdas #rupeshwor #risechetana ♬ original sound - Rise Chetana


Deuba
Kejriwal
Krishna
Modi
Balen



Bachchan



प्रदीप गिरि : 'दार्शनिक व्यक्तिसँग जीवन बिताउन कठिन तर प्रेम गर्न पाएकोमा गर्व'